ककटेल रक्सीले १४ महिनादेखि हिक्क-हिक्क - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ककटेल रक्सीले १४ महिनादेखि हिक्क-हिक्क

ककटेल रक्सीले १४ महिनादेखि हिक्क-हिक्क

Written By Unknown on Tuesday, September 10, 2013 | 1:36 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हिक्क आउनु वा बाडुल्की लाग्नुलाई हाम्रो समाजमा कसैले सम्झेर यस्तो भएको हो भन्ने चलन छ । तर वैज्ञानिकहरुका अनुसार फोक्सोका मांशपेशी खुम्चिँदा हिक्क आउँछ । केहीबेरको हिक्कले नै हामीलाई थकाउँछ । हिक्क रोक्न अनेकथरी उपाय गर्न थालिहाल्छौँ । यदि १४ महिनासम्म लगातार हिक्क आइरने हो भने मान्छेको हालत के होला -

विचरा एक आइरिस मानिसलाई यस्तै भएको छ । अघिल्लो वर्षो जुलाई महिनादेखि उनलाई निरन्तर बाडुली लागिरहेको छ । हरेक ७ सेकेण्डमा उनलाई हिक्क आउँछ । उनलाई सिंक्रोनस डायफ्राग्मीक डिर्सअर्डर नामक समस्याका कारण यस्तो भएको हो ।

सन् २०१२ को जुलाइमा एक भोजमा सहभागी हुँदा त्यहाँ रहेको ककटेल रक्सी खाएपछि उनलाई हिक्का आउन थालेको हो । उनलाई यो चौध महिनामा ५० लाख २५ हजार पटक हिक्क आइसकेको अनुमान आफै गर्छन् उनी ३७ वर्षा डानियल केल्भिन यस्तो समस्याका कारण रातको समयमा विरलै सुत्न पाएका छन् । कहिलेकाहीँ उनी रातभर जागा रहेका छन् र रातमै हिँडडुल गरेका पनि छन् । आफ्नो बाडुल्कीले घरका जहान पनि सुत्न नसक्ने अवस्था भएपछि उनी कहिलेकाहीँ रातमा घर बाहिर निस्केर यताउति हिँड्छन् ।

उनले आफ्नो यो हिक्का रोक्नलाई विभिन्न उपचार पनि गरिरहेका छन् । तर, उपचारले बीसको उन्नाइस गरेकेा छैन । कहिलेकाहीँ त आधा मिनेट जति स्वास नै फेर्न नसक्ने गरी छाती खुम्चिन्छ ।

आफ्नो हिक्क कम गर्न उनले चिनी तथा भिनेगार खाने गरेका छन् । तर, यसले खासै निको भने गराएको छैन । उनले आफ्नो यो हिक्कको समस्याले आफ्नो मात्र नभै परिवारकै भविष्य संकटमा परेको भन्दै सहयोगका लागि अपिल गरेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger