नक्कली डीएसपीले सक्कलीलाई संकट - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नक्कली डीएसपीले सक्कलीलाई संकट

नक्कली डीएसपीले सक्कलीलाई संकट

Written By Unknown on Sunday, June 23, 2013 | 2:06 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालका उदण्ड व्यवहारका कारण उनको परिवार मात्र होइन, प्रचण्डका निकटस्थ व्यक्तिहरू समेत संकटमा पर्न थालेका छन्। पछिल्लोपटक   डीएसपीको पोशाक लगाएर नक्कली डीएसपी बनेका प्रकाशका कारण सक्कली
डीएसपीलाई तनाव भएको हो।
प्रकाशले लगाएको डीएसपीको पोशाक प्रचण्डको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका डीएसपी दानबहादुर मल्लको हो। आफ्नो पोशाकको दुरुपयोग गरेको भन्दै डीएसपी मल्ललाई प्रहरी प्रधान कार्यालयले सचेत बनाएको छ।
डीएसपी मल्ल प्रचण्डका विश्वासपात्र हुन्। इन्सपेक्टर हुँदादेखि नै उनी प्रचण्डको सुरक्षामा खटिँदै आएका छन्। तर, प्रकाशले उनको पोशाक लगाएर फोटो खिचेर फेसबुकमा राखेको घटनामा उनले प्रकाशलाई नै दोष दिएका छन्। आफ्नो सहमतिमा नभई कपडा फुकाएर राखेको अवस्थामा प्रकाशले आफ्नो पोशाक लगाएर फोटो खिचेको उनले बताएका छन्।
तनावमा प्रचण्ड परिवार
एमाओवादी अध्यक्ष प्रचण्ड आफ्नो एक मात्र छोराका कारण पटकपटक तनावमा पर्ने गरेका छन्। प्रकाशकै कारण अहिले प्रचण्ड परिवार तनावमा छ। प्रकाशकी माइली श्रीमती सिर्जना त्रिपाठीले एक म्यागजिनलाई अन्तर्वार्ता दिँदै प्रकाश र उनकी आमा सीता दाहालको  पोल खोलेपछि प्रचण्ड परिवार पुनः तनावमा परेको हो। प्रचण्डपत्नी सीता दाहालका कारण आफूले घर छाड्नुपरेको उनको भनाइ छ। ‘माओका त पाँचवटा श्रीमती थिए। मेरो छोराले फेरि बिहे गर्‍यो त के बिग्रियो भनेर मम्मी (सीता दाहाल) मेरो बुबासँग कराउनुभयो। म बाहिरै थिएँ। उहाँ त बुबा(प्रचण्ड) सँगै हिडेको मान्छे। अलिअलि चेन्ज त हुनुपर्‍यो नि। देश बदल्छु भनेर हिँडेको मान्छेको घरमै त्यस्तो समस्या छ। मम्मीको कुरा सुनेर मलाई अचम्म लाग्यो,’ सिर्जनाले अर्न्तवार्तामा भनेकी छन्।
प्रकाशले आफुलाई विभिन्न बहानामा यातना दिएको उनको भनाइ छ। उनले भनेकी छन्, ‘मलाई त भन्न पनि लाज लाग्छ। प्रकाशको मोबाइलमा यस्तायस्ता फोटो देखेँ। बिनासित खिचेका नाँगा फोटोहरू मैले प्रकाशको मोबाइलमा पाएँ। छाँगाबाट खसेजस्तो भएँ म त। प्राकश सगरमाथा चढ्नुभन्दा अगाडिको कुरा हो यो। प्रकाशको मोबाइलमा रहेका त्यस्ता फोटोहरू मैले मम्मी (सीता दाहाल) र गंगा (प्रकाशकी दीदी) दिदीलाई पनि देखाइदिएँ।’
स्रोतका अनुसार सो अर्न्तवार्तापछि प्रचण्ड र सिर्जनाको परिवारबीच सम्बन्ध सुधार्ने प्रयास भएको छ। सिर्जनासँग प्रकाशको छोरासमेत छ। सोही छोराको विषयलाई लिएर समेत अहिले विवाद भइरहेको छ। प्रचण्डले नातिलाई होस्टेलमा राख्ने र त्यसको खर्च बेहोरिदिने प्रस्ताव त्रिपाठी परिवारलाई राखेका छन्। साथै प्रचण्डले सिर्जनालाई फोन गरेर सो विषयलाई मिडियामा नउचाल्न समेत आग्रह गरेको स्रोत बताउँछ।
एमाओवादी नेता पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीसँग पहिलो बिहे गरेका प्रकाशले उनीसँग औपचारिक रुपमै सम्बन्ध बिच्छेद गरेपछि पोखराकी सिर्जनासँग करिब पाँच वर्षअघि बिहे गरेका थिए। तर उनीसँगको सम्बन्ध पनि दिगो हुन सकेन। सिर्जनाको पूर्वप्रेमीसँगको सम्बन्धका कारण उनीसँग आफ्नो सम्बन्ध दिगो हुन नसकेको प्रकाशको दाबी छ। हालै एक अनलाइनमार्फत उनले सो कुरा बताएका हुन्। तर, ती पूर्वप्रेमी को हुन् भन्नेबारे भने बताएका छैनन्।
त्यसपछि प्रकाश अखिल क्रान्तिकारीकै एक नेतासँग बिहे गरेकी बीना मगरसँग नजिकिएका हुन्। पहिलेदेखि नै बिनासँग उनको सम्बन्ध भए पनि सगरमाथा आरोहरणको क्रममा उनीहरूका चर्तिकला छताछुल्ल भए। आरोहरणबाट फर्किएपछि उनीहरूको सम्बन्धको हल्ला चलेसँगै दुवै जनाले भागेर बिहे गर्ने निर्णय गरेका थिए। केही समय भारतमा बसेपछि प्रकाश बीनासहित स्वदेश फर्किसकेका छन्। तर, बीनालाई प्रचण्डको लाजिम्पाट दरबारमा भने प्रवेश गराइएको छैन। बीनालाई उनले फ्ल्याटमा राखेको स्रोत बताउँछ। प्रकाश बीनालाई भेट्न हिँड्दा मास्क लगाएर अजय सुमार्गीले किनिदिएको कार लिएर हिँड्ने गर्दछन्।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger