पाठ्यक्रममै यौनशिक्षा राखिनुपर्ने माग राख्दै देशभर अभियान सुरु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पाठ्यक्रममै यौनशिक्षा राखिनुपर्ने माग राख्दै देशभर अभियान सुरु

पाठ्यक्रममै यौनशिक्षा राखिनुपर्ने माग राख्दै देशभर अभियान सुरु

Written By Unknown on Thursday, October 10, 2013 | 1:17 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नेपाल परिवार नियोजन संघले सघन यौनिकता शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा राखिनुपर्ने माग राख्दै देशभर अभियान सुरु गरेको छ । हालको राष्ट्रिय पाठ्यक्रममा एचआईभी र एड्स एवम् प्रजनन् प्रणालीको विषय बस्तुमात्र उल्लेख गरिएको र सो विषयले सघन यौनिकता शिक्षाको एक सानो अंशलाई मात्र समेटेको भन्दै यो अभियान सुरु गरिएको हो । सघन यौनिकता शिक्षाले यौन तथा प्रजनन् अधिकार, यौन तथा प्रजनन् स्वास्थ्य, लिङ्ग, लैङ्गिकता, यौन, यौनिकता, यौन शोषण, हिंसा, आनन्द, यौन अधिकार र सम्बन्धलाई समेट्ने भएकोले किशोर अवस्थादेखि नै यसको ज्ञान लिन आवश्यक भएको विज्ञहरु बताउँछन ।

sex1विषेशगरी यौन समस्याका कारण मानिसमा उत्पन्न हुने हिनताबोधको भावना, उमेरसंगै आउने शारिरिक परिवर्तनका बेला आउने समस्या, यौनकै कारण हुने हिंसा, आत्महत्या तथा बलात्कारको अन्त्य गर्न सघन यौनिकता शिक्षा अपरिहार्य आवश्यकता रहेको संघका इलामका युवा संयोजक सुदिप श्रेष्ठले बताए । संघले इलामका पनि सञ्चारकर्मीहरूका लागि आयोजित कार्यशालामा यो जानकारी दिइएको हो । जिल्लाका तीस जना सञ्चारकर्मी सहभागी रहेको कार्यशालामा सघन यौनिकता शिक्षालाई पाठ्यक्रममा राख्न सरकारलाई नैतिक दवाव दिन इलाम र फिक्कलमा हस्ताक्षर अभियान पनि सञ्चालन गरिने जानकारी दिइयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger