सेक्सको भोको छैन : अञ्जु पन्त - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सेक्सको भोको छैन : अञ्जु पन्त

सेक्सको भोको छैन : अञ्जु पन्त

Written By Unknown on Tuesday, October 8, 2013 | 6:33 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
पाश्र्व गायिका अञ्जु पन्तले राष्ट्रिय मासिक म्यागेजिन मिरर न्यूज मार्फत जीवनका भोगाईहरु सार्वजनिक गरेकी छिन् । मिरर न्यूजमा गायिका अञ्जु पन्तका बारेमा प्रकाशित केही अंश फिल्मीखबरले अपलोड गरेको छ ।

एकोहोरो प्रेमीलाई जेल पठाइयो
म रियाजमा मस्त हुन्थें, मेरो वरीपरी बस्नेहरु मन्त्रमुग्ध भएर सुनिरहंन्थे । विस्तारै विस्तारै उनीहरु मध्ये केही त मेरो पछि नै लाग्न थाले । यतिसम्म की ईन्सीच्यूटमै धर्ना दिएर बसिदीने, घर जाँदा पनि सँगसँगै लाग्ने । उनीहरुको व्यवहारले मलाई डरमर्दो हुन्थ्यो । त्यसमध्ये त एक जना मैले रेक्सपेक्ट गर्ने, म भन्दा सिनियर पनि हुनुहुन्थ्यो । मैले हार्मोनियम बजाएर रियाज गर्दा, उहाँ यति मोहित हुनुभएछ कि पछि लागेर हैरान पार्नु भयो । प्रेम प्रस्ताव नै राख्नु भयो । उहाँको रेक्सपेक्टले गर्दा पनि बोल्थें तर प्रेम प्रस्ताव नै राखेपछि मलाई डर लाग्थ्यो । मैले धेरै सम्झाएँ, अरुले पनि सम्झाए तर सम्झिनै नसक्ने भएपछि उहाँलाई थुनामा पठाउनु पर्यो । प्रहरीबाट चुटेपछि मात्रै उहाँले गल्ती स्विकार्नु भयो । र, त्यस्तो हर्कत पनि छाड्नु भयो । यस्ता घटना त अहिले झन् धेरै देखिन्छन् ।

खोला किनारमा गीत गाएर डेटिङ

चार वर्षपछि एक दिन डिल्ली बजारको उकालोमा एक्लै हिडिरहेको देखें । बोलाएँ तर उहाँले सुन्नु भएन । त्यतीखेर उहाँ केही पनि नसुन्ने आफ्नै पारामा एक्लै हिड्ने स्वभावको हुनुभएको रहेछ । लामो समय पछि भेट भएको थियो । केही बेर गफियौं र त्यही भेटेदेखी हामी निकट पनि भयौं । हामी नजिकका थियौं तर एकले अर्कालाई प्रेम प्रस्ताव राखेनौं । सँगै घुम्न पनि जान्थ्यौं । हाम्रो डेटिङ स्पट कुनै खोलाको किनारमा हुन्थ्यो । मलाई किनारमा बसेर गाउन एकदमै मज्जा लाग्छ । कलकल पानीको तालसँगै गीत गाउँदा म आनन्दित फिल गर्छु । स्वयम्भू छेउको खोला किनारमा घण्टौं बस्थ्यौं । सुन्दरी जल पुग्थ्यौं । मैलैं गाउँदा उहाँ सुन्नु हुन्थ्यो, उहाँले गाउँदा म सुन्थें । मलाई खुसी पार्न उहाँ खाजामा चिकेन मःम ल्याउनु हुन्थ्यो । यत्रो महंगो मःम ल्याउनु पर्ने ? वाइवाइ चाउचाउ ल्याएको भए भैहाल्थ्यो नि ! भन्दै म चाहि गाली गर्थें । एउटा वाइवाइ चाउचाउ आधा आधा खाँदा पनि एकदम खुसी हुन्थ्यौं । धेरै वर्ष पछि लागेर उहाँले आँट गर्दा पनि नभएको कुरा दुई महिनाको पछिल्लो भेटमै भयो । उहाँ मलाई राम्रो लाग्न थाल्नु भयो । र, दुई महिनाको प्रेम सम्बन्ध पछि हामी बिहे गर्ने निधोमा पुग्यौं ।

लभ चल्दा नै झापड हानेर बेहोस बनाए

शंकै शंकाबाट सुरु भयो हाम्रो जीन्दगी । बिहे भएको केही दिन देखी नै उहाँले मलाई पिट्न थाल्नु भयो । हुन त उहाँले बिहेअघि पनि पिटेर बेहोस् पार्नुभएको थियो । सामान्य विवादमा ठमेलको बिच बाटोमै मलाई जोडले थप्पड हान्नु भयो । म त बेहोस पो भएछु । पछि उहाँले नै ट्याक्सीमा हालेर घर पुर्याउनु भएछ । म होसमा आएपछि उहाँले 'आइ लभ यू', 'सरी' भन्नुभयो । मेरो कोमल मन पग्लिहाल्थ्यो । अहिले पछुतो लाग्छ, त्यतीबेला मैले त्यो झापडको जवाफ दिएको भए आज यो दिन देख्नु पर्दैन्थ्यो होला । मैले अनुभव गरें, केटा मान्छेको हात एकपटक उठेपछि त्यसलाई रोकेन भने उठेको उठ्यै गर्दौरहेछ ।

पटक पटक मर्न खोजें

एकपटक सुत्केरी भएको २२ दिनमै नानाभाती शंका गरेर मनोजजीले झगडा गर्नुभयो । धेरै सम्झाएँ तरपनि केही चलेन । एकदमै दिक्क लाग्यो । अनि, रूंदै चुलेसीले आफ्नै हात काटें । त्यो खत अझै मेटिएको छैन । विभिन्न कार्यक्रममा तय भइसकेको हुन्छ, पिटाइले अनुहारभरी दाग हुन्थ्यो । त्यसरी पनि कुट्ने हो त ? आँखा सुनिदा चस्मा लगाएर गाएकी छु । हङकङको कार्यक्रममा त धेरैभन्दा धेरै मेकअप गरेर घाउ लुकाउने कोशिष गरें । सँगै अमेरिकामा भएका बेला मेरो एउटा औंला नै भाँचिदिए । छोरी डेढ वर्षको हुँदा यो मेरो छोरी नै होइन, कुनचाहीं को हो भन्दै ग्यासमा लगर झोसिदिए । एकपटक त मर्छु भनेर निद्राको औषधी सात, आठ चक्की खाएँ । तर, निकै बेर भैसक्यो निन्द्रा पनि लागेन र केहि पनि भएन । निद्रा नै नलागेपछि घरमा सबैलाई भनिदिएँ, दिक्क लागेर मर्छु भनेर निद्राको औषधि खाएको केही पनि भएन । त्यसपछि त आत्तिंदै एक जग पानी खुवाइदिए र भोमिट गराए । त्यसपछि बाँचे । पछि थाहा भयो, त्यो औषधी त ससुराको मानसिक रोगको पो रहेछ ।

छुटिने दिन रातभर कुटाकुट भयो

विदेशमा धेरै कन्सर्टमा जान्थे तर दुवैजना सँगै भने गएका थिएनौं । सँगै जाने उहाँको पनि इच्छा थियो । हामी एकैचोटी सँगै अमेरिका गयौं । त्यहाँ पनि उहाँको स्वभाव फेरिएन, झगडा गरेर मेरो एउटा औला नै भाँचिदिनु भयो । दुई महिनाको कार्यक्रम थियो, म फर्किए उहाँ उतै बस्नुभयो । केही महिनापछि उहाँ पनि फर्कनु भयो । फर्केपछि त झन् दिनरात टर्चर सुरु भयो । अरुको कुरा सुनेर दिनरात नै पिट्न थाल्नुभयो । उहाँसँग छुट्टिनु अघि रातभरि नै झगडा पर्यो । बिहानको चार बजिसक्यो, कुटेको कुट्यै मात्र गर्छन् । तँ किन कुरा बुझ्दिनस् भन्दै घाँटी झ्याँके । सास नै जाला जस्तो भाथ्यो, धन्न छाडे । त्यो दिन त अति नै गरे, मेरो ओठ, गाला सबै सुन्निएको थियो । रिसले मेरो पनि कन्परा घुम्यो । यसै भएन उसै भएन, देब्रे हातले मज्जाले बजाएँ । बेस्सरी मुड्की बजाएकी थिएँ, एक मुड्कीमै उहाँको आँखा रातै भयो । आफ्नो भन्नेबाट घरमै यस्तो हुन्छ भने बाहिरबाट के आश गर्नु ? घरमै दैत्य भएपछि बाहिर सुरक्षित भएर के गर्नु र ? दिनदिनै यस्तो हुन थालेपछि कसरी सँगै बस्नु भन्ने लाग्यो । त्यसअघि मैले ठुलोठुलो घाउचोट लाग्दा पनि लुकाउँथेँ । सहनशीलताको डोरी यति कसियो कि अब चुँडिनै पर्ने भयो । निधो गरेँ, अबचाहिं छाड्छु । र, चार बजे नै दाइलाई एसएमएस पठाएँ, 'दाई तपाईं मेरो घरमा छिटो आउनुहोस् त ।' त्यसपछि अब देखी यसो गर्दिन, प्लिज कसैलाई खबर नगर भन्दै उहाँले लगातार माफी मात्रै माग्नुभयो । दाईले गाडीमा हालेर घर लग्नुभयो । घरका सबै परिवार अंगालो हालेर डाँको छोडेर रुनथाल्नु भयो । त्यसपछि अब त हुँदैन भनेर उहाँहरुले नै डिभोर्स गर्ने निर्णय गर्नुभयो । त्यसपछि हाम्रो सम्पर्क भएन ।

बुढाबुढी हुन् त बर्फीको जस्तो

फुर्सदमा म बर्फी फिल्म पटक पटक हेर्छु । फिल्ममा पात्र बोल्न नसक्ने भएपनि वैवाहिक जीवनमा बाँधिएपछि नमरुञ्जेलसम्म उनीहरुबीच जुन माया र विश्वास छ, त्यो आफूमा कल्पना गर्थें । कति इनोसेन्ट, कति मायालाग्दा, आहाहा...! मेरो पनि त्यस्तै होस् भन्ने चाहान्थे तर, सब भताभुंग भयो ।

सेक्सको भोको कहिल्यै भइँन

बूढासँगै हुँदा चाहि योजनाहरु बनाउँथे । आफै म्यूजिक कम्पनी खोल्ने, इन्स्च्यिूट खोल्ने, कटेज जस्तो घर बनाउने जस्ता सपनाका कुरा गथ्र्यौ । अब मलाई न साथी चाहिएको छ, न जीवननसाथी नै । सेक्सको भोको न म हिजो थिएँ, न आज नै छु । चर्चमा ध्यान गर्न जान्छु । त्यसैले पनि  सेक्स तिर ध्यान जान्न । तर पनि, भोलीको कुरा कस्ले पो के भन्न सक्छ र ? जे पनि हुन सक्छ । एक सेकेन्ड पनि के हुन्छ, कसैलाई थाहा हुँदैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger