जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?` - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

Written By Unknown on Tuesday, October 8, 2013 | 6:42 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
जन्मदिनमा बिनिताले भनिन्, `मलाई हेर्न पर्खेर बस्ने को छ र ?`

चपली हाइट डेव्यु गर्ल बिनिता वरालको असोज २२ गते जन्मदिन परेको छ । बिनिताले आफ्नो २५ औं जन्मदिन मनाउँदै छिन् । फिल्मीखबर परिवार बिनितालाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

राजनधानी नजिकैको टोखा गाविसमा तरकारी खेतीको थालनी गरेकी बिनिताले जन्मदिनमा खास कार्यक्रम नरहेको बताइन् । बिहानै गणेश भगवानलाई दर्शन दिएकी बिनिताले साथी सर्कल बिच समान्य जमघट गर्ने सोच बनाएकी थिइन् । तर, सबै जना दशैंको माहोलमा व्यस्त भएपछि जमघटको कार्यक्रम क्यान्सिल गरिएको उनले बताइन् । चितवन स्थायी घर भएकी अभिनेत्री बरालले फिल्मीखबर समक्ष लामै गफगाफ गरेकी छिन् ।

पहिलो फिल्म चपली हाइट सुपरहिट भएपनि बिनिता अभिनित दोस्रो फिल्म सफल हुन सकेन । तेस्रो फिल्म सुपरहिट रिलिजको तयारी भैरहंदा बिनिता भने फिल्म क्षेत्र भन्दा बाहिरका दुई जनालाई साथ लिएर तरकारी खेती तिर लागीन् । चपली हाइटबाट सेक्सी नायिकाको छवि बानाएकी बिनिताले तीन वटा फिल्म खेल्न नपाउँदै किन तरकारी खेती गर्न थालिन् त ? उनले कारण खुलाइन्- 'नेपाल कृषि प्रधान देश हो । तर, यहाँ कृषकलाई तल्लो दर्जामा राखिन्छ । सम्पूर्ण कृषकलाई हौसला मिलोस् र देशको विकास होस् भनेर मैले कृषि पेशा सुरु गरेकी हुँ ।'

कृषक बनेपछि आफ्नो मुहारमा चमक आएको सुनाउने बिनिताले अभिनय यात्राबाट बिट नै मारेकी हुन् त ? बिनिता भन्छिन्- 'यो प्रायले सोध्ने गर्नुहुन्छ । कृषक बन्दैमा अभिनयलाई बिट मार्ने भन्ने हुंदैन । म केही समयपछि थिएटर जाँदैछु । मैले नाटक गर्ने योजना बनाएकी छु । कृषक बन्दैमा अभिनय छोडेको भन्न मिल्दैन । अभिनय मेरो नशा नशामा बग्दछ ।'

पछिल्लो एक बर्ष यता बिनिताको दोस्रो फिल्म फुलस्टपसँगै धेरै नेपाली फिल्मले उत्साहको व्यापार गरिरहेका छैनन् । के बिनिता वर्तमान फिल्म बजार देखी वितृष्णा जागेर तरकारी गोड्न पुगेकी हुन् त ? बिनिता जिकिर गर्छिन्- 'सबैको आफ्नै सोचाइ हुन्छ । एउटा फिल्म ब्लकबस्टर र अर्को फल्प भयो भन्दै पेशा नै परिवर्तन गर्ने त्यो जस्तो मुर्खता केही पनि हुदैन । उल्लुले गर्ने काम म गर्दिंन ।'

 आगामी प्रोजेक्ट हिट हुने आशा राख्दै बिनिताले थपिन्- 'मान्छेले के सोच्छ त्यो मेरो चासोको विषय होइन । जसले जे कुरा गरे पनि म मेरो बाटोमा अगाडी बढिरहन्छु ।' बक्स अफिस र चुनावको चक्कर सकिए पछि मात्रै आफ्नो तेस्रो प्रोजेक्ट 'सुपरहिट' रिलिज हुने जानकारी दिदै बिनिताले भनिन्- 'हरेक महिना तपाईको फिल्म रिलिज हुनैपर्छ भनेर मलाई कसैले पनि भनेको छैन । वर्षमा एउटा मात्रै मेरो फिल्म रिलिज हुंदा पनि मलाई केही फरक पर्दैन ।'

कुनै पनि हिरोइनका फिल्मलाई दर्शकले कुरेर नबस्ने तर्क दिदै बिनिता बहकिइन्- 'म यही नै कलाकारलाई हेर्छु भन्ने दर्शक नेपालमा छैनन् । दर्शक केवल राम्रो फिल्म हेर्न चाहन्छन् ।' आफ्नो पहिलो फिल्म चपली हाइट राम्रो भएकै कारण हिट भएको दाबी गर्दै बिनिताले थपिन्- 'नेपालमा स्टारडमा भन्ने नै छैन । राम्रो काम गरेर राम्रो फिल्म बनाउनु पर्छ, दर्शकले यही नै चाहेका छन् । यदी नेपालमा स्टारडम हुन्थ्यो भने मेरो पहिलो फिल्म कसरी हिट हुन्थ्यो ?'
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger