Education, News, Technology, Information, Goship: sports
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label sports. Show all posts
Showing posts with label sports. Show all posts

मेहेनत गरे हाम्रो शरीर के पो हुँदैन ! रुसी सुन्दरीका पत्याउनै नसक्ने पोज, नझुक्निोस् यी गुडिया हैनन्

Written By Unknown on Tuesday, December 31, 2013 | 2:13 AM

तलको तस्वीरहरु हेर्दा जो कोहीलाई लाग्न सक्छ कि यो फोटोसपको कमाल हो वा कुनै गुडिया । यस्तो सोच्नुभयो भने तपाईको अनुमान गलत हुनेछ ।

यो रुसमा जन्मिएकी विश्वको सबैभन्दा लचिलो बडी भएकी महिलाको जेल्टा जोनको पोज हो । जर्मनीमा बस्दै आएकी २७ वर्षीया जेल्टा जोनले हालै आफ्नो क्यालेन्डर सार्वजनिक गरेकी छिन्, जसमा उनको शरीरको अनौठो स्वरुपहरु देखिन्छ ।

५ फिट ८ इन्चकी जेल्टाको वास्तविक नाम भने जुलिया गुंथेल हो । उनी यति लचिलो छिन् कि ५० वर्गसेमीको बक्समा आफैंलाई गुटुमुटु पारेर राख्न सक्छिन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हजारौं दर्शककै अगाडी मार्सल आर्ट च्याम्पियनको खुट्टा दुई टुक्रा

एन्डरसन सिल्भा र क्रिस वेदमनबीचको मार्शल आट फाइट शनिबार हजारौंले हेरिरहेका थिए । लस भेगासमा भइरहेको सिल्भा र वेदमनको कलात्मक भिडन्त विभिन्न टीभी च्यानलको लाइभ प्रशारणमार्फत् विश्वभरका मार्शल आर्ट प्रेमीले हेरिहेका थिए । ब्राजिलियन सिल्भालाई हौसला बढाउन पूर्व फटबल स्टार रोनाल्डो समेत लस भेगास पुगेका थिए ।

तर, खेलमा एक्कासी डरलाग्दो क्षण आयो, जतिबेला सिल्भाले वेदमनको घुडाँमा लात हाने । सिल्भाको प्रहार रोक्ने क्रममा वेदमनको घुँडामा प¥यो, बलिया वेदमनको घुँडाको भित्री भागमा परेपछि सबैको आँखा अगाडि सिल्भाको नलिखुट्टा भाँच्चियो । उनको नलीहाड हँसियाजस्तै बाङ्गो देखे दर्शकले ।

उनी जोडले चिच्याए र डङरङ्ग लडे । तत्काल रेफ्रीले खेल स्थगित गरे र सिल्भालाई अस्पताल दौडाइयो । चिकित्सकहरुका अनुसार उनको सर्जरी त सफल भएको छ तर, पूर्व च्याम्पियन सिल्भाको मार्शल आर्ट करियर अब लगभग सकिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

श्रीमती उठाएर दौडिने प्रतियोगिता (फोटोफिचर)

Written By Unknown on Wednesday, July 17, 2013 | 11:28 PM

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
संसारमा धेरै खाले प्रतियोगिता हुने गरेका छन् । प्रतियोगिता गर्दागर्दा अब नयाँ विषय पाउन पनि मुस्किल बनेको छ। त्यस्तै फिनल्याण्डमा श्रीमती बोकेर दौडिने विश्व च्याम्पियनसीप भएको छ । यो प्रतियोगितामा आफ्नी श्रीमतीलाई काँधमा बोकेर विभिन्न स्थानमा दौड्नु पर्दछ । त्यसमध्ये पानीबाट पनि गुज्रनु पर्दछ । यो वर्ष भएको प्रतियोगितामा फिनल्याण्डको टैस्टो मिट्टिनेन र क्रिस्त्रिना हापानेन फिनल्याण्डको सानकारजार्वीमा भएको प्रतियोगितामा श्रीमती उठार दौडिने विश्व च्याम्पियनसीप जितेका छन् । एजेन्सी

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मेस्सीले आयकर छलेको आरोप

Written By Unknown on Wednesday, June 12, 2013 | 9:04 PM

२९ जेठ, काठमाडौं । बार्सिलोनाका अर्जेन्टिनी स्टार फुटबलर लिओनल मेस्सीमाथि कर छलेको आरोप लागेको छ । ३.४ मिलियन पाउण्ड आयकर छालेको आरोपमा मेस्सी र उनका बाबुविरुद्ध मुद्दा दायर भएको हो ।

२००७, २००८ र २००९ मा आयकर फिर्ता लिँदा ३.४ मिलियन पाउण्ड छलेको भन्दै मेस्सी र उनका बाबु जोर्जविरुद्ध तीन अपराधको आरोप लगाइएको छ । अदालतले मुद्दा स्वीकार गरेको छ भने बार्सिलोनाले मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात पक्राउ (भिडियो सहित)

Written By Unknown on Monday, June 10, 2013 | 6:22 AM

आईपीएलमा म्याच फिक्सिंग को कारण पुरै दुनियामा भारतको किरकिरी भएको बेला एक यस्तो हर्कत खुलासा भएको छ की जसको कारण खेल जगतमा नै भारतको नाक काटिएको छ। पुणेमा चलिरहेको नेशनल क्याम्पमा महिला खेलाडीको कोठामा सेक्स भईरहेको बेला रंगेहात फेला पारिएको छ।घटना पुणेको आर्मी स्पोर्ट्स इंस्टीट्यूट (एएसआई) मा चलिरहेको नेशनल क्याम्पको हो। यो घटनाबारे कुनै अधिकारी तथा खेलाडी खुलेर बोल्न चाहेका छैनन्। सेक्स काण्डमा परेका दुवै खेलाडी झारखण्डका हुन्।क्याम्पमा एक पुरुष आफ्नी महिला साथीको कोठामा सेक्स गरिरहेको अवस्थामा पक्राउ परेका थिए।

यसको पुष्टि तीरंदाजी संघका कोषाध्यक्ष वीरेन्द्र सचदेवाले गरेका हुन्। उनले यो घटनालाई लज्जास्पद भनेका छन्।दुवै खेलाडीको आपत्तिजनक स्थितिमा पाएपछि एएसआई तथा भारतीय तीरंदाजी संघले आफ्नो-आफ्नो स्तरको सजाय दिएका छन्। एएसआईले अनुशासन भंग गरेको भन्दै दुवैलाई क्याम्पबाट बाहिर निकालेको छ। तिरंदाजी संघले उनिहरुलाई राष्ट्रीय तथा अंतरराष्ट्रीय टूर्नामेन्टमा खेल्नबाट ब्याण्ड गरेको छ।दुवै खेलाडीले लिखित रुपमा नै गल्ती स्विकारेका छन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

विद्यालयमा खेल सामग्री नहुँदा केटीहरुको तानातान ! ( भिडियोसहित )

Written By Unknown on Friday, June 7, 2013 | 2:15 AM

फूटबलमा त्यति जम्न नसके पनि नेपालमा क्रिकेट खेलमा महिलाहरु पनि उत्तिकै सिपालु भैसकेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा नेपाली चेलीहरुले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक र शिल्ड पाइरहेकै छन् । अरु केही खेलमा पनि नेपाली महिलाहरुको उपस्थिति राम्रो छ । तर, राजधानी र शहरमा खेलकूदको जति नै हल्ला चले पनि गाउँका विद्यालयमा भने पर्याप्त खेल सामग्री नहुँदा भविश्यका खेलाडीहरु आपसमा तानातान गरेर मनोरञ्जन गरिरहेका छन् ।

पछि राम्रो खेलाडी बन्न सानैदेखि त्यस खेलप्रति रुची हुनुपर्छ । स्कूल छँदादेखि नै क्रिकेटमा रुची भयो भने पछि राम्रो खेलाडी बन्न सकिन्छ । यस्तै फूटबल, बास्केटबल, टेनिस, हाइजम्प लगायतका खेलमा पनि सानैदेखि यस्तै रुची र झुकाव हुनुपर्छ । तर, विद्यालयमा आवश्यक स्रोत, साधनको अभावमा सबै बालबालिकाले आफूलाई मनपर्ने खेल खेल्न पाएका छैनन् ।

धादिङ, चरिमारेटारको नलाङ मावि गाउँकै निकै पुरानो हाइस्कुल हो । यस विद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी पढ्छन् । फुर्सदका बेला अरु विद्यालयका विद्यार्थीलाई जस्तै उनीहरुलाई पनि खेल्न मन पर्छ । तर, गाउँमा अरुले जे खेलेको देख्यो, त्यही खेल खेल्ने उनीहरुलाई बानी परेको छ ।

विद्यालयका अधिकांश छात्र फूटबल खेल्न मन पराउँछन् । तर, छात्रा भने फूटबल खेल्दैनन् । केटीहरु दुईतिर बराबरी हुने गरी बाँडिएर कम्मरमा समातेर एकअर्कातिर तान्छन् । जसले अर्को समूहको सदस्य बढी तान्न सक्यो, उसकै जीत । यस्तो खेललाई उनीहरु ‘डुम’ खेलको संज्ञा दिन्छन् । यस्तो खेल राष्ट्रिय स्तरमा खेलिँदैन र शायद यो जातीय छुवाछुतको मनोविज्ञानमा आधारित खेल पनि हो ।

किन क्रिकेट, भलिबलजस्ता खेलमा रुची नभएको ? यस्तो प्रश्नमा छात्राहरुले भन्छन्-’क्रिकेट खेल्न जानेकै छैन, सबैलाई पुग्ने गरी स्कूलमा भलिबल छैन, डूम खेल्न बल पनि चाहिएन, जान्नु पनि परेन ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपालमा पनि अन्तर्राष्ट्रिय रेस्लिङ

Written By Unknown on Wednesday, June 5, 2013 | 4:42 AM

दशरथ रंगशालमा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त २०७० भएको छ । दशरथ रंगशालाको कभर्ड हलमा सुरु भएको रेस्लिङमा अमेरिका, जापान र नेपाली खेलाडीहरुको सहभागिता लिएका थिए । उक्त भिडन्तमा मुख्य महाभिडन्त नेपालका एकमात्र अन्तर्राष्टिय रेस्लर दि भरतबहादुर विशुराल (हिमालयन टाइगर) र अमेरिकाका द ग्रेट मालाकाईको रहेको छ । त्यो टिम विरुद्ध भिडन्त जापानको जिरोवान रेस्लिङ कम्पनीबाट आउने मिस्टर वाकाताका र नाओकी उइदाबीच भिडन्त भएको थियो । महाभिडन्तमा नेपालका तर्फबाट हिक्मत थपलिया (दस्कोरपिन), भगत राई(द तातीम), महेश कोजु (मिस्टर कोजु), सन्जीब बज्र शाक्य (द बज्र) ले भाग लिएका थिए, भने रेफ्रीको भूमिकामा नेपालकै पहिलो महिला रेफ्री सुश्री सुनिता थापा र जिरो वान रेस्लिङ कम्पनीका सि.इ.ओ समेत रहेका योशी युकी नाकामुरा रहेको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपाली क्रिकेट टोली आज भारत जाने

Written By Unknown on Thursday, May 23, 2013 | 9:10 PM

१० जेठ, काठमाडौं । ३१ औं अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट खेल्ने नेपाली क्रिकेट टोली आज भारतको देहरादुन जाँदैछ । युवा कप्तान पृथु बाँस्कोटाको कप्तानी तथा विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोली आज धनगढी हुँदै भारत जानेछ ।

नेपाल क्रिकेट संघ क्यान ११ को नामले खेल्ने नेपाली टोलीमा डिभिजन थ्री जितेको राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहितका ८ खेलाडी टोलीमा हुने छैनन् । पारससँगै ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी क्यानडामा क्लब क्रिकेट खेल्न जाने तयारीमा छन् भने शरद भेसवाकर, राहुल विक र सुवास खकुरेल सामान्य चोटका कारण आराममा छन् ।

यस्तै अमृत भट्टराई र सञ्जम रेग्मीलाई भने टोलीमा समावेश नगरिएको क्यानले जनाएको छ । १६ टोलीको सहभागीता रहेको प्रतियोगितामा विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले १ लाख भारतीय रुपैंया पुरस्कार पाउने छन् । नेपालले पहिलो खेल मे २६ मा एयर इन्डियासंग खेल्नेछ । नेपाल रहेको समुहमा आएनजिसी, एयर इन्डिया र केजिके जयपुर रहेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यू-१९ विश्वकप खेल्ने नेपालको सपना अधुरै

Written By Unknown on Friday, May 10, 2013 | 2:59 AM

सेमिफाइनलमा युएईसँग ७६ रनले पराजित
२७ वैशाख, काठमाडौं । नेपाल एसीसी यू-१९ एलिट कपको सेमिफाइनलबाटै बाहिरिएको छ । यससँगै नेपालको यू-१९ विश्वकप खेल्ने सम्भावना सकिएको छ ।

आयोजकको हैसियतमा युएईले विश्वकप खेल्ने भएकाले फाइनलमा पुगेसँगै अफगानिस्तानले अर्को वर्ष हुने आइसिसी यु १९ विश्वकप क्रिकेट खेल्न पाउने भएको छ । नेपालले भने अब तेस्रो स्थानका लागि मलेशियासँग खेल्नेछ ।

शुक्रबार मलेशियामा भएको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित भयो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि सेमिफाइनलमा युएईसविरुद्ध व्याटिङ र बलिङ दुबै नचल्दा नेपालको विश्पकप खेल्ने सपना अधुरै रहृयो ।

युएईले प्रस्तुत गरेको २ सय ७२ रनको लक्ष्य पछ्याएको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि हरिशंकर साहले ५२ र कप्तान भुवन कार्कीले ४१ रन जोड्नु बाहेक अन्य व्याट्सम्यान चलेनन् ।

निर्मल थापाले २३, अभिनाश कर्णले १९ र अमित श्रेष्ठले १२ रन जोड्दा पवन श्रेष्ठ, ८, प्रेम तामाङ ६, सुसान्त भारी ४, योग्यमान कुमाल ४ र विभत्सु थापा ३ रनमा आउट भए । ओपनर निश्चल पाण्डे पहिलो विकेटका रुपमा शुन्य रनमै पेभेलियन फर्किएका थिए । नेपाललाई सस्तैमा समेट्ने क्रममा डन डिसुजाले ४ विकेट लिए ।

यसअघि पहिले व्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७१ रन बनाएको थियो । ३२ रन जोड्दा ३ विकेट गुमाइसकेको उसको पारी मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए ।

शोराइ चोपडा र डन डिसुजाले चौथो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरे । चोपरा १ सय १४ रनमा आृउट भए भने डिसुजाले ५८ रन बनाए । नेपालका अभिनाश कर्णले ३ विकेट लिए ।

अर्को सेमिफाइनलमा अफगानिस्तानले मलेशियालाई १ सय ४० रनले पराजित गरेको छ । ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३३ रन बनाएको अफगानिस्तानले मलेसियालाई मात्र ९३ रनमा अलआउट गरेको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

क्रिकेटको इतिहासमा देशले बनाएको अर्को नयाँ कीर्तिमान

Written By Unknown on Tuesday, May 7, 2013 | 12:50 AM

आईसीसी विश्व लिग डिभिजन थ्रीको उपाधि नेपालले जितेको छ । यो जीतसँगै नेपाली क्रिकेटको इतिहासमा देशले अर्को नयाँ कीर्तिमान बनाएको छ । गएराति सम्पन्न फाइनल खेलमा नेपालले युगाण्डालाई ५ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हो । डिभिजन टूमा प्रवेश गरेका दुई शीर्ष टोलीबीच उपाधिको छिनाफानो गर्न भएको फाइनल खेलमा नेपालले शानदार खेल प्रस्तुत गरेको हो । डिभिजन थ्रीको दोस्रो खेलमा युगाण्डासँग हारेको नेपालले यो जीतसँगै उक्त हारको बदला पनि लिएको छ । ह्यामिल्टनमा पहिले ब्याटिङ गरेको युगाण्डाले ८ विकेटको नोक्सानीमा १ सय ५१ रन मात्र बनाउन सक्यो । युगाण्डाका ड्युस–डेडिट मुहुमुजाले २८ रन बनाए । सशक्त बलिङ्ग गरेका नेपालका बषन्त रेग्मी र राहुल विश्वकर्माले २-२ विकेट लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य नेपालले ३९ ओभर २ बलमा ५ विकेट बाँकी छँदै पूरा गर्यो । नेपालको इनिङ्गमा धैर्यपूर्वक इनिङ्ग खेलेका प्रदिप ऐरीले ६० रन बनाए भने शरद भेषवाकरले अविजित ५० रन जोडे । यसअघिको खेलमा इटालीलाई हराएर समूह उपविजेता बन्दै नेपाल डिभिजन टूमा प्रवेश गरेको थियो । ६ राष्ट्र सम्मिलित प्रतियोगितामा शीर्ष दुई स्थान ओगट्दै युगाण्डा र नेपालले अर्को वर्ष हुने विश्वकप छनौट प्रतियोगितामा स्थान सुरक्षित गरीसकेका छन् ।
यता, सरकारले भने क्रिकेटमा ऐतिहासिक जीत दिलाउने खेलाडीलाई जनही तीन लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ । राष्ट्रिय खेलकूद परिषदको हिजो बसेको बोर्ड बैठकले टिमका सहभागि प्रत्येक सदस्यलाई उक्त रकमले पुरस्कृत गर्ने निर्णय गरेको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

फुटवल खेलाडीले कट्टु खोले

Written By Unknown on Monday, April 8, 2013 | 11:32 PM

उफ्रने, विभिन्न शैलीमा नाच्ने, कुट्ने, सहपाटी साथिहरुसँग अंकमाल गर्ने, आफूले लगाएको लुगाको उचालेर शरीरको माथिल्लो भाग देखाउने क्रियाकलाप खेलाडीहरुले आफुले प्रदर्शन गरेको खेलबाट खुसी भएपछि त्यसलाई मनाउने बेग्ला बेग्लै तरिकाहरु अपनाउने गरेका छन् । यी सबै प्रदर्सन आजभोली सामान्य जस्तै बनेका छन् ।

तर, इटालियन सिरिए फुटबलको शनिबार राति भएको खेलमा भने एक खेलाडीले मनाएको खुसी देखेर दर्शक साथै उनकै सहपार्टी साथीहरुपनि छक्क परे । प्रतियोगितामा अंक तालिकाको शीष स्थानमा रहेको युभेन्ट्सले पेस्कारालाई २-१ गोलले हरायो । युभेन्ट्सको जितका लागि दुवै गोल गरेका मिर्को भुसिनिचले जोशिलो मुद्रामा आफूले लगाएको जर्सीको कट्टु खोले जुन क्रियाकलापबाट सम्पूर्ण दर्शक तथा खेलाडी आश्चर्यमा परे ।

कट्टु हातमा बोकेर साथीहरुसँग अंकमाल गरेका उनले सो कार्यको भने महँगो मुल्य तिर्नुपर्यो । उनले तत्कालै रेफ्रिबाट पनि पहेँलो काड पाए ।

भुसिनिचेले खेलको ७२ औं र ७८ औं मिनेटमा एक एक गोल गरेका थिए, उनको पहिलो गोल पेनाल्टिमार्फत् थियो । पेस्काराका इमानुएल कासकोइनले ८३ औं मिनेटमा एक गोल फर्काएका थिए । जियोस्पी रिजोले ७२ औं मिनेटमा रातो कार्ड पाएपछि बाँकी समय पेस्काराले १० खेलाडीका साथ मैदानमा हट्नुपरेको थियो ।

तालिकाको शीर्ष स्थानमा रहेको युभेन्ट्सको ७१ अंक छ । युभेन्ट्स इटालियन सिरिएको साविक विजेता पनि हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नाइजेरियाले उपाधी जिते सेक्स फ्रि !

Written By Unknown on Saturday, February 9, 2013 | 9:12 PM

नाइजेरियनका सेक्सकर्मीहरुको एक संगठनले अफि्रकन कप अफ नेशन्स फुटबल खेलिरहेको नाइजेरियन राष्ट्रिय टोलीको हौसला बढाउन अनौठो प्रस्ताव अघि सारेको छ ।

‘द एसोशिएसन अफ नाइजीरियन प्रोस्टीच्यूसन एएनपी’ले आफ्नो देशले उपाधी जिते सित्तैमा भरपुर सेक्स सुविधा दिने प्रस्ताव गरेको हो ।

नाइजेरियनले बुधबार राति सेमिफाइनलमा मालीसँग खेल्दैछ । नाइजेरियनले आफ्नो जितको श्रृखला जारी राखे राष्ट्रिय टोलीका खेलाडीहरुलाई एक सातासम्म निःशुल्क सेक्स सेवा दिने एएनपीका सचिव जेसिका एल्विसले बताएकी छिन् ।

उनले भनेकी छिन्-’यदि टोलीले उपाधी जितेर फुटबलमा गुमेको गौरव फिर्ता ल्यायो भने नेशनल टिमको समर्थनमा हामी साताभर निःशुल्क सेक्स सेवा दिने प्रस्ताव गछौं ।’ उनले निःशुल्क सेक्स खेलाडीहरुको लागि मात्र हो कि सबैलाई भन्नेबारे उनले थप खुलाइनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

युरोपस्तरीय नेपाली नृत्य प्रतियोगिता जर्मनीमा हुने

Written By Unknown on Monday, January 28, 2013 | 6:18 AM

हाम्बर्ग । तीन वर्षदेखि बिभिन्न देशमा हुँदै आइरहेको युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता यस बर्ष भने जर्मनीको हाम्बर्ग शहरमा हुने भएको छ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज जर्मनी शाखाले आयोजना गर्न लागेको वर्षको सर्वोत्कृष्ट नेपाली चलचित्र अवार्ड (सम्मान) कार्यक्रम तथा युरोपस्तरीय एकल नेपाली नृत्य प्रतियोगिता- २०१३ यही १४ अप्रिल २०१३ को दिन जर्मनीको हाम्बर्ग शहरस्थित हलमा एक भव्य समारोहवीच समुदघाटन हुने जनाईएको छ।

 जर्मनी र युरोपमा रहेका अन्य देशमा रहेका बिभिन्न संघसंस्थाहरु समेतको सौजन्य तथा हातेमालो रहने उक्त कार्यक्रममा युरोप भरिका देशहरुबाट कलाकार तथा जन सहभागीता रहने छ भने नेपालबाट पनि बरिष्ठ कलाकार पनि उपस्थित रहनु हुने अन्तराष्ट्रिय नेपाली कलाकार समाज जर्मनी शाखाका अधक्ष्य सन्तोष राज गुरुङले जानकारी दिनु भएको छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जाउलाखेल आहा गोल्डकपको सेमिफाइनलमा

Written By Unknown on Saturday, January 26, 2013 | 5:03 AM

१३ माघ, काठमाडौं । जाउलाखेल युथ क्लब पोखरामा जारी ११ औं आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा भारतीय क्लब गार्खा बि्रगेडलाई २-० ले पराजित गर्दै जाउलाखेल अन्तिम चारमा प्रवेश गरेको हो । पोखराको स्थानीय रंगशालामा भएको खेलमा गोर्खा बि्रगेडले जाउलाखेललाई पहिलो हापसम्म गोलरहित बराबरी रोकेको थियो ।

तर, ४७ औं मिनेटमा राज पौडेलले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाए । ६३ औं मिनेटमा जग्गुनाथ खकाले गोल गर्दै जाउलाखेलको अग्रता दोब्बर पारे । गोर्खा वि्रगेड खेलमा र्फकन सकेन र जाउलाखेल २-० ले विजयी भयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger