Education, News, Technology, Information, Goship: health news
Educational News :
#

recent

Powered by Blogger.

Latest Post

Showing posts with label health news. Show all posts
Showing posts with label health news. Show all posts

डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ ? यी तरिका अपनाउनुस''

Written By Unknown on Monday, September 16, 2013 | 9:38 PM

''मानिसको सुन्दरता झल्काउने अनुहारमा आउने डण्डिफोरले मानिसको रूप तथा सुन्दरतालाई नै बिगारिदिन्छ । डण्डिफोरका कारण तपाईमध्ये धेरै पिडित हुनुभएको हुन सक्छ ।''
डण्डीफोरबाट मुक्ति पाउन चाहनुहुन्छ भने यी उपायहरू गर्नुस्…
- डण्डिफोर आएको ठाऊँमा दाँत माझ्ने पेष्ट दलिदिने ।''
- डण्डिफोर आएको ठाऊँमा हलेदोको पेस्ट दल्ने । हलेदोको पेस्ट बेलुका सुत्ने बेला लगाउने र बिहान उठेपछि पखाल्ने ।'
- डण्डीफोर आएको ठाऊँमा मह दल्ने । यसले ब्याक्टेरिया मार्छ र थप ईन्फेक्सन हुनबाट जोगाउँछ।''
- चीयाको तेलको डण्डीफओर आएको ठाऊँमा लगाउने, यसले पनि ब्याक्टेरीया मार्ने काम गर्छ । तलको बक्समा क्लिक गर्नुहोस।''
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

धक फुकाएर रुनुका फाइदै फाइदा

Written By Unknown on Sunday, September 15, 2013 | 2:13 AM

धक फुकाएर रुँदा मन हलुंगो हुन्छ, पीडा कम हुन्छ अनि शितल हुन्छ । रुनुको लाभ केवल रुने मान्छेले मात्र अनुभुत गर्न सक्ने भएपनि सामान्य बुझाइमा रुनुलाई सामाजिक, शारीरिक तथा मानसिक रुपमा राम्रो मानिँदैन । तर मनोवैज्ञानिकहरुले भने धक फुकाएर रुनुका विभिन्न खाले फाइदा हुने बताएका छन् । रुनुका फाइदा यस्ता छन् :
रुँदाखेरि बग्ने आँशुले आँखाको दृष्टि क्षमतामा सुधार ल्याउँछ । कहिलेकाहीँ आँखामा डिहाइड्रेसन हुँदा दृष्टि धमिलो हुन्छ । त्यस्तो बेलामा आँशुले आँखाको झिल्लीमा पानीको पर्याप्तता सिर्जना गर्छ र हामीले प्रष्ट देख्न सक्छौँ ।
?
आँशुले आँखालाई सफा गर्न समेत मद्दत गर्छ । आँखामा विभिन्न खाले जिवाणु रहेका हुन सक्छन् । आँशुमा हुने जिवाणु प्रतिरोधी तत्वले जिवाणु नष्ट गरिदिन्छ । आँशुमा जिवाणु नाशक लाइसोजोम नामक तत्व हुन्छ ।
रुनाले तनावबाट धेरै हदसम्म मुक्ति मिल्छ, चाहे त्यो क्षणिक नै किन नहोस् । मानिसको भावनात्मक आँशुले सरीरमा तनाव सिर्जना गर्ने हर्मोनको उत्सर्जन कम गर्छ ।
सामान्य आँशुमा ९८ प्रतिशत पानी हुन्छ । तर भावनात्मक आँशुमा तनावको हर्मोन समेत मिसिएको हुन्छ । आँशुमा केही विषाक्त पदार्थ पनि हुन्छन् । त्यसैले आँखाबाट आँशु निस्कँदा सरीरभित्र रहेका त्यस्ता विषाक्त पदार्थ समेत निष्कासन गर्न सहयोग पुग्छ ।
आँखामा जलन भएको बेला आँशु बग्यो भने जलन कम हुन्छ ।
नियमित रुपमा रुने बानीले उच्च रक्तचाप, मोटोपन तथा मधुमेह जस्ता समस्यासँग जुध्ने क्षमता बढ्ने विज्ञहरु बताउँछन् ।
निकै तनाव तथा दुखपूर्ण अवस्थाबाट गुजि्ररहेको अवस्थामा धक फुकाएर रुनाले शान्ति मिल्छ र पीडामा मलहम लागेको महसुस हुन्छ ।
त्यसैले अब लुकेर होइन मज्जाले देखाएरै रुनुहोस् । रुनु कमजोरीको प्रतिक होइन स्वास्थ्य लाभ गर्ने तरिका पनि हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कामवासना बढाउने केही खानेकुरा

कामवासना भन्ने कुरा यौनिक रुपमा स्वस्थ व्यक्तिको अनिवार्य विषय हो । स्वस्थ व्यक्तिमा यौनचाहना व्यक्तिमा अनिवार्य रुपमा हुनुपर्छ र भएन भने त्यसले व्यक्ति यौनिक रुपमा अस्वस्थ छ भन्ने कुरा इंगित गर्छ ।
मानिसले यौन क्षमता बढाउन विभिन्न खाले उपाय अपनाउछन् । हामीले यहाँ त्यस्ता केही खानेकुराको सूचि प्रस्तुत गरेका छौँ जो मानिसमा कामवासना बढाउन कामयावी हुन्छन् -
?

वाइनको सेवनले महिला र पुरुष दुबैमा कामवासना तथा यौन क्षमतामा वृद्धि गर्छ ।
केरामा भिटामिन ए, बि, सी, पोटासियम, लगायतका तत्व प्रसस्त मात्रामा पाइन्छ । भिटामिन बी र पोटासियम सरीरमा सेक्स हर्मोनको उत्पादन बढाउन सहयोगी हुन्छन् ।
तराइका थारु आदिवासीले खाने घुँघीको सेवनले मानिसमा यौनक्षमता बढाउन निकै सहयोग गर्छ । घुँघीमात्र नभएर अन्य सी फूडको सेवनले पनि मानिसमा यौनक्षमतामा वृद्धि गर्छ ।
लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।
कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।
चकलेटको भोजनले पनि मानिसमा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।
तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।
खुर्सानीको सेवनले पनि मानिसमा कामवासना वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन् । खुर्सानीमा पाइने क्याप्साइसिन तत्वले यसमा भूमिका खेल्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मोटरसाइकलले धोका दिँदा ४ महिना हिउँको बास

Written By Unknown on Wednesday, September 11, 2013 | 8:41 PM

चार महिनासम्म हिउँ नै हिउँले भरिएको पर्वतमा फस्दा पनि एक पुरुष बाँच्न सफल भए । आखिर काल नआएपछि कस्को के लाग्छ र ? अर्जेन्टिनामा एक उरुग्वेली पुरुष ४ महिनासम्म हिउँमै अडि्कए तर जिउँदै बाहिर निस्किन सफल भए ।

अधिकारीहरुका अनुसार एन्डिज पर्वत श्रृंखलामा ४ महिनासम्म फसेका ५८ वर्षका पुरुषको नाम राउल गोमेज हो । उनलाई उद्धार कर्मीहरुले उद्धार गरी सकुसल सुरक्षित स्थानमा ल्याएका छन् । उनलाई एन्डिज पर्वत श्रृंखलाको लोस पटोस भ्याली स्थित ४ हजार ५ सय मिटरको उचाइबाट उद्धार गरिएको हो ।

उनलाई उपचारका लागि सेन जुआनस्थित अस्पतालमा लगिएको छ । चार महिनासम्म हिउँमा बसेका मान्छे जिउँदै हुनु चमत्कार रहेको डाक्टरहरुले बताएका छन् ।

गएको मे महिनामा मोटरसाइकलमा चढेर उरुग्वेबाट चिलीतर्फ गइरहेको बेला बाटोमै मोटरसाइकल बिग्रेपछि उनको यस्तो हालत भएको रहेछ । बाटोमा मोटरसाइकल बिग्रेपछि उनले एन्डिज पर्वतलाई पैदलै पार गर्ने कोसिस गरे । त्यसै समय भारी हिमपात भयो, बाटो सबै पुरियो । अनि उनले बाहिर निस्कने बाटो पत्ता लगाउन सकेनन् र त्यहीँ अडि्कए ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कुष्ठरोगीलाई तातो रगत, पिसाबमा कर !!!

Written By Unknown on Tuesday, September 10, 2013 | 1:40 AM

विश्वमा मानव सभ्यताको इतिहासमा रोमन सभ्यता निकै चर्चित सभ्यता हो । आजभ्दन झण्डै २ हजार वर्ष पहिले रोमन सभ्यताको जगजगी थियो । रोमन सभ्यतालाई तत्कालिन अवस्थाको निकै विकशित सभ्यता मानिने भएपनि यो सभ्यतामा केही त्यस्ता प्रथाहरु कायम थिए जो सुन्दैमा पनि आङ जिरिंग हुन्छ ।

रोमन सभ्यतामा मानिसको तातो रगतलाई रोगको उपचारमा प्रयोग गरिन्थ्यो । जब सैनिक युद्धमैदानमा ढल्थ्यो तब उसको सरीरबाट बगेको रगतलाई तत्काल कुनै भाँडोमा थापिन्थ्यो र जम्मा गरिन्थ्यो अनि त्यो रगतलाई विभिन्न खाले रोगको उपचारमा प्रयोग गरिन्थ्यो । त्यस्तै कुनै अपराधीलाई मृत्युदण्ड दिँदा जब उसको टाउको काटिन्थ्यो तब उसको सरीरबाट बगेको रगत भाँडोमा जम्मा गरिन्थ्यो । यस्तो रगतको प्रयोग कुष्ठरोगको उपचारमा गरिन्थ्यो ।

रोमन सभ्यताको अर्को रोचक कुरा के भने त्यहाँ पिसाबको पनि कर लाग्थ्यो । इशाको पहिलो शताब्दीमा रोमन बादशाह वेस्पियनले पिसाब कर लगाएका थिए । त्यस समयमा पिसाब निकै मूल्यवान वस्तु थियो र त्यसलाई कपडा धूनका लागि प्रयोग गरिन्थ्यो । पिसाबको प्रयोग औषधिको रुपमा पनि गरिन्थ्यो । त्यसकारण सार्वजनिक सौचालयहरुबाट पिसाब संकलन गरिन्थ्यो र त्यस्तो संकलित पिसाबमा कर पनि लगाइन्थ्यो । अहिले रक्सी र सुर्तिमा लगाइए जस्तै उतिबेला रोमन सभ्यतामा पिसाबमा कर लाग्थ्यो ।

रोमन साम्राज्यताका दायाँ भन्दा बायाँ हात चल्ने मानिसलाई राक्षसी स्वरुप मानिन्थ्यो । त्यस्तो मानिसलाई अविश्वसनीय तथा अशुभको प्रतिक मानिन्थ्यो ।

रोमन सभ्यतामा उत्तेजित लिंग वा फालुलेसलाई भाग्यको प्रतिकका रुपमा लिइन्थ्यो । त्यसैले उत्तेजित लिंगको
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

ककटेल रक्सीले १४ महिनादेखि हिक्क-हिक्क

हिक्क आउनु वा बाडुल्की लाग्नुलाई हाम्रो समाजमा कसैले सम्झेर यस्तो भएको हो भन्ने चलन छ । तर वैज्ञानिकहरुका अनुसार फोक्सोका मांशपेशी खुम्चिँदा हिक्क आउँछ । केहीबेरको हिक्कले नै हामीलाई थकाउँछ । हिक्क रोक्न अनेकथरी उपाय गर्न थालिहाल्छौँ । यदि १४ महिनासम्म लगातार हिक्क आइरने हो भने मान्छेको हालत के होला -

विचरा एक आइरिस मानिसलाई यस्तै भएको छ । अघिल्लो वर्षो जुलाई महिनादेखि उनलाई निरन्तर बाडुली लागिरहेको छ । हरेक ७ सेकेण्डमा उनलाई हिक्क आउँछ । उनलाई सिंक्रोनस डायफ्राग्मीक डिर्सअर्डर नामक समस्याका कारण यस्तो भएको हो ।

सन् २०१२ को जुलाइमा एक भोजमा सहभागी हुँदा त्यहाँ रहेको ककटेल रक्सी खाएपछि उनलाई हिक्का आउन थालेको हो । उनलाई यो चौध महिनामा ५० लाख २५ हजार पटक हिक्क आइसकेको अनुमान आफै गर्छन् उनी ३७ वर्षा डानियल केल्भिन यस्तो समस्याका कारण रातको समयमा विरलै सुत्न पाएका छन् । कहिलेकाहीँ उनी रातभर जागा रहेका छन् र रातमै हिँडडुल गरेका पनि छन् । आफ्नो बाडुल्कीले घरका जहान पनि सुत्न नसक्ने अवस्था भएपछि उनी कहिलेकाहीँ रातमा घर बाहिर निस्केर यताउति हिँड्छन् ।

उनले आफ्नो यो हिक्का रोक्नलाई विभिन्न उपचार पनि गरिरहेका छन् । तर, उपचारले बीसको उन्नाइस गरेकेा छैन । कहिलेकाहीँ त आधा मिनेट जति स्वास नै फेर्न नसक्ने गरी छाती खुम्चिन्छ ।

आफ्नो हिक्क कम गर्न उनले चिनी तथा भिनेगार खाने गरेका छन् । तर, यसले खासै निको भने गराएको छैन । उनले आफ्नो यो हिक्कको समस्याले आफ्नो मात्र नभै परिवारकै भविष्य संकटमा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जन्मिँदा केटा, त्यसपछि केटी र आमा

Written By Unknown on Sunday, July 28, 2013 | 7:44 PM

जन्मिदा केटा भएको मान्छे भविष्यका के होला ? अवश्य पनि पिता अर्थात् बाउ । तर जन्मिँदा पुरुष भएर पनि कोही कोही मान्छे आमा समेत बन्दा रहेछन् । वास्तवमा जो कोहीका लागि यो कुरा सम्भव छैन । तर चिकित्सा विज्ञानको अद्भुत सफलतासँगै यस्तो असम्भव कुरा पनि सम्भव बनिदिएको छ ।

भारतमा जन्मिँदा पुरुष रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । कर्नाटकको रोहतास जिल्लाकी ती महिलाले बच्चा जन्माएपछि चिकित्सा शास्त्रमा ठूलो उपलब्धी र आश्चर्यको रुपमा लिइएको छ ।

सन् १९८५ सालमा जन्मिँदा जैविक रुपमा पुरुष रहेका उनी १२ वर्षको उमेर सर्जरी द्वारा लिंग परिवर्तन गरी सोनी नामकी महिला बनेकी थिइन । वास्वतमा उनी समलिंगी थिइन्, उनका भित्री अंग तथा स्वभाव महिलाका जस्ता थिए तर बाहिरी अंग भने पुरुषका थिए । सोही कारण उनका माता पिताले निकै खर्च गरेर शल्यक्रिया गराई उनको लिंग परिवर्तन गराए । उनी त्यसपछि छोराबाट छोरी बनिन् । उनको बिहेबारी पनि भयो ।

लिंग परिवर्तन गराएपनि उनमा गर्भाधान हुन मुस्किल थियो । उनको श्रीमानले ९ वर्षसम्म उनको लगातार उपचार गराए र त्यसबीचमा उनको शल्यक्रिया पनि भयो । सोही उपचारको फलस्वरुप उनमा गर्भाधान भयो र बच्चा समेत जन्मिएको छ । उनले छोरी जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । श्रोत : एजेन्सी
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

महिलाको पेटमा ५१ कण्डोम !

Written By Unknown on Thursday, July 25, 2013 | 8:09 PM

चोरका हजार दाउ भन्ने उखान नै छ । नेपालमा होस र क्यानडामा । लागू औषध औषधको कारोबार रोक्न धेरै प्रयास भएपनि तस्करी रोकिएको छैन ।क्यानडा एयरपोर्टका सुरक्षा अधिकारीहरु त्यसबेला आश्चर्यमा परे, जब एक नाइजेरियन महिलाको चेक जाँच थाले । उनको पेटबाट सुरक्षा अधिकारीहरुले हिरोइनले भरिएको ५१ कण्डोम भेटिएको छ । उनले ती हिरोइनले भरिएको कण्डोम प्रहरीबाट लुकाउन निलेका थिए ।नोभेम्बर ६ मा अमेरिका उड्न लागेकी ती महिलामाथि शंका लागेपछि पक्राउ गरेर एक्स-रेसहित जाँचका लागि अस्पताल लगियो ।त्यसक्रममा उनको पेटमा हिरोइनले भरिएको ५१ कण्डोम भेटिएको छ । उक्त कण्डोमलाई पेलेट्स नामले चिनिन्छ । अधिकारीहरुका अनुसार यसरी तस्करी गर्नेहरुको संख्या बढ्दो छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मान्छे झैँ बोल्ने चुरोट

Written By Unknown on Wednesday, July 24, 2013 | 7:41 PM

वैज्ञानिकहरुले बोल्ने चुरोटको आविष्कार गरेका छन् । चुरोटको बट्टा किन्ने बित्तिकै यो चुरोट बोल्न थाल्नेछ अनि क्रेतालाई चेतावनी दिनेछ । धुमपानको लतबाट मान्छेलाई छुटकारा दिलाउने अभिप्रायका साथ वैज्ञानिकहरुले यस्तो बोल्ने चुरोट बनाएका हुन् । यो चुरोटको प्याकेटले नै चुरोट किन्नेहरुलाई बोलेरै भन्नेछ ‘चुरोट पिउन छाड्नुहोस्, धूमपान स्वास्थ्यका लागि हानीकारक छ ।’

यद्यपि चुरोटका बट्टामा धूमपान स्वास्थ्यका लागि हानिकारक हुने कुराको चेतावनी युक्त सन्देशहरु लेखिने भएपनि त्यस्तो लेख्य सामाग्रीप्रति धूमपानका अम्मलीहरुको ध्यान जाँदैन । त्यसैले लेखेर भन्दा बोलेर दिने चेतावनी अम्मलीहरुको दिमागमा घुस्ला की ? भनेर वैज्ञानिकहरुले यस्तो जुक्ति अपनाएका हुन् ।

बेलायतको स्टर्लिंग विश्वविद्यालयका वैज्ञानिकहरुले बनाएको यो अनौठो चुरोटको बट्टामै एक सन्देश रेकर्ड गरेर राखिएको हुन्छ । जब कोही उपभोक्ताले चुरोटको प्याकेट खोल्न थाल्छ तब चुरोट बोल्न थाल्छ र धुमपान छाड्नका लागि अपिल गर्छ । वास्तवमा यो पहिलै रेकर्ड गरिएको आवाज हो ।

चुरोटले फरर….. बोल्दै धूमपानका असरहरु, धूमपानका कारण लाग्ने रोगहरुका बारेमा समेत जानकारी दिन्छ । साथै धूमपानका कारण नपुंशकता हुने चेतावनी पनि दिन्छ र धूमपान छाड्न चाहनेहरुका लागि एक हेल्पलाइनका बारेमा समेत जानकारी दिन्छ ।

बोल्ने चुरोटको आविष्कार गर्ने वैज्ञानिकहरुका अनुसार उनीहरुले १६ देखि २४ उमेर समूहका महिलामा यसको सफल परीक्षण समेत गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

९ वर्षिया बालिकाले बच्चा जन्माएपछी (भिडियो हेर्नुहोस)

पिसाब गर्दा गुप्तांगमा नागले क्वाप्पै

Written By Unknown on Tuesday, July 23, 2013 | 9:26 PM

 हरे भगवान, कस्तो कस्तो पीडा खेप्नुपर्ने लोग्ने मान्छेको जातले ? इजरायलका एक पुरुषले लाखौँमा एक जनाले पनि भोग्नु नपर्ने पीडा भोग्नु परेको छ । धन्य मिति पुगेको रहेनछ र उनी बाँचे ।

ट्वाइलेटमा पिसाब फेर्न लागेको बेला अकस्मात सर्पले उनको लिंगमा टोकेपछि उनी इन्तु न चिन्तु भए । त्यो सर्प ट्वाइलेटमै लुकेको रहेछ, उनले देखेनन् तर जब उनको लिंगमा डस्यो तब उनलाई असहय पीडा भयो । निहुरिएर हेर्दा देखे, डरलाग्दो सर्पले आफ्नो गुप्तांगमा धावा बोलिरहेको छ ।

इजरायलको हाफियाका बासिन्दा ३५ वर्षे पुरुषलाई तत्कालै उपचारका लागि अस्पताल लगियो । उनले अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । धन्य भाग्यले त्यो सर्प विषालु रहेनछ । उनले अहिले प्रत्यक्ष निगरानीमा उपचार भैरहेको र थप परीक्षणको आवश्यकता नभएकाले उनलाई छिटै अस्पतालबाट डिस्चार्ज गरिने रामबाम मेडिकल सेन्टरका प्रवक्ताले जनाएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एकै युवतीको शरीरमा ४ वटा मृर्गौला

Written By Unknown on Thursday, July 18, 2013 | 4:06 AM

सामान्य रुपमा एक मानिसको शरीरमा मृर्गौला कति वटा हुन्छन् ? पक्कै पनि दुई वटा । के तपाईं एकै मानिसको शरीरमा ४ वटासम्म पनि मृर्गौला हुन सक्छ भन्ने कुरा पत्याउनु हुन्छ ? कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो वास्तविकता हो ।

एक बेलायती युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पाइएको छ । हालैमा बाहिर आएको एक मामिलाका अनुसार जेसिका कर्फी नाम गरेकी ती युवती पिसाव सम्बन्धी समस्या देखिएपछि चिकित्सककोमा पुगेकी थिइन् । उपचारपछि युवतीको दायाँ मृर्गौला खराब भएको पुष्टी भयो ।

त्यसपछि अर्को एक परीक्षणमा उनको शरीरको दायाँ भागमा दुई मृर्गौला भएको पत्ता लाग्यो, जस मध्ये एक मृर्गौला खराब थियो । चिकित्सकले शल्यक्रिया गरेर उनको खराब भएको मृर्गौला निकालिदिए । सोही शल्यक्रियाकै बखत युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पत्ता लाग्यो ।

एक अन्तर्राष्ट्रिय समाचार अनलाईनका अनुसर गएको वर्षको जुन महिनामा उनको शल्यक्रियाका समयमा शरीरको दाया भागमा मात्रै तीन मृर्गौला भएको पुष्टी भएको थियो । एक वरिष्ठ मूत्र रोग विज्ञ रोबिन विवरले यस्तो घटना विश्वमै दुर्लभ भएको प्रतिक्रिया दिएको जनाइएको छ ।

मृगौलाको शल्यक्रियापछि जेसिका तीन दिनपछि नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अहिले उनी पूर्ण रुपमा स्वस्थ्य भएकी जनाइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यी हुन् त्यस्ता मान्छे जो हावामात्रै खाएर बाँच्छन्

Written By Unknown on Wednesday, July 17, 2013 | 9:58 PM

मान्छेलाई बाँच्नको लागि खाना खानुपर्छ । तर विश्वमा यस्ता मान्छे पनि हुँदा रहेछन् जो केवल हावा खाएर मात्र पनि बाँच्न सक्छन् ।

झ्वाट्ट सुन्दा हाम्रै देशका लिटिल बुद्धको नाममा चर्चा कमाएका एक जना किशोर हुन् की भन्ने लाग्दा । महिनौँ नखाइ तपस्या गरेर बसेको भनिएका राम बहादुर बम्जनको यस्तो दाबी लगभग असत्य सावित भएको बेला नेसनल जियोग्राफिक च्यानलले हावामात्र खाएर बाँच्ने त्यस्ता अनौठा तथा अपत्यारिला मान्छे फेला पारेको छ । ती युवक हामीजस्तै दिनहुँ कामकाज गर्छन्, घुमफिर गर्छन् तर खाना भने खाँदैनन् । केवल स्वास फेर्दा लिएको हावा उनका लागि काफी छ ।

सुन्दा विश्वास लाग्दैन । तर यो सत्य हो । श्रीलंकाका किरबी डे लनेरो त्यस्ता मान्छे हुन् जो हावा मात्र खाएर बाँच्न सक्छन् ।

खबर अनुसार यी युवकले पछिल्लो पाँच वर्ष यता यस्तो समयतालिका पछ्याएका छन् जसमा उनले वर्षका १० महिनामा केवल ६-७ पटक मात्र खान्छन् । उनले पछिल्लो १० महिनामा केवल ७ पटक मात्र खाना खाएका छन् अर्थात् दश महिनामा केवल ५ सय क्यालोरी मात्र । जबकी एक जना सामान्य मान्छेले दिनमा ३ चोटी, महिनामा ९० चोटी तथा १० महिनामा ९ सय चोटी खाने गर्छ ।

किरबी आफुलाई धेरै खाना खानु नपर्ने बताउँछन् । स्वास फेर्दा लिएको हावा तथा सूर्यको किरणबाट आफ्नो सरीरले उर्जा प्राप्त गर्ने दाबी उनको छ । उनको यो दाबी सही हो वा होइन र उनी दश महिनामा केवल ७ पटक मात्र खाएर कसरी बाँचेका छन् ? भन्ने कुराको अनुसन्धान गर्न वैज्ञानिकहरु जुटेका छन् । किरबी भने आफ्नो यो शक्ति इश्वरको बरदान भएको बताउँछन् । अरु मान्छेले जस्तै खाने हो भने आफु विरामी पर्ने र थाक्ने उनी बताउँछन् ।

आफुलाई धेरै मान्छेले खाना नखाइ बाँच्ने उपाय हामीलाई पनि सिकाइदेउ भन्ने गरेको तर आफ्नो यो क्षमता इश्वरको देश भएकाले आफुले सिकाउन नसक्ने किरबी बताउँछन् ।
हाम्रो सामाजिक संजाल मा साथी बन्न को लागि याँ click गर्नु होस् !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तुलसीको पात के-के को औषधि ?

Written By Unknown on Tuesday, July 16, 2013 | 9:37 PM

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धार्मिक महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ ।

तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ । यहाँ हामीले तुलसीको पात कस्तो कस्तो स्वास्थ्य समस्याको निराकरणमा उपयोगी सावित हुनसक्छ भन्ने जानकारी प्रस्तुत गरेका छौँ ।

महिलाहरुमा महिनावारीको बेला यदि पेट तथा कम्मर दुख्ने समस्या बढि नै छ भने तुलसीको हरियो पातलाई पिँधेर रस बनाउनुहोस् अनि दिनहुँ १ चम्चा तुलसीको पातको रस पिउनुहोस् । तुलसीको पात पिँध्न झण्झट लाग्छ भने पात मज्जाले धोइपखाली गरेर चपाउँदा पनि हुन्छ ।

बर्खाको समयमा रुघाखोकी, ज्वरो तथा पेटको समस्या बढि देखिने गर्छ । यस्ता समस्याको रोकथामका लागि दिनहुँ तुलसीका पातको सेवन लाभदायक हुन्छ । साथै रुघाखोकी लागेको बेला तुलसीको पात, बेसार, नुन मिलाएर पानीमा मज्जाले पकाएर उक्त पानी पिएमा रुघाखोकी र चिसो कम हुन्छ ।

तुलसीका पातको सेवनले मुखको संक्रमणबाट बचाउनुका साथै दाँत तथा गिजालाई स्वस्थ राख्छ ।

बिहान उठ्नैबित्तिकै पानीसँगै तुलसीका पात पनि चपाएर खानुहोस् । यसले गर्दा विभिन्न खालका संक्रामक रोगबाट बचाउँछ ।

तुलसीको पातको लेप छालामा लगाउँदा दाद, लुतो तथा छालासम्बन्धि अन्य रोगबाट बचाउँछ ।

ज्वरो आएको छ भने तुलसीको पातलाई पिँधेर बनाएको रसमा अदुवाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।
आयुर्वेदमा तुलसीको नजिक बस्दा स्वासप्रस्वास मार्फत लिइने हावा सरीरका लागि निकै फाइदाजनक हुने र त्यसले सरीरका विषाक्त पदार्थ निर्मलीकरण गर्नमा सहयोग गर्ने विश्वास गरिन्छ ।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मुखको दुर्गन्ध हटाउने सजिलो उपाय

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
मुखबाट दुर्गन्ध आउने तथा स्वास गन्हाउने लगायतका समस्या आम समस्या हुन् र धेरै मानिस यो समस्याबाट पीडित हुन्छन् । कहिलेकाहीँ मुख गन्हाएका कारण लाजमर्दो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र मुख छोपेर वा लुकाएर कुरा गर्नुपर्ने बाध्यता पनि आउँछ । मुख गन्हाउने मान्छे सँग कुराकानी गर्न कसैलाई पनि मन पर्दैन । त्यसैले यस्तो समस्या हुने व्यक्तिको सामाजिक जिवनमा पनि खलल पुग्छ ।
120तपाइँमा पनि यस्तो समस्या छ ? छ भने चिन्ता नगर्नुहोस् । आफ्नो मुखबाट दुर्गन्ध आउने समस्याबाट छुटकारा पाउने केही सजिला टिप्स हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

नियमित दाँत माझ्नुहोस् : यो कुरा सबैलाई थाहा भएको कुरा हो । नियमित दाँत माझ्नाले मुख दुर्गन्धित हुन पाउँदैन । बिहान र बेलुकी २ पटक दाँत माझ्ने र दाँत माझ्दा मज्जाले ब्रस तलमाथि तथा दायाँबायाँ घुमाएर दाँत माझ्नुपर्छ । दाँतका साथै जिब्रो तथा मुखको सबैभाग मज्जाले सफा गर्नुहोस् र कुल्ला गर्नुहोस् ।

गि्रन टी पिउनुहोस : गि्रन टी स्वास तथा मुख गन्हाउने समस्या भएका हरुका लागि निकै लाभदायक हुन्छ । गि्रन टी मा एन्टिब्याक्टेरियल तत्व हुन्छ । जसले दाँतको छिद्रमा परेका खानेकुरा सडाएर दुर्गन्ध निकाल्ने जिवाणुलाई नष्ट पारिदिन्छ ।

धूमपान त्याग्नुहोस् : धूमपान गर्नुहुन्न भने ठिकै छ । यदि गर्नुहुन्छ भने तत्कालै धूमपान त्याग्नुहोस् । धूमपान गर्ने मानिसमा स्वास गन्हाउने समस्या निकै बढि हुन्छ । चुरोट फ्याँक्नुहोस् र ताजा हावा लिनुहोस् ।

प्रसस्तै पानी पिउनुहोस् : पानी पिउनु समग्रमा स्वास्थ्यका लागि फाइदाजनक तथा अनिवार्य हो नै, यसले मुखको दुर्गन्ध हटाउन पनि सहयोग गर्छ । पानीले मुखमा अडि्कएका खानाका टुक्रालाई सफा समेत गर्छ ।

चुइंगम चपाउनुहोस् : यद्यपि चुइंगममा हुने सुगरले स्वास्थ्यलाई नकारात्मक असर नपूराउने होइन । तर दाँतको छिद्रमा अडि्कएका पदार्थलाई बाहिर निकाल्न तथा दाँत र गिजालाई सफा गर्नका लागि चुइंगम चपाउनु निकै फाइदाजनक मानिन्छ ।

गुलियो पदार्थ कम खाने, खानैपरे खाइसकेपछि मज्जाले पानीले मुख कुल्ला गर्ने, हावा कम चल्ने कोठामा धेरैबेर नबस्ने र ताजा हावामा निस्किरहने जस्ता कुराहरु गर्दा समेत मुखलाई दुर्गन्धित हुनबाट बचाउँछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अब पिसाबको गन्धबाटै क्यान्सर पत्ता लाग्ने

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले पिसाबको परीक्षणबाटै मुत्रथैलीको क्यान्सर भए नभएको कुरा पत्ता लगाउन सकिन्छ ।
बेलायती वैज्ञानिकहरुका अनुसार यो प्रविधिमा एउटा यस्तो सेन्सरको प्रयोग गरिन्छ जसले पिसाबमा भएका ग्यासजन्य रसायनहरुको गन्ध पत्ता लगाउन सक्छ जो मुत्रथैलीका क्यान्सर कोषबाट उत्पादन भएको हुन्छ । बेलायतको लिभरपुल विश्वविद्यालयका शोधकर्ता क्रिस प्रोबर्ट र नर्म्यान र्याटक्लिफले आफुहरुले पिसाबमा क्यान्सरको गन्ध थाहा पाउनसक्ने यन्त्रको विकाश गरेको बताएका छन् ।
प्लस वन जर्नलमा छापिएको खबर अनुसार यो विधिबाट मुत्र थैलीको क्यान्सर पत्ता लगाउन सकिने सम्भावना ९० प्रतिशत भन्दा अधिक हुन्छ । यद्यपि यो परीक्षणलाई अझै परिस्कृत तथा विश्वसनीय बनाउन थप शोधको खाँचो रहेको विज्ञहरुको भनाइ छ ।
विश्वमा मुत्रथैलीको क्यान्सर एक मुख्य क्यान्सरको प्रकारका रुपमा रहेको छ । मुत्रथैलीको क्यान्सरको सुरुवाती अवस्थामा लक्षण थाहा पाउन गाह्रो हुने र अन्तिम अवस्थामा पुगेपछि मात्र रोगीलाई रोगले चेँप्ने भएकाले यसको उपचार कठीन हुने गरेको छ । तर यदि यो परीक्षणबाट मुत्रथैलीको क्यान्सरका विषयमा सुरुवाती अवस्थामै जानकारी पाउन सकिएमा त्यसको उपचार सहज हुने र धेरै क्यान्सर रोगीको ज्यान जोगिने विज्ञहरुको ठम्याइ छ ।
यसअघिका अध्ययनहरुले पनि मुत्रथैलीको क्यान्सर हुँदा पिसाबमा विशेष प्रकारको गन्ध आउने र त्यस्तो गन्ध कुकुरले थाहा पाउन सक्ने पुष्टि गरेका थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

राजधानीमै नक्कली डाक्टर !

Written By Unknown on Thursday, July 11, 2013 | 8:48 PM

राजधानीमै लामो समयदेखि गैरकानुनी रुपमा नक्कली डाक्टरले बिरामीको उपचार गरिरहेको फेला परेको छ । योग्यता नै नभएका र कुनै चिकित्सकीय तालिम पनि नलिएका व्यक्तिले दर्ता नै नभएका संस्थाबाट विशेषज्ञ चिकित्सकले गर्ने उपचारजस्तै सेवा दिइरहेको फेला परेको हो ।

बिरामीको उपचार गर्ने योग्यता नै नभएका व्यक्तिले ‘नक्कली डाक्टर’ का रुपमा गैरकानुनी संस्थाबाट बिरामीको उपचार गरिरहेकेा फेला परेपछि सरकारले ती नक्कली डाक्टरलाई अनुसन्धानको घेरामा राखेको छ भने कानुनविपरीत सञ्चालन गरेकेा उपचार केन्द्र बन्द गराएको छ ।

बिरामीको उपचार गर्न कम्तीमा पनि एमबिबिएस तहको पढाई सकेर नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकीय अभ्यासका लागि लाइसेन्स लिएको वा आयुर्वेद क्षेत्रको हो भने वैद्य वा कविराज तहको अध्ययन गरेको हुनुपर्छ ।

तर, राजधानीको सीतापाइलास्थित सीतापाइला आयुर्वेदिक तथा जन्डिस उपचार केन्द्रका रामप्रसाद महर्जन र सीतापाईला जन्डिस केयर सेन्टरका रामबहादुर महर्जनले नक्कली डाक्टरका रुपमा बिनायोग्यता जन्डिस, ग्यास्टि्रक र पिनासको विशेषज्ञ उपचार गर्दै आइरहेकेा वाणिज्य तथा आपूर्ति विभाग र औषधि व्यवस्था विभागको टोलीले मंगलबार फेला पारेको नागरिक दैनिकमा खबर छ ।

टोलीले तत्कालै गैरकानुनी संस्थालाई बन्द गरेको र अनुमानका भरमा विरामी उपचारमा संलग्न व्यक्तिलाई अनुसन्धानको घेरामा राखेको औषधी व्यवस्था विभागका निरीषक पदम पौडेलले बताए । उनका अनुसार विभागले उनीहरुलाई तीनदिनभित्र आवश्यक कागजातसहित उपस्थित हुनसमेत निर्देशन दिएको छ । गैरकाुनुी सेन्टरलाई आवश्यक प्रक्रिया पुरा गरेमा र सेन्टरमा योग्यतामा पुगेको व्यक्ति राखेमा पुनः खोल्न दिन सकिने उनको भनाई छ ।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर गजुरेलले काउन्सिलको अनुमति र प्रमाणपत्रबिना उपचारमा संलग्न व्यक्तिलाई सोझै समातेर जेल हाल्न सकिने बताए । ‘काउन्सिलको प्रमाण र अनुमति नपाएका मानिसले कुनै पनि हालतमा बिरामीको उपचारमा संलग्न हुन पाउँदैन्,’ उनले भने, ‘यस्ता कार्यमा संलग्नलाई सिधै प्रहरीले समात्न सक्ने कानुनी व्यवस्था छ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पत्तीले काटेर यसरि पनि गरिन्छ उपचार..(फोटो फिचर सहित)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

  विश्वमा स्वास्थ्यको उपचार गर्ने पद्धतीहरू धेरै थरी छन् । हामी प्राय उपचारका लागि एलोप्याथीको सहारा लिने गर्छौ । त्यस्तै, आयुर्वेद, होमियोप्याथी, तथा अन्य पद्धतीको पनि हामीमध्ये धेरैले उपचारका लागि सहारा लिने पद्धति हुन् ।

विश्वमा स्वास्थ्य उपचार गर्ने पद्धतीमा एक फरक खालको पद्धति पनि भेटिएको छ भारतमा । उक्त पद्धती अनुसार उपचारका लागि मानिसको शरिरमा पत्तीले काटेर रगत बगाई उपचार गरिन्छ । सुन्दा पनि आङ सिरिङ्ग हुने यस्तो उपचार भारतको राजधानी नयाँ दिल्लीमा गरिने गर्छ ।

७९ वर्षीय हाकिम घ्यास नामका व्यक्तिले खुला आकाशमुनी यस्तो उपचार पद्धती सुरू गरेका हुन् । उनका अनुसार यो उपचार पद्धति हजारौ वर्ष पुरानो भएको र ग्रिक र संस्कृतमा समेत यस्को चर्चा गरिएको छ ।

यो उपचार पद्धतीमा पहिले मानिसलाई डोरीले शरिरको विभिन्न भागमा बाधिन्छ । र उनीहरूलाई तातोमा बस्न लगाइन्छ । उनीहरुको शरिरको उपचार गर्ने भागमा पत्तीले घाऊ बनाइन्छ जहाँबाट उनीहरूको रगत बगोस्, त्यसपछी काटिएको ठाऊँमा बगिरहेको रगत रोक्नका लागि व्यायाम गर्न लगाइन्छ । जबसम्म रगत थामिदैन उनीहरूको शरिरमा बाँधिएको डोरी फुकाइदैन ।

यसरी रगत बगाउँदा शरिरको खराब रगत बाहिर निस्किने र स्वास्थ्यमा आएका समस्याहरू समाधान हुने हाकिम बताउँछन् । उनका अनुसार यसरी काटेर रगत फ्याँक्दा शरिरको उच्च रक्तचाप नियन्त्रण हुने, कोलेस्टेरोलको मात्रालाई समेत सही ठाऊँमा ल्याउन मद्धत गर्छ ।

पछील्लो समयमा यस उपचारका लागि आउनेहरूको संख्या बढ्दै गएको र उपचारका लागि आफूहरूले कुनै पैसा नलिएको हाकिमले बताएका छन् । उनले आफूहरूसँग उपचारका लागि आउने सबै गरिब र बृद्धहरू हुने भएकाले आफूहरूले बिना शुल्क नै उपचार गर्ने गरेको बताए । उनका अनुसार उनलाई यो कार्यमा उनका एक छोराले पनि सघाइरहेका छन् ।

हेरौ उक्त पद्धतीको उपचारका केही दृश्यहरू…

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आँखाबाट रगतको आँशु बगाउने युवती ल हेर्नुस

Written By Unknown on Tuesday, July 2, 2013 | 4:23 AM

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

मन हल्का पार्नको लागि मज्जाले रोएर प्रसस्तै आँशु झार्नुपर्छ भन्ने मान्यता छ । तर २० वर्षकी यी युवती भने धक फुकाएर रुन पनि सक्दिनन् । उनी जब रुन्छिन् उनको आँखाबाट आँशुको साटो रगतका धारा बग्न थाल्छन् । उनी जति रुन्छिन् उत्ति नै उनको आँखाबाट रगत चुहिन्छ ।
आँखाबाट रगतको आँशु झर्ने पीडा चिलीकी एक २० वर्षे युवतीले एक महिनादेखि झेलिरहेकी छिन् । चिलीको पुरानक क्षेत्रकी बासिन्दा यारित्जा ओलिभाको आँखाबाट आँशुको साटो रगत किन बग्यो ? भन्ने कुराको भेउ पाउन डाक्टरहरुले पनि सकेका छैनन् । उनी रुँदाखेरी आँखामा निकै पीडा हुन्छ र रगत बग्छ । यति पीडा हुन्छ की उनलाई सहनै गाह्रो हुन्छ र थप रुनुपर्छ । डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेपछि सामान्य थोपा औषधि दिएका छन् ।

आँखाबाट आँशुको रुपमा रगत बग्ने यस्तो समस्यालाई हेमोलार्किया भनिन्छ । इन्फेक्सन, टाउकाको चोट तथा ट्युमर लगायतका कारणबाट यस्तो समस्या पैदा हुने बताइन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बुढीआमाले क्रिम सोँचेर मुखमा सुपर ग्लू दलेपछि………

Written By Unknown on Sunday, June 30, 2013 | 9:40 PM

रातको समयमा इमरजेन्सी नम्बरमा एक्कासी फोन आयो । न्युजिल्याण्डको डुनेडिनस्थित इमरजेन्सी कार्यालयका फोन उठाउने मान्छे अक्क न बक्क भए । फोन गर्नेवाला महिलाको आवाज थियो भन्ने त ठम्याउन सकियो तर फोन गर्ने ती महिला बोल्न सकिरहेकी थिइनन् । उनी मात्र अँ…..अँ……मात्र गरिरहेकी थिइन् । इमरजेन्सी कार्यालयका कर्मचारीलाई आपत् पर्यो । उनले सोँचे ती महिला निकै संकटमा छिन् र उनलाई चोरडाँकाहरुले आक्रमण गरी मुखमा केही कोचिदिएका कारण बोल्न सकिरहेकी छैनिन् । फोन आएको नम्बर हेरेर फोन उठाउनेले सोधे, के तपाइँ डुनेडिनबाट बोल्नुभएको हो ? ती महिलाले अँ भनिन् ।

सुरक्षा अधिकारीहरुले एउटा टोली नै खटाएर फोन ट्यापिङ गरी ती महिला बसेको घर पत्ता लगाएर उनलाई तत्काल उद्धार गरी अस्पताल पूराए । अस्पतालमा लगेपछि प्याराफिनको प्रयोग गरी ग्लु स्टिकले टालिएको उनको मुख खुलाइयो । मुख खुलेपछि उनले ढुक्कको स्वास फेर्दै मुख टालिएपछिको बेचैनी सुनाइन् ।

६४ वर्षकी ती महिलाले रात सुत्ने बेलामा दिनहुँ अनुहारमा क्रिम दल्ने रहिछन् । क्रिम तथा अन्य सौन्दर्य प्रशाधनका सामान राख्ने भाँडोमा सुपर ग्लुको बट्टा पनि राखेकी रहेछिन् । बत्ती निभाइसकेपछि उनले भाँडोबाट क्रिम भनेर एउटा बट्टा निकालिन् । त्यो खोलिन् र त्यसभित्रको चिज निकालेर ओँठमा लगाइन् । उनलाई रुघा लागेकाले क्रिम हो होइन भनेर छुट्टाउन गन्ध समेत पत्तो पाउन सकिनन् त्यसैले उनले क्रिम भनेर सुपर ग्लु ओठमा लगाइन् । ओठमा सुपर ग्लु लगाएपछि ओँठ टालियो । उनी विलखबन्दमा परिन् । धन्न इमरजेन्सी नम्बरमा फोन गर्दा प्रहरी आएर उनलाई उद्धार गर्यो र बढि दुख भोग्नु परेन । नत्र ती बुढीआमैको रात कसरी बित्दो हो बरै !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger