यौन उत्तेजना पछि स्खलित नहुँदा पनि अन्डकोषमा पीडा महसुस हुन्छ । - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौन उत्तेजना पछि स्खलित नहुँदा पनि अन्डकोषमा पीडा महसुस हुन्छ ।

यौन उत्तेजना पछि स्खलित नहुँदा पनि अन्डकोषमा पीडा महसुस हुन्छ ।

Written By Unknown on Tuesday, October 8, 2013 | 6:55 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हामी यौन उत्तेजित हुँदा हाम्रा यौन अङ्ग तथा त्यसका वरिपरिको भागमा रक्त प्रवाह बढी हुन्छ । तपाईंलाई थाहै होला- लिङ्गको उत्तेजना पनि लिङ्गको विशेष तन्तुमा रगत भरिदा नै हुन्छ । लामो समयसम्म यौन उत्तेजना हुँदा वा यौन उत्तेजित अवस्थामा लामो समयसम्म बस्नुपर्दा अन्डकोष, प्रोस्टेट ग्रन्थिमा बढी रक्त प्रवाहका कारणले एक किसिमको तरल पदार्थ जम्मा हुन पुग्छ । यसले गर्दा केही मात्रामा ती अङ्गहरू सुन्निन सक्छन् । फलस्वरूप अन्डकोष वा यौनाङ्ग क्षेत्रमा केही पीडा भएको वा असजिलो वा भारीपनको अनुभव हुन्छ । अनौपचारिक बोलीचालीको अंग्रेजी भाषामा यसलाई blue balls भनिन्छ । लामो समयसम्म बढी रक्त प्रवाह भएर त्यही रहँदा त्यसमा अक्सिजनको मात्रा कम हुन पुग्छ, त्यसैले यो केही गाढा रंगको हुन्छ र त्यसैले blue balls भनिएको हो ।

यस्तो स्थिति आउन नदिने एक प्रमुख उपाय वीर्य स्खलनको स्थितिमा पुग्नु हो । कहिलेकाहीं यौनसम्पर्कको माध्यमबाट त्यो स्थितिमा पुग्न नसकिए हस्तमैथुनको सहारा लिन सकिन्छ । केही पीडा वा असजिलो भए पनि वास्तवमा यसको कुनै दीर्घकालीन नकारात्मक असर भने हुँदैन । यस्तो पीडा वा असजिलो अस्थायी हुन्छ र एक-दुई घण्टामा स्वतः कम भएर जान्छ । कहिलेकाहीं भने पीडा कम हुन केही बढी समय पनि लाग्न सक्छ, तर पनि यसलाई कम गर्न केही उपाय अपनाउन सकिन्छ । केही परिस्थितिमा यौनसाथीको चाहना वा आपसी सहमतिमा निकै लामो समयसम्म वीर्य स्खलन नै नगरी उत्तेजित अवस्था रहन्छ र blue balls को स्थिति आउन सक्छ । यौन क्रियाकलापको बीच-बीचमा अन्डकोषको हल्का मालिस गरे पीडा वा असजिलो कम गर्न मद्दत पुग्छ । त्यसैगरी उत्तानो परेर सुत्दा वा सास रोकेर कन्दा पनि फाइदा हुन्छ । अन्डकोष वा यौनाङ्ग क्षेत्रलाई केही चिसो पार्न सकिए पनि फाइदा पुग्छ । यसो गर्दा रक्तनशा खुम्चने हुँदा अन्डकोषमा रगतको बहाव कम हुने र लसिका रस बाहिरिन जान मद्दत मिल्छ, जसले सुन्निएको कम गर्न मद्दत पुर्‍याउँछ । हल्का कसरत जस्तै- हिँड्ने वा सिँढी चढ्दा पनि फाइदा हुनसक्छ, तर अति नै पीडा भएमा चिकित्सकको सहयोग लिनुपर्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger