नेपाली चलचित्रमा यौनको चटनी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » , » नेपाली चलचित्रमा यौनको चटनी

नेपाली चलचित्रमा यौनको चटनी

Written By Unknown on Sunday, June 23, 2013 | 2:04 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
कुनै बेला नायिका रेखा थापाले लगाएको छोटो कपडा देखेर उनलाई ‘नखरमाउली’ र ‘नक्कली’ को संज्ञा दिने नेपाली समाजले यतिखेर ‘पैसा तिरे पछि जे पनि’ हेर्न पाइने अवस्था आएको छ । ‘छुनलाई होइन हेर्न चाँही पाइन्छ’ भन्दा जिब्रो टोक्ने दाजुभाई दिदिबहिनीहरु हिजोआज चलचित्रको नाममा निला चलचित्रका दृश्य
जस्तै अंशहरु हेर्न बाध्य छन । पछिल्लो समय बजारमा आएका चलचित्रहरुको गीत सुन्दा ‘लुट’ को ‘उध्रेको चोली’ मा अझै ठूलो प्वाल पार्नुपर्ने हो कि जस्तो लाग्न थालेको छ । बिनिता बराल अभिनित चलचित्र चपली हाइट सँगै समग्र नेपाली चलचित्र जगतको हाइट वास्तवमा सांघुरिंदै गएको छ ।
केही यौन केन्द्रित चलचित्रको अर्थोपार्जन देखेर लोभिँदै अधिकांश निर्माता अर्थआर्जन तर्फ उर्लिएका छन । सामाजिक दायित्वलाई कुल्चेर बाध्यतावशः चलचित्रमा यौनको चटनी मिसाइरहेका छन । यति सम्मको मानसिकता बनिसक्यो कि, अब यौन चटनीबिना बनेका नेपाली चलचित्र चल्दै चल्दैनन् । तर यो भ्रम सिवाय केही होइन । समान कथावस्तु र समान परिवेश अंगालेर बनेका चलचित्र भन्दा कथा, धार, परिवेश र अन्तरवस्तुमा नयाँपन ल्याएर चलचित्र बनाइनुपर्छ । जसले नेपाली समाजको चित्रणसँगै आम समुदायको भावनालाई यथार्थताको अनुभूति दिलाओस् । यस्तो चलचित्र बन्न सकेमा न दर्शकको अभाव हुन्छ न त यौन दृश्यको नै खाँचो । यौन केन्द्रित चलचित्रमा अभिनित पात्रको क्रेज र चलचित्रको प्रभाव क्षणिक हुन्छ । निर्माता र निर्देशकको गोजीलाई मात्रै आधार मानेर भन्दा यी चलचित्रहरु ‘सफल’ बने तर समग्रमा हेर्दा असफल ।
यस्तो चलचित्र बन्नु हुँदैन भन्नु भन्दा पहिले आखिर किन यस्ता चलचित्रहरु बनिरहेका छन त भन्ने मुख्य कुरो हो । रोग लागेपछि हत्तुहैरान हुंदै उपचारमा लाग्नु भन्दा आखिर रोग किन लाग्यो त ? महत्वपूर्ण कुरा हो । नेपाली चलचित्र जगत यो हालतमा आउनुको विविध कारण मध्ये एउटा हो, सम्वन्धित प्रतिभाबिना यो क्षेत्रमा होमिनु र चलचित्रकर्मीले चलचित्रको मर्म बुझ्न नसक्नु । बेड तताएर चलचित्र खेल्ने/खेलाउने र अनुभवबिना लहलहैको लहरो तान्ने प्रवृति जबसम्म कायम रहन्छ तब सम्म नेपाली चलचित्रले सकारात्मक गति लिन सक्दैन । लहलहै र मजाकका लागि गरिएको कुनै पनि कामले चलचित्र क्षेत्रमा मात्रै नभएर कुनै पनि क्षेत्रमा राम्रो नतिजा दिंदैन । यति मात्रै होइन । यस्तो प्रवृतिको हावी हुँदा सच्चा पात्र र सक्कली प्रतिभाहरु मेटिने प्रवल संभावना रहन्छ । नेपाली चलचित्र र सांगेतिक क्षेत्रमा प्रतिभावाण कलाकारहरु हराउदै जानुको एउटा कारण यो पनि हो ।
जब सक्षम व्यक्तिको अभाव हुन्छ तब त्यहाँ जसो–तसो र पर्छ–टर्छको नीति अँगाल्न थाल्छ । टार्ने उद्देश्यले गरेको कुनै पनि काम गुणस्तर र यथार्थ हुँदैन् । यस्तै भईरहेको छ नेपाली चलचित्र जगतपनि । हचुवा र गन्तब्यहिन तर्फ कुद्न थालेको चलचित्र क्षेत्रलाई सुस्त गतिमा भए पनि सकारात्मक दिशातर्फ लैजान अहिलेबाट प्रयास नथाल्ने हो भने कुनै दिन नेपाली चलचित्र भन्नासाथ नाक खुम्च्याउन नपर्ला भन्न सकिन्न ।
चलचित्र चलाउने बहानामा सामाजिक दायित्व र मर्यादालाई यौनमा घोलिन थालेका छन। निरन्तर ओरालो लागेको नेपाली चलचित्र जगतलाई उकास्ने निहुँमा छाडापन भित्रिन थालेका छन । समय र परिवेशसँगै पाइला चाल्नु सवै भन्दा बुद्दिमानी कुरा हो । तर समयसँग हिड्ने बहानामा उफ्रिन थालेका छन चलचित्र क्षेत्र । ‘हिट’ हुने र कमाउने धुनमा पश्चिमी संस्कृतिको नकारात्मक नक्कल र जवरजस्त प्रवृति भित्रिन थालेका छन । जसले नेपाली सच्चा समाजलाई विकृत उन्मुख बनाउन टेवा पुर्‍याउने निश्चित छ ।
स्मरण होस, चलचित्र क्षेत्र भनेको समाजको ऐना पनि हो । जसले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । समाज हिड्ने बाटो समेत खन्न सक्छ चलचित्रले । एक पृष्ठ समाचारलाई एउटा सानो फोटोले जनाउ दिए जस्तै एउटा चलचित्रले हजारौको आँखा खोलिदिन सक्छ । चलचित्रलाई कम महत्वको ठान्ने र यसलाई केवल मनोरोञ्जनात्मक साधन मात्रै ठान्नेहरुको प्रवेशले समग्र चलचित्र जगत बदनामको यात्रामा लम्किरहेको देखिन्छ ।
यसको अर्थ पुरानै धरातल र पुरानै शैलीका चलचित्र बन्नु पर्छ भन्न खोजिएको भने होइन । समय र परिवेशलाई पछ्याउँदै दर्शकको चाहना र यथार्थसँग नजिक रहेर चलचित्र बनाइनुपर्छ । अरुलाई जे सुकै होस भन्दै आफुले एकैचोटी नाम पनि दाम पनि कमाउ भन्ने प्रवृति त्याग्नु पर्छ । ब्यापारीको मुटु ग्राहक भने जस्तै सिनेकर्मीको मुटु दर्शक हुन । दर्शकलाई अपच खुराक दिनु आफ्नै मुटुमा छुरा हान्नु हो । यो कुरा अझै वुझ पचाएर बस्ने हो भने कुनै दिन कलाकार भन्नासाथ नाक खुम्चाउँनु पर्ने अवस्था पनि आउँन सक्छ । कामना गरौं यस्तो दिन देख्न र सुन्न नपरोस् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger