केटी साथीसँगै हिँड्दा कसैले देख्ला कि भनेर डराउनुपर्ने छैन। खल्तीमा मोबाइल हुनेछ : वेलकम टु प्लस टु - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » केटी साथीसँगै हिँड्दा कसैले देख्ला कि भनेर डराउनुपर्ने छैन। खल्तीमा मोबाइल हुनेछ : वेलकम टु प्लस टु

केटी साथीसँगै हिँड्दा कसैले देख्ला कि भनेर डराउनुपर्ने छैन। खल्तीमा मोबाइल हुनेछ : वेलकम टु प्लस टु

Written By Unknown on Sunday, June 23, 2013 | 2:02 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
स्कुलमा जस्तो टाइट डिसिप्लिन छैन । घरको निगरानी खुकुलो हुनेवाला छ । केटी साथीसँगै हिँड्दा हिजोजस्तो कसैले देख्ला कि भनेर डराउनुपर्ने छैन । खल्तीमा मोबाइल हुनेछ । यी र यस्तैले एसएलसीको आइरन गेट नाघेका १६/१७ वर्षे ठिटाठिटीलाई
रोमाञ्चित बनाएको छ ।
नर्भसै भइन्छ, कलेजको पहिलो दिन क्लास छिर्दा हुने फिलिङ्सबारे कुञ्जन श्रेष्ठ ढुक्क छन्, 'चिनेको कोही छैन, नयाँ ठाउँ छ, त्यस्तोमा के नै बोल्न सकिएला ?' आइरन गेट भनिने एसएलसीको लफडाबाट पार भएका ज्ञानोदय बालवाटिकाका यी विद्यार्थी आफ्ना थप दुई साथीसहित कलेजको खोजीमा भौंतारिइरहँदा आगामी दिनबारे घरी निष्पिmक्री देखिए, घरी गम्भीर बने । 

स्कुलमा जस्तो टाइट डिसिप्लिन छैन । घरको निगरानी खुकुलो हुनेवाला छ । केटी साथीसँगै हिँड्दा हिजोजस्तो कसैले देख्ला कि भनेर डराउनुपर्ने छैन । खल्तीमा मोबाइल हुनेछ । यी र यस्तैले एसएलसीको आइरन गेट नाघेका १६/१७ वर्षे ठिटाठिटीलाई रोमाञ्चित बनाएको छ । हरेक कुरामा वाइल्ड हुन पाइन्छ ।

प्यारेन्ट्सको वाच र मोनिटरिङबाट प|mी हुन पाइने आशामा दंगदास छन् विद्यार्थीहरू । तर बेलाबेलामा कलेजको काउन्सिलिङका क्रममा सुनिने शब्दबाट भने उनीहरू सतर्क हुँदै सम्हालिन्छन् र टाउकोमा हात राख्न थाल्छन् । इन्टरनल एक्जाम, डिसिप्लिन इन्चार्ज, कम्प्लेनजस्ता शब्दले निजन, सिजन र प्रज्वलाको ग्रुप बेलाबेला तनावमा हुन्छ ।

'प|mी हुन पाइन्छ, तर रेस्पोन्सिब्लिटी पनि त थपिन्छ नि,' इमाडोलकी सिजन श्रेष्ठले थपिन् । प्लस वान सकेका पनि अब टुवेल्भ यसै गरेर पचाउन सकिन्छ भन्ने कन्पिmडेन्टमा छन् । 'तर त्यति साह्रो चाहिँ हैन है,' अलि प|mी नै छाड्छन् भन्ने भ्रम हटाउनुको कारण खोल्दै इमाडोलकी सिजन श्रेष्ठले हरबखत निगरानी गरिरहने डीआई -डिसिप्लिन इन्चार्ज) लाई त्यसको कारणका रूपमा उभ्याइन् ।

गेटअपदेखि डे्रसअप, नङदेखि कपालसम्मको हेर्ने डीआईको त्रासले कलेजमा पनि स्कुलको झल्को दिइरह्यो । 'पछि इन्डिभिजुअल्ली हामीलाई चिन्न थालेपछि अलि प|mी छाडिदिनुभयो,' क्यास्पियल भ्याली कलेज परिसरमा भेटिएकी यी १७ वर्षेले दायाँबायाँ हेर्दै भनिन्, 'तर घरमा भने उस्तै ।' प्लस टुसँगै सुरु हुने टेन्सन । अब विस्तारै बढ्छ । बालाजुको जनजागृति माविकी सल्मा रानामगर कलेज ज्वाइन नगर्दै रेस्पोन्सिब्लिटी बढेको फिल गर्दैछिन् ।

'लेभल बढ्दै गएपछि आफूलाई पनि म्यानेज गर्नुपर्ने रहेछ, म हिजोको जस्तो त हुनुभएन नि,' सामुदायिक विद्यालयबाट ८२ प्रतिशत ल्याएकी यी छात्राले भनिन्, 'घरबाट केही स्वतन्त्रता पाइन्छ । तर जिम्मेवार भएपछि मात्रै, नत्र त्यस्तै कहाँ खुला छाड्छन् र ?' तर होमवर्क, असाइनमेन्टजस्ता लफडामा फस्न नपर्ने, घरबाट अलि बढी स्वतन्त्रता पाइने हुनाले प्लस टु अलि रमाइलो हुनेमा उनी आशावादी छन् । 'उमेरअनुसार पनि केही खुला हुनु ठीक हो,' उनले भनिन् । वर्षौंदेखि सँगै पढेका र झगडा गरेर हुर्केका सहपाठीलाई टाढिन सकिन्छ । आजीवन नबिर्सने ती याद सँगाल्दै उनीहरू नयाँ साथीसँग मित्रता गाँस्छन् । इमाडोलकै प्रज्वला शाक्यको अनुभवमा यी दुई थरी साथी गज्जबका हुँदारहेछन् । प्लस टु भन्नासाथ ठिटा होस् या ठिटी आफूलाई 'टु' को कल्पनामा पुर्‍याउँछन् ।

झट्ट हेर्दा विपरीत लिंगीप्रति हुने पहिलो आकर्षणको सुरुवाती कालखण्ड यही हो । एकातिर बाल्यकालीन साथीको रिक्तता र नयाँ साथीको चिनाजानले नयाँ वातावरण रमाइलै हुन्छ । 'स्कुले साथी कहिल्यै बिर्सन नसकिने,' हल्का लजाउँदै प्रज्वला बोलिन्, 'तर कलेजका साथीसँग त्योभन्दा बढी फिलिङ्स सेयर गर्न मिल्ने । सेन्टिमेन्टल कुरामा स्कुले साथीसँग तुलना हुन सक्दैन ।'

किन रे भने मोबाइल र च्याटिङको माध्यमबाट मिल्ने साथीसँग म्याक्सिमम फिलिङ सेयर गर्न मिल्छ रे, जुन स्कुल लेभलमा सम्भवै थिएन । विपरीत लिंगीप्रतिको आकर्षण र अन्य कारणले गर्दा कलेजमा भेटिने साथीले पनि कलेज जीवनलाई रमाइलो बनाउँदा रहेछन् । कलेजमा हुने चक्कर, अफेयर र ब्रेक अपको कुरा सुरु हुनासाथ टुवेल्भ पुगेकाका गाला 'राता' भए ।

स्कुलमा कसैले प्रपोज गरे जुत्ताचप्पल फुकाल्न तयार हुने कलेजमा त्यस्तै शैलीको प्रस्तावमा  झम्टिन जानुको साटो हल्का मुस्कुराउन मन लाग्छ रे । 'कि ओके भन्ने, होइन भने राम्रोसँग उसलाई कन्भिन्स गरेर पठाइदिने,' प्रज्वलाको कुरामा सहमति जनाउँदै सिजनले भनिन्, 'किन बेकारमा झगडा गर्नुपर्ने, ऊ केही नभए पनि राम्रो साथी त हुनसक्छ ।'

कलेजको कुरामा रिलेसनसिपको कुरालाई यस्तो वाइड भएर सोचिँदैन रे । रियाक्सनमा हुने यति ठूलो परिवर्तनको कारक स्कुलको भन्दा वाइड एक्टिभिटिज नै हो, भन्छन् उनीहरू । अलि प|mेन्डली खालको लाग्ने सरले पनि त्यही अनुसार काउन्सिलिङ गर्ने भएकाले सजिलो हुन्छ रे । स्कुलमा हुँदा यस्ता समस्यालाई घर पुर्‍याउने सल्मा अब भने आफैं सल्भ गर्नुपर्ने ठान्छिन् ।

अब किन पनि सजिलो हुन्छ रे भने स्कुलमा सर अलि बढी डरलाग्दा हुन्छन् । उनले सुनेअनुसार तर कलेजमा केही प|mेन्डली हुन्छन् रे । स्कुलको तुलनामा कलेजमा युवायुवतीको रूमानी क्रियाकलाप ह्वात्तै बढ्छ । कलेजमा कहिल्यै केटी साथीहरूसँग नबसेका, लामो गफ नगरेका रोशन लिम्बूलाई क्लासमा कुनै अपरिचित किशोरीसँगै बस्नुपर्दा हुने असजिलोपनले अहिल्यैदेखि टोकिरहेको छ, कमिलाले झंै ।

केटी देख्नासाथ भागिहाल्ने उनी कुम जोडेर पढ्नेहरू, क्यान्टिनमा मःम/चाउमिन सेयर गर्ने सुनेर छक्क छन् । 'पोसिबल नै हुँदैन जस्तो लाग्छ,' भर्खरै जुँगाको रेखी बसेको अनुहार खुम्याउँदै उनले भने, 'भोलि कलेजमा थाहा होला, अहिले छाड्दिनुस् यस्तो कुरा ।' तर आजभोलि सिजन र प्रज्वला यो सबै 'केही होइन' भन्ने फिल गर्छन् ।

आफ्नो म्याच्वर्डनेसन बढ्ने भएकाले यो खालको फिलिङ आउनु सल्मालाई स्वाभाविक लाग्दोरहेछ । 'सुरुमा हाम्लाई पनि कम गाह्रो भाथ्यो,' पोहोर साल सम्भिmँदै प्रज्वलाले भनिन्, 'अहिले केटा साथी र हामीबीच केही फरक छैन, नर्मल लाग्छ ।' कलेज लाइफ स्कुलभन्दा कताकता रमाइलो नै हो । पिकनिक, टुरलगायतमा इन्जोय गर्न पाइन्छ । क्लासमा पनि रमाइलो हुन्छ ।

पोहोरसम्म हातमै मोबाइल हुनेले लुकेर एक अर्कालाई रिङ दिनेदेखि म्यासेज पठाउने गर्थे । पोहोरदेखि क्लासमा मोबाइल ब्यान्ड छ । तर जिस्किन र ठट्टनि आइतबार चाहिँदैन । प्रज्वलालाई डीआई बाहेक अरूसँग खासै डर लाग्दोरहेनछ । 'स्कुलमा जस्तो सरले कुटीचाहिँ हाल्दैनन्,' उनले भनिन्, 'क्लासमा हल्ला वा बदमासी गर्‍यो भने कहिलेकाहीँ किताबले प्याट्ट टाउकोमा हान्छन्, त्यत्ति हो ।'

ज्ञानोदयबाट पास आउट भएको निजनको गु्रपका विन्दास दिन सकिँदैछन् । कलेजमा ब्रोसर तेस्र्याउनेले काउन्सिलिङको गफले उनीहरूलाई दिन भोलि '१२ बज्छ' भन्ने थाहा भइसकेको छ । एसएलसीपछिका झन्डै १०० औं दिन विन्दासपूर्वक बिताएका उनले भने, 'अब कता जाने र कस्तो करियर बनाउने, यही दुई वर्षको पढाइले टुंगो लगाउने हो ।'
- शुक्रबार बाट साभार
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger