ठमेलका यौन अखडामा विदेशी युवती - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ठमेलका यौन अखडामा विदेशी युवती

ठमेलका यौन अखडामा विदेशी युवती

Written By Unknown on Thursday, October 10, 2013 | 1:14 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
२६ फागुन,काठमाडौ/ विगत एक महिनादेखि यिनीहरूको चियो गर्दै आएका ठमेल नर्सिङचोकका पस्मिना व्यापारी शिव माली बोलीको लबज सुन्दा यिनीहरूमध्ये कोही रसियन, कोही युरोपेली र चिनियाँजस्तो लाग्छन् तर यकिन भने थाहा भएन भन्छन्। उनले यी युवतीप्रति गरेको आशंकासँगै थप जानकारी खोज्दै जाँदा यो आशंका आशंकामा मात्र सीमित नभएर सत्यमा परिणत हुन्छ। यिनीहरू त साँच्चै विदेशी युवती रहेछन्। यिनीहरू सोझै त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आएका हुन्। तर कौतुहलता लाग्नसक्छ, के यिनीहरू घुम्न आएका हुन् त? उत्तर छोटो छ, होइनन्। व्यापार गर्ने निहुँमा नेपाल भित्रिएका यिनीहरू विदेशी लत्ताकपडा तथा अन्य खाद्यवस्तुको व्यापार गर्न भने आएका होइनन्। यिनीहरूको व्यापार हो, देहव्यापार। ठमेलका चार–पाँचवटा होटेलमा कोठा नै भाडामा लिएर महिनौं दिनदेखि बस्दै आएका यिनीहरूको प्रमुख पेसा नै देहव्यापार हो, महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब निरीक्षक शरणविक्रम शाह भन्छन्। ठमेलका कतिपय पर्यटकीय होटलहरू चिनियाँ र रूसीलगायतका विदेशी नागरिकहरूले भाडामा लिएर चलाउन थालेपछि विदेशी युवतीहरूको देहव्यापारका लागि ठमेल क्षेत्रमा प्रवेश भएको हो।

प्रहरी नायब निरीक्षक शाह भन्छन्, ठमेल क्षेत्र डान्स, मसाज युवतीहरूको देहव्यापारमा बढ्दो संलग्नताका कारण बदनाम हुँदैछ। देहव्यापारका लागि महँगो मूल्य असुले पनि खुला रूपमा प्रस्तुत हुने युवतीहरूको संख्या ठमेल क्षेत्रमा मात्र तीन–चार दर्जनजति भएको हुनसक्ने अनुमान गरिएको छ। यिनीहरूका ग्राहक विदेशी पर्यटकभन्दा नेपाली नै बढी भएको कुरा सुन्दा अनौठो लाग्नसक्छ। यी युवतीहरू बसोवास गर्ने होटलमा कार्यरत रायमाझी थरका एक युवकका अनुसार, यिनीहरूका अधिक ग्राहक भनेका व्यापारीदेखि गाडी ड्राइभर र पर्यटक पथप्रदर्शक रहेका छन्। हल्का नेपाली बोल्न जान्ने यिनीहरू देहव्यापार गर्न आउने आफ्ना नेपाली ग्राहकलाई रफ् शब्द प्रयोग गर्न पनि पछि पर्दैनन्। ती युवक भन्छन्, गोरो छाला, स्लिम र राम्री भएकाले हो कि यी विदेशी केटी भनेपछि नेपाली र विदेशीहरू उत्तिकै झुम्मिन्छन्। आफू काम गर्ने होटलमा मात्र कतिजना विदेशी युवती छन् भन्ने कुरामा युवक नै अनभिज्ञ छन्। कहिले तीनजना हुन्छन् त कहिले पाँचजना। लेखाजोखा नै हुदैन कति आउँछन् भनेर। सबैजनाको अनुहार उस्तैउस्तै लाग्छ। दिउँसो भने प्रायः होटलबाहिर निस्किने यिनीहरू कहाँ घुम्न जान्छन् भन्ने कुरामा पनि ती युवक परिचित छैनन्। होटल मालिकले यिनीहरूलाई गेस्टको रूपमा चिनाउने गर्छन्। होटलको कोठा नै भाडा लिएर देहव्यापारलाई पेसाकै रूपमा अपनाउँदै आएका यी युवतीहरू परिचित नेपाली ग्राहकबाहेक अन्यसँग बोल्दै बोल्दैनन् तर विदेशीसँग भने खुलेरै कुरा गर्छन् किनकि उनीहरूको पेसाको विरुद्ध विदेशीहरूले सरकारलाई उजुरी नगरिदिने भएर पनि हुनसक्छ। त्यस्तै, उनीहरू आफूले चिनेको व्यक्तिमार्फत आएकाहरूसँग मात्र देहव्यापार गर्ने गर्छन्।

परिचित व्यक्ति छ भने खुलेरै कुरा गर्ने यी विदेशी युवतीहरूले कतिपय दलालमार्फत फोन गरेरै बोलाउने गरेकोसमेत थाहा भएको छ। प्रनानि शाहका अनुसार विदेशी ग्राहकको खोजीमा कहिलेकाहीं यिनीहरू राजधानीका पाँचतारे होटलसम्म पुग्छन्। होटलको स्ट्यान्डर्डअनुसार शुल्क लिन्छन्। परिचित नेपालीसँग देहव्यापार गर्न पनि अलिक सजग रहने यिनीहरू विदेशीसँग भने सडकमै मोलमोलाइ गर्छन् भन्ने भनाइ प्रनानि शाहको छ। अवैध रूपमा विदेशी युवती लुकेर बसेको आशंकामा एकपटक प्रहरीले एउटा होटलमा छापामार्दा केही युवतीलाई आवश्यक सोधपुछपछि छोडिएको थियो। रेस्टुराँ तथा होटलमा स्टाफका रूपमा आएका ती युवतीहरूको कोठामा समेत प्रहरीले छापामारेको थियो। तर, कोठामा त्यस्तो कुनै शंका लाग्दो प्रमाण फेला नपरेपछि यत्तिकै छोडेको थियो। कतिपय युवा भने हिजोआज ठमेललाई विदेशी माल पाइने स्थानका रूपमा चिनाइरहेका छन्। ठमेलका रात्रि व्यवसायी दीपक गुरुङ टु पिसको डान्सलाई नांगो नाच भन्ने सरकारले विदेशी युवतीको खुला देहव्यापारलाई प्रोत्साहन दिएको आरोप लगाउँछन्। विदेशी नागरिकले चलाएका अधिकांश होटलमा विदेशी युवतीहरू नै छन्। कोही ठोकुवा गरेर भन्नसक्छ– के उनीहरू घुम्न र वेटर काम गर्न नेपाल आएका हुन् त? विदेशी युवतीलाई देहव्यापार गर्न छुट दिने, तर हामीहरूलाई रेस्टुराँ चलाएर खान नदिने वर्तमान सरकारका कारणले नै ठमेल भूमिगत रेडलाइट क्षेत्र बन्दैछ।

जो–कोहीले पनि विदेशी माल भनेपछि ठमेलका होटलमा देहव्यापार गराउने विदेशी युवती सम्झन्छन्, रेस्टुराँ व्यवसायी गुरुङले उल्लेख गरे। एकरातका लागि मात्र उनीहरूले प्रतिव्यक्ति पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म लिने गरेको कुरा भुक्तभोगी नेपालीहरू बताउँछन्। व्यापारिक कारोबारको भिसा बनाएर काठमाडौं छिरेका यी युवतीहरू देहव्यापार गर्नका लागि हेड वेटर भनेर भिसाको म्याद पाउने गर्छन् भने कतिपयले होटल सञ्चालकको सहयोगी भनेर भिसा थप्छन्। लत्ताकपडाको व्यापारसँगै देहव्यापार गर्न पनि विदेशी युवती भित्रिन थालेपछि ठमेलका पर्यटन व्यवसायी चिन्तित देखिन थालेका छन्। ठमेल पर्यटन परिषद्का महासचिव रामशरण थपलिया यो विकृतिको नियन्त्रणका लागि सरकारसँग सहकार्य गर्ने तयारी परिषद्को रहेको बताउँछन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger