फेसबुकलाई लाईक नगर्नुका कारणहरू - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » फेसबुकलाई लाईक नगर्नुका कारणहरू

फेसबुकलाई लाईक नगर्नुका कारणहरू

Written By Unknown on Tuesday, October 8, 2013 | 6:36 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 कुनै पनि फिल्म व्यवसायिक रुपमा हिट हुनका लागी त्यसलाई दर्शकको साथ चाहिन्छ । जब हलसम्म दर्शक तानिन सक्दैनन्, त्यसको जतिसुकै चर्चा परिचर्चा भएपनि त्यसलाई व्यवसायिक रुपमा हिट मान्न सकिँदैन । पछिल्लो समय निकै हल्ला र तामझामका साथ प्रदर्शनमा आएको फिल्म हो ‘फेसबुक’ । निर्माण पक्षले भनेको आधारमा भन्ने हो भने यो प्रदर्शनमा आउनुभन्दा अगाडी देखि नै दर्शकहरुको ‘मस्ट अवेईटेड’ फिल्म हो । संसारभर सबैभन्दा चल्तीमा रहेको सामाजिक संजालको नामलाई टाईटल बनाएर बनाईएको फिल्म प्रदर्शन अगाडी जति चर्चामा थियो र, दर्शकले मन पराउने अनुमान गरिएको थियो तर नतिजा ठ्याक्कै अनुमान भन्दा विपरित निस्कियो ।

राजेश हमाल, झरना थापा, सुवास थापा, स्वतन्त्र प्रताप शाह, विल्सन विक्रम राई, सुनिल थापा, मार्टिन खान, अनुराग मान सिंह कुवँर, सुमन गैरे लगायतका दुई पुस्ताको भिड रहेको फिल्मले प्रर्दशनमा आएपछि दर्शकको साथ पाएन । प्रचारप्रसारको हिसाबले जताततै फेसबुकमय बनाए पनि त्यसले दर्शकहरुलाई हलसम्म किन तानेन त ? यहि प्रश्नले अहिले नेपाली फिल्म उधोगलाई गर्माएको छ । फिल्म प्रदर्शन भएपश्चात माउथ पब्लिसिटीले दर्शकलाई हलसम्म तानेन भने त्यो फिल्म राम्रो नभएको बुझिन्छ तर चर्चा र परिचर्चा भए अनुरूप फेसबुकले ओपनिङ कलेक्सन बेजोड गर्ने अनुमान लगाईएको थियो तर सबैको अनुमान नराम्रोसँग नै फेल खायो । फिल्मले न ओपनिङ कलेक्सन राम्रो गर्‍यो न त्यसपछिका दिनमा दर्शकलाई हल सम्म तान्न सक्यो ।

‘फेसबुक’ मा सोचेजस्तो दर्शक हलसम्म नतानिएको देख्दा हामीले एउटा कुरा बुझ्न सक्छौँ कि फिल्म हिट हुनका लागी धेरै प्रचारप्रसार पनि घातक हुनसक्छ है ! सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘फेसबुक’ मा लाईक बटन नभएरै दर्शकले ‘लाईक’ नगरेका भने पक्कै होईनन् । किनकी फेसबुक अथवा फिल्म यी दुवैमा लाईक र कमेन्ट गर्ने सुविधा संगै जोडिएर आएको हुन्छ । यद्यपी मार्क जुकरवर्गको सामाजिक संजाल ‘फेसबुक’ नेपालीहरुमाझ जति चर्चित छ सुरज सुब्बा निर्देशित फिल्म ‘फेसबुक’ ले त्यसको एक छेउ पनि छुन सकेन । ‘फेसबुक’ फिल्मलाई लग इन गर्न नै दर्शक हलसम्म नतानिनुको केहि कारणहरु समिक्षात्मक रूपमा हामीले खोतल्ने प्रयास गरेका छौं ।

१. आफ्नै होम प्रोडक्शनको फिल्म भएकै कारण झरना थापा ‘फेसबुक’ मा बढि नै हावी भईन् । फिल्मको कथा उनकै वरीपरी घुमे पनि पुरानो पुस्ताकी यि नायिका अलि बढि नै दर्शक माझ आउन खोजिन् । फेसबुकबाट धनी एनआरएन केटो पट्याउने, त्यसलाई किड्न्याप गर्ने र टन्न पैसा कमाउने महत्वकांक्षा पाल्ने चरित्रमा देखिएकी झरना फिल्ममा बढि हावी हुनु नै ‘फेसबुक’बाट दर्शक टाढिनुको एउटा कारण हो । झरना थापालाई नेपाली फिल्मका दर्शकहरुले एक दशकभन्दा अगाडी देखि नै विभिन्न रुपमा देखिसकेका छन् ।  नेपाली दर्शकलाई झरना थापाले गर्ने एक्टिङ, बोल्ने डाईलग, नाच्ने शैली लगभग कण्ठ भैसकेको हुनुपर्छ । फिल्ममा रहेका राजेश हमाललाई आउटडेटेड ठानेर प्रचारप्रसारमा नल्याएको युनिटले झरनालाई मिडियाबाजी गराएर सबैभन्दा ठुलो गल्ती गरेको अनुमान लगाईएको छ । नेपाली फिल्ममा नयाँपन खोजिरहेको दर्शकले झरनालाई पुरानै झरनाको रुपमा ‘फेसबुक’ मा पाए । जबकी ‘फेसबुक’ टिमले फिल्ममा रहेका सुवास थापा, स्वतन्त्र प्रताप शाह, विल्सन विक्रम राई, मार्टिन खान, अनुराग मान सिंह कुवँर लगाएतका नयाँ कलाकारहरुलाई प्रोमोमा विशेष स्थान दिए पनि मिडियामा झरनाकै प्रचार बढि गर्‍यो । जुन प्रचार फिल्मको लागी घातक बन्न पुग्यो ।
२. दर्शक हल सम्म नतानिनुको अर्को प्रमुख कारण फिल्मको नाम नै हो कि भन्ने अनुमान पनि लगाईएको छ । रातदिन फेसबुकमा झुण्डिएर वाक्क दिक्क भएका दर्शकहरूलाई यो नामले नै असर गर्‍यो कि भन्ने समिक्षा गरिएको छ । जसरी शुरूवातमा फेसबुकको क्रेज थियो अहिले त्यो बिस्तारै कम हुँदै गएको छ । कतिले त फेसबुकको नाम नै आफ्नो लागि ह्याङ भएको भन्ने गरेका छन् जसको प्रत्यक्ष असर यो फिल्मलाई पुगेको हुनसक्छ ।


३. ‘बाटो मुनीको फुल’ बनाएर चर्चाको शिखरमा पुगेका निर्देशक सुरज सुब्बा 'नाल्बो' ले दोस्रो फिल्म सायदबाट राम्रै तारिफ पाए । उनले पाएको त्यहि नाम यो फेसबुकमा राम्रोसँग प्रयोग गर्न सकेनन् । दुई फिल्म 'मेरो भ्यालेनटाईन' र 'प्रमिश' लाई बढि समय दिएकाले सुरज फेसबुकबाट टाढा भए । निर्माण पक्षका अनुसार उनले पोस्ट-प्रोडक्सनमा पनि मन लगाएर समय दिन सकेकन् जसले गर्दा फिल्म केहि फितलो हुनपुग्यो । नेपाली दर्शकले सहजै अनुमान लगाउन सक्छन् कि ‘बाटो मुनीको फुल’ र 'सायद' मा सुब्बाले जति दु:ख गरे त्यस्तो खालको दु:ख गराई ‘फेसबुक’ मा देखिँदैन । ‘फेसबुक’ को प्रचारप्रसारमा समेत सुब्बाले त्यति समय दिएनन् । जसको प्रत्यक्ष असर फिल्मले अहिले भोग्दैछ ।


४. फिल्मको नाम चाँहि फेसबुक राख्ने तर प्रचारप्रसार गर्ने शैली चाँहि पुरानै । टिभीमा प्रोमो बजाउने देखि शहरका चोक-चोकमा ठुला-ठुला ब्यानर राखेर प्रचारप्रसारमा उत्रिएको ‘फेसबुक’ टिमले नामलाई त टाईटल बनाएर उपयोग गर्‍यो नै तर प्रचारप्रसारको लागी सामाजिक संजाल फेसबुकको त्यति उपयोग गरेका पाईएन । भलै, फिल्मका एकादुई कलाकारले फिल्मको प्रोमो र पोस्टर आफ्नो फेसबुक वालमा पोस्ट गरे पनि त्यसले नेपालका फेसबुक प्रयोगकर्ताहरूलाई तान्न सकेन । अर्को कुरा फिल्म चल्नलाई त्यसको गीतसंगीतको महत्वपूर्ण हात हुन्छ त्यो फेसबुकमा देखिएन । फिल्ममा रहेका दुई गीतमा सिंगापुरका सुन्दर स्थानलाई कैद गरेपनि संगीतले दर्शकको ध्यान तान्न सकेन जसको असर अहिले प्रदर्शनमा देखिएको छ ।

५. फेसबुक फिल्म नचल्नुको अर्को कारण भनेको अन्य नेपाली फिल्महरुको प्रस्तुतीकरणसंग पनि जोडिएको छ । र चपली हाईट पछि युवादर्शकको ध्यान केन्द्रित गर्न सायद आयो । त्यो फिल्मले दर्शकको ध्यान तान्यो पनि तर लुट र सायदकै शैलीको फेसबुक प्रोमो सञ्चारमाध्यममा छायो । त्यहि हुलमा मिसिएर आएको फेसबुकलाई पनि दर्शकले फरक देखेनन् । फेसबुक फिल्म राम्रै बनेको भएपनि नेपाली फिल्म हेर्ने दर्शकहरुले त्यसलाई अरुकै दाँजोमा राखे र हलसम्म पुगेनन् । धेरै नराम्रो भएको ठाउँमा एउटा आएर राम्रो हुँ भन्यो भने पनि त्यसलाई नपत्याउनु दर्शकको स्वभाव हो । दर्शकले नेपाली फिल्मलाई हेर्ने नजर एउटै भैदियो । जबसम्म नेपाली फिल्महरु धेरै मात्रामा राम्रो बन्दैनन् हरेक हप्ता फेसबुकजस्ता फिल्म फ्लप भएर हलबाट उत्रिन्छन् ।

६. अन्तिम कुरा, जुन आशा लिएर निर्माण पक्षले आफ्नो फिल्मको नाम चर्चित सामाजिक संजालको नाममा बनायो त्यहि सामाजिक संजाल नै फिल्मको लागी अभिशाप बन्यो । जब फेसबुक फिल्म हलमा हेरेर दर्शकहरु फर्किए उनीहरुले सामाजिक संजाल फेसबुकमा धमाधम फिल्मको बारेमा नराम्रो कुराहरु मात्रै पोस्ट गरे । ‘माउथ टु माउथ पब्लिसिटि’ को लागी अहिले फेसबुक सबैभन्दा द्रुत माध्यम बनेको छ । सामाजिक संजाल र पत्रपत्रिकामा आएका समिक्षाहरूमा ‘फेसबुक’ लाई नराम्रो भने पछि फिल्म हेर्नु पर्छ है भनेर सोँच बनाए पनि दर्शकले हल तर्फ आफ्नो पाईला डोर्‍याउन सकेनन् ।

‘फेसबुक’ मा दर्शक नदेखिएपछि अहिले नेपाली फिल्म वृत्तमा एउटा गम्भिर प्रश्न खडा भएको छ । नेपाली दर्शकलाई आखिर चाहिएको फिल्म कस्तो हो ? यो फिल्म क्षेत्र हाँकिरहेका व्यक्तिहरुका लागी फिल्म निर्माण र बजार व्यवस्थापन ठुलो चुनौती भएर अगाडी तेर्सिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger