May 2013 - Education, News, Technology, Information, Goship
Educational News :
#

नायिका सारिका घिमिरेको’ बेड सिन हेरेर सुटिङ -युनिटले जिब्रो टोक्यो…

Written By Unknown on Friday, May 31, 2013 | 6:35 AM

नयाँ कलाकार भन्नेबित्तिकै प्रोडक्सन र निर्देशकले जेजे भन्यो, त्यहीत्यही मान्नुपर्ने, चित्त नबुझेका कुरा पनि भन्न नपाइने ? गजबै छ नेपाली चलचित्र क्षेत्रको कथा । निर्माणाधीन फिल्म रक्षकै कुरा गरौं न । त्यसमा डेब्यु पाइन् नयाँ अनुहार सारिका घिमिरेले । बल्लबल्ल फिल्ममा खेल्ने मौका पाएपछि उनले त्यसका निर्देशक राजु गिरीले भनेजसरी बेड सिन दिइन् । बेड सिन यस्तो थियो कि सुटिङ गर्ने क्रममा युनिटले नै यसलाई हेरेर जिब्रो टोक्यो भने रिलिजमा आएपछि दर्शकले कस्तो प्रतिक्रिया देलान् । जेहोस्, गिरीको अघिल्ला फिल्मजस्तै यसलाई पनि यौनकेन्द्रित बनाउनका लागि निर्देशकले जसोजसो भने, त्यस्तैत्यस्तै यौनोत्तेजक दृश्य उनले दिइदिइन् ।”
रक्षाको निर्माण समूहलाई फिल्म बनाउन र त्यसलाई रिलिजमा ल्याउनभन्दा पनि त्यसको पब्लिसिटी गर्नै हतार ? पब्लिसिटी गर्ने क्रममा पूजना स्त्रीलाई बढी फोकस गरियो । जे भए पनि नयाँ अनुहारको तुलनामा पूजनाको अनुहार बिकाउ हुने नै भयो । पूजनाका नग्न ढाड र कामुक बेड सिनले पब्लिसिटी सामग्रीमा यथेष्ट स्थान पाए पनि सारिकाले खास स्थान पाइनन् । त्यसैले उनले घुक्र्याइन्– ‘पब्लिसिटीमा मलाई हाइलाइट नगर्ने भए म त डबिङ नै गर्दिनँ ।’ उनको घुर्कीले काम गरेन, निर्देशक गिरीले सारिकालाई डबिङ नै गराएनन् । यो त ट्रेलर मात्र हो सारिका, फिल्म शुरू हुन त बाँकी नै छ । तलको बक्समा क्लिक गर्नुहोस ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

The Inevitable

Written By Unknown on Thursday, May 30, 2013 | 11:25 PM


 Walking through the cold sinister alley

I feel the obscurity engulfing me whole,

The fallen houses, the broken roofs

All of it, makes me think of all the steps I took.

Everything is falling apart

But I still don’t know where I went wrong,

Is it me that’s pushing away the bliss?

I’d never know if I’m not.

I stand in the eye of the hurricane

Preparing myself for the worst.

Even though I’m scared of the muddle,

I walk with my head held high and chin up.



Something behind me moves, and every part of me quivers,

I turn a blind eye and look away from the chaos.

It’s not that I’ve never faced things like this,

I had stood still then, and again, Oh yes I will!

I know the hurricane will pass and so will the night

There’s dawn ready to sneak up, to make things right

Until then, I’m going to be strong, and I’ll fight

Beneath the despair, deep down, I know things will be alright.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Senior BJP leader Prasad in Capital

 
Senior Bharatiya Janata Party leader and the party’s deputy leader in the Rajya Sabha, Ravi Shankar Prasad , arrived in Kathmandu on Friday on a three day visit.

Immediately after landing in the Capital, he went to meet Indian Ambassador to Nepal Jayanta Prasad, taking stock of Nepal’s current political situation and the election process.

He will deliver a lecture on ‘Republic of Nepal: Emerging Hope and Scope’, organised by Nepal-Bharat Sahayog Manch on Saturday. He is accompanied by Ajit Kumar who looks dedicatedly Nepal affairs at the BJP, according to the convener of the Manch, Deepak Adhikari.

He will meet President Ram Baran Yadav, Interim Election Council Chairman Khil Raj Regmi, Nepali Congress President Sushil Koirala, and UCPN (Maoist) Chairman Pushpa Kamal Dahal, former Prime Ministers Sher Bahadur Deuba, Madhav Kumar Nepal and many others. He is likely to address the media too.

At a time when Nepal is bracing for second Constituent Assembly election, his visit will let Nepali leaders understand BJP’s position.
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

गर्मीसँगै बढ्छ मृगौलाको पत्थरीको खतरा : कसरी जोगिने ?

खानपानमा अस्वस्थता तथा जिवनशैलीमा आएको परिवर्तनका कारण मृगौलामा पथ्थरी हुनु अहिले आम मानिसमा सामान्य स्वास्थ्य समस्या बनिसकेको छ । बच्चा देखि लिएर युवा तथा पाका उमेरका मानिस सम्ममा पत्थरीको समस्या पाइने गरेको छ । गर्मीको मौसममा यस्तो समस्या अझ बढ्न जान्छ । अन्य कारणहरुका अलवा डिहाइड्रेसन अर्थात् सरीरमा पानी कम हुनाले मृगौलामा पत्थरी हुने सम्भावना बढ्छ ।

गर्मीयाममा सरीरबाट पसिना बढि निस्कन्छ । जसका कारण सरीरमा पानीको मात्रा छिटै कम हुन्छ । यदि पसिनाको माध्यमबाट नास भएको पानीको भरणपुरण गर्न पर्याप्त पानी पिइएन भने मृगौलामा पत्थरी हुने जोखिम बढ्छ । मृगौला विज्ञहरुका अनुसार गर्मीको याममा मृगौलाको पत्थरीको समस्या ४० प्रतिशत सम्मले बढ्छ ।
मृगौलाको पत्थरीको समस्या बढि दौडधुप गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका मानिसमा बढ्ता देखिने गरेको छ भने महिलाको तुलनामा पुरुषमा यो समस्या बढि हुन्छ ।
गर्मी बढ्दै जाँदा मृगौला खराब हुने जोखिम उत्ति नै बढ्छ । ५ देखि ७ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा मृगौलाको पत्थरीको जोखिम ३० प्रतिशत सम्मले बढ्ने विज्ञहरु बताउँछन् ।
पत्थरी मूत्रीनलीको जुनसुकै भागमा हुने भएपनि मृगौला तथा युरेटरमा अत्यधिक हुने गरेको छ । वास्तवमा पत्थरी भनेको पिसाबमा घुलेका विभिन्न रासायनिक पदार्थहरु थिगि्रएर ठोस क्रिस्टलको रुपमा जम्मा हुनु हो । खासगरी यो क्याल्सियम तथा युरिक एसिडका कारण हुन्छ । ९० देखि ९५ प्रतिशत पत्थरी क्याल्सियम अक्जालेट तत्वबाट बनेको हुन्छ ।
मृगौलामा पत्थरी जमेका थाहा पाउन सुरुवातमा कठीन हुन्छ । मुत्रनलीमा पत्थरीले रोकावट उत्पन्न गर्न थालेपछि मात्र पीडा महसुस हुन गई पत्थरी परेको थाहा पाउन सकिन्छ ।
लक्षण
पिसाबमा रगत देखिनु
पटक पटक पिसाब लाग्नु
पिसाब बढि गन्हाउनु
जिउ काँप्नु, बढि थकान महसुस हुनु
वाकवाकी लाग्नु आदि ।
कसरी बँच्ने ?
गर्मीमा सरीरमा हुने पानीको कमी पूर्ति गर्नका लागि भरपूर मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी नपिएर पटक पटक थोरै थोरै पिउने गर्नुपर्छ । हरेक एक घण्टामा एक गिलास पानी पिउनु उपयुक्त हुन्छ । पानीको साथै पर्याप्त अन्य तरल पदार्थ पिउनुपर्छ । प्रोटिन, सोडियम तथा फस्फोरसयुक्त पदार्थको बढि सेवन गर्नुहुँदैन ।
यी चिजबाट सतर्क रहनुहोस्
डाक्टरहरुका अनुसार केही औषधीहरुको सेवनले मृगौलाको पत्थरीलाई झनै बढाउँछन् । ब्रुफिन अर्थात् आइबूप्रोफेन, मोटरिन तथा अलिएव जस्ता औषधिहरुको सेवन सकेसम्म गर्नुहुँदैन । जाँड रक्सीको सेवन गर्नुहुँदैन । रक्सी युरिक एसिड तथा अक्जालेटको मुख्य श्रोत हो ।
उपचार
मृगौलाको पत्थरीको उपचार त्यसको आकार, पत्थरी रहेको स्थान, प्रकृति तथा अवस्थामा निर्भर गर्छ । यसको उपचार पारम्परिक विधि र सर्जरीको माध्यमबाट गरिन्छ । सानो आकारको पत्थरीको साइज १.५ सेमी भन्दा कम हुन्छ । जसलाई लिथोटि्रप्टर प्रविधिको माध्यमबाट शरीरको बाहिरबाट झट्का दिएर तोडेर निकाल्ने गरिन्छ । यसलाई एक्स्ट्रकोेरपोरेअल शक वेभ लिथोटि्रप्सी भनिन्छ । यो तरिकाबाट नष्ट गरिएका पत्थरीका टुक्राहरु केही दिनसम्म पिसाबमार्फत बाहिर निस्कन्छन् । तर १.५ सेमी भन्दा ठूलो आकारका पत्थरीका टुक्राको लागि भने पर्कयुटेनियस नेफ्रोलिथोट्रमी विधिको प्रयोग गरिन्छ । यो एक प्रकारको प्वाल पारेर गरिने सर्जरी हो । जसमा सरीरमा प्वाल पारेर मृगौलामा रहेको पत्थरीलाई बाहिर निकालिन्छ । यो विधि मृगौलाको पत्थरीको उपचारका लागि अन्तिम तरिका पनि हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कति बेला गर्ने यौन सम्पर्क ?

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । – स्रोत एजेन्सि
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सपनाको असर दाम्पत्य सम्बन्धमा

एक नयाँ अध्ययनले हामीले देख्ने सपनाले हाम्रो प्रेम वा दाम्पत्य सम्बन्धमा प्रभाव पार्ने तथ्य पहिलोपटक पत्ता लगाएको छ । अध्ययन अनुसार अघिल्लो रातमा देखेको सपनाको प्रभाव अर्को दिन हामीले आफ्नो पार्टनरसँग गर्ने व्यवहार तथा अन्तरक्रियामा पर्छ ।

अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धोकाधडी, इष्र्या तथा अन्य खराब सम्बन्धका आचरण सम्बन्धि सपनाहरुले दाम्पत्य सम्बन्धमा तनाव ल्याउँछन् । अघिल्लो रात यस्ता खराब सपना देखियो भने अर्को दिन लोग्ने स्वास्नीबीच झगडा हुने, द्धन्द उत्पन्न हुने र सौहार्दतामा कमी आउने शोधकर्ताहरुको निष्कर्ष छ ।
‘धेरै मानिसहरुले उनीहरुले देख्ने सपनाका विषयमा ध्यान दिँदैनन् र त्यसले उनीहरुको मगजको अवस्थामा पार्ने प्रभावका बारेमा पनि अनभिज्ञ हुन्छन् ।’
मुख्य शोधकर्ता तथा मेरिल्याण्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डाइलान सेल्टरम्यान भन्छन् । उनका अनुसार पछिल्लो अध्ययनले सपना र दाम्पत्य सम्बन्धका बीचमा दहि्रलो सम्बन्ध रहेको देखाएको छ । यो अध्ययनको निष्कर्ष सोसल साइकोलोजी एण्ड पर्सनालिटी साइन्स जर्नलमा छापिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

धेरै सेक्स हानिकारक

सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।
यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।
बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् । तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पेनकिलर खाने पुरुषको यौन उत्तेजनामा गडबडी…

नियमित रुपमा दुखाइ कम गर्ने औषधि पेन किलर खाने पुरुषमा यौनिक समस्या देखिने सम्भावना अत्यधिक रहने र त्यस्ता पुरुषमा लिंग उत्तेजित हुनमा समस्या पैदा हुने पछिल्लो अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार पेनकिलर खाने पुरुषमा उत्तेजनाको गडबडी अर्थात् इरेक्टाइल डिस्फङ्सनको समस्या बढ्ता हुने गरेको छ ।
स्पाइन नामक जर्नलमा छापिएको खबर अनुसार कम्तिमा ४ महिनासम्म उच्च डोजमा ओपिओइड्स पेनकिलर खाएका पुरुषमध्ये १९ प्रतिशतमा यस्तो उत्तेजनाको समस्या देखिएको छ । यस्तो पेनकिलर नखाने केवल ७ प्रतिशतमा मात्र यौन उत्तेजनाको समस्या भेटिएको शोधकर्ताहरुको भनाइ छ । त्यसैले पेनकिलरको नियमित सेवनले यौन उत्तेजनाको गडबडीलाई ५० प्रतिशतले बढाउने निष्कर्ष शोधकर्ताहरुले निकालेका छन् ।
अमेरिकाको आरेगन स्वास्थ्य तथा विज्ञान विश्वविद्यालयका शोधकर्ताहरुले ११ हजार जना पुरुषमा अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उमेर बढ्दै जाँदा यौन उत्तेजनामा अनियमिता हुने समस्या पनि बढ्ने उनीहरुको भनाइ छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

विपरित लिङ्गी यौन बारे ९ भ्रमहरु जो हामि गलत सोच्ने गर्छौ ( जानिराखौ )

यौनका बारेमा जोकोहीलाई पनि चासो एवं कौतुहल हुनु अस्वभाविक होइन। तर यसको अर्थ यो पनि होइन कि ज्यादा चासो राख्नुपर्छ। किनकी शास्त्रले पनि भन्छ- अति सर्वत्र वर्जयते।
विपरित लिङ्गीप्रति हुने स्वभाविक आकर्षण र यौन चाहना पूर्ति गर्ने माध्यम भनेको सेक्स नै हो। सेक्समा प्राप्त हुने चरम आनन्दले नै पारिवारिक जिन्दगी सुखी बनाउँछ। तर २१ औं शताब्दिको अहिलेको युग सेक्सको मामिलामा धेरै उदार हुदै गएको छ। अझ अति विकसित पश्चिमा मुलुकमा त सेक्सको बिषय निकै खुल्ला छ। तर पूर्वीय दर्शन र संस्कृतिले सेक्सको खुल्लापनलाई छाडा विषयको संज्ञा दिएको छ। हाम्रो संस्कार भन्छ- विवाह पुर्व हुने सेक्स अनैतिक हो। तर शास्त्र र संस्कारको मान्यता आज कति कामयावी छ यो चाहिं पुनर्विचार गर्नुपर्ने स्थिति छ। भनिन्छ- अचेल विवाहका लागि योग्य उमेरका ‘भर्जिन” पाउन मुश्किल छ।
सेक्सका बारे कतिपय गलत अवधारणा रहेको पाईन्छ जसले गर्दा टिनएजर्स भ्रममा पनि रहेका हुनसक्छन्।

१) हस्तमैथुन: यो एक स्वस्थ प्रकृया हो जसले शरीरलाई कुनै बेफाईदा गर्दैन। तर यस बारेमा निकै ठुलो भ्रम रहेको छ तर असुरक्षित यौन सम्बन्धले भने बेफाईदा गर्छ।

२) कौमार्यको मापन रगत: पहिलो पटक यौन संपर्क गर्दा खासगरी महिलाको योनीबाट रगत आउनुलाई भर्जिनिटीको मापन मानिने अवधारणा पनि छ। तर पहिलो सेक्स सम्बन्धमा रगत बहनु नै भर्जिन मानिनु गलत अवधारणा हो, किनकी योनीको झिल्ली तह धेरै पातलो हुने हुनाले यसमा सामान्य असार पर्नासाथ यो फुटेर रक्तश्राब हुनसक्छ। खासगरी विभिन्न खेल र शारिरिक अभ्यास गर्ने युवतीहरुको यो पातलो यौन झिल्ली जुनकुनै बेला पनि फुट्न सक्छ। त्यसैले त्यस्ता युवती भर्जिन हुँदाहुँदै पनि पहिलो यौन सम्पर्कमा रक्तश्राब नहुन सक्छ।

३) स्खलनबाट रगतमा कमी आउँछ: यौन बारे कतिपय यस्ता अवधारणाहरु पनि कायमै छन् कि जुन सत्य होइन। ती मध्ये यस्तै गलत अवधारणा हो स्खलनबाट रगतमा कमी आउँछ भन्ने। तपाईं हामी कतिपय जुनकुनै समय पनि स्खलित हुन सक्छौं। स्खलन यौनको तिब्र चाहनाको कारण प्रवाहित हुने एकप्रकारको विकार मात्र हो। यसको रगतसँग कुनै सम्बन्ध छैन। कतिपय अवस्थामा स्वभाविक एवं प्राकृतिक स्खलनले तपाईं हाम्रो स्वास्थलाई फाईदा नै पुर्याउदछ।

४) महिलाहरु सेक्समा पुरुषले जति आनन्द लिन सक्दैनन्: यो पनि एउटा मिथ्या मात्र हो। तथापि विभिन्न अध्ययनले के निष्कर्ष निकालेको छ भने महिलाको तुलनामा पुरुषले चाँडो यौन आनन्द प्राप्त गर्छन् र महिलाहरु तुलनात्मक रुपमा ढीलो सन्तुष्टी प्राप्त गर्छन्। तर यसको मतलब यो होइन कि महिलाले सन्तुष्टी नै पाउँदैनन्। तर कतिपय व्यक्तिगत कारण चाँही पाईन्छ कि आफ्नो पति वा पुरुषबाट यथेष्ठ यौन सन्तुष्टी पाउन नसकेछि कतिपय महिलाहरु परपुरुषसँग लहसिईरहेका पाउछौं भने कतिपय पाउन सन्तुष्टीकै लागि भौतारिरहेका समेत हामी पाउछौँ। यस सन्दर्भमा एक युवतीको अनुभव सान्दर्भिक हुन सक्छ। अनौपचारिक कुराकानीको प्रसंगमा ती युवतीले बताए अनुसार उनी आफ्नो पुरुष साथीबाट यौनमा सन्तुष्टी पाउन सक्दिनन्। उनले भनिन्- सेक्स गर्न शुरु गरे लगत्तै ऊ स्खलित भैहाल्छ। अनि केटा मान्छे एकपटक यसरी स्खलित भएपछि तत्काल सेक्स नै गर्न नसक्ने गरेर शिथिल भैहाल्दो रहेछ। त्यसले गर्दा मैले यौनको चरम आनन्द नै लिन पाइरहेकी छैन। उनको यो भनाई महिलाहरु यौनमा तत्काल उत्तेजित र सन्तुष्ट हुन सक्दैनन् भन्नेलाई आधार बन्न सक्छ। तर यो नितान्त व्यक्तिगत यौन क्षमतामा निर्भर रहन्छ।

५) बच्चाको लिङ्गको आधार महिला: यौन सम्बन्धी यो अर्को गलत अवधारणा यो। यस्तो गलत अवधारणा अवैज्ञानिक पनि छ। कुनै पनि बच्चा छोरा वा छोरी भएर जन्मनुमा आमाको कुनै दोष हुँदैन। चिकित्साशास्त्रले के पुष्टी गरिसकेको छ भने बच्चा जन्मनाका लागि दुई क्रोमोजमको आवश्यकता पर्दछ। पुरुषमा हुने यस्तो क्रोमोजम एक्स र क्रोमोजोम वाईको सम्मिश्रणको प्रकृयाबाट नै बच्चा पैदा हुने र बच्चाको लिङ्ग निर्धारण हुने गर्दछ। तसर्थ यसमा महिलाको यौन पक्ष, शारीरिक कारण कुनै भूमिका महत्वपूर्ण हुँदैन जती पुरुषको शुक्रकिटबाट निस्कने क्रोमोजोमको महत्व हुन्छ।

६) लिङ्ग फोहोर भएकोले छुनु हुँदैन: जनस्वास्थका दृष्टिले कुनै पनि फोहोर चिज छुनु हानिकारक हुन्छ। त्यसैले त्यस्ता चिज, सामान चलाउँदा पुर्व सावधानी अपनाउनु जरुरी छ। तर लिङ्गको बारेमा आमरुपमा गलत धारणा रहेको पाईन्छ। शरीरका अरु जनेन्द्रिय जस्तै लिङ्ग पनि एउटा अंग हो। जसरी अरु अंगको सरसफाइ भएन भने गन्हाँउछ, त्यस्तै लिङ्गको पनि सरसफाई नगरे त्यो पनि गन्हाईहाल्छ। त्यसैले हरेकपटक लिङ्गको सफाइमा ध्यान दिनुहोस्, यो कुनै फोहोर होइन। सहबासको तीव्र चाहनालाई चरम सुखमा परिणत गर्नका लागि महिला वा पुरुष दुबैको लिङ्गको समागमको जरुरत पर्दछ। त्यसैले समागमपछि दुबैले आ-आफ्नो लिङ्गको राम्रोसँग सफाई गर्नुपर्दछ। त्यसो त कतिपयले एकअर्काको लिङ्ग मुखले चुसेर वा चाटेर पनि पूर्ण यौन सन्तुष्टी लिने प्रयास गर्दछन्। यदि लिङ्ग छुनै नहुने अंग हो भने पक्कै पनि त्यसलाई कसैले पनि चुस्ने र चाट्ने प्रयास गर्ने थिएनन्। तसर्थ जनेन्द्रिय अंग फोहोर र छुन नहुने हुन्छ भन्ने पनि भ्रम मात्र हो।

७) पहिलो सहवास (यौन सम्पर्क)मा नै महिला गर्भवती हुन्छिन्: यो अर्को भ्रम हो कि पहिलो सहवासमै महिला गर्भवती हुन्छिन्। गर्भवती हुने कारण पहिलो यौन सम्पर्क हुँदै होइन। तर यसो भनेर पहिलो सहवासमै गर्भ हुँदैन भन्ने पनि होइन। त्यसैले सुरक्षित यौन सम्बन्ध राख्नु नै गर्भाधारणबाट बच्ने उत्तम उपाय हो। यसका लागि आफ्नो यौन साथी (पुरुष)लाई कण्डम अनिवार्य लगाउन आग्रह गर्ने अझ दवाब नै दिने। किनकी सामान्यत: पुरुष मनस्थिति बिना कण्डम यौन सन्तुष्टी लिन चाहन्छ। अनि स्वंय महिलाले पनि यस बारे पुर्व सावधानी अपनाउने, गर्भ निरोधक कुनै पनि औषधी लिन सके राम्रो। त्यसैगरी महिनावारी हुन लागेको र भैसकेपछिको बीचको एक हप्ता सकेसम्म यौन सम्पर्क नराख्ने। यसो गर्न सके धेरै हदसम्म सुरक्षित हुन सकिन्छ। महिनावारीको समय चाँहि महिलाले विशेष ध्यान पुर्याउनैपर्छ। महिलाको ओभम बाहिर आएको बेला (महिनावारीको समय यो ओभम फुट्दछ) महिलाहरुमा गर्भधारण गर्ने सम्भावना बढी हुन्छ।

८) महिनावारीको समय सहवास गर्नु खतरनाक: यौनको बारे अर्को यस्तै भ्रम यो पनि हो कि महिलाको मासिक श्राब (महिनावारी) भएको समय यौन सम्बन्ध गर्नु खतरनाक मानिन्छ। सम्भवत: यसै भ्रमले होला परम्परादेखिनै हाम्रा ग्रामीण भेगका महिलाहरु मासिकश्रावको चार दिनलाई ‘नछुने दिन’ भन्दै सहबास र अन्य घुलमिलबाट टाढै रहन्छन्। यद्दपी यो समयको सहबासमा माथिल्लो बुँदामा उल्लेख गरेजस्तो महिलाको ओभम फुट्ने गर्भाधारणको सम्भावना भने अधिक रहन्छ। यसै कारण पनि महिलाहरु यो अवधी आफ्नो श्रीमानसँगै नसुती छुट्टै सुत्ने र शारिरिक संसर्गबाट बच्ने गर्दछन्। तर सन्तान उत्पादकत्व क्षमता दर भनेको व्यक्तिमा भरपर्ने कुरा हो। त्यसैले अध्ययनले के देखाएको छ भने महिनावारीको समय यौन सम्पर्क राख्नु कुनै नराम्रो र खतरनाक होइन। बरु यो अवधिमा महिलाहरु यौनका लागि बढी ईच्छुक र लालायित हुने हुनाले यो अवधिमा गरिने सहबासमा उनीहरुले बढी आनन्द लिन सक्छन्।

९) महिलाहरु ठूलो यौन लिङ्ग मन पराउँछन्: सबै पुरुषको लिङ्ग समान हुँदैन। कतिपयको सानो हुन्छ त कतिपयको तुलनात्मक रुपमा ठुलो। कतिपयमा के भ्रम छ भने महिलाहरु ठुलो लिङ्ग मनपराँछन्। तर सत्य के हो भने ठूलो र सानो जस्तो आकारको भएपनि महिलाहरु सन्तुष्टी चाहन्छन्। स्त्री यौन लिङ्गले पुरुषका साना ठुला जुनसुकै यौन लिङ्गलाई पनि सहज ठान्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कपालको पनि लिलामी

यदि तपाइँ २७ इन्च लामो भर्जिन केश को खोजीमा हुनुहुन्छ भने तपाइँको लागि खुसीको खबर छ । अमेरिकाकाको न्युयोर्कमा बस्ने एक २७ वर्षका पुरुषले आफ्नो २७ इन्चको कुमारी कपाल बेच्न लागेका छन् । क्रेइगलिष्ट वेबसाइट मार्फत उनले आफ्नो कपाल लिलामीमा राखेका छन् । शत प्रतिशत भर्जिन अर्थात् कुमारी रहेको उनको कपालको भाउ पनि उतिसारो चर्को छैन, मात्र ६ सय डलर । उनको दाबी छ की त्यो लामो तथा कालो कपाल चानचुने होइन विशेष भर्जिन हो ।

भर्जिन यो मानेमा की उनको कपाललाई जन्मेदेखि अहिलेसम्म कैँची तथा ब्लेड वा छुराले संसर्ग गर्न पाएको छैन । अर्थात् उनले जन्मेदेखि अहिलेसम्म कपाल काटेका छैनन् । न त मेहेन्दी वा कुनै रङ दलिएको छ, न त केमिकल नै हालिएको छ उनको कपालमा ।

कपाल निख्खर कालो छ, चम्किलो छ । उनले आफ्नो कपालमा कहिल्यैपनि ड्रायरको प्रयोग गरेका छैनन्, न कि कर्ली वा सिधा पार्ने कोसिस । सामान्य रुपमा नुहाउने र मज्जाले घाममा सुकाउने गर्छन् उनी आफ्नो कपाललाई । ती व्यक्तिको दाबी अर्को पनि छ कि उनले अहिलेसम्म मदिरा तथा अन्य नशालु पदार्थ सेवन गरेका छैनन् ।

उनले आफ्नो कपालको सुरुवाती मूल्य ६ सय डलर तोकेका भएपनि यसको बढाबढबाट मनग्गे पैसा पार्ने योजनामा छन् । मोटो रकमको अफर नआएसम्म कपाल नबेच्ने मनसायमा पनि छन् उनी । उनी भन्छन्, ‘कपाल किन्न चाहनेले सम्पर्क गर्नुहोस्, कपाल कहिले काट्ने ? कहाँ काट्ने तथा कसरी काट्ने ? भन्ने कुराको स्वतन्त्रता तपाइँलाई हुनेछ ।’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नातिनीलाई गर्भ बोकाएर मार्नेलाई जन्मकैद

आफ्नै नातिनी नाता पर्नेलाई बलात्कार गरी गर्भवती बनाएर हत्या गर्ने एक नेतालाई जन्मकैदको सजाय भएको छ । यो भारतको घटना हो । भारतको मध्यप्रदेशका चर्चित डन नेता तथा पूर्व सांसद अशोक विर विक्रम सिंह उर्फ भैया राजाले जन्मकैदको सजाय पाएका हुन् । बहुचर्चित बसुंधरा हत्याकाण्डमा अशोक सहित अरु तिन जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

सन् २००९ को डिसेम्बर ११ मा नातामा नातिनी पर्ने एक छात्रा वसुन्धराको बलात्कार गरी गर्भवती बनाएर गर्भपात समेत गराई गोली हानी हत्या गरेको आरोप अशोकमाथि लागेको छ । यो मामिलामा अशोक सहित उनका ड्राइभर भुपेन्द्र, पंकज शुक्ला, तथा छोटु अभिमन्यु समेत दोषी ठहर भएका छन् ।

अदालतमा अन्तिम सुनुवाइका क्रममा बसुन्धराका आमाले आफ्नी छोरीमाथि भैया राजाले पहिले देखि नै गिद्धे दृष्टि लगाउने गरेको बताउँदै छोरीलाई बचाउनका लागि भोपाल पढ्न पठाएपनि अपराधीले नछाडेको बताइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जसरी भए एमाओवादीलाई बहुमत चाहियो : प्रचण्ड

१६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी संविधानसभाको निर्वाचनमा जसरी भए पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो-’म प्रधानमन्त्री हुँदा राज्यसत्ता चलाउन ढङ्ग पुगेन, उपाध्यक्ष डा बाबुराम भट्टराईजी प्रधानमन्त्री हुँदा धेरै अप्ठ्यारा आए, अब कसरी सत्ता सञ्चालन गर्ने भन्ने अनुभव भयो, त्यसैले पार्टीलाई बहुमत चाहियो ।’ राष्ट्रिय उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले निर्वाचनमा बहुमत ल्याउन पार्टीले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । राजनीतिक निकासका लागि नै निर्वाचनमा जान लागेको भन्दै उहाँले अब निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने बताउनु भयो ।

प्रचण्डले पार्टीले सञ्चालन गरेको आन्दोलनका सहयात्री साथीहरू ‘लम्पट सर्वहारा’ बन्ने हुन् कि भन्ने डरले पार्टीले उत्पादन, विकास निर्माण र व्यवस्थापनको कार्यनीति पारित गरेको जानकारी दिनुभयो । कार्यनीतिबारे थप व्याख्या गर्दै उहाँले धनी र गरिबबीचको असमान दूरीलाई अन्त्य गर्नु नै कार्यनीतिको लक्ष्य रहेको, वित्तीय भूमण्डलीकरणसँग जुध्दै उपभोक्तावादको यसले अन्त्य गर्ने बताउनुभयो । कार्यनीतिलाई व्याहारिक रूपमा कार्यान्वयनमा ल्याउन आगामी बैठकले कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिँदै उहाँले भन्नुभयो-”आर्थिक समृद्धिलाई छलाङ मार्ने कार्यक्रम ल्याउँछाँै ।” माओवादी अध्यक्ष प्रचण्डले जलस्रोत, पर्यटन, कृषि तथा औद्योगिकीकरण गर्दै आफ्नै माटो सुहाउँदो अर्थनीति बनाउने पार्टीको नीति रहेको जानकारी दिनुभयो ।

माओवादी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला पूर्वाधारमा निजी क्षेत्रलाई एकल रूपमा छाड्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो-”आयातलाई क्रमशः विस्थापित गर्दै आफ्नै स्रोतसाधनलाई उपयोग गर्ने नीति पार्टीले लिएको छ ।”आफू प्रधानमन्त्री भएको सयममा दोहोरो आर्थिक वृद्धि दर हासिल गर्न उच्च प्राथमिकता दिएको जानकारी दिँदै उहाँले भन्नुभयो- “एउटा भैँसी, गाई, बाखा्र पालेर बारीमा दुईवटा खुर्सानीको बोट रोप्दैमा कृषिमा व्यवसायिकता आउँदैन ।” उहाँले आर्थिक आधारमा परिवर्तन गर्ने माध्यम उत्पादन, निर्माण र व्यवस्थापन नै भएको विचार व्यक्त गर्नुभयो ।

अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका साथसाथमा आर्थिक विकास पनि गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-”जलस्रोत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन जनतालाई आहृवान गर्न जरुरी छ ।” रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अलैंचीको मूल्य हृवात्तै बढ्यो, प्रतिमन ५८ हजारमा कारोबार

१६ जेठ, ताप्लेजुङ । ताप्लेजुङ जिल्लामा केही समयदेखि अलैंचीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । गत चैत दोस्रो साता प्रतिमन (४० किलो) ३८ देखि ४२ हजार रुपैयाँसम्म कारोबार भएको अलैंचीको मूल्य अहिले ५८ हजार रुपैयाँ पुगेको छ । पछिल्लो समय अलैंचीको मूल्यमा उच्च बृद्धि हुँदै आएको छ ।

ताप्लेजुङ जिल्लाको मूख्य नगदेबालीको रुपमा रहेको अलैंचीको मूल्य गत चैतको अन्तिमबाट क्रमिक रुपमा बढ्दै आएको कृषकहरुले बताए । अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष खड्गबहादुर मोक्तानले बिहीबार बजारमा प्रतिमन ५८ हजार रुपियाँमा कारोबार भइरहेको बताउनुभाये । अलैंचीको मुख्य कारोबार हुने व्यापारिक केन्द्र झापाको विर्तामोडमा हाल प्रतिमन ५९ देखि ६० हजार रुपियाँसम्ममा कारोबार हुँदै आएको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पूर्वराजालाई नारायणहिटी भित्र्याउने चेतावनी

१६ जेठ, काठमाडौं । राप्रपा नेपालका सहअध्यक्ष पद्मसुन्दर लावतीले आगामी मङ्सिरमा पनि चुनाव हुन नसके २०६२/६३ को जस्तै आन्दोलन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्र्याउने चेतावनी दिनुभएको छ ।

राप्रपा नेपाल तेह्रथूमले सदरमुकाम म्याङलुङमा बिहीबार आयोजना गरेको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले पूर्वराजा बाहिरिएपछि बनेका सरकारका मन्त्रीहरूले भ्रष्टाचार गरेर देश खोक्रो बनाएको आरोपसमेत लगाउनुभयो । राजासहितको हिन्दुराष्ट्र स्थापना भएमात्र जनताले प्रजातन्त्रको अनुभूति गर्न पाउने भन्दै श्री लावतीले त्यसका लागि पार्टी चुनावी अभियानमा होमिइसकेको बताउनुभयो । रासस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सगरमाथा शिखरको चट्टान मृतसागरमा

१६ जेठ, तेलअविव । विश्वको सर्वोच्च शिखर सगरमाथाको चट्टान मध्यपूर्वको इजरायलमा रहेको विश्वको सबैभन्दा होचो भुभाग मृत सागर (डेड सी)को किनारमा रहेको निर्माणाधिन इकोलोजिकल पार्कमा स्मारिका स्थापना गरिएको छ ।

मई ३० बिहिवार आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाई, इजरायल सरकारका तर्फबाट पर्यटन मन्त्री उजी मान्डावो र इजरायलको दक्षिणी भुभाग मृतसागर क्षेत्रका मेयर डभ लिटभिनोफ द्वारा संयुक्त रुपमा स्मारिकाको अनाबरण गरिएको थियो ।

कार्यक्रममा अन्य बिशिष्ट ब्यक्तिहरूमा इजरायलस्थित विदेश मंत्रालयका दक्षिण एसियाली विभागिय प्रमुख खाईम खोसेम, सगरमाथा आरोही इजरायली नागरिक नादओ वेन एहुदा लगायत उल्लेख्य इजरायली नागरिकहरू, नेपाली राजदुतावासका कर्मचारीहरू साथै इजरायलमा रहेका नेपालीहरूको समेत उपस्थिती रहेको थियो ।

 कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रसाई, इजरायल सरकारका तर्फबाट पर्यटन मन्त्री उजी मान्डावो र इजरायलको दक्षिणी भुभाग मृत सागर क्षेत्रका मेयर डभ लिटभिनोफ लगायतका ब्यक्तीहरूले आ-आफ्नो मन्तब्य संगै शुभकामना ब्यक्त गरेका थिए ।

नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध एवं पर्यटन प्रबर्द्धनसम्वन्धी क्रियाकलापहरुलाई थप विस्तार गर्न विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा इजरायलले मृत सागरको चट्टान लगेर स्मारक निर्माण गरिसकेको छ । संसारको सबैभन्दा अग्लो भू–भाग सोलुखुम्बुको नाम्चे मेन्डोल्फुस्थित सगरमाथा राष्ट्रिय निकुन्जको मुख्य कार्यालयबाट करिब १ सय मिटर पूर्वतर्फ सर्वोच्च शिखर सगरमाथा हिमालको दृश्यावलोकन गर्न सकिने गरी इजरायलले स्मारक निर्माण गरेको छ ।

समुद्री सतहदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा र समुद्री सतहदेखि करिव ४२२ मिटर गहिराईमा रहेको मृत सागर, यी क्षेत्रहरुमा स्मारक निर्माण भइसकेपछि ती क्षेत्रहरुमा पुग्ने लाखौं पर्यटकहरुले दुवै असाधारण भू-भागहरुको चट्टानद्वारा निर्मित स्मारिकाको अवलोकन गर्ने र यसले दुवै देशको पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आयोगमा १ सय ३१ दल दर्ता, बैद्य माओवादी गएन

१६ जेठ, काठमाडौं । निर्वाचन आयोगमा १ सय ३१ दलले दल दर्ताको निवेदन दिएका छन् । बिहीबार अन्तिम दिन यो समाचार तयार पार्दासम्म १ सय ३१ दल निर्वाचन आयोगमा दर्ता भएका छन् भने थप ११ बटा दलले दर्ताका लागि कार्यलय समयमै टोकन लिएका छन् ।

सरकारविरुद्ध आन्दोलनरत आन्दोलनमा रहेका नेकपा-माओवादीलगायतका दलले भने दल दर्ताका लागि निवेदन दिएनन् । दल दर्ताका लागि गत वैशाख १५ गतेदेखि यही जेठ १५ गतेसम्मको अवधि तोकिएको भए पनि अन्तिम दिन गणतन्त्र दिवस परेकाले बिहीबारसम्मका लागि समय दिइएको थियो ।

आयोगका आयुक्त अयोधिप्रसाद यादवले अहिलेसम्म दल दर्ताका लागि थप समय दिने कुनै योजना नरहेको बताउनु भयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

साहरुखको काधको अप्रेशन सफल, एक महिना घरमै बस्नुपर्ने

बलिउडका किङ साहरुख खानको काधको अप्रेशन सफलतापूवर्क सम्पन्न भएको छ । मुम्बइको लिलावती अस्पतालमा मंगलबार खानको अप्रेशन गरिएको हो । उनको अप्रेशन २ घन्टा चलेको थियो ।केही बर्ष अघि पनि साहरुखको काधको अप्रेशन गरिएको थियो । तर ‘चेन्नाई एक्सप्रेस’को छायांकनका क्रममा चोट लागेपछि साहरुख पिडित बनेका थिए । उनको अप्रेशन डाक्टर संजय देसाइले गरेका हुन् ।

साहरुखलाई २ दिन लिलावती अस्पतालमा नै राखिने छ । यसपश्चात साहरुखले १ महिना घरमै आराम गर्नुपर्ने हुन्छ । उनको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले बताएको छ । अगष्ट ८ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रचारका लागि साहरुख जुनको अन्तिमबाट मात्र बाहिर निस्कने छन् । साहरुख र दीपिका अभिनित ‘चेन्नाई एक्सप्रेस’ अहिले सर्वाधिक चर्चामा छ ।

साहरुखको काधको अप्रेशन सफल भएपछि उनका फ्यानहरु खुशी भएका छन् । ट्विटर र फेसबुक मार्फत उनीहरुले साहरुखको चाडो स्वास्थ्य लाभको कामना गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सेक्सको अनुभूति नै आएको छैन-एन्जिला

एञ्जिला कार्की, नायिका तथा मोडल

टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग अनलाइनखबरका लागि बिजय आवाजले गरेको कुराकानी ।

कस्तो पुरुषले आकर्षण गर्छ ?

मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।

देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?

म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।

कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ?

जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।

कहिलेदेखि सेक्सको अनुभूति भयो ?

मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्छ । ममा सेक्सको अनुभूति नै आएको छैन ।

प्रेम कत्तिको गरियो ?

स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।

आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ?

मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ ।

के कुराको स्पर्शले यौन चाहना बढ्छ ?

यस्तो कुराको अनुभव नै छैन ।

सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?

सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।

कस्तो पहिरनमा सेक्सी देखिन्छु जस्तो लाग्छ ?

हाफ पाईन्ट, वान पिसमा म सेक्सी देखिन्छु । तर मान्छेको हेराई मुख्य हो ।

सिनेमामा कत्ति सम्मको दृश्य दिने सोच छ ?

मैले अहिलेसम्म त्यस्तो दृश्य दिएको छैन । म मेहनत गरेर अगाडि बढ्छु । म त्यस्तो गर्दिन । पुरै टु पिस त म दिँदै दिन्न । परिवारसगै बसेर हेर्ने खालको दृश्य दिन्छु म ।

पहिलो चुम्बन याद छ ?

मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न ।

निलो सिनेमा हेर्नु भएको छ ?

मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन ।

भुत प्रेतमा विश्वास छ ?

मलाई भुत प्रेतमा एकदमै विश्वास लाग्छ । भुतको फिल्म हेरेर सुत्न डर लाग्छ ।

यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ?

खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु ।

युवकलाई भन्दा युवतीलाई सेक्स चाहना धेरै हुन्छ भन्छन् नि, हो ?

मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सेक्सको चाहना हुन्छ रे । तर मलाई चाहिँ थाहा भएन ।

मेकअप कत्तिको गरिन्छ ?

मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु । धेरैजसो पैसा मेकअप मा नै सकिन्छ ।

सपिङ कत्तिको जानुहुन्छ ?

युवतीहरुलाई बजारमा जे आयो त्यही नै चाहिन्छ । यसैले पनि सपिङ त गईन्छ नै । म प्रायः जुत्तामा बढी रकम खर्च गर्छु ।

नेपालका कुन नेतासँग डेटिङ जान मन छ ?

मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ ।

नेपालको कुन नायकसँग डेटमा जान मन छ ?

आर्यन सिग्देलसँग डेटमा जान मन छ ।

नेपालको कुन हिरोले आकर्षण गर्छ ?

जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ ।

कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ?

म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । मेरो शरीर छि भन्ने खालको चाहिँ छैन ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

इत्तिहाद एयरवेजले ल्यायो विशेष छुट अफर

१६ जेठ, काठमाडौं । इत्तिहाद एयरवेजले नेपाली ग्राहकहरुलाई लक्षित गरेर स्पेशल अफर ल्याएको छ । एयरवेजले बिजनेश क्लास उडान भर्ने नेपाली ग्राहकहरुलाई विशेष भाडा छुट प्रदान गर्ने भएको छ ।

सिमित अवधिका लागि ल्याइएको विशेष छुट प्रयोग गर्न ग्राहकहरुले जुन ३० तारिखसम्म टिकट बुकिङ गरिसक्नुपर्ने कम्पनीले जनाएको छ । टिकट बुकिङ मे २६ तारिखदेखि सुरु भएको छ । टिकट बुकिङ गरेका ग्राहकहरुले अगस्त १ तारिखदेखि ३० सेप्टेम्वरसम्म उडान भरिसक्नुपर्ने छ । अन्यथा छुट उपलब्ध नहुने कम्पनीले जानकारी दिएको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पहिलो सम्भोगको असर यौन जिवनमा

पहिलो सम्भोगको अनुभव कस्तो रह्यो ? सुखद थियो थिएन ? सायद यो कुराको ख्याल धेरैलाई नहुन सक्छ । तर एक अध्ययनका अनुसार जिवनमा पहिलो सेक्सको अनुभुतिले भविष्यलाई प्रभाव पार्छ ।

यदि पहिलो सेक्स सम्बन्ध सकारात्मक थियो भने भविष्यको यौन जिवन पनि सुखी हुने तथा पहिलो सम्भोग सुखद नरहेको खण्डमा त्यस्ता महिला पुरुषको भविष्यको यौन जिवन समेत विभिन्न समस्याले गाँजिने अध्ययनको निष्कर्षछ ।

यौन शोषणमा परेर पहिलोपटक पीडादायी सेक्सका लागि बाध्य भएका केटा वा केटीको समेत भविष्यको यौन जिवन समस्या ग्रस्त हुने शोधकर्ताहरु बताउँछन् । यस्तो पीडा खेप्न बाध्य कतिपय युवतीहरु त विवाहपछि सेक्सबाट बँच्न चाहन्छन् अर्थात् सेक्सलाई पन्छाउन चाहन्छन् किनकी उनीहरुले यसको नमीठो अनुभव सँगालिसकेका हुन्छन् र त्यसको गहिरो मनोवैज्ञानिक प्रभाव कायमै रहेको हुन्छ । त्यस्तै यौन शोषणका सिकार भएका युवाहरु भविष्यमा कि त विकृत सेक्स व्यवहार देखाउँछन् या त सेक्सको मामिलामै पूरै निस्कृय हुन्छन् । यौन शोषणका सिकार बनेका किशोरहरुमा अत्यधिक हस्तमैथुनको समस्या समेत देखिने गरेको बताइन्छ ।

पहिलोपटक सम्भोगको अनुभव लिँदा बाध्यतावस, रुची नभैकन तथा डर र धम्कीका कारण सर्ंर्सग गर्न पुग्ने किशोर किशोरी तथा युवा युवतीहरुका लागि सेक्स भन्ने विषय अप्रिय तथा घिनलाग्दो विषयमा परिणत हुने यौन मनोविज्ञहरु बताउँछन् । त्यस्ता युवायुवतीहरुले सम्भोगलाई बोझ अत्यन्तै नकारात्मक क्रियाका रुपमा लिने गर्छन ।

तर राजिखुसी तथा रहरले खुसीसाथ पहिलोपटक सेक्सको अनुभव लिएकाहरुका लागि सम्भोगको विषय रोमाञ्चकताले भरिपूर्ण हुने गरेको र त्यस्ता व्यक्तिहरुको भविष्यको यौन जिवन पनि सुख पूर्ण हुने मनोविज्ञहरु बताउँछन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बालक अपहरण गर्ने भारतीय पक्राउ

१६ जेठ, वीरगञ्ज । बालक अपहरणको आरोपमा वीरगञ्जमा दुई भारतीयसहित चार जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले अपहरणमा संलग्न भएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा भवानीपुरका विजय पटेल र सोही गाउँका राजेन्द्र पटेल तथा भारतीय नागरिक रक्सौल बस्ने ओम प्रकाश सहनी र गोपाल पटेल रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

पर्साको रामगढवा गाविसबाट भारतीय नम्बरको एआर ०८, ७५७५ र बीआर १ बी ९५२० नम्बरको टाटा सुमोसहित उनीहरूलाई नियन्त्रण लिएको निरीक्षक चन्दले बताउनुभयो ।

पर्साको विश्रामपुर-८ का अल्परान देवानका ६ वर्षीय छोरालाई अपहरण गरी फिरौती लिन लागेको अवस्थामा राति उनीहरूलाई पक्राउ गरिएको निरीक्षक चन्दले बताउनुभयो ।

पक्राउ परेका चारैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय वीरगन्जमा राखिएको र प्रहरीले पक्राउ परेको स्थान भने गोप्य राखेको छ । उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कमलरी हत्या छानविनको माग

१६ जेठ, काठमाडौं । कमलरी राख्ने, बेपत्ता पार्ने र यौनशोषण गर्नेलगायतका घटनामा थारु चेलीहरुले पीडित हुनुपरेको भन्दै यस विषयमा सरकारसंग छानविन र कार्बाहीको मागसहित कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ ।

सिंहदरबार पूर्वीगेट नजिकै हनुमानथानमा बिहीबार भेला भएका पूर्वसभासद् शान्ता चौधरी र सुकदैया चौधरी तथा कमलरीहरुले थारु महिलाले भोग्नु परेको पीडा पोख्नुका साथै नाराबाजी गरेका थिए । उर्मिला चौधरीले नेतृत्व गरेको आन्दोलनमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष सूर्य भुजेल, महिला महासंघकी महासचिव शोनी लामा, महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीलगायतको सहभागिता थियो । संघर्ष समितिले रत्नपार्कको शान्तिवाटिकामा धर्ना कार्यक्रम गर्दै आएको छ ।

दाङकी १२ वषर्ीया सृजना चौधरीको ललितपुरस्थित एक इञ्जिनियरका घरमा जलेर मुत्यु भएको साथै धनगढीकी १५ वषर्ीया उर्मिला नाराथारु, दाङ रामपुरकी १३ वषर्ीया सीमा होजामगरको मृत्यु हुनुमा मालिकहरु दोषी भएको मृतकका परिवारको आरोप छ । कमलरीहरुको शोषण, बलात्कार र त्यसपछि हत्या भएको भन्दै दोषीमाथि कडा कार्बाहीको माग गर्दै संघर्ष समिति आन्दोलना उत्रिएको संघर्ष समितिका संयोजक फकला थारुले बताउनुभयो ।

कमलरीमाथि शोषण, दमन र हत्या गर्ने दोषीमाथि निष्पक्ष छानविन र कडा कार्बाहिको माग गर्दै सूदुर पश्चिममा आन्दोलन गर्दै आए पनि आˆना मागको सुनुवाइ नभएपछि आन्दोलन गर्न राजधानी नै आउनुपरेको कञ्चनपुरकी राजकुमारी चौधरीको भनाइ छ । ‘हामीले सुदुर पश्चिममा आन्दोलन गर्‍यौं तर सुनुवाइ नभएपछि राजधानी आएका हौं । ‘ उनले भनिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुनको मूल्य चम्किन थाल्यो, बिहीबार २ सय बढेर कारोबार

१६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य चम्किन थालेपछि नेपाली बजारमा पनि त्यसको प्रभाव परेको छ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ५१ हजार २ सय रुपैयाँ तोकेको छ । बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलाको ५० हजार ७ सय रुपैयाँमा करोबार भएको थियो ।

बिहीबार बजारमा तेजाबी सुन तोलाको ५० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तोलाको ५० हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य बिहीबार २ सय रुपैयाँ बढेर ५० हजार ९ सय ५० रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्यमा बिहीबार सामन्य बृद्धि भएको छ । महासंघका अनुसार बिहीबार चाँदीको मूल्य तोलामा ६ रुपैयाँ बढेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य स्थिर रहेको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

राजसंस्था पुनःस्थापनाको चरणवद्ध योजना छ


कमल थापा, अध्यक्ष, राप्रपा नेपाल
मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि एकोहोरो रुपमा राजतन्त्रकै वकालत गरिरहनुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापासित हामीले सोध्यौं, के नेपालमा राजतन्त्र फर्किने सम्भावना छ ? तपाईहरुले कसरी राजतन्त्र फर्काउने योजना बनाउनुभएको छ ? पहिलेकै जस्तो राजतन्त्र स्थापना गर्ने कि नयाँ खालको ? ज्ञानेन्द्र, पारस वा कसलाई राजा बनाउने ? अनि, विगतमा तपाईहरु नै सत्तामा हुँदा पनि राजतन्त्र जोगाउन किन नसकेको ? काठमाडौंको धापासीस्थित नयाँ पार्टी कार्यालयमा बसेर थापाले दिनुभएको जवाफ चाँहि यस्तो छ :kamal-thapa

० तपाईसँग डा. बाबुराम भट्टराईले राजा ज्ञानेन्द्रलाई प्रथम राष्ट्रपति बनाउने र शान्तिपूर्ण ढंगबाटै गणतन्त्र ल्याउने प्रस्ताव गर्नुभएको हो ?

- माओवादी र राजाबीच सहकार्य गरेर अघि बढ्न हामी तयार छौं भन्ने कुरा उनीहरुले गरेको हो । तर, त्योबेला एक त राजाले मात्र चाहेर सबै कुरा हुने अवस्था थिएन ।प्रमुख राजनीतिक दलहरु र माओवादीसँग औपचारिक रुपमा वार्ता गर्न जानुभन्दा पहिले तत्कालीन एमालेका महासचिव माधवकुमार नेपालसँग म र डा. प्रकाशचन्द्र लोहनी भेट्न भएको थियौं । सल्लाह माग्न गयौं र माधवजीले प्रष्टरुपमा भन्नुभयो कि ०४७ सालको संविधानभन्दा बाहिर गएर हामी कुनै पनि निकासलाई स्वीकार गदैनौं र संविधानसभा हामी स्वीकार गर्दैनौं । त्यसपछि म नेपाली कांग्रेसको सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न गएँ ।

उहाँले पनि आफ्नै भाषा र शैलीमा त्यही कुरा दोहोर्‍याउनु भयो कि कुनै हालतमा पनि ०४७ सालको संविधान ठूलो संघर्षबाट आएको, जनताको संविधान हो, २/२ पटकको चुनावबाट अनुमोदन भइसकेको छ, यो हामी गर्न सक्दैनौं । त्यसभित्रबाट सक्नुहुन्छ भने गर्नुस् भन्नुभो । त्यही कुरा हामीले राजालाई रिपोर्ट गरौं । बाबुराम जीको कुरा पनि रिपोर्ट गर्‍यौं । र त्यो क्रममा स्वभाविक हो कि राजाले प्रजातान्त्रिक शक्तिहरुलाई माइनस गरेर माओवादीसँग मात्र सहकार्य गरेर जान सक्ने अवस्था थिएन । त्यसकारण त्यो प्रक्रिया अघि बढ्न सकेन । उहाँहरुले त सिलसिलेवार रुपमा उदारता देखाउने हो भने पहिलो राष्ट्रपति बनाउने, हैन पहिलो राष्ट्रपतिको टाइटल नभई राजसंस्था नै चाहिन्छ भने राजाकै रुपमा पनि कुनै न कुनै रुपमा राख्न सकिन्छ । राजालाई दिने भत्ताबारे यत्रो चर्काचर्की भइराख्या छ, हामी त्यो चर्काचर्की पनि गर्दैनौं भन्ने कुरासमेत गर्नुभएको हो ।

 ० तपाईलाई कस्तो लाग्याथ्यो माओवादी प्रस्ताव ?

- हैन, माओवादीसँग मात्र सहकार्य गरेर जान सक्ने अवस्था थिएन । अहिलेको जस्तो परिर्वतित प्रक्रियामा आइसकेको थिएन । उहाँहरुको त राजालाई सेरेमोनियल हेड बनाएर राज्यसत्तामा उहाँहरुले भने अनुसारको कब्जा गर्ने नै थियो ।

० के उहाँहरुले राजासँग मिलेर संसदवादी शक्तिलाई माइनस गर्ने भन्नु भएको थियो ?

-उहाँहरुले भन्नुभएको के हो भने राजा र माओवादीको बीचमा एकता भएपछि पार्टीहरुले बाध्य भएर त्यसलाई मान्नुपर्ने स्थिति आउँछ । मान्दैनन् भने स्वतः अलगिन्छन् भन्ने उहाँहरुको धारणा थियो । बास्तवमा उहाँहरुले जुनखालको राज्यसत्ता स्थापना गर्न खोज्नुभएको थियो, मोनार्की आफैंमा आइडोलोजिकल स्वतन्त्र भएका हुनाले उहाँहरुको राज्य व्यवस्थामा पनि मोनार्की अट्न सक्छ । प्रचण्डले भन्नुभएकै थियो नि हामीले कम्बोडियाको शैली चाहेका थियौं । बाबुरामजीले सांस्कृतिक राजाको सम्भावनाको कुरा गर्नुभएकै हो । मोनार्की आफैंमा वैचारिकरुपमा स्वतन्त्र संस्था भएको हुनाले त्यो त कम्युनिज्ममा पनि अट्न सक्थ्यो, प्रजातन्त्रमा पनि अट्न सक्थ्यो । त्यसकारण खाली माओवादीलाई मात्रै लिएर जान सक्ने अवस्था राजाको थिएन र राजाको चाहना पनि थिएन ।

० गणतन्त्र आयो, यसलाई तत्कालीन राजा ज्ञानेन्द्रले स्वीकार गरिसक्दा पनि कमल थापाले हार स्वीकार नगरेको हो ?

-म राजाका बारेमा आधिकारिक धारणा त राख्न सक्दिँन, यो मिल्दा पनि मिल्दैन । मसँग भेट हुँदा भन्ने कुराको हकमा नेपाली जनता जे चाहन्छन्, त्यसलाई स्वीकार गर्न म तयार छु । यो राष्ट्रप्रति मेरो पनि दायित्व छ र मेरो पनि कुनै भूमिका हुनुपर्छ भन्ने नेपाली जनतालाई लाग्छ भने त्यो भूमिका निर्वाह गर्न म तयार छु भन्ने भनाइ राजाबाट बारम्बार आएको छ । जहाँसम्म हाम्रो पार्टी राप्रपा नेपालको कुरा छ, यो राजाले तिमीहरु राजासहितको प्रजातन्त्रको एजेण्डा लिएर जाउ, पार्टी खोल भनेर सञ्चालन भएको होइन । राजसंस्था रहेकै बेलामा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थालाई बैचारिक आधार स्तम्भका रुपमा स्वीकार गरेर खडा भएको हो । राजसंस्थासँगको हाम्रो सम्वन्ध भनेको सैद्धान्तिक मात्रै हो ।

जसरी विगतमा कांग्रेस-एमालेको राजा र राजसंस्थासँग सम्वन्ध थियो, त्यही किसिमको सम्वन्ध हाम्रो पनि हो । उहाँहरुले त्यो सम्वन्धलाई विच्छेद गर्नु भो, हामीले निरन्तरता दिइराखेका छौं । र, हामीले परिर्वतन नगरेका कारण के हो भने परिर्वतन गर्नुपर्ने धरातलीय आधार हामीले देखेका छैनौं । हामी कन्भिन्स हुनुपर्‍यो नि । मैले कुनै विचार अवलम्बन गर्दा मैले पूर्णरुपमा त्यसलाई स्वीकार गर्नुपर्‍यो नि । मेरो चेतनाको विकास भएदेखि नै नेपालमा कुनै न कुनै प्रकारको राजसंस्था चाहिन्छ । प्रजातन्त्र पनि चाहिन्छ । राजा र प्रजातन्त्रको बीचको एकताले मात्र यो मुलुकलाई जोगाउन सक्छ भन्ने राजनीतिक चेतनामा हुर्किएको मान्छे म । त्यसलाई परिर्वतन गर्नुपर्ने कारण म अहिले पनि देख्दिँन ।

० तर, के नेपाली जनताको चाहनाले राजतन्त्र गएको हैन र ?

जम्माजम्मी नेपाल राजसंस्थाबाट गणतन्त्रमा गयो, त्यसमा दुई वटाभन्दा अरु कारण म देख्दिन । एउटा, माओवादीको त्रास । दोस्रो बाहृय शक्तिको दबाव । यो दुई बटा कारणले मात्र मैले त्यसलाई स्वीकार गरेर जानुपर्ने आवश्यकता म देख्दिँन । फेरि राजनीतिक पार्टी र त्यसको नेता भएको कारणले गर्दा अरुले बोकेर हिँडेका एजेण्डाका आधारमा आएको परिर्वतनलाई मैले स्वीकार गर्ने होइन नि । मैले आफ्नो एजेण्डा अनुसार लिएर जान प्रयत्न गर्नु पर्‍यो नि । हैन भने भोलि माओवादीले एकदलीय सर्वसत्तावाद शासन लागू गर्‍यो भने मैले त्यो परिर्वतनलाई पनि स्वीकार गरेर जानु पर्‍यो । एउटा चुनावमा हार्दैमा आफ्नो एजेण्डा त समाप्त हुँदैन । त्यसकारण हामी निरन्तररुपमा अडेका हौं र यो ७/८ वर्षमा हामीले लिएको अडान ठीक रहेछ भन्ने प्रमाणित गरेको छ ।

० के कारणले यस्तो प्रमाणित भो र ? नेपालमा राजसंस्था चाहिन्छ भन्ने आधार के हो ?

-अहिले जुन किसिमको बाहृय चलखेल र प्रभाव बढेर गयो । राजसंस्था भएको भए यो हदसम्म चलखेल गर्न सक्ने अवस्था नै रहँदैनथ्यो । अहिले त सरकार परिर्वतन मात्र हैन, यहाँका महत्वपूर्ण राजनीतिक निर्णयहरुमा समेत बाहृय शक्तिको हस्तक्षेप हुन थाल्यो । हुँदाहुँदा सवैधानिक अंगमा नियुक्तिमा पनि बाहृय शक्तिको हस्तक्षेप देखिन थाल्यो । अब हाम्रा अगाडि प्रश्न के हो भने यो बाहृय शक्तिको हस्तक्षेप हुने जुन प्रक्रिया छ, यसलाई निरन्तरता दिँदै संस्थागत गर्ने वा यो त अति भयो भनेर हामी त्यसको विकल्पमा जाने । मलाई लाग्छ, अहिले त प्रचण्ड, बाबुराम, माधव, सुशील कोइराला जस्ता नेताहरुले विचार गर्नुपर्ने बेला आएको छ कि हरेकपटक मन्त्री प्रधानमन्त्री हुन सधंै विदेशीको चाकडी गर्ने, खुसीपार्नु पर्ने अवस्थाबाट मुक्त हुने बेला आयो ।

दोस्रो, नेपाल यसभन्दा बढी जातजाति भएको देश हो । त्यो जातजातिको एकता शुन्यमा कायम हुने होइन । त्यसका लागि केही निश्चित मूल्य मान्यता र संस्था चाहिन्छ । नेपालमा शदिऔं देशको अभ्यासबाट राजसंस्थाले यो एकताको प्रतीकका रुपमा काम गर्दै आएको थियो । त्यो प्रतीक ध्वस्त हुनेवित्तिकै यहाँ सामाजिक सद्भाव खल्बलियो, यहाँ जातीय साम्प्रदायिकताको भावना तिव्ररुपमा बढेर गयो, जसका कारणले देश विखण्डनमा जानसक्ने हो कि भन्नेसम्मको खतरा अहिले आम मानिसमा परेको छ ।

तेस्रो कुरा, हाम्रोजस्तो प्रजातन्त्र भर्खर बामे सर्ने अवस्थामा रहेको मुलुकमा जनता स्वयंम् सक्रिय भएर जनउत्तरदायी व्यवस्था कायम गर्न कठीन पर्दोरहेछ । किनकि जनता असंगठित छन्, चेतनाको स्तर एकदमै कम छ र लोभलालच, त्रास आदि कुनै न कुनै कुराले जनतालाई प्रभावित गराउन सक्ने अवस्था हुँदोरहेछ । यस्तो ठाउँमा जनताको सार्वभौम अधिकारलाई बल प्रदान गर्ने चुनावी राजनीतिभन्दा माथि उठेको र भोटको राजनीतिभन्दामाथि उठेको एउटा साझा संस्था आवश्यक पर्छ भन्ने कुरा देखिएको छ । अहिले जुन किसिमको विकृति देखापरेको छ, जुन किसिमको ब्रम्हलुट भएको छ, यसमा जनतासँग डराउनु परेन ।

पैसा टन्न छ, संगठन छ, त्यसका आधारमा जनतालाई म्यानुपुलेट गर्न सकिन्छ र राजसंस्था छैन, राजासँग डराउन परेन । डराउनुपर्ने कुनै संस्था छैन । त्यो सबै आफैंले बनाउन सकिनेरहेछ । यो कारणले गर्दा पनि हिजोको भन्दा बढी राजासहितको प्रजातन्त्रको आवश्यकता महशुस भएको छ ।हिजो यति छाडा ढंगबाट बाहृय शक्तिको प्रभाव थिएन । हिजो अहिलेको जस्तो विखण्डनकारी ढंगबाट जातीय, साम्प्रदायिक भावना बढेको थिएन र अहिलेको जस्तो अराजकता र ब्रम्हलुट थिएन ।

० तपाईलाई वैचारिक नेताका रुपमा लिने गरिएको छ । यद्यपि यहाँले लिनुभएको विचारसँग धेरैको असहमति पनि छ । तपाईले कल्पना गरेको राजसंस्था विगतको भन्दा फरक हुन्छ कि उस्तै ?

-७ सालभन्दा अगाडि इफेक्टिभ राजसंस्था नै थिएन । पृथ्वीनारायण शाहको कार्यकाल एकीकरणमै बित्यो भने उहाँको देहवसानदेखि २००७ सम्मको राजसंस्थालाई त्योबेलाको भारदारी विकृति र विसंगतिले दुरुपयोग गरेको थियो । त्यसपछि राजा र जनप्रतिनिधिको बीचमा सहकार्य सुरु भएको हो । त्यसवीचमा ०१७ साल र ०५९ माघ १९ को घटनाका बारेमा धेरै ठूलो विवाद छ । तर, जे भए पनि ती दुई घटना राजाको प्रत्यक्ष संलग्नतामा भएका विवादका पक्षहरु हुन् । अब यो पृष्ठभूमिमा हामीले राजासहितको प्रजातन्त्रको कुरा गरिरहेका छौं ।

हामी केमा प्रष्ट छौं भने शासन जनताले आफ्ना प्रतिनिधिहरुको माध्यमबाट गर्ने, संवैधानिक दायराभित्र रहेर गर्ने । राजसंस्था राष्ट्रियता र एकताको प्रतिकका रुपमा, संविधानको संरक्षक र अविभावकको रुपमा रहने । एक प्रकारको शेरमोनियल रुपमा रहने । अझ एककदम अघि बढेर म त के भन्छु भने अबको राजसंस्था विगतको जस्तो राजसंस्था हुँदैन । त्यो ०६३ सालभन्दा अगाडिको जस्तो हुँदैन । किनभने देशमा गणतन्त्र चाहनेहरुको पनि ठूलो जनमत छ । त्यो जनमतलाई पनि चित्तबुझ्ने सहमति र सम्झौताको राजसंस्था हुन्छ । त्यो क्रममा हाम्रो मान्यता के भने अबको राजसंस्था संसद अवथा जनताको प्रतिनिधिको नियन्त्रणमा रहने संवैधानिक राजसंस्था हुनुपर्छ । त्यो अवधारणाअनुसारको राजसंस्था हुनुपर्छ । साँच्चै भन्ने हो भने नागरिक राजाको रुपमा परिकल्पना गर्न सकिन्छ । शासन गर्ने हैन, एकताको प्रतीकका रुपमा, अन्तिम रक्षकको रुपमा रहने सक्ने, त्यो पनि संवैधानिक परिधिमा रहेर ।

० यसो भन्नासाथ मानिसहरुको ध्यान ज्ञानेन्द्र, पारस र हृदयेन्द्रमा जान्छ । किनभने अर्को ठाउँबाट राजा ल्याउने त पक्कै हैन होला ।

अहिले हामीले कुनै व्यक्तिको बारेमा छलफल गर्नुअघि त्यो संस्थाको अवश्यकतालाई हामीले महशुस गरौ भने त्यसलाई कुनरुपमा कायम राख्ने, कसले प्रतिनिधित्व गर्ने भन्ने कुरा आउन सक्छ । अहिले नै लिएर जानु अपरिपक्क हुनसक्छ ।

० भनेपछि बेलायतमा मेरी दम्पत्तिलाई ल्याएजस्तो संसदले राजसंस्थालाई ल्याउन सक्ने भयो हैन ?

हो । राजसंस्था पुनःस्थापना गर्ने क्रममा हाम्रो चरणवद्ध योजना छ । पहिलो प्राथमिकता सबै राजनीतिक शक्ति र दलहरुको सहमतिका आधारमा राजसंस्था कायम गर्ने । त्यो गर्न तयार नहुने हो भने जनताको प्रत्यक्ष मतका आधारमा जाने । त्यो पनि नगर्ने हो भने विद्रोह बाहेक अर्को विकल्प रहँदैन । म तीनवटै सम्भावना देख्छु । तर, अहिले हाम्रो प्रयास भनेको पहिलो र दोस्रो विकल्पमै हुन्छ । हाम्रो पार्टी यही आइडोलोजीका आधारमा संगठन विस्तारमा जान्छ । हाम्रो पार्टीको महत्वपूर्ण आइडोलोजी भनेको राजासहितको प्रजातन्त्र, सनातन हिन्दु राष्ट्र, स्थानीय स्वायत्त शासन हो । उदार खुला अर्थतन्त्र हो । तर, राजसंस्था पुनःस्थापना गर्ने मात्र पार्टीको काम हैन । हिन्दु राष्ट्र पुनःस्थापना गर्ने समिति हैन यो । हामीले त यो बैचारिक धरातलमा रहेर एउटा सबल र सम्पन्न नेपाल निर्माण गर्ने भिजन बोकेर हिडेका हौं । यी हाम्रा पिल्लरहरु हुन्, त्यसमा हामीले एउटा सुन्दर महल बनाउन चाहन्छौ ।

० अलिकति इतिहास कोट्याउँ । तपाईहरुले किन राजतन्त्र जोगाउन सक्नुभएन । के तपाईहरु असफल हुनुभएको हो ?

-वास्तवमा यसका दुई वटा पक्ष छन् । एउटा, राजाले जुन कदम चाले, त्यो कदमका पछाडि म कुनै शंका गर्दिँन । किनभने राजाले निरंकुश शासन लागू गर्न खोजेको भन्ने लगत प्रचार भएको छ । वास्तवमा राजाको एउटै चाहना के हो भने गृहयुद्धको संघारमा रहेको देश छ, प्रजातन्त्र पनि चुनाव हुन नसकेर ट्राकभन्दा बाहिर गएको छ । यसमा मेरो पनि त केही जिम्मेवारी छ, त्यसकारण ३ वर्षभित्रमा प्रजातन्त्रलाई पनि ट्रयाकमा राखिदिन्छु र यो माओवादी समस्या पनि समाधान गरेर शान्ति स्थापना गर्छु भन्ने एम्बिसनबाट राजाबाट कदम चालिएको हो । तर, त्यो कदमलाई ब्यवहारमा कार्यान्वयन गर्ने क्रममा केही कमिकमजोरी भएकै हो । राजाको सहयोगीको छनोटमा केही कमिकमजोरी रहृयो । नीतिगत रुपमा पार्टीहरुलाई विश्वासमा लिन सकिएन । पार्टीहरुलाई के भ्रम पर्‍यो भने हामीलाई त समाप्त पार्न खोजिँदैछ, किनभने त्यो संकेत गयो । अर्को, अन्तराष्ट्रिय समुदायलाई पनि विश्वासमा लिन सकिएन । यसरी त्यो बेलाको कमीकमजोरी भयो ।

म लगायतका सहयोगीहरुले भन्नुपर्छ कि राजालाई जुन उचित सल्लाह दिन सकेनौं वा त्यो सल्लाह कार्यान्वयन गर्ने वातावरण बनाउन सकेनौं । के-के सल्लाह दियौं, अब भनेर त काम छैन । त्यसको रिजल्ट भनेको हामीले राजसंस्थालाई जोगाउनका निम्ति हाम्रो टिमले प्रभावकारी ढंगबाट गर्न नसकेको नैतिक जिम्मेवारी लिनैपर्छ । मैले आफ्नो काम जिम्मेवारीपूर्वक गरेको छु, त्यसमा कुनै शंका छैन । तर, मैले आफ्नो जिम्मेवारी लिनै पर्छ, हामी असफल भएकै हो ।

अब जहाँसम्म राजसंस्था किन गयो भन्ने सवाल छ, यो त हाम्रो कमजोरीको कुरा भो । अर्कोतर्फ १२ बुँदे समझदारीभन्दा अगाडि नै भारतीय विदेश मन्त्रालयको उच्च अधिकारीले दिल्लीस्थित अमेरिकी कूटनीतिज्ञसँग अब नेपालमा राजसंस्थालाई पाखा लगाउने बेला आउन लाग्यो । अब माओवादी र राजनीतिक पार्टीहरुलाई मिलाएर जानुपर्छ भन्ने संकेत गरेको केही समयअघि विकिलिक्सले गरेको खुलासाबाट देखियो । त्यो मार्गचित्र अनुसार नै १२ बुँदे समझदारी भयो । र १२ बुँदे गर्ने क्रमदेखि अहिलेसम्म आउँदासम्म के प्रष्ट भयो भने माओवादी जनयुद्धताका नै भारतीय संस्थापन पक्षसँग सहकार्य गरिएको थियो भन्ने अहिले त जगजाहेर भएको छ । एक प्रकारले भन्ने हो भने बाहृय शक्तिको षड्यन्त्र र देशभित्रको उग्रवामपन्थीको रणनीतिको शिकार राजसंस्थालाई बनाइयो । एम्बुसमा पारियो, जसले गर्दा त्यसको डिफेण्ड पनि ठीक ढंगबाट गर्न सकिएन ।

अर्को कुरा, गिरिजाप्रसाद कोइरालाको महत्वकांक्षा, कुण्ठा र प्रतिशोधले पनि काम गरेको हो । महत्वकांक्षा राष्ट्रपति हुने, त्यसलाई उहाँले पछि पनि अभिव्यक्त गर्नु भो । प्रतिशोध राजसंस्थासँग । मैले त्यहीबेला एकजना कांग्रेस नेतालाई सोधेको थिएँ, हैन गिरिजाबाबु किन यति साह्रो रिसाको भनेर । उहाँले राजाले गिरिजाबाबुलाई फिनिस गर्ने भन्ने उहाँको कानमा परेका उहाँले प्रतिशोध लिनुभएको हो । उहाँ केही कुरा सन्न पनि तयार हुनुहुन्न ।

 ० राजतन्त्रको अन्त्य जुन तरिकाबाट भयो, त्यसमा तपाईको भनाइ के छ ?

त्यसलाई २/३ चरणमा हेर्ने हो भने ०६२/६३ को आन्दोलनको अन्त्य दरबार र आन्दोलनकारीको सम्झौतामा गएर टुंगिएको थियो । राजाको शाही घोषणा सम्झौताको दस्ताबेज हो । त्यसको अतिरिक्त लिखित कागजको पनि आदान-प्रदान भएको छ । त्यसको स्पि्रट ०४७ सालको संविधानमा टेकेर संविधानसभाको चुनाव गर्ने र संविधानसभाबाट नयाँ संविधान बनाउने । किनभने माओवादीले पनि त्यो बेलामा ४७ सालको संविधानलाई समाप्त पारेर अन्तरिम संविधान बनाउने कुरा गरेको थिएन । षड्यन्त्रपूर्ण ढंगबाट त्यो काम भयो ।

त्यही सम्झौताअनुसार राजाबाट प्रतिनिधिसभा पुनःस्थापना भयो । गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने काम भयो । प्रधानमन्त्री भएपछि गिरिजाप्रसाद केही हप्तासम्म पहिलेको जस्तै राजालाई साप्ताहिकरुपमा भेटेर बि्रफिङ गरिरहनुभएकै थियो । ०६३ साल जेठ ४ गतेको संसदले घोषणापत्र, जसलाई म्याग्नाकार्टा पनि भनियो, त्यसमा राजाको अधिकार कटौती गर्ने र राजाका उत्तदाधिकारीको रुपमा जेठी छोरी समेत रहने पाउने व्यवस्था गरियो । राजालाई स्पेश दिनुपर्छ, बेबी किङ राख्नुपर्छ भन्ने कुरा त एक वर्षसम्म चल्यो । पछि गएर संविधानसभाको पूर्वसंन्ध्यामा ०६४ साल पुस १० गते षड्यन्त्रपूर्वक ढंगबाट संविधानसभाको चुनाव नै नभई राजसंस्थालाई अन्त्य गरेर गिरिजाप्रसादलाई राष्ट्रप्रमुख र सरकार प्रमुख बनाउने काम गरियो ।

र, त्यसलाई कार्यान्वयन गर्ने काम ०६५ साल जेठ १५ गतेको पहिलो बैठकले गर्‍यो । त्यो पहिलो बैठक पूर्ण नै थिएन किनभने मनोनित सभासदहरु आएकै थिएनन् । दोस्रो संसदमा मन्त्रीहरुलाई पनि बस्ने अधिकार हुन्छ तर, संविधानसभामा सभासदहरुलाई मात्र बस्ने अधिकार हुन्छ । त्यो पहिलो संविधानसभाको बैठकमा सदस्य नै नरहेको व्यक्ति कृष्णप्रसाद सिटौला उपस्थित मात्र हुनुभएन, प्रस्तावक नै बन्नुभयो र एक मिनेट पनि छलफल नगरी मध्यरातमा त्यो प्रस्ताव पारित गरियो ।

० त्यसबेला राजाले कुनै प्रतिकार नगर्नु र गणतन्त्रलाई स्वीकार्नुको कारण के हो ?

राजाले प्रतिकार नगरेर ठूलो बुद्धिमतापूर्वक काम गरेको हो । राजाले त्यो निर्णयलाई अवज्ञा गरेको भए धेरै ठूलो रक्तपात हुन्थ्यो । त्यो बेलासम्म मान्छेहरु मर्न र मार्न तयार थिए । त्यस्ता जमातहरु नभएका पनि हैनन् । सेना राजाकै हातमा थियो । दरबारमै सेनाको टुकडी थियो । तर, लोकसम्मत्तिलाई मानेर जाने नेपालको राजसंस्थाको आफ्नै मौलिक क्यारेक्टरका कारण राजाले त्यसलाई कार्यान्वयन गर्न सहज बाटो दिएको हो ।

अर्को कुरा, एकछिन त्यसलाई बैध नै मान्ने हो भने पनि संविधान नै नवनाई संविधानसभा भंग भएपछि त्यसका निर्णयहरु त बदर भए । संविधानसभाले गरेका कुनै पनि निर्णहरु भोलि आउने संविधानसभाका लागि बाध्यकारी हुनेछैनन् । संविधानतः राजसंस्था जेठ १४ को अवस्थामा कायमै छ ।

 ० अब नयाँ संविधानसभा आएपछि फेरि राजतन्त्रको अन्त्य भएको घोषणा गर्नुपर्छ भन्न खोजनुभएको हो ?

-पर्छ नि । नयाँ आउनेले स्वीकार गर्छ कि गर्दैन भन्ने सकिन्न । गणतन्त्र अहिले संक्रमणकालीन अवस्था छ । किनभने अन्तरिम संविधानमा भएका सबै व्यवस्थालाई भोलिको संविधानमा हुबहु राख्नुपर्छ भन्ने जरुरी छैन ।

० तपाईको पार्टीले बहुमत ल्यायो भने राजतन्त्र पुनःस्थापना गर्छ ?

-विल्कुल गर्छौ ।

 ० त्यसोभए राजाले पनि त चुनावमा भाग लिएर दुई तिहाई बहुमत ल्याएर आफूलाई पुनःस्थापना गरे भैगो नि त ?

-मैले बुझेअनुसार राजामाथि ठूलो दबाव छ । विभिन्न क्षेत्रबाट, हुनसक्छ बाहृय शक्तिबाट राजा बाहिर फ्रन्टमा आउनुपर्‍यो, मुभमेन्ट गर्नुपर्‍यो भन्ने दबाव हुनसक्छ । तर, नेपालको राजाको आफ्नै खालको क्यारेक्टर छ । जनतासँग मूठभेड नगर्ने । चाहे माओवादी नै किन नहोस्, माओवादीविरुद्ध सेना परिचालन गर्न पनि राजाहरुमा धेरै ठूलो रिडप्टेड थियो । त्यसकारण राजा आफैं सक्रिय हुने भन्दा पनि मूठभेड नहोस् र सर्बसम्मत्तिबाटै होस् भन्ने चाहना हुनसक्छ ।

० तपाई विश्वास गर्नुहुन्छ, कुनै दिन नेपालमा सर्वसम्मतिमा राजतन्त्र पुनःस्थापना हुन्छ ?

-व्यक्तिगतरुपमा कुरा गर्दा मैले नाउँ नलिउँ तर, एकसेएक गणतन्त्रवादी भन्नेहरु कुनै न कुनै रुपमा चाहिने हरेछ भन्नुहुन्छ । उहाँहरु नै भन्नुहुन्छ राजालाई पाखा लगाएर विदेशीको चाकडी गर्न हामीले यो व्यवस्था सोचेको त हैन । आजको त्यस्तो भन्ने उहाँहरुले पनि रियलाइज गर्नुभएको छ । कुनै पनि गल्तीलाई सच्याउने पहिलो स्टेप रियलाइजेशन हो । रियलाइज भएपछि सुधार हुन्छ ।
- See more at: http://www.onlinekhabar.com/2013/05/76332/#sthash.u0PEYmpD.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मंसिरमा चुनाव हुनेमा आशंकाः थापा


१६ जेठ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी मंसिरमा संविधानसभाको निर्वाचन हुनेमा आशंका व्यक्त गर्नु भएको छ ।

अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएको साढे दुई महिना बितिसक्दा सम्म पनि चुनावको मिति घोषणा गर्न नसक्नु, निर्वाचन सम्बन्धी ऐन तथा कानुन बन्न नसक्नु, चार दलको सिन्डिकेट कायम रहनु र आन्दोलनरत दललाई सहमतिमा ल्याउन नसक्नुले मंसिरमा चुनाव हुनेमा आशंका उत्पन्न भएको उनको भनाई थियो ।

भैरहवामा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले निष्पक्ष र धाधलीरहित निवाचन सम्पन्न गर्न चार दलिय समिति खारेज हुनु पर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा सनातन हिन्दु धर्म र राजतन्त्र सहितको प्रजातन्त्रसहितको एजेण्डा लिएर जाने बताउनु भयो ।

मुलुकका चार शक्तिप्रति जनताको व्यापक बितृष्णा जागेको उल्लेख गर्दै थापाले आगामी निर्वाचन पछि राप्रपा नेपाल शक्तिको रुपमा उदय हुने दावी गर्नुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बलात्कृत बालिकाले जन्माएको शिशुको मृत्यु

१६ जेठ, मोरङ । बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी एघार वर्षीया बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ । झापा खुदनाबारी-१ सिस्नेकी एघार वर्षीया बालिकाले बुधबार कोसी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो ।

विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी २०० ग्राम मात्र थियो । समय नपुगी जन्म भएकाले र भेन्टिलेटरमा राखेर उपचार गर्न सम्भव नभएकाले सङ्क्रमण भई शिशुको मृत्यु भएको कोसी अञ्चल अस्पताल प्रसूति विभागका चिकित्सकहरुले जानकारी दिएका छन् ।

शिशुलाई जन्मदिने एघार वषर्ीया बालिका भने बुधबार नै अस्पतालबाट घर फर्केकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी विराटनगरस्थित एबिसी नेपाल नामक महिला अधिकारवादी गैरसकारी संस्थाको सरक्षणमा छिन् । बालिकालाई बलात्कार गर्ने नातामा आफ्नै भिनाजु पर्ने सोही ठाउँका सुरेन्द्र विश्वकर्मा भने अझै फरार छन । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कसले गर्दा भाँडियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ?


जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ । विभिन्न विद्यार्थी संगठनका नेताहरुसँगको छलफलपछि त्रिभुवन विश्वविद्यालयले निर्वाचन स्थगन गर्ने निर्णय गरेको हो ।

विद्यार्थी संगठनहरुले फर्जी विद्यार्थी भर्ना गरेको विषयमा विवाद गर्दै क्याम्पसमा तालाबन्दी गर्न थालेपछि चुनाव अनिश्चित कालका लागि स्थगित भएको हो । तपाईको विचारमा चुनाव हुन नसक्नुको वास्तविक कारण के होला ?

१. सबै संगठनले नक्कली विद्यार्थी भर्ना गरेकाले यस्तो स्थिति आएको हो ।

२. एमाओवादी-माओवादी समर्थित दुई क्रान्तिकारीको विवादले यस्तो भएको हो ।

३. त्रिवि प्रशासनको लाचारीका कारण चुनाब रोकिएको हो ।

कसले गर्दा भाँडियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ?

- See more at: http://www.onlinekhabar.com/2013/05/76601/#sthash.K14rSQH7.dpuf

कसले गर्दा भाँडियो स्वतन्त्र विद्यार्थी युनियनको चुनाव ?

- See more at: http://www.onlinekhabar.com/2013/05/76601/#sthash.K14rSQH7.dpuf
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यो कस्तो माया पागलपन वा बलात्कार (भिडियो सहित)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

‘अप्रिल फूल’ मनाउदा प्रेम नै खत्तम (भिडियो)

Written By Unknown on Wednesday, May 29, 2013 | 10:34 PM


अप्रिल १ अर्थात ढाट्ने दिवस । यो दिन मानिसहरु आफ्ना निकटका साथीभाइलाई झुटो खबर गरेर रमाइलो गर्ने गर्दछन् । तर यही दिवसलाई नकारात्मक रुपमा प्रयोग गरियो भने यसले नराम्रो असर गर्छ । यही बिषयलाई मुख्य रुपमा उठान गरेको चलचित्र अपि्रल फूल प्रदर्शनको लागि तयार भएको छ । यसअघि ‘मलाई मन पर्‍यो’ चलचित्रको निर्देशन गरेका भद्र भुजेल यो सिनेमालाई निर्देशन गरेका हुन् ।  कमल र केशव लामिछानेको निर्माणमा तयार भएको यो चलचित्र असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, मनोज लामिछाने, बिनोद न्यौपाने, महिमा सिलवाल लगायतका कलाकारको अभिनय छ । चलचित्रमा सूर्य थोकरको द्वन्द्व, दिपक शर्माको संगीत, रामशरण उप्रेतीको छायांकन समावेश छ । चलचित्रले अप्रिल फूल मनाउँदा त्यसले प्रेममा समेत कस्तो असर पार्छ भन्ने बिषयलाई उठान गर्न खोजेको छ । चलचित्रमा कथाले मागे अनुसारको ग्ल्यामर समेत पस्किएको निर्माता लामिछानेले बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सगरमाथा बारेका सत्र रोचक तथ्य

सगरमाथामा एडमण्ड हिलारी र तेन्जिङ नोर्गेशेर्पाले पहिलोपटक सफल आरोहण गरेको ६० वर्षपुगेको छ । यो ६० वर्षो बीचमा सयौँ जना सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सगरमाथा हाम्रै देशमा छ । तरपनि हामी धेरै चाहेर पनि त्यहाँ जान सकिरहेका छैनौँ र यसको बारेमा विभिन्न तथ्यहरु हामीलाई थाहा छैन । हामीले सगरमाथा आरोहणको हिरक महोत्सवका उपलक्ष्यमा यहाँ सगरमाथा सम्बन्धि केही रोचक तथ्य प्रस्तुत गरेका छौँ ।



· सगरमाथाको सबैभन्दा उच्चतम विन्दुमा श्वास फर्ेदा अरु सामान्य अवस्थामा भन्दा एक तिहाई अक्सिजन पर्याप्त हुन्छ । हावाको चापको कारण यस्तो भएको हो ।

· सगरमाथामा सन् १९६९ यता हरेक वर्षकम्तीमा पनि एक जना आरोहीको निधन भएको छ । तर सन् १९७७ मा भने सगरमाथामा कसैले पनि ज्यान गुमाएनन् ।

· एडमण्ड हिलारीका छोरा पिटरले ५ पटक सगरमाथाको आरोहण गरिसकेका छन् ।

· एडमण्ड हिलारीसँग पहिलोपटक सगरमाथाको सिखरमा पुग्नुभन्दा अघि तेन्जिङ नोर्गे शर्ेपाले ६ पटकसम्म सगरमाथा आरोहणको प्रयास गरेका थिए ।

· सन् १९९६ सगरमाथामा आरोहीका लागि सबैभन्दा घातक वर्षबन्यो । त्यसवर्ष१५ जनाले सगरमाथामा ज्यान गुमाए ।

· सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो ओर्लिने प|mान्सका जिन मार्क बोइभिन हुन् । उनी सन् १९८८ मा सगरमाथाको शिखरबाट ११ मिनेटमा फेँदमा ओर्लिएका थिए ।

· सबैभन्दा कम उमेरमा सगरमाथा चढ्ने व्यक्ति १३ वर्षा जोर्डन रोमेरो हुन् ।

· हिमाल आरोहण गर्ने व्यक्तिलाई दिनमा २० हजार क्यालोरी उर्जा आवश्यक पर्छ ।

· सगरमाथाको चुलीमा सबैभन्दा बढि समय बिताउने व्यक्ति बाबुछिरी शर्ेपा हुन् ।

· विना अक्सिजन पहिलोपटक सगरमाथा आरोहण गर्ने राइनहोल्ड मेस्नर र पिटर ह्याम्बलर हुन् ।



· सन् १९९३ को मे १० का दिन ४० जनाले सगरमाथा चढेर एक दिनमा सबैभन्दा धेरै मान्छेले सगरमाथा चढेको रर्ेकर्ड कायम भएको छ ।

· सगरमाथा हरेक वर्ष४ मिलिमिटरका दरले अग्लो हुँदैछ ।

· सगरमाथामा सबैभन्दा बढि नागरिक गुमाउने देश नेपाल नै हो । अहिलेसम्म ४६ जना नेपालीले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।

· सगरमाथामा स्की गर्ने पहिलो व्यक्ति स्लोभानियाका डाभो कार्निकार हुन् ।

· सगरमाथाको आरोहण गर्ने सबैभन्दा वृद्ध पुरुष जापानका ८० वर्षा युइचिरो मिउरा हुन् भने सबैभन्दा वृद्ध महिला जापानकै ७३ वर्षी तामाइ वातानाबे हुन् ।

· सगरमाथा विश्वको सबैभन्दा अग्लो शिखर भएको कुरा सन् १८५६ मा मात्र पत्ता लागेको हो ।

· सगरमाथाको उमेर ६ करोड वर्षपुगेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

डाक्टरलाई भेटेपछि लाउरेनको उत्तेजक पोज (फोटो फिचरसहित)

एक बिहानै दात्तको बिषयमा डाक्टरलाई भेटेर फर्किएकी मोडल लाउरेन पोपले बेलुकी भने मस्ती गरिन् । टोइ नाइटमा पुगेकी लाउरेनले विकिनीमा आफुलाई खुलेरै प्रदर्शन गर्न भ्याइन् । साथीहरुसँग स्विमङ गर्दै लाउरेनले मस्ती गरिन् ।रमाइलो गर्दै गरेको तस्बिर उनले आफू निकटका साथीहरुलाई ट्विट गरेकी छिन् ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

प्रचण्डले राजनीतिलाई चरम दुरुपयोग गरे : पोखरेल

१५ जेठ, काठमाण्डौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सामाजिक सद्भावमाथि डढेलो लगाएर राजनीतिक बजारीकरण नगर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ । lपोखरेलले शान्ति प्रक्रिया सुरु भएदेखि शान्ति प्रक्रिया एवम् अन्य विषयमा सहमति गर्ने अनि सहमतिको मसी सुक्न नपाउँदै त्यसको विरोधमा कुरा गर्ने अध्यक्ष दाहालको चरित्रका कारण नेपाली राजनीतिप्रति जनताको वितृष्णा जागेको वताउनुभयो ।

प्रेस चौतारी नेपालले स्थापना गरेका तीनवटा पुरस्कार बुधवार काठमाण्डौमा वितरण गर्दै उहाँले एमाओवादी अध्यक्षलाई जातीय कुरा उठाएर राजनीतिलाई चरम दुरुपयोग नगर्न पनि आग्रह गर्नुभयो ।चौतारीद्वारा स्थापित हृदयचन्द्र पत्रकारिता पुरस्कार पत्रकार गोपाल बुढाथोकी र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार पत्रकार कुन्दन अर्याललाई प्रदान गरिएको थियो । साँघु साप्ताहिकमा चार दशकदेखि कार्यरत बुढाथोकीलाई प्रदान गरिएको हृदयचन्द्र पत्रकारिता पुरस्कारको राशि रु १५ हजार एकसय रहेको छ ।

पत्रकारिता विषयमा अध्यापन एवम् खोज अनुसन्धान गर्दै आउनुभएका पत्रकार अर्याललाई प्रदान गरिएको अग्निशिखा स्मृति पत्रकारिताको राशि पनि रु १५ हजार एकसय रहेको छ । त्यसैगरी चौतारीका पूर्व केन्द्रीय सदस्य वीरेन्द्र साहको स्मृतिमा स्थापित वीरेन्द्र पत्रकारिता पुरस्कार दैलेखका पत्रकार डेकेन्द्र थापालाई मरणोपरान्त प्रदान गरिएको थियो । रु सात हजार राशिको सो पुरस्कार दैलेखमा नै पुगेर स्वर्गीय थापाका परिवारलाई प्रदान गरिने छ ।

पुरस्कृत व्यक्तित्वद्वय बुढाथोकी र अर्यालले गणतन्त्र ल्याउन नेपाली पत्रकारिताले जुन भूमिका निर्वाह गरेको थियो त्यही भूमिका यसलाई संस्थागत विकास गर्न पनि निर्वाह गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा चौतारीका महासचिव माधव नेपाल, प्रा पि खरेल, नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्मालगायतले पत्रकारिताको विविध पक्षमा चर्चा गर्नुभएको थियो । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

छोरा पाएर ट्वाइलेटमा फ्याँकेकी आमाले भनिन् : चिप्लिएर खस्यो

चीनमा ट्वाइलेटको पाइपभित्रबाट नवजात शिशुलाई जिउँदै उद्दार गरिएको घटना अहिले निकै चर्चामा छ । त्यो बच्चा कसले जन्माएर ट्वाइलेटमा फ्याँक्यो होला भन्ने कौतुहलता सबैमा रह▒े र त्यस्ती निष्ठूरी आमालाई धेरैले सरापे पनि । अन्ततः बच्चा जन्माएर ट्वाइलेटमा फ्याँक्ने महिला पक्राउ परेकी छिन् ।

समाचार अनुसार २२ वर्षी एक कुमारी आमाले छोरा जन्माएको एक दिनपछि ट्वाइलेटमा लगेर फ्याँकेकी रहेछिन् । उक्त घरमा डेरा लिएर बसेकी ती युवतीले गर्भ रहेको र बच्चा जन्माएको कुरा सबैलाई लुकाएकी रहेछिन् र बच्चा पाएको अर्को दिन ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेर बगाएकी रहेछिन् ।

अझ अनौठो कुरा त के भने फ्लस गरेर बच्चालाई बगाइदिएपछि उनी आफैले घरबेटीलाई खबर गरेकी रहेछिन् की ट्वाइलेटमुनि बच्चा रोइरहेको छ भनेर । त्यसपछि त्यहाँ ठूलो भिड जम्मा भयो र उद्दारकर्मीलाई खबर गरेर बच्चालाई सकुसल उद्दार गरियो ।

ती आमाले बच्चाको उद्दार भएको सबै दृश्य हेरिन् अनौठो मानेर । तर उनले नै बच्चा पाएर फ्याँकेको कुराको सुइँको कसैले पाउन सकेनन् । अन्ततः प्रहरीले त्यो घरका सबै कोठाको तलासी गर्दा ती महिलाको कोठाभित्र रगतले लत्पतिएका कपडा फेला परेपछि बल्ल उनको करतूतको पर्दाफास भयो ।

प्रहरीले ती महिलालाई पक्राउ गरेपछि उनले आफ्नो अपराध कबूल गर्दै आफुसँग गर्भपतनका लागि पैसा नभएकाले गोप्य रुपमा बाथरुमभित्रै बच्चा पाएको बताइन् । तर आफुले बच्चालाई कमोटमा राखेर फ्लस नगरेको दाबी गर्दै उनले बच्चा चिप्लिएर कमोटभित्र परेर खसेको र आफुले तत्कालै घरबेटीलाई खबर गरेको उनको भनाइ छ । घरबेटीले भने बाथरुमभित्र रगत लगायतका कुनै चिजवस्तु नरहेकाले उनले बाथरुममा बच्चा पाएको भनेर पत्याउन नसकिने भन्दै कोठामै बच्चा पाएर ट्वाइलेटमा लगेर फ्याँकेको दाबी गरेका छन् २२ वर्षी ती कुमारी आमाविरुद्ध ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चल्ने बताइएको छ । उनले त्यो बच्चाको बाउ को हो भन्ने कुरा भने खुलाएकी छैनिन् । निकै सप्रेको त्यो बच्चाको अहिले अस्पतालमा उपचार भैरहेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बालिकाका भुत्ला देखेर डाक्टरको मन पलाएपछि…

टाउकोमा मात्र होइन, अनुहार तथा सरीरका अन्य भागमा पनि अनियन्त्रित रुपमा रौँ पलाएर हैरानी व्यहोरीरहेकी एक ४ वषिर्या बालिकाको उद्धार हुने भएको छ । चीनको हुनान प्रान्तकी जिंग जिंग नामकी ती बालिकाको एक प्लास्टिक सर्जनले निशुल्क उपचार गरिदिने भएका हुन् ।
विशिष्ठ खालको आनुवंशिक रोगका कारण जिउभरी कपाल जस्तै रौँ पलाएपछि जिंग जिंग निकै कुरुप बन्नुका साथै उनको परिवार पनि दुखी बनेको थियो । उनको अनुहार लगभग पूरै रौँ ले ढाकिसकेको छ । अब छिटै ती बालिकाको उपचार सुरु हुने र दुइ वर्षसम्ममा उपचार सकिएर ती बालिकाले नयाँ जिवन पाउने बताइएको छ । बधाई छ नयाँ जिवन पाउन लागेकी ती बालिकालाई अनि साधुवाद ती दयालु प्लास्टिक सर्जनलाई ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपालको २०६३ को जना आन्दोलन आज फेरी हेरौ( आज गणतन्त्र दिवस)

आज नेपालमा गणतन्त्र स्थापना भएको ५ बर्ष भयो | कसरि स्थापना भएको थियो त जौ फेरी २०६३ सालमा
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

२०२५ र २०२० सालमा नेपाल कस्तो हुन्छ त (भिडियो हेर्नुहोस)


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सात वटा खुट्टा भएको यी बालिका हेर्नुहोस( भिडियो हेर्नुहोस)


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पहाड फोडेर निस्कियो यस्तो ज्योती, भगवान् भएको आशंका…(फोटोफिचर)

यो संसार गज्जबको छ । हामीले समय-समयमा विचित्रका घटनाहरू देख्न र सुन्न पाउने गर्छौ । हामीले विश्वास नै नगरेका घटनाहरू विश्वास गर्नै पर्ने घटना बनेर हामीसामू देखिन्छन् वा सुनिन्छन् । प्रकृतिको नियम पनि यस्तै छ सायद बेला-बेलामा नयाँ नयाँ घटना र यथार्थले हामीलाई चकित पारिनै रहेको हुन्छ ।
Between_a_rock_and_a_shard_placeयस्तै, एक अर्को आश्चर्य भेटिएको छ अमेरिकाको क्यालिफोर्नियाको पेफिएर बिचमा । पेफिएर बीचमा रहेको एक पहाडमा देखिएको दृश्यले सबैलाई चकित बनाएको छ । प्रत्येक वर्षको केही हप्तामात्र देखिने यो दृश्यले सबैलाई चकित पार्ने गरेको छ ।
बिचमा रहेको उक्त पहाडमा रहेको एउटा प्वालमा एउटा यस्तो प्रकाश देखिन्छ जुन देखेर सबै आश्चर्यमा पर्ने गरेका छन् । उक्त पहाडमा देखिएको उक्त दृश्य भगवान् उपस्थिती हो भन्ने पनि धेरै छन् । सामान्य रूपमा हेर्दा अचम्म लाग्ने यो दृश्य सायद कुनै दैवी शक्तिको प्रभाव हो भनेर धेरैले विश्वास गरेका छन् ।
तर, विज्ञहरूले भने यो कुनै भगवान् नभइ यो सूर्य अस्ताउँदा देखिएको दृश्य मात्र भएको बताएका छन् । उनीहरुले सूर्य अस्ताउने बेला यस्तो दृश्य देखिने बताउँदै पानीको छालको परावर्तनको कारण यस्तो दृश्य देखिएको दावी गरेका छन् । उक्त दृश्य देखिने पहाडको त्यो प्वाल २० वर्गफिटको रहेको बताइएको छ ।
यी तस्विरहरू फोटोग्राफर मार्क ब्रोडकिनले लिएका हुन् । मार्क ब्रोडलिनले यस्तो दृश्य निकै बिरलै देखिने बताउँछन् । उनले सूर्यको किरण र त्यसको परावर्तनका कारण देखिएको यस्तो दृश्य देख्न पाउनु पनि भाग्यकै कुरा हो ।
हेरौ उक्त अद्भुत दृश्यहरू तस्विरमा…


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यो बच्चाले कसरी छिटो हात चलाएर बनायो त विश्व रेकोर्ड( भिडियो सहित)


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एकै चोटी धेरै लुगा लगाएर बनेको विश्व रेकर्ड( भिडियो सहित)


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सेक्सका केही डाटाहरु

Written By Unknown on Tuesday, May 28, 2013 | 10:07 PM


- ४२ प्रतिशत पुरुष महिलाले सेक्सको पहल गरून् भन्ने चाहन्छन्।
- ४१ प्रतिशत पुरुषले मुखमैथुनको इच्छा राख्छन् भने ३१ प्रतिशतले मलद्वार सेक्समा रुची राख्छन्।

- ३५ प्रतिशत महिला लामो पाकव|mीडा चाहन्छन्, केवल २२ प्रतिशत महिलामा मात्र मुख मैथुनको इच्छा हुन्छ।

- विश्वमा हरेक दिन झन्डै ११ करोड पटक सेक्स हुन्छ।

- पुरुषमा चरमोत्कर्ष केवल केही सेकेन्ड मात्र रहन्छ तर भाले सुँगुरमा भने ३१ मिनेटसम्म चरमोत्कर्ष कायम रहन्छ।

- ३१ प्रतिशत महिला ८१ वर्षभन्दा बढी उमेर भैसक्दा पनि आपmनो पार्टनरसँग सम्भोग गर्छन्।

- आधा घण्टाको सेक्समा २ सय ११ क्यालोरी खपत हुन्छ भने एक मिनेटको चुम्बनमा २६ क्यालोरी ऊर्जा खपत हुन्छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यस्तो हुनेछ ग्यालेक्सी एस फोर मिनि

सामसुङ कम्पनीले यसको चर्चित स्मार्टफोन ग्यालेक्सी एस फोरको नयाँ मिनि भर्सनको विस्तृत विवरण र्सार्वजनिक गरेको छ ।
जुलाइमा र्सार्वजनिक हुने अपेक्षा गरिएको यो ग्याजेटको ४.३ इन्चको स्त्रिmन हुनेछ । ग्यालेक्सी एस फोरको स्त्रिmन ५ इन्चको रहेको र त्यो ठूलो भयो भन्ने प्रयोगकर्ताको गुनासोलाई सम्बोधन गर्न मिनी भर्सनमा स्त्रिmन साइज घटाइएको छ । यसमा ८ मेगापिक्सेलको क्यामरा पनि हुनेछ ।
निकट भविष्यमा ल्याउन लागेको एस फोर मिनीको बारेमा विस्तृत विवरण वेबसाइट मार्फ भुलवस र्सार्वजनिक भएपछि सामसुङले तत्काल त्यसलाई हटायो । यद्यपि एक इजरायली वेबसाइटले सामसुङको वेबसाइटमा एस फोर मिनीको बारेमा जानकारी पोष्ट हुनेबित्तिकै त्यसलाई समाचार बनाइहाल्यो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पहिरन लगाउन नजान्दा हलिउड सुन्दरीहरुको यसरी भयो बेइज्जत (फोटो फिचरसहित)


पहिरन राम्रो लगाउदा धेरै सुन्दरीहरुले तारिफ पनि पाएका छन् । तर कैयौ कार्यक्रममा पहिरन लगाउन नजान्दा तिनै सुन्दरीहरुले आलोचना पनि भोग्ने गरेका छन् । विभिन्न सार्वजनिक कार्यक्रममा पहिरन लगाएर आफ्नो गोप्य अंगहरु समेत प्रदर्शन भएको थाहा नपाउँदा हलिउड सुन्दरीहरुको वेइज्जत भएको छ ।यो भिडमा पप गायिका रिहाना देखि निक्की मिनाज, जोडी मार्स, लेडी गागा, लिल किम, माइलिका साइफर, रोज म्यागवान लगायतका छन् । उनीहरुले भद्दा पहिरन लगाएर आफ्नो बक्षस्थललाई खुल्लम खुल्ला देखाएपछि वेइज्जती भोगेका हुन् ।


SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तुलिसाको गोप्य टाटु

ग्लामर गर्ल तथा रियालिटी स्टार तुलिसाले गत वर्ष भनेकी थिइन् की उनको गोप्य टाटु छ जसको बारेमा कसैलाई पनि थाहा छैन । तर हालै मार्वेला समुद्री तटमा बिकिनीमा रमाइरहादा उनले आफ्नो त्यो गोप्य टाटु सबैलाई देखाइन् । उनको पेटको भागभन्दा बिकिनी लाइन क्षेत्रमा अक्षर टाटु रहेछ । जसमा लेखिएको छ लकी यु अर्थात् तिमी भाग्यमानी ।

आफ्नो गोप्य अंग नजिकै टाटु खोपेर उनले कसलाई भाग्यमानी भन्न खोजेकी हुन् त्यो त बुझ्न सकिएन । तर यो उनको टाटु एक अमेरिकी पुरुष वस्त्र निर्माण कम्पनीको ब्राण्डको नाममा रहेको छ ।

फुटबल खेलाडि ड्यानी सिम्पसनसागको ब्रेकअप लगत्तै उनले आफ्नो गोप्य टाटु प्रदर्शन गर्नुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger