बलात्कृत बालिकाले जन्माएको शिशुको मृत्यु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बलात्कृत बालिकाले जन्माएको शिशुको मृत्यु

बलात्कृत बालिकाले जन्माएको शिशुको मृत्यु

Written By Unknown on Thursday, May 30, 2013 | 4:47 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१६ जेठ, मोरङ । बलात्कारपछि गर्भ बोक्न बाध्य भएकी एघार वर्षीया बालिकाले जन्म दिएको शिशुको मृत्यु भएको छ । झापा खुदनाबारी-१ सिस्नेकी एघार वर्षीया बालिकाले बुधबार कोसी अञ्चल अस्पताल विराटनगरमा जन्माएको छोरोको बुधबार राति मृत्यु भएको हो ।

विश्वकर्मा थरकी ती बालिकाले गर्भधारण गरेको सात महिनामै शिशुलाई जन्म दिएकी थिइन् । उनले जन्माएको शिशुको तौल १ केजी २०० ग्राम मात्र थियो । समय नपुगी जन्म भएकाले र भेन्टिलेटरमा राखेर उपचार गर्न सम्भव नभएकाले सङ्क्रमण भई शिशुको मृत्यु भएको कोसी अञ्चल अस्पताल प्रसूति विभागका चिकित्सकहरुले जानकारी दिएका छन् ।

शिशुलाई जन्मदिने एघार वषर्ीया बालिका भने बुधबार नै अस्पतालबाट घर फर्केकी छिन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी विराटनगरस्थित एबिसी नेपाल नामक महिला अधिकारवादी गैरसकारी संस्थाको सरक्षणमा छिन् । बालिकालाई बलात्कार गर्ने नातामा आफ्नै भिनाजु पर्ने सोही ठाउँका सुरेन्द्र विश्वकर्मा भने अझै फरार छन । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger