January 2013 - Education, News, Technology, Information, Goship
Educational News :
#

टीभी प्रस्तोताले प्रधानमन्त्रीलाई यौनाङ्ग देखाइदिए पछि(हार्नुहोस भिडियोसहित)

Written By Unknown on Thursday, January 31, 2013 | 7:58 PM

सेलिब्रेटीहरुले सार्वजनिक कार्यक्रममा अन्तरबस्त्र नलगाएपछि गोप्य अंग देखिएका तस्वीरहरु सार्वजनिक भएको त हामीले सुन्दै र देख्दै आएका छौं । तर, एक टेलिभिजन प्रस्तोताले भित्री बस्त्र नलगाई सर्बियाली प्रधानमन्त्रीको अन्र्तवार्ता लिएर सवैलाई छक्क पारेकी छिन् ।
क्रोएसियन टेलिभिजनका लागि लिइएको अन्र्तवर्तामा एक मोडल प्रस्तोता हुन्छिन् । प्रधानमन्त्री आउनुअघि नै आफ्नो भित्री बस्त्र फुकालेर छोटो मिनी स्कर्ट लगाएकी मोडलले प्रधानमन्त्री भित्र छिर्नासाथ दुवै गालामा चुम्बन गर्छिन् ।

प्रमलाई कुर्सीमा बसाएपछि उनले गम्भीर राजनीतिक कुराकानी थाल्छिन् । एउटा खुट्टामाथि अर्को खुट्टा खप्टाएर बसेकी ती मोडलले अन्तर्वाता लिने क्रममा खुट्टा खोल्छिन् । जतिबेला उनको भित्री बस्त्रले ढाक्नुपर्ने सवै चीज देखिन्छ । गम्भीर राजनीतिक बिषयमा जवाफ दिइरहेका सर्बियाली प्रधानमन्त्री छक्क पर्दै उनको दुर्लभ दृष्य हेरिरहेको टेलिभिजन फुटेजमा देखिएको छ ।

गम्भीर राजनीतिक बिषयमा प्रश्न सोधेकी प्रस्तोताले आफैलाई यौंनाङ्गको दर्शन गराउँदा सर्वियाली प्रधानमन्त्रीको अनुहार हेर्न लायकको भएको थियो ।
Photo & Video - onlinekhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लभलेटर दिनेलाई सिस्नोपानी

केटीसाथीलाई प्रेमपत्र लेखेको निहुँमा एक किशोरले सिस्नुपानी भेटेका छन् । ताम्लिछाका १५ बर्षका रामचन्द्र कार्कीले आफ्नै सहपाठीलाई मन पराउँदा यस्तो सजाय भोग्नुपरेको हो ।

कार्कीलाई सँगै पढ्ने केटीसाथीका बाबु कृष्ण निरौलाले नांगै बनाएर सिनोपानीले हानेका थिए । दाजु नीराजनले भाईको शरीरभरि चोट लागेको बताए । रामचन्द्रलाई कुट्ने निरौला स्थानीय एमाओवादी नेतासमेत हुन् ।

स्थानीय विद्यालयको कक्षा १०मा अध्ययनरत रामचन्द्रले आफूसँगै पढ्ने एक किशोरी मन पराउँदै आएका थिए । उनले सुरुमा मौखिक प्रस्ताव राखेपनि किशोरीले कुनै जवाफ दिएकी थिइनन् । अन्ततः रामचन्द्रले प्रेम पत्र नै लेखेर मन जित्ने प्रयास गरेको सौर्य दैनिकमा खबर छ । उनले सो पत्र साथी मार्फत किशोरीलाई पठाएका थिए । किशोरीले पनि सहर्ष स्वीकार गरेर घर लगेकी थिइन् तर, कुनै जवाफ भने पठाएकी थिइनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

युरोपस्तरीय नेपाली नृत्य प्रतियोगिता जर्मनीमा हुने

Written By Unknown on Monday, January 28, 2013 | 6:18 AM

हाम्बर्ग । तीन वर्षदेखि बिभिन्न देशमा हुँदै आइरहेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता यस बर्ष भने जर्मनीको हाम्बर्ग शहरमा हुने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनी शाखाले आयोजना गर्न लागेको वर्षको सर्वोत्कृष्ट नेपाली चलचित्र अवार्ड (सम्मान) कार्यक्रम तथा युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता- २०१३ यही १४ अप्रिल २०१३ को दिन जर्मनीको हाम्बर्ग शहरस्थित हलमा एक भव्य समारोहवीच समुदघाटन हुने जनाईएको छ।

 जर्मनी र युरोपमा रहेका अन्य देशमा रहेका बिभिन्न संघसंस्थाहरु समेतको सौजन्य तथा हातेमालो रहने उक्त कार्यक्रममा युरोप भरिका देशहरुबाट कलाकार तथा जन सहभागीता रहने छ भने नेपालबाट पनि बरिष्ठ कलाकार पनि उपस्थित रहनु हुने अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनी शाखाका अधक्ष्य सन्तोष राज गुरुङले जानकारी दिनु भएको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जापानमा हात्तीको पनि जन्मदिन मनाइयो

मानिसले जन्मदिन मनाएको त सबैलाई थाहा, हात्तीको जन्मदिन धुमधामसँग मनाएको सुन्दा भने आश्चर्य लाग्ला ।

हो, जापानको टोक्योस्थित इनाकशिरा पार्कमा जापानको सबैभन्दा बुढो एशियाली हात्तीको जन्मदिन धुमधामसँग मनाइएको हो । जन्मदिन मनाउन विशेष कार्यक्रम नै आयोजना गरिएको थियो ।

हनाको नाम गरेको यो पोथी हात्ती ६६ वर्षको भएको छ । यो जपानको सबैभन्दा वुढो तथा विश्वको तेस्रोृ वुढो हो । हानाको जन्मदिनको पार्टीमा झण्डै ८ सय मानिस सहभागी भएका थिए । हात्तीलाई उसलाई सबैभन्दा मन पर्ने ब्रेड र केक दिइएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

‘काले’ मा कस-कसको रोमान्स

उद्धब अविदितको निर्देशनमा तयार भइरहेको चलचित्र ‘काले’ को ७५ प्रतिशत छायांकन सकिएको निर्माणपक्षले बताएको छ । चलचित्रमा जेनिशा केसी, निस्तेज निरौला, दिनेश दुलाल, सदिक्षा , महेश गिरी लगायतका कलाकारको अभिनय छ ।कर्णाली भेगका बासिन्दाको कथालाई उठान गरेको यो चलचित्रमा सुरेश अधिकारीको संगीत, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व छ । निर्माणपक्षले भर्खरै चलचित्रमा समावेश एक गीतको छायांकन सम्पन गरेको छ । जसमा कलाकार दिनेश दुलाल र सदिक्षाको रोमान्स हेर्न सकिन्छ । ‘बचे एउटै हातको सिरानी मरे एउटै काठको सिरानी’ बोलको गीतको छायांकन पोखरा र डुम्रे लगायतका क्षेत्रमा गरिएको हो । चलचित्रमा ४ गीत समावेश गरिएको छ ।चलचित्रको नाम सुरुवातमा ‘खुर्पा’ राखिएको थियो । तर नाममा विवाद भएपछि ‘खुर्पा’ लाई परिवर्तन गरी ‘काले’ बनाइएको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चल्ने भो करिना र इमरानको रोमान्स


नायिका करिना कपुर र किसिङ हिरो इमरान हाश्मी अब एउटै पर्दामा देखिने भएका छन् । धर्म प्रोडक्शन र बालाजी फिल्मस्को व्यानरमा तयार हुन लागेको नयाँ चलचित्रमा यि दुई सँगै देखिन लागेका हुन् ।चलचित्रको नाम भने अहिलेसम्म पक्का गरिएको छैन । धर्म प्रोडक्शन र बालाजी फिल्मस् बलिउडका चर्चित चलचित्र उत्पान गर्ने कम्पनीको रुपमा चिनिन्छन् । चलचित्रलाई नब निर्देशक अक्षय रोयले निर्देशन गर्ने पक्का भैसकेको छ । रोमान्टिक कथावस्तुमा तयार हुन लागेको यो चलचित्रमा नायक इमरान हाश्मी र नायिका करिना कपुर बिच कस्तो रोमान्स चल्ने हो यो भने प्रतिक्षा गर्नैपर्छ ?
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउँछौं: कोइराला

नेपाली कांग्रेसका सभापति शुसील कोइरालाले सडक आन्दोलनबाट सरकारलाई घुँडा टेकाई छाड्ने बताउनुभएको छ ।

सहमतिका लागि तयार नहुने सरकार आन्दोलनको आँधीबेहरीबाट पाखा लाग्ने उहाँले दाबी गर्नुभयो । शहिद दिबसका अवसरमा सोमबार बाँकेको फत्तेपुरमा आयोजित कार्यक्रममा सभापति कोइरालाले सहमतिको मुख्य बाधक एमाओवादी भएका कारण मुलुक अनिर्णयको बन्दी बनिरहेको आरोप लगाउनुभयो । माओवादी डर, त्रास र धम्कीका भरमा सत्तामा टिकिरहन खोजेको भन्दै उहाँले सत्ता कब्जा गर्ने उसको चाहना दिवास्वप्न भएको समेत उल्लेख गर्नुभयो ।

कांग्रेस सभापति कोइरालाले जनतालाई दमन गर्ने माओवादी पतन भएर जाने समेत बताउनुभयो । उहाँले जनताको मन जितेर राजनीति गर्न माओवादीलाई आग्रह गर्नुभयो । माओवादी प्रेसप्रति अनुदार रहेको प्रष्ट भइसकेको बताउँदै उहाँले पत्रकारको आन्दालेनप्रति आफ्नो पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता मोहम्द अफताब आलमले माओवादीले नै मुलुकमा सहमतिको राजनीति तोडेको भन्दै विश्वासको वातावरण निर्माण गर्ने जिम्मा उसकै भएको बताउनु भयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पूर्वराजा र एमाओवादी मिल्न सक्छन् : मोहनविक्रम


 पुराना कम्युनिष्ट नेता तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राजावादी र सेनासँग मिलेर एमाओवादी नेताहरुले लोकतन्त्र मास्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताउनुभएको छ । आफ्नो स्वार्थका लागि जोसँग पनि मिल्ने भएकाले एमाओवादी नेताहरुले दरबारिया शक्ति र सेनासँग मिलेर सत्ता कब्जा नगर्लान् भन्न नसकिने सिंहको विश्लेषण छ । तर, यसो गर्दा उनीहरु सफल चाँहि हुन नसक्ने सिंहले अनलाइनखबरलाई बताउनुभयो ।

‘एमाओवादीको नेतृत्व ‘क्यारिरिस्ट’ भएकाले यिनीहरु जुनसुकै बेला जोसुकैसँग पनि मिल्न सक्छन् । अवसरवादीहरुको कुनै सिद्धान्त हुँदैन । विगतमा पनि यिनीहरुले राजावादीसँग मिलेर बहुदलीय व्यवस्था मास्ने प्रयत्न गरे ।’ नेता सिंहले सोमबार अनलाइनखबरसँगको विशेष कुराकानीमा भन्नुभयो-’उनीहरुले ‘रअ’ र इण्डियासँग मिलेर फाइदा उठाउने प्रयत्न गरे । अमेरिका गएका बेला नेपालमा दुईसय वर्ष समाजवाद आउँदैन भने । त्यसैले यिनीहरु कुनै पनि बेला कुनै पनि समूहसित मिल्ने सम्भावनालाई हामी अस्वीकार गर्दैनौं ।’

दलहरु असफल भए अर्को पुस्ताले बलिदानी गर्नुपर्ने

महामन्त्री सिंहले देशमा तत्काल राजनीतिक समाधान निस्किएन भने अहिलेको राजनीतिक नेतृत्वले जिम्मेवारी पूरा गर्न नसक्ने र भावी पुस्ताले लामो बलिदानी गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । ‘देशमा यो स्थिति कायम रहिरह्यो र देश सही समाधानतिर जान सकेन भने अहिलेका सबै राजनीतिक पार्टीहरु असफल सावित भएपछि भावी पिँढीले शायद लामो बलिदान गर्नुपर्ने हुन सक्छ ।’-सिंहले भन्नुभयो, ‘अहिलेका राजनीतिक शक्तिहरुकै भूमिकाले गर्दा देशमा यस्तो हुन सक्छ । एकातिर माओवादीले देशलाई निकास नदिएर अघि बढ्न नदिने, अर्कातिर अन्य राजनीतिक शक्तिहरुले सशक्तरुपमा आन्दोलन बढाउनका लागि व्यापक जनसमर्थन प्राप्त नहुने स्थितिले देशलाई कठिन अवस्थामा पुर्‍याउन सक्छ ।’

नेता सिंहले मुलुकमा सहमति हुन नसक्नुको दुख्य दोषी एमाओवादी र यसले नेतृत्व गरेको सरकार नै भएको बताउनुभयो । एमाओवादीले मुलुकमा संविधान बन्न नदिएर देशलाई फासीवादतर्फ डोर्याउने प्रयास गरिरहेको तर, आन्दोलनकारी शक्तिहरु पनि कमजोर अवस्थामा रहेको उहाँको विश्लेषण छ । सत्तारुढ एमाओवादीले भारतसँग नजिकिएर सत्ता टिकाउने सोचाइ बनाएको र विभाजित नेकपा-माओवादीले आफूलाई क्रान्तिकारी बताए पनि राजावादी शक्तिसँग नजिक रहेको सिंहले आरोप लगाउनुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

प्रथा पनि कस्ता कस्ता (फोटो सहित)


के तपाइँलाई विश्वमा रहेको यस्तो समाजको बारेमा थाहा छ, जहाँ रगत पिउनुलाई निकै पवित्र मानिन्छ ? के तपाइँलाई विश्वको यस्तो देशको बारेमा थाहा छ जहाँ पति पत्नी कहिल्यैपनि सँगै खाना खाँदैनन् ? छैन भने अब थाहा पाउनुहुनेछ । यहाँ हामीले विश्वको त्यस्तो रहस्यमय देश तथा त्यहाँको प्रथाका बारेमा जानकारी प्रस्तुत गरेका छौँ जुन पढेर तपाइँ छक्क पर्नुहुनेछ ।

हो, इथियोपियाको दक्षिणी इलाकामा बस्ने बोदी जनजातीहरुको नयाँ वर्ष मनाउने काइदा नै बेग्लै छ । उनीहरु गाइ मारेर नयाँ वर्ष मनाउँछन् । ठूलो ढुंगाले गाइको टाउकोमा हानेर मार्ने गरिन्छ । त्यसपछि उसको सरीर च्यातेर रगत पिइन्छ ।

त्यस्तै काँसो जनजाती इथिओपियाको धनी जनजातीमध्येको एक मानिन्छ । यहाँका महिला केवल सेतो रंगको स्कर्ट मात्र लगाउँछन् । यद्यपि आधुनिकता सँगै उनीहरुले अरु लुगा समेत लगाउन थालेका छन् ।

इथिओपियाको कोरचो कारो गाउँस्थित ओमा नदीको किनारामा बस्ने ओरका र नयांनगाटोम नामका जनजाती बस्छन् । यी दुर्इ जनजाती बीचमा प्रायः लडाइँ भैरहन्छ र कहिलेकाहीँ त मर्ने मार्ने अवस्थासम्मै पुग्छन् ।

त्यस्तै एक जनजाती समाजमा युवतीहरुको कौमार्य अर्थात् भर्जिनिटी सबैभन्दा ठूलो मानिन्छ । विवाहअघिको सेक्स सबैभन्दा ठूलो अपराध मानिन्छ । अझ रोचक कुरा त के भने विवाह पछि पनि लोग्ने स्वास्नीले एकैठाउँ बसेर खाना खान पाउँदैनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आमा बनिन् १३ बर्षकी बालिका

Written By Unknown on Sunday, January 27, 2013 | 8:16 PM

१५ माघ, लमजुङ । लमजुङमा १३ बषएकी एक बालिकाले बच्चा जन्माएकी छन् । खुदी गाविस घर भएकी एक बालिकाले आइतबार १३ बर्षमै बच्चा जन्माएकी हुन् ।

स्थानीय एक विद्यालयमा कक्षा ६ मा पढ्दै गरेकी बालिकालाई व्यथा लागेपछि आइतबार बिहान डाक्टर टेलिमेडिको अस्पतालको खुदीस्थित शाखा कार्यालयमा भर्ना गरिएको थियो ।

पेट दुखेको भन्दै चिच्याएपछि परिवारले उनलाई अस्पताल भर्ना गराएका थिए । तर, ती बालिका उमा गुरुङ (नाम परिवर्तन) को पेटमा बच्चा रहेको थाहा पाएपछि सामान्य अवस्थामा सुत्केरी गराइएको अस्पतालका निर्देशक डा. रवि गुरुङले जानकारी दिएको खबर राजधानी दैनिकले छापेको छ ।

१३ बर्षमै आमा बनेकी बालिकाका अनुसार सातमहिने बच्चाको तौल झन्डै १ किलो रहेको छ । सुत्केरी भएपछि सदरमुकाम बेंसीसहरमा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आमा र बच्चालाई ल्याइएको थियो । आमा र बच्चालाई थप उपचारका लागि आइबार साँझ पख नै चितवन लगिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अस्पतालमै बिरामीको दलाली

यहाँ त मिर्गौलाको बिरामी सात दिनपछि (आइतबार) मात्र हेरिन्छ, नजिकैको मेरिडियन अस्पताल जानुस्, टिचिङबाट पठाएको भन्नुहोला, यहीँका डाक्टरछन्, तुरुन्त उपचार हुन्छ,’ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल प्रागंढमा एक कर्मचारी बिरामी फकाइरहेका थिए ।

उनकै सल्लाहबमोजिम कोही नजिकैको सोही निजी अस्पतालतिर लागे, कोही भने खर्च धेरै लाग्ला कि भनेर टाउको समाउँदै थिए ।

सुर्खेतबाट आएका मिर्गौला रोी देवकुमार घर्ती र उनका आफन्त पनि अलमलमा थिए । यहीँ उपचार होला भनेर खर्च कमै ल्याएका थियौं, एकहप्ता कुर्दा त धेरै खर्च हुनेभयो,’ देवकुमारका भिनाजु शिवराज थापाले भने ‘यहीँका डाक्टरबाट त्यहाँ मेरिडियन ेचकजाँच राम्रो हुन्छ भन्छन्, खर्च धान्न सकिएला कि नाई ।’

सुर्खेतमा उपचार सम्भव नभएपछि टिचिङ रेफर गरिएका उनले शिक्षणकै मिर्गौलारोग विशेषज्ञ डा. दिव्या सिंह शाहबाट मेरिडियन राम्रो उपचार पाईने शिक्षणकै कर्मचारीबाट सल्लाह पाएको जनाए ।

तुरुन्तै मेरिडियन प्याथोलोजी पुग्दा त्यहीँ बिरामीको लाम लामै भेटिएको खबर नागरिक दैनिकले छापेको छ । ‘नजिकै शिक्षण अस्पताल हुँदा हुँदै पनि तपाईहरु किन यहाँ आउनुभएको ?’ लामबाट सामुहिक उत्तर आयो ‘यहाँ ढिलो हुन्छ रे, यहाँ राम्रो पनि छिटो पनि हुन्छ रे, त्यर्ही कै कर्मचारीले पठाएको ।’

शिक्षणमात्र होइन, राजधानीका अधिकांश सरकारी अस्पतालको आँगनमै बिरामीको दलाली भइरहन्छ । सरकारी अस्पतालमै कार्यरत चिकित्सकले उपचार गर्ने भन्दै निजी अस्पतालका प्रचार गर्न त्यही कर्मचारी नै खटिएका हुन्छन् । उनीहरुलाई त्यस्ता अस्पतालले कमिसनको व्यवस्था गरिदिने हुनाले बिरामीको दलाली फस्टाउँदो छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बल्खुमा भनियो- बाबुराम मूर्ख, अपराधी र जंगबहादुर

एमाले नेताहरु मर्न तयार, तर एमाओवादीसँग नझुक्ने
 नेकपा एमालेको उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलामा आइतबार एमालेका शीर्ष नेताहरुले कुनै पनि हालतमा एमाओवादीसँग सम्झौता नगर्ने र बाबुराम भट्टराईलाई जेल हालेर मुलुकलाई उग्रबामपन्थी अराजकतावादबाट मुक्त गरीछाड्ने कसम खाएका छन् ।
कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले नेताहरु मर्न तयार भएको भन्दै साथ दिन कार्यकर्तासँग आग्रह गर्नुभयो । उहाँले संविधानमा मार्ने व्यवस्था नभएकाले बाबुरामलाई जेल हालिने बताउनुभयो । साथै माओवादी नेताहरुले जनताका घरघरमा डुलेर माफी नमागे सबैले जेलमा बास बस्नुपर्ने बताउनुभयो । नेता गौतमले आफूहरु आन्दोलनमा मर्न तयार रहेका भन्दै आफूहरुलाई साथ दिन कार्यकर्तासँग आग्रह गर्नुभयो ।

अर्का बरिष्ठ नेता केपी ओलीले एमाले आफूसँग शक्ति भैकन पनि गान्डिव धनुष फालेको अर्जुनजस्तो शत्रुसँग नलडिकन बसेको साहित्यिक विश्लेषण गर्नुभयो । ओलीले आफ्नो पार्टीलाई बाख्राको घाँटीमा झण्डिएका कामे नलाग्ने लुर्काको संज्ञासमेत दिनुभयो । नेता ओलीले कांग्रेसलाई आफूसँग विचारमा प्रतिश्पर्धा गर्न चुनौती दिनुभयो ।

बरिष्ठ नेता माधवकुमार नेपालले मुलुक असफल राष्ट्र बन्न लागेको बताउँदै कार्यकर्तालाई सोध्नुभयो- ‘देश गम्भीर संकटमा फसेको छ, चन्दा आतंक व्यापक छ, यस्तो ब्रह्मलुट कुनै पनि सरकारका पालामा मच्चिएको थिएन । त्यसैले अब एमाले जाग्ने कि नजाग्ने ? एमालेका कार्यकर्ताहरु सडकमा उत्रने कि नउत्रने ? जनतामा आक्रोश बढिरहेको छ, यसको अगुवाइ एमालेले गर्ने कि नगर्ने ?’

नेता नेपालले प्रधानमन्त्रीले दैलेखवासीलाई गोली ठोक्न आदेश दिएको र प्रचण्डले जनतालाई गुण्डा भनेर अपमानित गरेको भन्दै प्रधानमन्त्रीप्रति आक्रोस पोख्नुभयो- ‘आफूलाई विद्वान भन्ने तर अलिकति पनि बुद्धि नभएका व्यक्ति अहिले प्रधानमन्त्री भएका छन् ।’

पार्टी सचिव शंकर पोखरेलले यो आन्दोदन सरकार फेर्न नभएर लोकतन्त्रका लागि भएको बताउनुभयो । कार्यक्रमका सभापति कृष्णगोपाल श्रेष्ठले निर्णायक आन्दोलन घोषणा हुन अझै बाँकीरहेको बताउनुभयो ।

आइतबार एमाले नेताहरुको बल्खुको भाषण सुन्दा यस्तो लाग्छ, अब एमाले नेताहरु माओवादीसँग कुनै पनि हालतमा झुक्ने र सहमतिमा आउनेवाला छैनन् । उनीहरु कांग्रेसलाईसमेत उछिनेर भए पनि माओवादीलाई मुलुकबाट सधैंका लागि परास्त गर्न कफन बाँधेर मैदानमा उत्रने निधोमा पुगिसकेका छन् । यसले मुलुकको भविश्य अब टेबलबाट नभएर सडकबाटै फैसला हुने बाटोतर्फ लागिसकेको संकेतसमेत गरेको छ ।

हेर्नुहोस्, एमाले नेता गौतम, ओली र पोखरेलको भाषण जस्ताको त्यस्तैः

बाबुरामलाई मार्दैनौं, जेलमा हाल्छौं- वामदेव

काठमाडौंमा ६० लाख मान्छे छन् । यसमा नेकपा एमाले समर्थकहरुको संख्या ठूलो छ । त्यसैले एमालेले २६ गते खुल्ला मञ्चमा आउन आह्वान गर्दा मान्छेहरु मैदानमा उत्रँदैनन् कसरी भन्न सकिन्छ ? मान्छेहरु आन्दोलनमा आउँछन्, तर तपाई कार्यकर्ताहरु पार्टीको आह्वानलाई लिएर जनताको घरघरमा जानुहुन्छ कि जानुहुन्न ? तपाईहरु नसुतिकन रातभरि र नथाकिकन दिनभरि काम गर्नुहुन्छ र आह्वान गर्नुहुन्छ भने जनताले नबुझ्ने र नसुन्ने कुरै हुँदैन ।

कन्फ्युजनहरु छन् । हाम्रो पार्टीभित्र पनि धेरै किसिमका समस्याहरु छन् । कहिले पार्टीभित्र गुटबन्दी, कहिले फुट्छ कि भन्नेजस्ता कुराहरु पनि छन् । हामीले त्यसलाई व्यवस्थापन गरिरहेका छौं । देश जोगाउने कुरा प्रमुख हो ।

बाबुराम भट्टराईले जतिसुकै गरुन्, म गोली खान तयार छु, बालुवाटार छाड्दिँन भने पनि साँच्चिकै गोली खाने अवस्थामा उनले माफी माग्ने छन् । गोली खाने नै अवस्था आयो भने उनले माफी मागेर भन्नेछन्, मैले जीन्दगीभरि ठूलो अपराध गरें । उनलाई गोली नै हान्नुपर्ने छैन । उनले गोली खान तयार छु भने पनि बालुवाटारमा टिकिरहन सक्ने छैनन् ।

हाम्रो देशमात्रै होइन, संसारभरि माओवादीका निम्ति एउटा गम्भीर अवस्था खडा भएको छ । माओवादीले दैलेखका पत्रकार डेकेन्द्र थापालाई जसरी हत्या गरेको छ, नेकपा एमाले र अरु धेरै राजनीतिक पार्टीका नेता कार्यकर्ताको त्यसै गरेर हत्या गरेको छ । आज माओवादी नेताहरु नेपाल छाडेर बाहिर जान सक्दैनन् । मुक्ति प्रधान अमेरिका जानका लागि तयार भएर बसेका थिए, एयरपोर्ट जान तयार भएर बसेका बेलामा अमेरिकी दूतावासबाट उनलाई खबर आयो कि हामीले कूटनीतिक मर्यादालाई कायम राखेर तपाईलाई सूचना दिँदैछौं,तपाई अमेरिका जानुभयो भने पक्राउ पर्नुहुन्छ । तपाई अमेरिका पुग्नुभयो भने र्फकेर आउन सक्नुहुन्न । यसपछि मुक्ति प्रधानले आफ्नो अमेरिका भ्रमण रद्द गरे । यसअघि माओवादी नेताहरु विदेश भ्रमणको तयारी गरिरहेका थिए, अब उनीहरु काहीँ पनि विदेश जानेवाला छैनन् । आज संसारभरि मानव अधिकार हनन गरेका क्रुर कोही छन् भने नेपालका माओवादीभित्र रहेका मानिसहरु छन् भन्ने कुरा विश्वब्यापीरुपमा गएको छ ।

अब माओवादी नेताहरुसित नेपाली जनताको घरघरमा गएर माफी माग्नुभन्दा अर्को विकल्पै छैन । दैलेखमा डेकेन्द्र थापा मारिएका ठाउँमा माओवादी नेताहरुले गएर माफी माग्नुपर्छ । मुक्ति अधिकारी मारिएका ठाउँमा गएर माफी माग्नुपर्छ । शिवबहादुर आलेलाई मारेका ठाउँमा गएर माफी माग्नुपर्छ । नेकपा एमालेका दुईसय भन्दा बढी नेता कार्यकर्तालाई माओवादीले नृशंस हत्या गरेका छन् । ती हत्या गरेका ठाउँमा गएर माओवादीले माफी माग्नुपर्छ । नेपाली कांग्रेसका हजारौं कार्यकर्ता मारेको ठाउँमा गएर माफी माग्नुपर्छ । रुाजनीतिक कार्यकर्ताहरु बन्दुक लिएर माओवादीसँग लड्न गएका थिएनन् । तर, उनीहरुले मार्दै हिँडे, काट्दै हिँडे । एउटा ठूलो आतंकको सिर्जना गरे । अब यसको जवाफ नेपाली जनताले खोज्नुपर्छ ।

अब माओवादीका अगाडि दुईवटा मात्रै विकल्प छ, कि बाँचुन्जेल जेलमा गएर सड्ने अथवा नेपाली जनताका अगाडि गएर माफी माग्ने । यस्तो अवस्थामा पुगेको माओवादीका अगाडि अब हामीले डराउनुपर्ने अवस्था छैन । सिंहदरबार नछाडुन्, बालुवाटार नछाडुन् । तर, जनता उठ्ने छन् । हामीलाई यही अवस्था चाहिएको छ । बाबुराम भट्टराई सिंहदरबार र बालुवाटार नछाड्लान् तर जनता त्यहाँभित्र गएर बाबुरामलाई लिएर आउने छन् । मार्न त हामी नमारौंला, किनभने हामीले नै संविधानमा नमार्ने व्यवस्था राखेका छौं । तर, जेल हाल्नेछौं, हाल्नेछौं बाबुराम भट्टराईलाई । र, त्यस ठाउँमा जनताको राज्य स्थापना गर्नेछौं । नेपाली जनताले यही चाहेको छ । र, यो विजय नेपाली जनताको अन्तिम विजय हुनेछ । सामन्ती निरंशुकताललाई हामीले पराजित गर्यौं अब क्रान्तिकारिताको नाममा आतंक सिर्जना गर्ने, विदेशीका अगाडि आत्मसमर्पण गर्न लगाएर देशलाई संघीयताका नाममा टुक्राटुक्रा पार्नेहरुलाई अन्तिम रुपमा पराजीत गरिने छ । र, यो पराजय नेपालमा उग्रवामपन्थी अराजकतावादको अन्तिम पराजय हुनेछ । नेकपा एमालेले अब यसको नेतृत्व गर्नुपर्छ । यो नेतृत्व आज तपाई हाम्रो काँधमा आएको छ । हामी त बूढा भयौं, तपाईहरु जवान हुनुहुन्छ, तपाई जवानहरुले अब यो देशलाई बोक्नुहुन्छ कि बोक्नुहुन्न ? तपाईहरुका अगाडि यही प्रश्न खडा भएको छ । हामी नेताहरु अब अगाडि जान्छौं, मर्न पनि तयार छौं । तपाईहरु हामीलाई साथ दिन अगाडि बढ्नोस् । माओवादी अराजकतावादलाई हामी पराजित गर्छौं गर्छौं गर्छौं । कुनै पनि हातमा पराजीत गर्छौं, देश पनि जोगाउँछौं, सम्वृद्धि पनि ल्याउँछौं । समाजवादतर्फ लिएर पनि जान्छौं । नेकपा एमाले यसको नेता हो ।

एमाले बाख्राको घाँटीमा झुण्डिएको लुर्का होइन-ओली

अहिलेको संक्रमण काल सामान्य होइन । यतिबेला हामी एउटा जटिल अवस्थामा छौं । यतिबेला हाम्रो संक्रमणकाल बडो गम्भीर अवस्थामा छ । जहिले पनि ठूला राजनीतिक परिवर्तनहरु संक्रमण कालबाट गुजि्रन्छन् । शासकहरु फेरिन्छन्, शासन फेरिदा प्रणालीहरु फेरिन्छन्,व्यवस्थाहरु फेरिन्छन् । व्यवस्था फेरिँदा संविधान फेरिन्छ, कानूनहरु फेरिन्छन् । यसरी पुरानोलाई भत्काएर नयाँ कहाँ लान खोजिएको हो, त्यहाँ पुर्‍याउनका लागि नयाँ प्रणाली व्यवस्थित गर्नुपर्ने हुन्छ । यो अवधिलाई हामी संक्रमणकाल भन्छौं ।

ठूला परिवर्तनपछि संक्रमणकाल हुन्छन्, यो स्वाभाविक हो । तर, अहिले हामी जटिल खालको संक्रमणकालमा पर्यौं । जेठ १४ गतेपछि संक्रमणकाले जटिलता र गंभीरताको मोड लियो । यस्तो किन भयो ? सामान्यतः शान्ति र लोकतन्त्र पक्षधर शक्तिको हातमा नै नेतृत्व छ भने संक्रमणकाल सहज ढंगले अगाडि बढ्छ । तर, जानुपर्ने गन्तव्य छ शान्तितिर, नेतृत्व छ हिंसावादीका हातमा भने अब मुलुक फस्यो । जानुपर्नेछ लोकतन्त्रतिर तर, अधिनायकवादीका हातमा नेतृत्व छ भने उसले मुलुकलाई लोकतन्त्रतिर लाँदैन अनि मुलुक जटिलतातिर फस्छ ।

संविधानसभा किन असफल भयो ? संविधान किन भनेन ? किन संवैधानिक संकट खडा भयो ? संवैधानिक निकायहरुको रिक्तताको अवस्था किन बन्दैछ ? यो सबै कुरा शान्तिवादी, लोकतन्त्रवादी मूलधारका पार्टी, शक्ति र व्यक्तिहरुले गर्दा होइन । दक्षिणपन्थी अतिवादलाई हामीले विस्थापित गर्यौं । सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई विस्थापित गर्यौं । हिंसावादी अतिवादी उग्रवादी माओवादीका कारणले गर्दा जटिल र अनौठो खालको सं्रक्रमणकाल हाम्रो देशमा छँदै थियो । यहाँ दक्षिणपन्थी अतिवादसँग मुकाविला गरिरहँदा शान्ति प्रक्रियालाई अवसरका रुपमा प्रयोग गर्ने र अलोकतान्त्रिक एकाधिकारवादी अभिष्ट प्राप्त गर्न कोशिस गर्ने माओवादीसमेत यसमा मिसिएर आयो । मिसियोमात्रै होइन, संविधानसभाको निर्वाचनको गलत परिणामका कारणले गर्दा माओवादी प्रमुख शक्तिका रुपमा आयो । शान्ति स्थापना गर्नुपर्नेछ तर हिंसावादी प्रमुख शक्तिका रुपमा संविधानसभामा आयो । लोकतन्त्र सुदृढ गर्नुपर्ने छ, तर अलोकतान्त्रिक, एकाधिकारवादी, स्वेच्छाचारी खालको उग्र वामपन्थी शक्ति प्रमुख शक्तिका रुपमा आयो । यही अनुपयुक्त संविधानसभालाई पनि सही परिणाम दिने हाम्रो भूमिका सफल हुन सकेन । माओवादीले या त आफ्नो छाप लागेको संविधान चाहियो, या संविधान हुँदैन भन्यो । यसरी माओवादीले संविधान बन्न दिएन । अत्यन्त धूर्तताका साथ देशभित्र र बाहिरका शक्तिहरुलाई ढाँटेर सरकारमा गयो । कतिपयका स्वार्थहरुलाई पूरा गरेर राष्ट्रहित विपरीत, देशद्रोही, जनविरोधी कामहरु गर्दै धोकापूर्ण ढंगले सरकार प्राप्त गर्ने र त्यो सरकारमा कायम रहने तर, सहमतिको निकटमा पुगेको अभियन गर्ने, सहमति नगर्ने, भैहाल्यो भने त्यसलाई तोड्ने काम गरियो । र माओवादी असहमतिको बाटोमा हिँड्यो । सरकामा टिकिरहने मनसायले नगर्ने चुनावको घोषणा गर्यो ।

संविधान बन्न नदिने माओवादी हो । संविधानसभा सिध्याउने माओवादी हो । यो देशमा संघीय शासन पनि माओवादीले नै हुन दिँदैन । धेरै मान्छे संघीयता भनेका छन्, माओवादीका पछि कुदेका छन् । उल्टो गरेका छन् । माओवादीको न दस्ताबेजमा संघीयता छ, न मनमा संघीयता छ । माओवादी संघीयताको पक्षधर छैन । माओवादी साम्प्रदायिक विद्धेष र साम्प्रदायिक घृणाको पक्षमा छ । एकल जातीय स्वायत्त, त्यो पनि आत्मनिर्णयको अधिकार, फुट्न पाउने अधिकारसहितको एकल जातीय स्वायत्तता शासनको पक्षमा छ । एकल जातीय स्वायत्तता भनेको संघीयता होइन । यहाँ मान्छेहरु हेर्दा पढेलेखेकै जस्ता पनि देखिन्छन्, कसैकसैले त डाक्टर पनि लेखेको देखिन्छ, कोही कोही लामो इतिहास भएका भन्नेहरु पनि छन् । तर, बहकिँदै गएपछि मान्छे यति बहकिँदोरहेछ, माओवादी संघीयताको पक्षमा छैन भन्ने कुरो पनि थाहा पाउँदैनरहेछ र माओवादीकै पछि लाग्दोरहेछ ।

जबज धारण गरेको, लामो अनुभव बोकेको, राणाशाहीसँग लडेको, पञ्चायती ढालेको, राजतन्त्र फालेको अनि माओवादीलाई जंगलबाट समातेर घिस्याउँदै शान्ति प्रक्रियामा यहाँसम्म ल्याइपुर्‍याएको एमाले पार्टी यहाँ छँदैछ, फेरि देश संकटमा छ । यो त महाभारतको कथामा अर्जनले गान्डिव धनु फ्याँकेर के लड्ने भनेजस्तो स्थिति देखियो । गान्डिव पनि छ, अर्जुन पनि छ, सीप पनि छ, पाखुरा पनि छ, सारथी कृष्ण छ, तर नलडेपछि के गर्ने ? शत्रु खुशी हुने, आफ्ना सबै निराश हुने । हामीसँग जबज छ । हामीसँग संगठन छ, जनताको विश्वास छ । हामीसँग अनेक अनुभवहरु छन् । हामीसँग दुनियाँको आशा, भरोसा छ । यस्तो अवस्थामा यत्रो पार्टी Û

मैले थुप्रै ठाउँमा भन्ने गर्छु के हाम्रो पार्टी बाख्राको घाँटीमा झुण्डिएको लुर्का हो ? थुनजस्तो देखिन्छ, दूध आउँदैन । पुच्छर होइन, झिंगा धपाउन पनि काम लाग्दैन । न सुन्न कामलाग्छ, न सुँध्न काम लाग्छ, न खान काम लाग्छ, केही पनि काम लाग्दैन । तैपनि लुर्काचाँहि झुण्डिरहेको हुन्छ । नेकपा एमाले भनेको यस देशको बाख्राको लुर्का होइन । कहिले कहिले निस्कने मधु र कैटबहरुलाई ठेगान लगाएर अगाडि जाने पार्टी हो नेकपा एमाले ।

अहिलेको परिस्थितिमा यो सरकारलाई एकछिन पनि राख्न मिल्दैन । बाबुराम सरकारलाई राजीनामा गर भन्ने हैन, उनी कामचलाउमात्रै हुन् । उनीहरु कामचलाऊ भएर नै टिकिरहन चाहन्छन् । यही सरकार २०/२५ वर्ष जान्छ भनेर कुनै केटाकेटीले गुच्चा खेल्दा भनेको कुरा होइन । यस्तो अवस्थामा यो सरकालाई अर्को सरकार गठनद्वारा विस्थापन गर्नुपर्छ । यो सरकारको राजीनामाको प्रश्न होइन, यो हटिसकेको छ । तर, हटे पनि हट्न मान्दैन । तपाईहरुले सुनिहाल्नु भो, गोली खाएर मर्छु, झुण्डिएर मर्छु, सेरिएर मर्छु सरकार छाड्दिन भनिराखेको । यसो भएको हुनाले आज राष्ट्रियता जस्तो खतरामा परेको छ, लोकतन्त्र खतरामा परेको छ, जसरी संक्रमणकाल लम्ब्याउने षड्यन्त्र भैरहेको छ, देशलाई अग्रगामी परिवर्तनतर्फ जान नदिने षड्यन्त्र भैराखेको छ, त्यसबाट देशलाई मुक्त गर्नका लागि जनतालाई सचेत पार्नुपर्छ । माओवादीको धाकधम्की, त्रास, भ्रम सबै कुराबाट जनतालाई मुक्त गरेर देशलाई अगाडि बढाउने कामको नेतृत्व गर्न नेकपा एमालेले अहिले विशेष ढंगको भूमिका खेल्नुपरेको छ ।

हामीले यसो भनिरहँदा हाम्रो सहयात्रामा रहेका कतिपय मित्रहरु झस्किन्छन् होला । हामी स्पष्ट छौं, ००७ सालमा कम्युनिष्टको सहयोग रहे पनि कांग्रेसले नेतृत्व गरेको थियो । ०४६ को आन्दालेन बैचारिक ढंगले एमालेले नेतृत्व गरेको थियो, व्यहारिकरुपमा कंग्रेसले संयुक्त नेतृत्व लियो । ०६२/०६३ को आन्दोलनमा वास्तवमा नेकपा एमालेको अगुवाइ थियो, यद्यपि नेपाली कांग्रेसको मानसिकताका कारण। खासगरी गिरिजाप्रसाद कोइरालाको कारणले गर्दा त्यसबेला पनि नेपाली कांग्रेसको नेतृत्व भन्ने भयो । तर, व्यवहारिक नेतृत्व एमालेको थियो । अबको आन्दोलनलाई नेकपा एमालेले दृढताका साथ वैचारिक रुपमा हाँकेर अगाडि बढ्दैन भने आन्दोलन सम्भव हुँदैन । त्यसकारण नेकपा एमालेले आन्दोलनेको नेतृत्व गर्नुपर्छ । अरु। पनि प्रतिश्पर्धामा आए हुन्छ । एमालेको भन्दा बढ्ता शक्ति लिएर आऊ, एमालेभन्दा व्यवस्थित विचार लिएर आऊ, म उनीहरुलाई भन्न चाहन्छु । तर, यो कुनै गाई कि त्रिशुल खेल्ने कुरा होइन । भवितव्यले हुने कुरा होइन, यो विचारको कुरा हो । यो इतिहासले सुम्पेको अभिभाराको कुरा हो । यो कुरा नेकपा एमालेले बुझ्नुपर्छ । आज आन्दोलन अपरिहार्य छ । पोखरीमा चढाउन लोहोटामा पानी अलिकति पानी बोकेर गएजस्तो तरिका एमालेले गर्नु हुँदैन । नेकपा एमालेले आफ्नो अभिभारा बुझ्नुपर्छ ।

बाबुराम जंगबहादुर बन्ने यात्रामा छन्- पोखरेल

जेठ १४ को मध्यरातमा संविधानसभालाई असफल बनाएर मुलुकलाई अँध्यारो सुरुङतर्फ धकेल्नको लागि माओवादी नेतत्वको सरकारले जेजस्तो प्रपञ्च गरेको छ, आजसम्म आइपुग्दा हाम्रो पार्टीले गरेको विश्लेषण सही थियो भन्ने प्रमाणित भएको छ । बैसाखमा चुनाव हुनसक्ने कुनै स्थिति छैन । चुनाव गर्नका लागि होइन, सत्तामा रहनका लागिमात्रै सरकारले चुनाव घोषणा गरेको हो । संविधानसभाको विघटनपछि राष्ट्रलाई संवैधानिकरुपमा रिक्ततामा पुर्‍याउने उद्देश्यका साथ ती कामहरु गरिएका थिए भन्ने आज प्रमाणित भएको छ । अहिले मुलुकका सं्रवैधानिक अंगहरु रिक्त हुँदै गइरहेका छन् । शक्ति सन्तुलनको सिद्धान्तलाई समाप्त पारिएको छ । बाबुराम नेतृत्वको सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न उदत्त छन् । सबै प्रकारका लोकतन्त्रका अवयवहरुलाई समाप्त पारेर दुश्प्रयासमा जुटिरहेका छन् ।

बाबुराम भट्टराई जंगबहादुर बन्ने अभियानमा जुटिहेका छन् । बाबुराम भट्टराई त्यसैगरी शक्तिकेन्द्रको आडमा मुलुकलाई अधिनायकवादतिर लैजाने र राष्ट्रिय स्वाधीनता र सार्जभौमसत्तालाई नै चुनौती दिने हिसाबमा अघि बढिरहेका छन् । मुलुकलाई यो संकटबाट जोगाउन लोकतान्त्रिक, देशभक्त शक्तिहरु एकतावद्ध भएर अगाडि बढ्न जरुरी छ भन्ने मान्यताका आधारमा प्रतिपक्षी दलहरुले सडक आन्दोलनको घोषणा गरेका छन् ।

दैलेखबाट आन्दोलनको घोषणा भएको छ र देखव्यापी आन्दोलन शुभारम्भ भएको छ । १२ गते देशका ७५ वटै जिल्लामा विरोधसभाहरु सम्पन्न भएका छन् । हामीले जुन किसिमको तयारी गरेका थियौं, यो परिप्रेक्ष्यमा जनताको उल्लेख्य सहभागिता रह्यो । पहिलो चरणका १२ गतेको कार्यक्रम अत्यन्त सफलतापूर्णरुपमा सम्पन्न भएको छ । हामी उपत्यकामा १६ गतेको कार्यक्रमको तयारीमा लागेका छौं । १६ गतेलाई हामीले सहिद सप्ताहसँग जोडेका छौं । सहिद सप्ताहलाई सर्वसत्तावादको विरोध र भण्डाफोर सप्ताहका रुपमा मनाइने छ ।

यो आन्दोलन एउटा व्यक्तिलाई प्रधानमन्त्रीबाट हटाएर अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि हो भन्ने ढंगले प्रचार गर्ने गरिएको छ । यो आन्दोलन सरकार परिवर्तनका लागिमात्रै गरिएको होइन । यो लोकतन्त्रका लागि गरिएको आन्दोलन हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुनिलले उडाए ‘हेलीकोप्टर’ (फोटो सहित)

एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए । ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।

शुरुमा एमाले उपाध्यक्ष वामदेव गौतमले रिमोर्ट ‘अन’ गरेर उद्घाटन गरेपछि आविस्कारक सुनीलले बाइनाकुलरजस्तै रिमोर्ट कन्ट्रोल घाँटीमा झुण्ड्याएर भुईंबाटै ‘हेलीकोप्टर’ आकाशमा उडाए । ‘क्वाडकोप्टर’ नाम दिइएको यो यानले आकाश चुमेपछि दुईवटा चील अचम्म मान्दै मेसिन छेउमा आउँदै भाग्दै गरेको दृश्य जमीनबाट निकै रोचक देखिएको थियो ।

यान आकाशमा केहीबेर उडेर पुनः पहिले राखिएकै टेबलमा ‘ल्याण्ड’ भएको थियो । ल्याण्ड हुने बेलामा साँच्चैको हेलीकोप्टरले जस्तै धूलोसमेत उडाएको थियो भने टेबलमा रहेको रातो कपडासमेत हावाले भुइँमा झारेको थियो । भित्री इञ्जिनजस्तै देखिने यो फुच्चे यानको छेऊमा प्लेनजस्तै आकारको काठले बनेको ढकनीसमेत राखिएको थियो ।

सुनीलले यान उढाउनुअघि एमाले पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले माइकबाट भन्नुभयो-’हाम्रो आन्दोलन दबाउन विगतमा ज्ञानेन्द्रले हेलिकोप्टर उडाए । अहिले बाबुारमले दैलेखमा जनतालाई दमन गर्न हेलिकोप्टर उडाए । अब जनताको हेलीकोप्टर उड्ने छ र अब यसले बल्खुको आकाशबाट एमालेको कार्यक्रम निरीक्षण गर्ने छ ।’

‘हेलीकोप्टर’ टेबलमा फर्किसकेपछि तुलाधरले फेरि भन्नुभयो- ‘ पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ । बाबुरामले त डाक्टर पढेको रे तर बन्दूक बोक्नमात्रै जाने । त्यस्तो पढाइ के पढाइ ?’

आकासमा उडेको चिललाई पछ्याउँदै क्वाडकोप्टर

आविस्कारक युवा के भन्छन् ?

आइतबार बल्खुमा उडाइएको क्वाडकोप्टरमा एउटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको थियो भने मोटर र पंखा ४/४ बटा थिए । सानो आकारको सामान्य यान बनाउन न्यूनतम १५/१६ हजार खर्च लाग्ने सुनील बताउँछन् । मान्छे बस्न मिल्ने पनि बनाउन सकिने तर, अलि बढी खर्च लाग्ने उनको भनाइ छ ।

‘क्वाडकोप्टर’ उडाउने युवा सुनील महर्जन ललितपुरको बालकुमारीमा आफ्नो परिवारले सञ्चालन गरेको हेन्डीक्राफ्ट पसलमा काम गर्छन् । ०३७ साल असारमा जन्मिएका सुनीललेसेन्ट जेभियर्स र ललितपुरकै सगरमाथा स्कुलबाट माध्यमिक तह पार गरेका हुन् । उनले व्यवस्थापनमा १२ कक्षासम्म पढेका छन् ।

सानैदेखि विज्ञानप्रति रुची भएकाले ८/१० वर्ष अघि नै यस्तो मेसिन आकाशमा उडाएको उनले अनलाइनखबरलाई बताए । ‘घरमा ५/७ वटा अझै छन्, केही क्र्यास भए । धेरैवर्ष अघि यस्तो आविस्कार गरिसकेको भए पनि द्वन्द्वका बेला अप्ठ्यारो पर्ने डरले बाहिर आउन सकिँन ।’ महर्जनले भने-’यसमा क्यामेर राखेर आकाशबाट भिडियो खिच्न सकिन्छ, भर्खरै मनकामनामा यसैगरी भीडियो खिचेको छु ।’

सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर ।

‘क्वाडकोप्टर’मा आकर्षक ढकनीसमेत राख्न सकिने र बढी रकम खर्च गरेर राम्रो बनाउन मिल्ने सुनीलको कथन छ । यसमा लाग्ने सामान मल्टी रोडरजस्तै भएको उनले अनलाइनखबरलाई बताए । आफूले कतैबाट प्रोत्साहन पाए देशका लागि केही गर्न सक्ने उनले बताए । आफूले कुनै पार्टी वा गुटको नभई सिंगै देशका लागि काम गर्न चाहेको समेत उनले अनलाइनखबरसँग भने ।

सुनीलले केही महिनाअघि काठमाडौंको चोभारमा उढाएको ‘क्वाडकोप्टर’ को भिडियो उनको युट्युबमा समेत हेर्न सकिन्छ ।

सुनिलले बनाएको अर्को मोडलको क्वाडकोप्टर । जसमा नेपालको झण्डा समेत छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

प्रधानमन्त्रीको ट्वीटरमा खिसीटिउरीदेखि सुझावको ओइरो

Written By Unknown on Saturday, January 26, 2013 | 10:13 PM

 प्रधानमन्त्री बाबुराम भट्टराईको बारेमा एकपटक विचार गरौं है त ? उपाधिमा उहाँ डाक्टर, अहिलेको पद प्रधानमन्त्री अर्थात अंग्रेजीमा प्राइममिनिस्टर । मुस्ताङ गाडी चढेर चर्चामा आएपनि जिल्लाजिल्लामा पुग्दा चढ्नुपर्ने त्यही महंगो हेलिकप्टर । बस्ने ठाउँ बालुवाटार टारमा बसेर धेरै ‘टर’सँग सम्बन्ध रहेका प्रधानमन्त्री पछिल्लोपटक यही टर झुण्डिएको ठाउँमा पुगेर चर्चित हुनुभएको छ । त्यो हो टि्वटर ।

‘बौद्धिक’ र युवा पुस्तामाझ बढी लोकपि्रय सामाजिक सञ्जाल टि्वटरमा प्रधानमन्त्रीले देश विकास र राजनीतिक निकासका आफ्ना महत्वपूर्ण टिप्पणीहरु राख्ने गर्नुहुन्छ । युवावर्गलाई निराश नहुन सुझाव दिनुहुन्छ । आफूलाई आएका धेरै प्रश्नमध्ये छनोट गरेर केहीको जवाफ पनि फर्काउनुहुन्छ । राजनीतिक तथा प्रशासनिक कामले व्यस्त भएपनि उहाँले नियमित रुपमा टि्वटर चलाइरहनुभएको छ ।

प्रधानमन्त्रीको टि्वटरमाथि हाँसीमजाक

अरु देशमा सरकार प्रमुख र विशिष्ट व्यक्तिहरुले सामाजिक सञ्जाल चलाउनु नौलो नभएपनि नेपालका लागि भने पहिले अरुले नगरेका भएकाले प्रधानमन्त्रीको टि्वटर अभियान नयाँ विषय भएको छ । उहाँलाई टि्वटरमा खिसिटिउरीदेखि महत्वपूर्ण राजनीतिक सुझाव दिनेको संख्या उत्तिकै छ ।

प्रधानमन्त्रीले टि्वटर चलाउन थालेपछि एकजनाले लेखेका छन् :

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

चार-पान दिन भयो, बरर आउछन, ट्वीटर फिरिरी…

 जनतालाई ढाटी, आस्वोसन बाडी ठुलो दल बनेको …

कुर्सीमा पुगी बिदेसी पुजी, आफ्नै आगन खनेको ..

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

हुन्छ के हो निर्बाचन फेरी, ट्वीटर फिरिरी,….

सानुमा सानु नेपाल रास्ट देखेनौकी राम राम ,

जहिलेनी उल्लु जनतालाई पार्छौ के हो चाल बाबुराम रुरु

ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,…

सपनाको खेति खोरिया फाडदै, ट्वीटर फिरिरी,…!!

 ट्वीटर फिरिरी, ट्वीटर फिरिरी,..

चार – पान दिन भयो, बरर आउछन, ट्वीटर फिरिरी !!

कतिले टि्वटरमार्फत प्रधानमन्त्रीको छेडछाड पनि गर्ने गरेका छन् । गौरव खतिवडाले प्रधानमन्त्रीलाई लेख्नुभएको छ :

‘भट्टराईज्यू एउटा गतिलो जागिर लगार्यदिनुस् न, हजुरलाई दुःख लाग्दैन ? डिग्री पढेको नेपाली युवकले बिदेशमा भाँडा माझेर बस्छन् भन्दा ?’

‘ल म सुतें । सबेरै उठेर पाकिस्तानीको रेष्टुराँमा भाँडा माझ्न जानुछ । नेपालमा एक सेमेष्टर सक्न एक वर्ष लाग्यो, यता आएको, दुःख पाइयो ।’

यस्तै उज्जवल आचार्यले लेख्नुभएको छ : ‘नेपाललाई स्वीजरल्याण्ड बनाउँछु भन्ने एउटा प्रम थिए उहिले । अहिले चाहिँ बिहार बनाउँछु भन्ने आएछन् । अग्रगामी छलांग त होला नि ।’

भंगेरो नाम भएका एकजनाले आइतबार मात्रै प्रधानमन्त्रीलाई व्यंग्य गर्दै लेखेका छन् :

‘२७ वर्षे युवा किशोर विष्ट निजी खर्चमा सडक बनाउँछन् । देशको प्रधानमन्त्री सरकारी पैसामा निजी हवाई भ्रमण गर्छन् ।’

सवाल जवाफ

आफ्नो टि्वटरमा दिनहुँ आउने सयौं टिप्पणीलाई प्रधानमन्त्रीले अध्ययन गर्ने भएको उहाँको निजी सचिवालयले जनाएको छ । कतिपय उहाँ आफैंले हेर्नुहुन्छ, कतिपय सुझावलाई सहयोगीहरुले संकलन गरेर प्रधानमन्त्रीलाई बुझाउँछन् ।

धेरै सुझाव, प्रतिकृया र टिप्पणीमध्ये केहीको प्रधानमन्त्रीले जवाफ पनि दिने गर्नुभएको छ । दिप्ती गुरुङले सोध्नुभएको एकल आमाका सन्तानलाई नागरिकता दिनेबारेको प्रश्नमा प्रधानमन्त्रीले जवाफ फर्काउनुभएको छ :

‘मैले केही दिन पहिले उच्च पदस्थ अधिकारीहरुलाई राखेर एकल आमाका सन्तानलाई नागरिकता दिन भनिसकेको छु ।’

प्रधानमन्त्रीको यो जवाफमा धरानबाट पत्रकार सीता मादेवाले लेख्नुभएको छ :

‘तर व्यवहारमा लागू भएको छैन प्रधानमन्त्रीज्यू ?’

सरकारी कार्यालयमा हुने अनियमतता र घुसखोरीप्रति सोधिएको प्रश्नमा प्रधानमन्त्रीले जवाफ फर्काउनुभएको छ :

‘घुस खाने कर्मचारीको प्रमाणसहित नाम दिनुस्, कार्वाही हुन्छ ।’

प्रधानमन्त्रीको यो जवाफमा धेरैले व्यंग्य गरेका छन् । तीमध्ये केही यस्ता छन् :

‘हँसाउनुभयो प्रधानमन्त्रीज्यू, कुन चाहिँ घुस्याहालो चिट्ठी लेखेर या भिडियो बनाएर घुस माग्छ ?’

‘अपराधीको अपराध लुकाउन खोज्ने सरकारको नाइकेको नि नाम लेखेर दिने हो महाराज ?’

प्रमाण सहित कार्वाही परेका चाहिँ किन छुट्ट्न नि ?’

‘कर्मचारी मात्र कि घुस खाने अरुलाई नि कार्वाही हुन्छ ? केशव स्थापितले लिंदैछन् नाम प्रमज्यू ।’

‘तपाईंले कार्वाही गर्न सक्ने निमुखा कर्मचारी त हो नि । सक्ने हो भने आफ्नै श्रीमतीलाई कार्वाही गर्नुस्, स्थापितले प्रमाण दिइसके ।’

यस्तै पार्टी कामको सिलसिलामा हेलिकप्टर चढेर सरकारी खर्चको दुरुपयोग भयो भन्ने आलोचना बढेपछि प्रधानमन्त्रीले टि्वटरमै लेख्नुभयो :

‘पार्टी कामको भ्रमणको पैसा पार्टीले तिर्छ, सरकारको होइन । मैले यो प्रणाली शुरुदेखि नै कायम गर्दै आएको छु ।’

तर प्रधानमन्त्रीको यो जवाफमा पनि धेरैले चित्त बुझाएनन् । कसैले पार्टीमा चाहिँ त्यति धेरै पैसा कहाँबाट आउँछ भनेर प्रश्न गरेका छन् । कतिले त्यो खर्च सरकारकै हुने बताएका छन् । पत्रकार दिपक भट्टराईले लेख्नुभएको छ :

लालध्वज ९उहाँलाई यही नाम प्यारो भएर होला टि्वटरमा प्रयोग गर्नुभएको छ० जीले पार्टीको काममा गएको हेलिकप्टर खर्च पार्टीले वेहोर्छ भन्नुभएको छ। पार्टीले भर्खरै निर्वाचन आयोगमा बुझाएको हिसाब किताबमा पार्टीसँग १७ लाख रुपैयाँ मात्र छ। दिनदिनै हेलिकप्टरमा उडेकै उडै हुनुहुन्छ। त्यो १७ लाख त हेलिकप्टरमा उड्दा दुई दिन मै सकिन्छ रे। आफू प्रधानमन्त्री भएका बेला पार्टीलाई घाटामा लगेको आरोप लाग्ला है…!!

प्रधानमन्त्रीका ताजा विचार

सार्वजनिक कार्यक्रममा नभनिएका कतिपय विषयलाई प्रधानमन्त्रीले टि्वटरमा समेत लेख्ने गर्नुभएको छ । जसको आधारमा समाचार बन्ने गरेका छन् । शनिबार भक्तपुरमा पार्टी कार्यक्रममा भाषण गर्नुअघि प्रधानमन्त्रीले लेख्नुभयो :

‘अबको राजनीतिक निकास संविधानसभाको नयाँ निर्वाचन नै हो । आगामी जेठ १५ सम्म निर्वाचन गर्ने सम्भावना अझै छ ।’ टि्वटरमा भनेजस्तै उहाँले भाषणमा पनि यही कुरालाई जोड दिनुभएको थियो ।

टि्वटरमा प्रधानमन्त्रीले उर्जाको विषयमा बढी जोड दिने गर्नुभएको छ । उहाँले लेख्नुभएको छ :

‘उर्जा संकट समाधानका लागि तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना जरुरी छ । लोडसेडिङ पुरै अन्त्य गर्न ५ वर्ष लागेपनि कम गर्दै लान सकिन्छ ।’ प्रधानमन्त्रीले टि्वटरमा लोडसेडिङ घट्ने जानकारी दिएपछि विद्युत्त प्राधिकरणले तालिका ननिकालिकनै १४ घण्टालको लोडसेडिङलाई १२ घण्टामा सीमित गर्न थालेको छ ।

यसरी प्रधानमन्त्रीले युवामाझ लोकपि्रय सामाजिक सञ्जाल टि्वटर मार्फत नयाँ विषयसँगै सोधिएका प्रश्नको जवाफ पनि दिने गर्नुभएको छ । प्रधानमन्त्रीले आफैं टि्वटर चलाउनुहुन्छ कि अरुले चलाउँछन् केहीले अझै आशंका गरेका छन् । तर उहाँका प्रमुख स्वकीय सचिव सचिव विश्वदीप पाण्डे भन्नुहुन्छ -’उहाँ आफैंले चलाउनुहुन्छ, जवाफ पनि उहाँले नै दिनुहुन्छ, कहिलेकाहीँ हामीले आएका टिप्पणी र प्रतिकृया उहाँलाई बुझाउँछौं ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बाँदरको हातमा आइप्याड

बाँदरको हातमा नरिवल भन्ने उखान त सुनैकै हो । सायद यो उखान अब पूरानो भैसक्यो जस्तो छ । धनी देशहरुका हकमा भने बाँदरको हातमा नरिवल होइन कम्प्युटर तथा मोबाइल जस्ता अत्याधुनिक साधन पर्न थालिसकेका छन् ।

यसको प्रमाण हो अमेरिका । अमेरिकाको नेसनल चिडियाखानाको बाँदरलाई आइप्याड दिइएको छ । चिडियाघरका ओरांगओटनहरु अहिले आइप्याड खेलाउन र त्यसमा भएका विभिन्न गेम खेल्नमा मस्त छन् ।

चिडियाखानाका कर्मचारी बिकी म्यालिन्स्कीका अनुसार यी जनावरको दैनिकीमा केही परिवर्तन होस्, नयाँ कुरा सिकुन् र अल्छि नबनुन् भन्नका लागि उनीहरुलाई आइप्याड बाडिएको हो । यसअघि ती ओरांगओटनलाई विभिन्न खालका खेलौनाका साथै खेल खेलाइने गरिएको थियो ।

आइप्याड दिएसँगै ओरांगओटनहरुले विभिन्न दश खालका गेम एप्सहरु सिकिसकेका छन् । म्युजिक बजाउने, चित्र खिच्ने जस्ता खेल खेल्नमा उनीहरु माहिर भैसकेका छन् । ३६ वर्षका बोनी आइप्याडमा डम बजाएर मिठो संगित निकाल्न खप्पिस बनिसको छ । १६ वर्षको क्याली पियानो बजाउँछ ।

एप्स फर एप भन्ने अभियान अन्तरगत एक संरक्षणवादी संस्थाले यी ओरांगओटन बाँदरलाई आइप्याड उपलब्ध गराएको छ । ओरांगओटनलाई जैविक रुपमा मानिसको सबैभन्दा नजिकको बाँदर प्रजाति मानिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चर्चा पाउन तरुनीको घिनलाग्दो काम (फोटो सहित)


मान्छेले चर्चा कमाउन के सम्म गर्दैन ? अहिले त अझ इन्टरनेट चर्चा कमाउने सजिलो थलो बनेको छ । फेसबुक तथा  यूट्युव लगायतका साइटहरुमा पोष्ट गरिने सामाग्रीहरु लाखौँले हेर्छन् । त्यसैले चर्चित हुनका लागि मान्छेहरुले इन्टरनेटमार्फत अनौठा करतूत सार्वजनिक गर्छन् ।

हालै यस्तै अनौठो तर घिनलाग्दो भिडियो इन्टरनेटमा खुबै चर्चित बन्यो । जियोवान्ना प्लावमन नामकी युवतीले फेसबुक तथा ट्विटरमा राखेको आफ्नै भिडियो साँच्चीकै घिनलाग्दो थियो । उनले महिनावारी भएको बेला लगाएको प्याड मुखले चुसेर सफा गरेको दृश्य अपलोड गरेकी थिइन् ।

रगतले भिजेको प्याड मुखले चुसेर सफा गरेको भिडियो राख्नेबित्तिकै ट्विटरमा उनलाई फलो गर्नेहरु एकाएक ९ हजार पुगे भने उनको फेसबुक पेज मन पराउनेको संख्या २ लाख नाघे । यूट्युव मा पनि यो भिडियोले उत्तिकै चर्चा पयो । यद्यपि अश्लील तथा घिनलाग्दो भएको भन्दै फेसबुक र यूट्युवले यो भिडियो हटाइसकेका छन् ।

कतिपयले ती केटीले साँच्चीकै महिनावारीको रगतले भिजेको प्याड चुसेको हो भनेका छन् भने कतिपयले टमाटर सस तथा रातो रंगको कुनै तरल पदार्थमा प्याड भिजाएर रगत जस्तै पारी चुसको र मानिसलाई बेवकुफ बनाएको दाबी गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

केरा बेचेर करोडपति !

एक दशकअघि शिक्षण पेसा छाडेर डेढ विघा जग्गामा समान्य लगानी गरी व्यावसायी केराखेती थालेका टीकापुरका विनोद शाह अहिले करोडपति बनेका छन् । अहिले उनको केराखेती ७० बिघासम्म फैलिएको छ । यसमा उनले वाषिर्क करिब २ करोड रुपैयाँ खर्चिन्छन् तर कुनै बैंकबाट ऋण लिँदैनन् ।

केराखेतीबाटै भएको आम्दानीले टीकापुरमा करिब ६० लाख लगानीमा ओम डिजिटल कल ल्यावसमेत सञ्चालन गरेका छन् । यसैबाट उनले करिब १ करोडको घरजग्गा पनि जोडिसकेको खबर कारोबार दैनिकले छापेको छ ।

केरा बेचेर शाहले वाषिर्क २५ लाख भन्दा बढी मुनाफा गर्दछन् । केरा फार्ममा २ सय जनालाई रोजगारीसमेत दिएका शाहले कैलालीका अतिरिक्त बर्दिया, बाँके, दाङ, सुर्खेत, कञ्चनपुरलगायत जिल्लामा केरा बेच्ने गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चलचित्रकर्मीले आजबाट चलचित्र हल बन्द गर्ने

चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र कर्मीको नेतृत्व हुनपर्छ भन्दै आन्दोलन गरिरहेका कलाकारहरुले आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउने भएका छन् । सरकारले वोर्ड अध्यक्षमा धमेन्द्र मरवैतालाई नियुक्त गरेपछि त्यसको विरोधमा कलाकारहरुले थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले आजदेखि देशैभरका चलचित्र हलहरु ठप्प पारेका छन् ।

आफ्ना मागहरु लिएर प्रधानमन्त्रीलाई भेटेको ४ घन्टा बित्न नपाउदै धमेन्द्र मरवैता ‘पप्पु’ लाई बोर्डको नयाँ अध्यक्ष नियुक्त गरिनु धोका भएको भन्दै उनीहरुले ४ बुँदे माग राखेर आन्दोलनको कार्यक्रम सार्वजनीक गरेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत आजदेखि देशैभरका सम्पूर्ण चलचित्र घर, सुटिङ, पोष्ट प्रोडक्शन पूर्णरुपमा ठप्प पार्ने, बोर्डका नव नियुक्त अध्यक्ष पप्पुलाई बोर्ड प्रवेशमा निषेेध गरी सार्वजनिक वहिष्कार गर्ने, जारी रिले अनशनलाई यथावत राख्ने लगायत रहेका छन् । आन्दोलित चलचित्रकर्मीहरुले आज विहान ११ बजे चलचित्र विकास बोर्डमा अन्तक्रिया गर्ने भएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जापानमा नेपाली विद्यालय संचालन गरिँदै

जापानमा नेपालीहरुको बढ्दो संख्यासंगै नेपाली बालबालिकाको संख्यामा पनि बृद्धि भइरहेको छ । तर उनीहरुलाई नेपाली स्वादअनुसारको शिक्षा दिन नसक्दा अधिकांशले छोराछोरीलाई नेपालकै होष्टलहरुमा राख्ने त कतिपयले आफन्तको जिम्मामा छाड्नुपर्ने अबस्था छ । जापानमा आफ्ना अभिभावकसँगै बसेर नेपाली पाठ्यक्रमअनुसार शिक्षा लिन पाउन भन्ने उदेश्यले अहिले जापानमा नेपाली बिद्यालय स्थापनाको तयारी भइरहको छ ।

अमेरिका, बेलायत लगायतका देशमा नेपाली भाषा र संस्कृति सिकाउन सिजनल कक्षाहरु संचालन हुने गरेको भएपनि बिद्यालयकै रुपमा पूर्ण नेपाली पाठ्यक्रममा आधारित शिक्षा दिने बिद्यालय मुलुक बाहिर खुल्न लागेको यो पहिलोपटक हो ।

प्राप्त जानकारी अनुसार विद्यालयको नाम, स्थान तथा भवन लगायतका कुराहरु निश्चित भईसकेको छ । जस अनुसार विद्यालयको नाम एभरेष्ट ईन्टरनेशनल स्कुल जापान रहने छ ।सो विद्यालय टोकियो, सुगिनामी-कु को आसागायामा स्थापना गरिने भएको छ ।

नेपाली बालबच्चाहरुलाई लक्षित गर्दै सुरु हुन गईरहेको उक्त विद्यालयमा प्रथम बर्ष नर्सरी (योचीएन)देखि कक्षा ३ सम्मको पढाई सञ्चालन हुनेछ भने, हरेक बर्ष कक्षा थपिदैं लगिने योजना रहेको ब्यबस्थापन पक्षले जनाएको छ ।

आफ्नै नेपाली कला, सँस्कृति र वातावारणमा अन्तर्राष्ट्रियस्तरको गुणस्तरिय शिक्षा उपलब्ध गराउने मुख्य उद्देश्य रहेको उक्त विद्यालयमा पाठ्यक्रम विकास केन्द्र नेपालको पाठ्यक्रममा आधारित पठन पाठन हुनेछ भने पढाईको माध्यम अंग्रेजी भाषा हुनेछ । यहि फ़ेब्रुअरीको दोश्रो हप्तादेखि बिध्यार्थी भर्ना प्रक्रिया शुरु हुने छ ।

साथै, विद्यालय स्थापना तथा संचालनका लागि आवश्यक पर्ने पुंजी संकलन कार्य प्रारम्भ भईसकेकोले आर्थिक लगानी गरी यस अभियानमा सहभागी हुन चाहने महानुभाबहरुका लगानीका लागि आह्वान गरिएको छ । विद्यालय स्थापना तथा संचालनमा ब्यापक सहभागिता रहोस भन्ने उदेश्यका साथ उक्त अवसर प्रदान गरिएको बिद्यालय स्थापनका अभियन्ताहरुले जनाएका छन् । थप जानकारीका लागि निम्न लिखित ईमेल तथा फ़ोन नम्बरमा सम्पर्क गर्न सकिने पनि बताईएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Bandra as a Goat (कमालको video )

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मलेसियामा दुबै खुट्टा गुमाएका नेपाली युवाको वेदना

जीन्दगीलाई सुखी र सम्पन्न बनाउने योजना बनाएर चार महिना अगाडि मात्रै मलेसिया आएका दोलखा जिल्ला च्यामा गाविस- ४ का गणेशवहादुर फुयाँल क्षेत्री अहिले दुबै खुट्टा छिनेको अवस्थामा मलेसिायस्थित एक अस्पतालको शैय्यामा पल्टेर आफ्नो कहालीलाग्दो बाँकी जीवनबारे सोचिरहेका छन् ।

पुत्राजया अस्पतालको बेड न २२ मा दुबै खुट्टा गुमाएर ओछ्यान परेका गणेशले भने- ‘के गर्नु, उसले पनि जानेर गरेको हैन, मेरो कर्म त्यस्तै रै’छ कसलाई के दोष दिनु ?’ आफ्ना दुबै खुट्टा गुमाएर पनि कसैलाई दोष नदिने विचित्रको अवस्थामा छन् गणेश यतिबेला ।

आठ कक्षामा पढ्दा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हाल्न पुगेका गणेश परिवारलाई सम्पन्न बनाउने सपना साँचेर केही वर्ष अगाडि मलेसियाको पेनाङमा आएका हुन् । शुरुमा उनको काम राम्रै थियो । मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले ।

नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।

मनमा जोश र जाँगर भएर पनि आर्थिक अवस्था कमजोर भएकाले जति नै संघर्ष गर्दा पनि सफलता भन्ने चिज उनको पोल्टामा कहिल्यै परेन । फलस्वरुप उनी चार महिना अगाडि मात्रै काठमाण्डौमा रहेको डिस्टिनेशन मेनपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर मलेसिया आई पुचोङमा रहेको बसका पार्टपूर्जा निर्माण गर्ने कम्पनीमा काम गर्न थाले । नेपालमा मेन पावरले भनेजस्तो त कहाँ हुन्थ्यो र ? तै पनि उनले सन्तोष मानेर काम गरिरहे ।

तर, डिसेम्बर १० तारिखका दिन उनको जीवनमा ठूलो बज्रपात भयो । करिव १० बजेतिर उनका बंगालादेशी साथी फोकलिपमा सामान राखेर कतै लैजाँदै थिए । उनले पनि त्यसैमा लिफ्ट लिएर जाने बिचार गरे । तर, त्यसमा बस्दाबस्दै चलिरहेको फोकलिप ब्याक भयो र उनका दुबै खुट्टा च्यापिए । ‘म जोडले चिच्याएँ, साथीहरु दौडिँदै आउनुभयो । बोसलाई खबर गरेपछि मलाई अस्पताल लगिएछ’ गणेशले घटनाक्रम सुनाए-’ जतिबेला म होसमा आएँ, त्यतिबेला मेरा दुबै खुट्टा घुँडाबाटै काटिसकिएका रहेछन् ।’

उपचारका लागि कम्पनीले राम्रै सहयोग गरेको भए पनि सधैं उनलाई परिवारको चिन्ताले सताउन थालेको छ । ‘कम्पनीले तिमीलाई सहयोग गर्छ, चिन्ता नलेउ भनेको छ ।’ गणेशले भने-’तर मन त कहाँ मान्दोरहेछ र ।’ अस्पतालको शैय्यामा बसेर तीन छोरी, एक छोरा, श्रीमती र घरपरिवारलाई सम्झँदै उनले भने ।

सपाङग र सकुशल शीरर लिएर विदेशिएका गणेश अब अपाङ्ग शरीर लिएर नेपाल र्फकनेछन् । राज्यले विदेशमा अपाङ भएकाहरुलाई स्वदेश फर्किएपछि केही उद्यम गर्नका लागि विनाधितो सहयोग गर्नुपर्ने उनको धारणा छ । सधैं साथीभाइहरुको भलो चिताउने सहयोगी गणेश अहिले अस्पतालबाटै यस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जेलबाट जेपीले भने-मधेसी मोर्चाले मधेसी जनतालाई धोका दियो

भ्रष्टाचारी ठहरिएपछि सदरखोरमा जेल जीवन बिताइरहेका पूर्वमन्त्री जेपी गुप्ताले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेले मधेसी जनतालाई धोका दिएको आरोप लगाएका छन् । मधेसी मोर्चाको हालै बसेको बैठकले गरेको निर्णयहरुबारे आफ्नो धारणा सार्वजनिक गर्न आरगस रौनियारमार्फत जेलबाटै विज्ञप्ती जारी गरेका गुप्ताले सडक आन्दोलन गर्ने नैतिकता मधेसी मोर्चासँग नभएको बताएका छन् ।
“यत्रो भाग कहिले पाएका थियौं र सरकार छोड्ने ?” भनेर मोर्चाका नेता विजयकुमार गच्छदारले सत्य बोलेको भन्दै गुप्ताले भनेका छ-’मधेसी मोर्चाको ध्येय नै सत्तामा निरन्त्तर कायम रहनु हो ।’ बाबुराम सरकारलाई नै निरन्तारता दिने निर्णय गर्नु माओवादीको एजेण्डा भएको भन्दै गुप्ताले मोर्चा-माओवादी गठबन्धनलाई अझ् बलियो बनाएर लैजाने निर्णयलाई मोर्चाको आत्मा र रोजीरोटी भनेका छन् ।

नागरिकता समस्या समाधान गर्न गृहमन्त्री समेत रहेका गच्छदारले नै जारी गरेको परिपत्रले काम नगरेको, उनी स्वयंमले मोर्चाको दबावमा परिपत्र जारी गरेका भन्दै गुप्ताले नागरिकता समस्या समाधान गर्न अन्तरिम संविधान संशोधन गर्नु पर्ने र त्यसलाई माओवादीले अस्वीकार गरेको बताएका छन् ।

समावेशी विधेयकको मस्यौदालाई सरकारले नै संसदको विधायन समितिमा थन्क्याएको, सेनामा मधेसीको प्रवेशको अवधारणा मन्त्रिपरिषद्ले पारित गरेपनि अर्थमंत्रीलाई बजेट नदिइको भन्दै गुप्ताले विज्ञप्तीमा भनेका छ-’अब यस तथ्यहरूको आलोकमा मोर्चाले कुन नैतिकताको आधारमा अहिले सडक संघर्षको कुरा गरेको हो ? यो स्पष्टतः मधेसी जनता र देशलाई दिईएको घोका हो । यसको भत्र्सना हुनु पर्दछ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

समाचार कक्षमै ‘बलात्कार प्रयास’को अभियोग(उजुरी दरखास्त सहित)

१३ माघ, बिराटनगर । सहकर्मी पत्रकारद्वारा ‘जबरजस्ती करणीको उद्योग गरेको’ भन्दै बिराटनगरकी एक महिला सञ्चारकर्मीले मोरङ प्रहरीमा किटानी जाहेरी दिएकी छन् । यसबारे छलफल गर्न शनिबार बसेको पत्रकार महासंघ मोरंग शाखाको बैठक विनानिश्कर्ष टुंगिएको छ ।

स्थानीय बिएफएममा कार्यरत् महिला पत्रकारले सोही एफएमका सम्पादक भक्त राईविरुद्ध बुधबार मोरङ प्रहरीमा यस्तो उजुरी दर्ता गराएकी हुन् । एफएममा माघ ६ गते साँझ राईले काम सकेर घर जाने बेलामा समाचार कक्षमा चुकुल लगाएर बत्ती निभाई करिब ४ मिनेट नियन्त्रणमा लिई मुख थुनेर बलात्कारको असफल प्रयास गरेको तर, आफूले प्रतिरोध गरी उम्किएको पीडित पत्रकार रश्मी (नाम परिवर्तन) को जाहेरीमा उल्लेख छ । घटनापछि नेपाल पत्रकार महासंघमा न्यायका लागि पुगेकी रेडियोकर्मीले प्रहरीमा समेत उजुरी दिएकी छन् ।

स्रोतका अनुसार एफएमका स्टेशन म्यानेजर सन्देशदास श्रेष्ठ र एफएमका कर्मचारीहरु मुद्दा फिर्ता लिनुपर्छ भन्दै जिल्ला प्रहरी कार्यालयसमेत पुगेका थिए । तर, प्रहरी निरीक्षक शुमा कार्कीले दबाबमा जाहेरी फिर्ता हुन नसक्ने जवाफ दिनुभएको थियो । महिलामाथि हुने हिंसाका घटनामा पीडकलाई कुनै पनि हालतमा उन्मुक्ति नदिनु भन्ने सरकारको कडा निर्देशन रहेकाले कसैको दबाब वा पीडितले चाहेर पनि प्रहरीले जाहेरी फिर्ता गर्न नसक्ने मोरङ प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ मोरंगका अध्यक्ष विक्रम निरौलाले महासंघमा पनि पीडितको उजुरी परेको बताउनुभयो । आरोप लागेपछि शनिबार आफूले पत्रकार राईलाई महासंघबाट निलम्बन गर्ने प्रस्ताव गरेको तर, बहुमत साथीहरुबाट अस्वीकृत भएको अनलाइनखबरलाई बताउनुभयो । ‘भक्तजी महासंघको सदस्य हुनुहुन्छ, उहाँमाथि प्रहरीमा उजुरी परिसकेपछि प्रहरीको अनुसन्धानमा सहयोग होस् भनेर आफूले निलम्बनको प्रस्ताव राखेको र विगतको परम्परा पनि यही रहेको निरौलाले बताउनुभयो, ‘अब प्रहरीको अनुसन्धानलाई पत्रकार महासंघले सहयोग गर्छ । घटनाको निश्पक्ष छानविन हुनुपर्छ र दोषी देखिएमा कानूनी कारवाही हुनुपर्छ ।’ पत्रकार राईले आरोप अस्वीकार गरेको अवस्था रहेकाले अनुसन्धानबाट तथ्य पत्ता लगाइनुपर्ने निरौलाले बताउनुभयो ।

राजनीतिकरण शुरु

पत्रकार-पत्रकारवीचको घटनालाई लिएर जिल्लामा राजनीतिकरणसमेत शुरु भएको छ । प्रेस चौतारी पक्षधर पत्रकारहरु राईलाई जोगाउन लागेको छन् भने प्रेस युनियन, क्रान्तिकारी पत्रकार र मधेसी पत्रकारहरु राईलाई महासंघबाट निलम्बन गरिनुपर्ने पक्षमा छन् । उक्त घटनालाई राजनीतिकरण गर्दै माओवादीसम्वद्ध अखिल नेपाल क्रान्तिकारी महिला संघ मोरङले प्रेस विज्ञप्ति निकालेर कडा कार्वाहीको माग गरेको छ ।

यस्तो छ उजुरी 

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पर्स बिर्सर्ने पर्यटकले जेलको हावा खाए

पर्स सायद मानिसको जीवनको सवैभन्दा महत्वपूर्ण बस्तु हो । क्यास होस वा कार्ड अधिकांशले पर्समै बोक्छन । तर, यही पर्स बिर्सदा कहिलेकाहीं निकै दुःख पाइन्छ । इटलीका पर्यटक ग्राजियानोले पैसा बोकेको पर्स बिर्सदा अमेरिकामा जेलको हावा खानु परेको छ ।

न्यूयोर्कमा रहेको स्टीक एण्ड वीलेन्स्की रेष्टुँरामा पुगेर २ सय ८ डलरको खाना अर्डर गरेका थिए । तर जव उनले खल्ती छामे उनी झसङ्ग भए । खल्तीमा पर्स थिएन ।

उनले रेष्टुँराको क्यासियरसँग प्रस्ताव राखे- धरौटीमा आईफोन राख्ने । तर क्यासियरले उनको प्रस्तावलाई अस्वीकार गरे । अपार्टमेन्टबाट अरु कसैलाई पर्स ल्याइदिन भन्न वा क्रेडिट कार्डमार्फत् तिर्न क्यासियरले सर्त राख्यो । ती दुवै काम गर्न नसकेपछि रेष्टुँरा संचालकले प्रहरीलाई खवर गरे । र उनलाई हिरासतमा लगे ।

भोलीपल्ट उनलाई अदालतसामू पेश गरियो । बिचरा ती पर्यटकले आफ्नो कुनै दोष नभएको जिकिर गरे । अदालतले पैसा तिर्ने सर्तमा उनलाई तत्काल रिहा गर्‍यो ।

ग्राजियानोले रेष्टुँराको त्यो हर्कतप्रति आपत्ति जनाएका छन् । आफ्नो नियत सही भएको भन्दै उनले पर्स बिर्सनुलाई अपराधको रुपमा लिइएकोमा आपत्ति जनाए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जाउलाखेल आहा गोल्डकपको सेमिफाइनलमा

१३ माघ, काठमाडौं । जाउलाखेल युथ क्लब पोखरामा जारी ११ औं आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा भारतीय क्लब गार्खा बि्रगेडलाई २-० ले पराजित गर्दै जाउलाखेल अन्तिम चारमा प्रवेश गरेको हो । पोखराको स्थानीय रंगशालामा भएको खेलमा गोर्खा बि्रगेडले जाउलाखेललाई पहिलो हापसम्म गोलरहित बराबरी रोकेको थियो ।

तर, ४७ औं मिनेटमा राज पौडेलले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । ६३ औं मिनेटमा जग्गुनाथ खकाले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर पारे । गोर्खा वि्रगेड खेलमा र्फकन सकेन र जाउलाखेल २-० ले विजयी भयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

स्वस्थानी कथामा महिलालाई हेप्ने कुरा

१३ माघ, काठमाडौं । महिला हिंसाविरुद्ध अधिकारकर्मीले बालुवाटार तताइरहेका बेला आजदेखि हिन्दूहरुका घरमा श्रीस्वस्थानी व्रतकथा शुरु भएको छ । आजदेखि शुरु भएको स्वस्थानी व्रतकथा एक महिनासम्म चल्छ । यस अवसरमा काठमाडौंको शाली नदीमा विशेष मेलासमेत लाग्छ ।

एक महिनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । यस अविधमा स्वस्थानीको कथा भन्ने, सुन्ने र महादेवको व्रत गर्ने काम गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिंग बनाई श्री स्वस्थानीको व्रत गर्नुभएको र मनोकांक्षा पूर्ण भएपछि उहाँकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्रीस्वस्थानीको व्रत आरम्भ गरिएको धार्मिक विश्वास छ ।

उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसँग जोडिएको विषय भएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । तर, स्वस्थानी कथामा भएका कतिपय विषय अमिल्दा, असान्दर्भिक एवं महिलामाथि विभेद निम्त्याउनेखालका छन् । स्वस्थानीमा भएका कतिपय असान्दर्भिक विषयबारे महिला अधिकारकर्मीहरुबाटै चर्चा र आलोचनासमेत हुने गरेको छ ।

स्वस्थानी कथामा यस्तो पनि भेटिन्छ

· दक्षप्रजापतिकी पन्ती विरणीले तेत्तीस करोड छोरी जन्माएको भन्ने कुरा उल्लेख छ । एउटी नारीले यति धेरै सन्तान जन्माउन सक्छिन् ?

· मयलबाट गोबर बनेको र त्यो गोबरबाट मान्छे बनेको कुरा स्वस्थानीमा उल्लेख छ । यसरी मान्छे जन्मने भए निःसन्तान दम्पत्तिले मयल र गोबर कति खेलाउँथे होला ?

· अग्निले ओकलेको शिवजीको वीर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहृयो रे । वीर्य बलेको र तापेको तपार्इ हामीले देखेका छौं त ?

· शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएका, पछि पार्वतीले बिलौना गरेपछि हात्तीको टाउको जोडेर जीवित तुल्याएका । महाकाली र वीरभद्रले दक्षप्रजापतिको टाउको काटेर होम गरेको, पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँत्याएको कुरा कतिसम्म साँचो होला ? चिकित्सा विज्ञानमा बल्लतल्ल अंगप्रत्यारोपण सफल हुन थालेको बेला ऊबेलाको युगमा यस्तो हुन्थ्यो भन्ने रमाइलो कथा मात्रै हो । अझ उदेकलाग्दो कुरा त हात्तीको टाउको जोडेर पुत्र गणेशलाई बचाउन सक्ने महादेवले सतीदेवीलाई चाहिँ किन बचाउन सकेनन् र कुहिएको अंग बोक्दै बौलाएर हिँडेछन् कुन्नि ?

· पार्वतीले महादेव स्वामी पाउँ भनेर निराहार तपस्या गरेकै कारण उनको मनोकांक्षा पूर्ण भएको कुरा स्वस्थानीमा उल्लेख छ । यही भएर अविवाहित महिलाहरु महादेवजस्तो पति पाउँ भनी स्वस्थानी व्रत बस्छन् । विवाह भएकाहरु आफ्नो पति महादेवजस्तो होस् भन्छन् । तर, महादेव कतिसम्म गँजडी थिए भन्ने कुराचाहिँ महिलाहरुलाई हेक्का छैन । महिलाहरुले यस्तो तपस्या गरेकैले धेरैका श्रीमान जँड्या र गँजडी भएका होलान् त ? अनि बालुवामा शिवलिंग बनाएर कतिले रोजे र खोजेजस्तो श्रीमान पाए कुन्नि ? शिवलिंगको पूजा गरेकै भरमा ठिटा मिल्ने भए लभको चक्कर किन गर्नुपथ्र्यो ? लमी, पुरोहित किन चाहिन्थे ?

· स्वस्थानीमा भनिएको छ, नवराजकी आमालाई स्वस्थानी पढेकै कारण फल प्राप्त भयो । त्यही कारणले नवराज राजा भए । सबै कुरा राम्रो भयो । स्वस्थानीमा उल्लेख यी नवराजकी आमाले चाहिं कुनचाहिं स्वस्थानी पढिन् ? उनले पढेको स्वस्थानीमा पनि यसैगरी नवराजकी आमाले स्वस्थानी पढेको भन्ने कुरा थियो कि ?

· मधुकैटबको बोसो पानीमा जमेर पृथ्वी, मासुले पर्वत अनि हाडले ढुंगा बनेको कुरा स्वस्थानीमा उल्लेख छ । तर, सूर्यबाट टुक्रिएको चोइटा कालान्तरमा सेलाएपछि पृथ्वी बनेको होइन र ?

· कथामा पार्वतीको त्याग समेटिए पनि स्वस्थानी कथामा महिलालाई पुरुषको भोग्यवस्तुको रुपमा मात्रै लिइएको छ, कतै सम्मान गरिएको छैन । सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मितछोरालाई दिनु, मितछोरा नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाइदिनु भन्ने स्वस्थानीमा उल्लेख छ । खोलामा बगाउनुको सट्टा छोरी भए छोरीलाई दिनु चाहिँ किन नलेखिएको होला ? यस्तै पतिलाई रीस गर्ने स्त्री डेरी हुन्छे, पतिको वचन नमाने पापी हुन्छे, पतिसित मुख लागे वा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे भनिएको छ । स्वस्थानीमा पुरुष देवताहरुलाई चाहिँ सकेसम्म धेरै स्त्री भोग गर्न सक्ने पुरुषार्थीको रुपमा व्याख्या गरिएको छ । अहिलेजस्तो ऊबेला महिला अधिकारकर्मी भएका भए कति जुलुस निकाल्थे होला ?

आधुनिक स्वस्थानी कथा

सामाजिक सञ्जालको प्रयोग बढ्न थालेपछि रीतिरिवाज र चाडपर्वका विषयलाई राजनीतिसँग दाँजेर छेड हान्ने चलन बसेको छ । दशैंमा टीका लगाउँदा दिइने आशीष र तिहारमा भट्याउने देउसीभैलोमा जस्तै स्वस्थानीमा पनि राजनीतिक व्यंग्य हान्ने जमात बढ्दो छ । अहिले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई व्यंग्य गर्दै लेखिएका यस्ता टिप्पणी भेट्न सकिन्छ :

‘कुमारजी आज्ञा गर्नुहुन्छ, ए अगस्त्यमुनि । यी बाबुराम कस्ता भने सबैभन्दा धेरै मन्त्रीहरुले घेरिएका, जनताको लागि बिप्पाको जुवा खेल्न सक्ने, आर्थिक क्रान्तिको माला पहिरिएका, भ्रष्टाचारीलाई तकिया बनाई सुत्ने, जसलाई वैद्यको ओखति चाहिएन, प्रचण्ड घाममा चम्किएका यिनीलाई बादलले छेक्न सकेन, १५ हजारको बलिदानले निथु्रक्क भिजेका यिनीलाई प्रतिपक्षको ढुंगाको बाणले के छुन सक्थ्यो र ? एकदम सादा जीवन उच्च विचार महापुरुष १५ लाखको मुस्ताङ चढेर २७ लाखको चियापान गराउने भया……

यी महापुरुषको व्याख्या गर्न १० जिब्रा भएका पुष्पकमलले त सक्दैनन् भने म के सकुँला । इतिश्री बाउराम पुराने, कलियुग सम्बत्, नेपाल खंडे, ४९ औं अध्याय ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

‘अमेरिकी र चिनियाँ दूतावासले पर्खाल भत्काउन मानेनन्’

१३ माघ काठमाडौं । प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले काठमाडौं उपत्यकाको बाटो फराकिलो पार्ने अभियानले गति लिन नसक्नुको दोष केही मुलुकका दूतावासहरुलाई दिनुभएको छ । अमेरिका, चीन, रसिया र इटालियन दूताबासले सडकको मापदण्डमा परेको पर्खाल नहटाएको सचिव बास्कोटाको गुनासो छ ।

प्रधानमन्त्री कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका सचिव बास्कोटा यतिबेला काठमाडौंको बाटो, खानेपानीलगायतका विषयमा बढी केन्दि्रत हुनुहन्छ । कतिपय समयमा भत्केको बाटो निरीक्षण गर्न जाने गर्नुभएका बास्कोटाको स्रोत उधृत गर्दै शनिबार राससले लेखेको छ, ‘स्वीस राजदूतावासले आफ्नो जमीन छोडदिएर जहाँ जति सरकारको नीति हो, त्योअनुसार आफ्नो पर्खाल सारिसके पनि अमेरिकन, रसियन, चिनियाँ र इटालियन दूतावासका केही समस्या रहेको सरकारी अधिकारीले स्वीकारेका छन् ।’

सडक विस्तारका क्रममा सम्बन्धित दूतावासलाई पर्खाललगायतका संरचना सार्न ध्यानाकर्षण गरेको भए पनि ती दूतावासले संरचना नहटाइ दिँदा त्यस्ता कूटनीतिक नियोग रहेको ठाउँमा सडक विस्तारमा समस्या देखिएको बासकोटाको गुनासो छ । सरकारले ती दूतावाससँग यस विषयमा छलफल र समन्वय गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाललाई निर्देशन दिएको सचिव बाँस्कोटाले बताउनुभएको छ ।

बेलायती सहयोग नियोग (डिएफआइडी) ले भने आफ्नो पुरानो पर्खाल भत्काएर सडकलाई जग्गा छाडिसकेको उहाँले जानकारी दिनुभएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकाभित्रका सडक विस्तार गर्ने सरकारको नीतिअनुसार हालको चक्रपथलाई स्तरउन्नति गरेर आठ लेन चौडा बनाइने र चिनियाँ सरकारको सहयोगमा पहिलो चरणमा चक्रपथ विस्तारको काम कोटेश्वरदेखि सातदोबाटो हुँदै कलङ्कीसम्म गरिने बास्कोटाको भनाइ छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

साढे ३ लाखसँग सुतेपछि जुम्ल्याहा वेश्याको सन्यास

नेदरल्याण्डका जुम्ल्याहा दिदीबहिनीले आफ्नो यौनपेशाबाट सन्यास लिँदैछन् । उनीहरुले यो पेसामा ठूलै उपलब्धीका साथ सन्यासको घोषणा गर्दैछन् । उपलब्धी के भने, ती जुम्ल्याहा वेश्यालेे अहिलेसम्म ३ लाख ५५ हजार पुरुषको यौनको तिर्खा मेटाइदिएका छन् ।

अहिले ७० वर्ष उमेर पुगेका लुइस र मार्टिन नामका यी जुम्ल्याहा दिदिबहिनीले आफ्नो ५० वर्षे यौनपेसामा यतिधेरै पुरुषको साथ ओछ्यान तताउन सफल भएका हुन् । उनीहरुको यो महिलार्थलाई पर्दामा उतार्ने गरी गएको वर्ष एक डकुमेन्ट्री नै बनेको थियो ।

बुढ्यौली लाग्दा पनि उनीहरुलाई यो पेशा छाड्न मन रहेनछ, तर लुइसलाई स्वास्थ्यले साथ दिएन । उनलाई बाथले सताएपछि नगरबधुको यो पेशाबाट सन्यासको घोषणा गरिन् । दुबै जनाले २० वर्षको उमेरदेखि वेश्यावृत्ति सुरु गरेका थिए । परिवार चलाउन पैसाको खाँचो परेपछि लोग्नेको साथीकै सल्लाहमा यो क्षेत्रमा हात हालेको लुइस बताउँछिन् ।

उता ३ बच्चाकी आमाले अहिलेसम्म पनि जेनतेन बुढो बैँस बेचिरहेकी छिन् । उनी अहिलेपनि हप्तामा २।३ जना ग्राहकसँग सुत्न भ्याउँछिन् । तर अब उमेरले साथ नदिने तथा ग्राहक पनि खासै नभेटाइने कारणले गर्दा उनले पनि यो पेशालाई बाइबाइ गर्दैछिन् । बधाइ छ यो किर्तिमानी जुम्ल्याहा चेलीलाई, अनी बुढेशकालको शुभकामना पनि ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

५ हजारमा छोरा बेचेर आमाले मोबाइल किनिन्

१८ असोज, काठमाडौं । भारतको उडिसास्थित जाजपुर जिल्लामा राक्षी नाम गरेकी एक महिलाले आफ्नो डेढ वषर्ीय छोरालाई ५ हजार भारुमा बचेर मोबाइल किनेकी छिन् ।

उनले छोरो बेचेर आएको ५ हजारमध्ये १४ सयको एक मोबाइल फोन, ११ सयमा दुई जिन्ससहितका कपडा र ५ सय रुपैयाँ वकिललाई दिएका छन् । जेलमा रहेका श्रीमानलाई छाटाउन उनले वकिललाई पैसा दिएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुले जनाए अनुसार शुक्रबार उडिशा हाइकोर्टले आफ्नोतर्फबाट एक पीआईइएल दर्ता गर्दै बच्चा खोज्न आमालाई बुझाउन जजापुर अदालतलाई आदेश दिएको थियो । अदालतको आदेश अनुसार प्रहरीले बच्चलाई कटक जिल्लाको नुआवटना गाउँका बाबुला बेहेराको घरमा भेट्टाएको थियो ।

बेचिएको बच्चालाई लिएर जाँदा राक्षीले लिन अस्वीकार गरेको जाजपुरका एसपी दीपककुमारले बीबीसीको हिन्दी शंस्करणलाई भनेका छन् । त्यसपछि बच्चालाई हाल बाn कल्याण समितिको जिम्मा लगाइएको थियो । समितिले भने बच्चालाई उनको हजुर आमालाई बुझाएको समाचारमा उल्लेख छ ।

आफ्नै सन्तान बेच्ने राक्षीविरुद्ध प्रहरीले मुद्धा चलाएको छ । तर, अहिलेसम्म कुनै कारबाही भएको छैन । घटनापछि परिबारले भने राक्षीलाई आफूसँग राख्न अस्वीकार गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

खञ्चुवालाई होटलमै बन्देज

 
धेरै मानिसलाई भोक नलाग्ने वा खान मिठो नहुने समस्याले सताउँछ । तर कतिपयका लागि भने बढि भोक लाग्ने वा धेरै खाने आदतले ठूलो समस्या खडा गरिदिन्छ ।

यस्तै भएको छ एक बेलायतीलाई । बेलायतको एक रेष्टुरेन्टले २ जना धेरै खाना खाने खञ्चुवा आफ्नो रेष्टुरेन्टमा आउन बन्देज लगाएको छ । अल यु केन इट नामक रेष्टुरेन्टले बढि खाएर होटललाई घाटा लगाइदिनसक्ने भन्दै ती दुइ अगस्तीलाई होटल प्रवशमै प्रतिबन्ध लगाएको हो । यसरी प्रतिबन्ध भोग्नेमा पूर्व रग्बी खेलाडि जर्ज डेलम्यान र उनका साथी एडी मिल्स रहेका छन् । उनीहरु उक्त रेष्टुरेन्टमा हरेक दिन पाँच कचौरा स्टियर फ्राइ डिश खान जाने गर्दथे ।

स्मरण रहोस् उक्त रेस्टुरेन्टमा १२ पाउण्ड रकम तिरेपछि आफुलाई मन लागेको जति अघाउन्जेल खाना खान पाइन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

रीमतीमाथि पाउरोटीको हमला, खानुपर्यो जेलको हावा

अहिले चाहे आफ्नो श्रीमती नै किन नहोस्, महिला भनेपनि डराउनुपर्ने बेला छ । कुनै महिलामाथि कर्के नजरले हेर्न तथा बोल्न समेत डर मान्नुपर्रछ , किनकी ती महिलालाई सनक चढ्यो भने यसलाई यौनहिंसा भन्दै उजुरी गर्छन् अनि हेरकै भरमा विचरो पुरुषले खानुपर्छ जेलको हावा । अझ कुटपिट र गालीगलौजको त कुरै छाडौँ ।

यस्तो हामीकहाँ मात्र हो की ? भन्ने तपाइँलाई लागेको छ भने ढुक्क हुनुहोस्, होइन । अमेरिकामा समेत एक जना पुरुषले यस्तै पीडा खेप्नुपरेको छ । श्रीमतीलाई पाउरोटीले हिर्काएको आरोपमा उनले ५ दिन जेलको हावा खानुपरेको छ ।

नेब्रास्कामा बस्ने ल्यारी स्परलिंग नामका ती अभागी पुरुषलाई शान्ति भंग गर्न खोजेको आरोपमा ५ दिनको जेल सजाय सुनाएको छ स्थानीय अदालतले । उनले घरझगडा हुँदा श्रीमतीलाई भान्साकोठामा गएर थुतुनो तथा अनुहारका अरु भागमा स्याण्डविच दलिदिएका थिए । बसाइँसराइको मामिलामा घरमा कचकच भएपछि तनावमा रहेका ल्यारीले भान्साकोठामा स्याण्डबीच बनाइरहेकी पत्नीको हातबाट स्याण्डविच खोसे र उनको अनुहारमा दलिदिए । श्रीमानको पाउरोटी आक्रमणबाट ती महिलाको अनुहारभरी तथा टाउकोमा समेत स्याण्डविच र क्रिम लागेको थियो ।

ल्यारीले अदालतमा समेत आफुले श्रीमतीमाथि गरेको उक्त आरोप स्विकारेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

रिक्सा चालकले २५ किलो सुन भेटाए


हाम्रो नेपालमा एक जना युवतीले लाखौँ पैसा र सुनको सिक्रि भेटाएर सम्बन्धित मान्छेलाई नै फिर्ता दिएको भन्ने झुटो कहानी तयार पारी वाहवाही कमाएको धेरै समय भएको छैन । पछि ती युवतीको कर्तुत पर्दाफास भयो र उनी एकाएक कलंकित भइन् । तर सबै मान्छे यस्ता ढँटुवा कहाँ हुन्छन् र – भारतमा एक जना रिक्सा चालकले सडकमा साँच्चीकै २५ किलो सुन भेटाए र इमान्दारीपर्ूवक प्रहरीलाई खबर गरेर जिम्मा लगाए ।

भारतको अहमदाबादस्थित नरनपूरामा झण्डै ८ करोड भारु मुल्य पर्ने एक भारी सुन भेटाउँदा पनि गरीब रिक्सा चालकले इमान्दारी देखाए र प्रहरीलाई खबर गरे । समाचार अनुसार बुधबार नरनपूराबाट हराएको २५ किलो सुनको बिस्कुट -गोल्ड बार) ती रिक्सा चालकले शुक्रबार सडकमै भेटाएका हुन् । उनले सडकमा सुन भेटाएपछि सिधै प्रहरीलाई खबर गरे अनी प्रहरीले उक्त सुन सुरक्षित रुपमा उठाएर लग्यो ।

उक्त सून दिल्लीको एक सेक्युरिटी र्फमको रहेछ । उक्त सुन एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा गाडिबाट खसेको रहेछ । सेक्युरिटी र्फमले अहमदाबाद पुलिसलाई आफ्नो २५ किलो सुन हराएको खोजी गरिदिन निवेदन पनि दिएको रहेछ ।

सेक्युरिटी र्फमका अनुसार उनको कम्पनीले न्युयोर्कको एक लजिस्टिक र्फमको ५ सय किलो सुन मुम्बइको स्कटिया बैंकलाई सुम्पने क्रममा अहमदाबाद एयरपोर्टसम्म  ढुवानी गर्दा एउटा २५ किलोको सुनको बिस्कुट बाटोमै खसेको थियो ।

 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

किशोरीको भुँडीबाट निकालियो भुत्लाको पोको

भारतमा एक किशोरीको पेटभित्रबाट रौँ को ठूलो पोको निकाल्न डाक्टरहरु सफल भएका छन् । सानो आन्ध्रा र आमासयको बीचमा गुजुल्टिएर रहेको झण्डै ४ पाउण्डको भुत्लाको पोको डाक्टरहरुले शल्यक्रिया गरी निकालेका हुन् ।

भारतको मध्यप्रदेशस्थित इन्दोरकी एक १९ वर्षीया किशोरीको पेटबाट चकको बाहिर गुजुल्टिएको भुत्लाको पोको शल्यक्रिया गरी निकालिएको हो ।

समाचार अनुसार ती किशोरी आफुलाई खाना खान तथा पानी पिउन समेत अप्ठेरो भएको भन्दै महाराजा यशवन्तराव अस्पतालमा उपचारका लागि पुगेकी थिइन् । उनको समस्या अनौठो देखेपछि ग्यास्ट्रो र्सजनहरुको एक टोलीले उनको पेटको शल्यक्रिया गरी भुत्लाको गुजुल्टो निकाल्न सफल भए । रौँ को गुजुल्टोभित्र ठूलो परिमाणमा विद्यालयमा लेख्न प्रयोग हुने चक भेटिएको थियो ।

ती किशोरीको कक्षाभित्र आफ्नै रौँ तथा लेख्ने चक खाने बानी रहेको र लामो समयसम्म यसरी चक र रौँ खाँदा पेटमा जम्मा भएको चिकित्सकहरुले बताएका छन् । पेटमा ठूलो परिमाणमा चक बाहिर रौँ गुजुल्टिएको पोको बनेपछि आन्ध्राबाट खाना भित्र जाने बाटो नै रोकिएको थियो ।

स्मरण रहोस् यसअघि सन् २००७ मा अमेरिकामा पनि एक महिलाको पेटबाट १० पाउण्डको भुत्लाको पोको निकालिएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बाख्रीले पनि न्याय पाइन्

Written By Unknown on Friday, January 25, 2013 | 10:30 PM

३ माघ, काठमाण्डौं । बाँच्नलाई घास खानु बाख्रीको अधिकार हो । भोको पेट भर्ने क्रममा उसले घासको साथ संयोगबश फूल खाइदिइन् भने यसलाई ठूलो अपराध मानिन्न होला । तर, अस्ट्रेलियामा एक निर्दोष बाख्रीलाई फूल खाएको अभियोगमा जरिवाना गरियो ।

यो प्रकरणमा बाख्रा र उसको साहुमाथि विधिवत् अदालतमा मुद्दा चल्यो । अन्ततः अदालतले बाख्रालाई निर्दोष ठहर गर्दै जरिवाना खारेज गर्‍यो । मेट्रो युकेका अनुसार सिड्नीको संग्रहालयमा छिरेर बाख्रीले घाससँग सुन्दर फूल पनि चर्न पुगेकी थिइन् । संग्रहालयको सौन्दर्य बढाउन ती फूलहरुको विशेष योगदान हुन्छ ।

बाख्रीका कारणले संग्रहालय कुरुप देखिएकोमा सुरक्षामा खटिएका प्रहरीहरु निकै निसाए । उनीहरुले बाख्री र उनको मालिक जेम्स डेजोर्डनोल्डसमाथि पनि जरिवाना लगाए । जेम्सले लापरबाही गरेको भन्दै प्रहरीले ४ सय ४० डलर जरिवाना गरेको थियो । उनी अस्ट्रेलियाको ठूलो हास्य कलाकार पनि हुन् ।

यो अन्याय विरुद्ध जेम्सले अदालतमा गुहारे । कुनै षडयन्त्र वा पूर्व योजना अनुरुप बाख्रीले फूल नखाएको भन्दै अदालतको मिजस्ट्रेटले जेम्समाथि लगाएको जरिवाना खारेज गरेको खबर कान्तिपुर दैनिकले छापेको छ । न्यायाधीश क्यारोलिन बार्केलले बाख्रीलाई फूलको मूल्य थाहा नभएको बताइन् । खाने लोभमा फूललाई चपाएर बाख्रीले पहाड उल्टिने गरी अपराध नगरेको पनि उनले बताइन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चुम्बन गरेर गिनिज बुकमा नाम लेखाइन् वीनाले



पाकिस्तानी चर्चित मोडल वीना मलिक अहिले चर्चामा छिन् । विशेषगरी उत्तेजक पहिरन र फोटोसुटले उनलाई चर्चामा ल्याएको हो । यसैक्रममा उनले अभिनय गरेको चलचित्र ‘द सिटी द्याट नेवर स्लीप्स’ प्रदर्शनको पर्खाइमा छ । यो चलचित्रमा वीनाले चुम्बनको बाढी नै लगाएकी छिन् ।

यसैले पनि उनको नाम गिनीज बुकमा लेखिएको छ ।यो फिल्मको प्रचारप्रसारका लागि वीना अहिले विभिन्न कार्यक्रममा भाग लिन पुगिरहेकी छिन् । यो सिनेमामा सतीश रेड्डीले निर्माण तथा हारुन राशिदको निर्देशन छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Without media, Dailekh feels the chill

 The Dekendra Thapa murder episode, the halt and subsequent resumption of investigations into the case, clashes between Maoist and anti-government supporters and now the displacement of journalists after Maoist threats have all left a chilling effect on Dailekh district.

As about two dozen district journalists fled for their lives on Thursday night, the mid-western hill district has now started to feel the absence of the journalists and the media. On Friday, all the three Dailekh -based newspapers and two FM radio stations downed shutters, while collection and dissemination of news from and to the district came to a grinding halt.

Two local dailies—Dhamaka and Tesro Aankha, the Pratibimba weekly and the Panchakoshi and Dhrubatara community radio stations remained shut in the absence of the journalists working there.

Twenty-two Dailekh -based journalists affiliated to various local and national media houses fled the district after UCPN (Maoist) activists threatened them with their lives. Maoist workers vented their ire on the journalists after clashes with anti-government protesters on Wednesday.

“People are deprived of their right to information. With the closure of the local radios, I am left with no option but to read the daily news in my cell phone connected to the internet,” said Chairman of the Dailekh Chamber of Commerce and Industry Dhan Bahadur Thapa.

Without the newspapers and the radio stations, people in Dailekh have become ‘restless and insecure.’

“People are terror-stricken after mediapersons fled the district. How can people feel secure when journalists themselves are not safe? The displacement of the reporters is a sheer mockery of democracy,” civil society activist Balkrishna KC told the Post over telephone.

The Maoists’ anti-press policy was conspicuous when its leadership barred journalists, apart from those associated with the party, from entering the

venue of a programme addressed by Maoist Chairman Pushpa Kamal Dahal and Prime Minister Baburam Bhattarai on Wednesday.

Chairman of the Federation of Nepali Journalist s’ Dailekh chapter, Pushkar Thapa, said the Maoists are accusing the scribes of “unnecessarily” raising the issue of slain journalist Thapa. He said the journalists fled after they got wind of armed Maoist workers making plans to attack them.

Meanwhile, six opposition parties and various professional organisations in Dailekh on Friday urged the local administration to stop ‘state-sponsored terrorism’ and allow the district to feel ‘loktantra’. They denounced the threat against journalists and demanded an environment conducive to their safe return.

Displaced scribes stage sit-in

SURKHET: Around two dozen journalists from Dailekh , who fled the district on Thursday, staged an hour-long sit-in at the Mid Western Regional Administration Office in Surkhet on Friday. They were demanding a secure working environment. Organising a press meet later, the reporters said they fled the district at night as they feared attacks. They said they cannot return to the district until the government creates a secure working atmosphere for them.

The chairman of the Federation of Nepali Journalist s, Dailekh chapter, Pushkar Thapa, said the mediapersons fled after Maoist workers started looking for them and threatened them and their families.

Stating that journalists feeling insecure is a serious issue, regional administrator Sharada Prasad Trital assured measures to provide security for scribes in Dailekh district.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुनको भाउ घट्यो

१२ माघ, काठमाडौं । शुक्रबार सुनको मूल्य हृवात्तै घटेको छ । बिहीबारको तुलनामा सुन प्रतितोला ७ सय रुपैंयाले घटेको हो ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ५ सय रुपैंया रहेकामा शुक्रबार प्रतितोला ५७ हजार ८ सय रुपैंया कायम रहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ ।

सङ्घका अनुसार आइतबारदेखि बुधबारसम्म छापावाल सुनको मूल्य ५८ हजार ६ सय रुपैंयामा स्थिर रहेकामा बिहीबार प्रतितोला १०० रुपैंयाले घटेर ५८ हजार ५ सय रुपैंया कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १४ डलरले घट्नुका साथै अमेरिकी डलरको मूल्यमा पनि केही कमी आएकाले नेपाली बजारमा त्यसको प्रभाव परेको सङ्घका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एनआरएनको लगानीबाट ४२ मेगावाट बिजुली निकालिने

१२ माघ, काठमाण्डौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अग्रसरतामा गठित एनआरएन इन्भेष्टमेन्ट कम्पनीले नेपालमा दुईवटा जलबिद्युत परियोजनामा लगानी गर्न भएको छ । बुधबार काठमाण्डौंमा बसेको कम्पनीको बोर्ड बैठकले दुईवटा परियोजनाका लागि सैद्धान्तिक सहमति दिएको छ ।

तर, ती परियोजनाको लाइसेन्स लिएका कम्पनीको कानुनी तथा आर्थिक अबस्थाको अध्ययन गर्नुपर्ने भएकाले तत्कालका लागि त्यसको औपचारिक घोषणा गरिएको छैन । बोर्ड सम्बद्ध स्रोतले भन्यो-’अध्ययनका लागि टोली बनाइएको छ, टोलीको प्रतिबेदन आउनसाथ १५ दिनभित्र आधिकारिक घोषणा हुने छ ।’

स्रोतका अनुसार एउटा २७ मेगावाट र अर्को १५ मेगावाट क्षमतका परियोजनामा लगानी गर्ने निर्णय भएको छ । ती आयोजनका लाइसेन्स होल्डरसँग ‘नन डिस्क्लोजर एगि्रमेन्ट’ भएकाले औपचारिक घोषणा नहुँदासम्म परियोजनाका नाम सार्वजनिक नगरिने बताइएको छ ।गैरआवासीय नेपाली संघको आह्वानमा ६२ देशमा छरिएर रहेका गैरआवासीय नेपालीहरुले नेपालमा जलबिद्युत आयोजना बनाउने प्रयोजनका लागि हालै १ अर्ब रुपैयाँ संकलन गरेका छन् । एनआरएन इन्भेष्टमेन्ट कम्पनीको बहुमत सेयर रहने र परियोजनामा ७० प्रतिशत वैंकको लगानी रहने गरि एनआरएनले लगानी गर्दैछन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Baby claim row over with DNA report

A unique dispute of claiming a baby boy by two mothers has been resolved with the DNA test of his biological mother.
In the presence of Chief District Officer (CDO) Hari Prasad Upadhyay, the baby boy was handed over to Renu Devi Mahato, a resident of Laxminiya-8 in Mahottari district, as per the DNA report of the National Forensic Science Laboratory. CDO Upadhyay opened the sealed envelope sent by the laboratory in front of the both claimants.
“I’m very happy, we will perform the naming ceremony once we reach home,” said elated mother after receiving the baby. A baby boy delivered at the Janakpur Zonal Hospital turned out to be the bone of contention between two mothers—Mahato and Sangita Devi Sah—who delivered an infant each on January 12. While the male infant became a show-stopper, a baby girl delivered by one of the mothers had been left in the lurch.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Falling tree crushes minor to death

 A girl died after she was crushed by a falling tree at Jyamire-8 in Sankhuwasabha district on Monday.

Apeksha Pokharel ,2, daughter of local Shanti Ram Pokharel was killed when the tree the girl's father cut down fell upon her while she was playing near around there, said Deputy Superintendent of Police (DSP) Rupam Lama.

Father Shalikram was severely injured while trying to rescue his daughter. He is being treated at the district hospital, Khandbari.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Minor girl raped

An 18-year-old man rape d a child at Dhirapur VDC-9 in the district, police said. Inarjit Mukhiya told the police during interrogation that he lured the girl to a farmland and rape d her. The child, who was severely injured, is said to be from Madhubani in India. She cannot speak clearly. Police said the child’s parents have not come in contact so far.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Murder accused remanded in custody

 The Bara District Court on Wednesday remanded Rama Thakur and his brother Ramekbal, who were held on the charge of murdering Rama’s daughter Bindu Thakur, in custody.

After a hearing, the single bench of Judge Achyut Prasad Bhandari remanded the accused duo in custody while the victim’s mother was freed on date. The court recorded the statement of the accused on Tuesday.

District Attorney Govinda Prasad Upadhyay advocated on behalf of the plaintiff while Om Prakash Keshari and Paramhamsa Keshari defended the case in the court.

Charred body of Bindu of Prastoka VDC-5, a tenth-grader student, was found dumped near a bamboo grove some 70 metres away from her house on December 26. Police said Bindu was burnt alive by her family members after finding out that she was romantically involved with her classmate.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger