दिनदिनै यौनसम्पर्क गर्दा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » दिनदिनै यौनसम्पर्क गर्दा

दिनदिनै यौनसम्पर्क गर्दा

Written By Unknown on Sunday, June 23, 2013 | 2:08 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

म २३ वर्षिय युवक हुँ। मैले विवाह गरेको एक वर्ष भयो। हामी दुवैले सन्तान जन्माउन भनी यौन सम्पर्क गर्‍यौं, तर दिनमा ४ पटकसम्म यौनसम्पर्क गर्दा
पनि बच्चा भएको छैन। यसरी दिनदिनै यौनसम्पर्क गर्दा पछि अप्ठयारो त पर्दैन ?      

एस.

बच्चा पाउन के-के हुनुपर्छ ?

गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ। सामान्य रूपमा भन्नुपर्दा गर्भधारणका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा आवश्यक छ। यौनसम्पर्कका बेलामा पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन्। त्यहाँ परिपक्व भएको डिम्ब असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ। यसरी मिलन हुने प्रक्रियालाई निषेचन भनिन्छ। यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ।

सन्तान जन्माउन नसक्नुको कारण

सन्तान जन्माउन गर्भधारण हुनुपर्छ। गर्भधारणका लागि यौनसम्पर्क, वीर्यस्खलन, डिम्ब निष्कासन, डिम्ब निषेचन अनि डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ। सफल गर्भधारणपछि भू्रण विकसित हुँदै सन्तानका रूपमा जन्मन्छ। सन्तान जन्माउने यी सबै कुराको बीचमा तालमेल आवश्यक छ। छोटो समयमा धेरै पटक वीर्य स्खलन गर्दा प्रतिमिलिलिटर वीर्यमा शुक्रकीटको संख्या तुलनात्मक रूपमा कम हुने भएकाले कहिलेकाहीं गर्भधारण गराउन केही गाह्रो हुने कुरा गरिन्छ, तर पर्याप्त मात्रामा स्वस्थ वीर्य भएको व्यक्तिको हकमा यसैलाई कारण मान्नु मनासिब नहोला।

गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहेर एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु उपयुक्त हुन्छ। सन्तान जन्माउन नसक्नुको केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ। त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन्। करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन।

शरीरमा कतिपय हार्मोनको गडबडी हुँदा पनि सन्तान उत्पादन गर्न नसक्ने भइन्छ। केही परिस्थितिमा मानसिक कारण पनि जिम्मेवार देखिएको छ। महिलाको प्रजनन अंगसँग सम्बन्धित विकारहरूका कारण सन्तान जन्माउन नसक्ने हुनु सबैभन्दा प्रमुख कारण हो। पाठेघरभित्र मासु बढ्ने, पाठेघरको भित्री तहको खराबी वा संक्रमण -जस्तै टी.बी.) वा अन्य खराबी भए पनि सन्तान जन्मन नसक्ने हुन्छ। विभिन्न कारणले डिम्बवाहिनी नलीमा संक्रमण भए यो नली बन्द हुन सक्छ। यो नली बन्द भए डिम्ब तथा शुक्रकीटको मिलन हुन सक्दैन। कतिपय यौन रोग डिम्बवाहिनी नली बन्द हुनुको प्रमुख कारक हुन्। निःसन्तान महिलाहरूमा हुने कारणलाई केलाएर हेर्ने हो भने पाठेघरको मुखसँग सम्बन्धित खराबीहरू गर्भधारण हुन नसक्नुका कारण हुन्छन्। कतिपय जटिल दीर्घरोग वा कडा शारीरिक रोगहरूका कारणले सन्तान जन्माउन सक्ने क्षमतामा नकारात्मक असर पर्छ।

वीर्य परीक्षण किन ?

कुनै व्यक्तिमा सन्तान जन्माउने क्षमता छ-छैन भनेर पत्ता लगाउन विभिन्न किसिमको परिक्षण गर्नुपर्ने हुन्छ। महिलामा जटिल परीक्षण सुरु गर्नुभन्दा पहिले पुरुषको वीर्यमा शुक्रकीटको परीक्षण गर्नुपर्छ। किनभने वीर्य परीक्षणमा पर्याप्त मात्रामा शुक्रकीट नै नभएको स्थितिमा गर्भ रहने कुरै भएन। यस्तो अवस्थामा महिलामा जटिल परीक्षणहरू गरिरहने आवश्यकता नै पर्दैन, अनि दम्पतीले सन्तानको रहर पूरा गर्न अन्य उपायजस्तै कृत्रिम गर्भधारणका बारेमा विचार गर्न सक्छन्।

वीर्यमा शुक्रकीटको संख्या कम भएकै हो त ?

पुरुषको चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ, जसलाई हामी वीर्य भन्छौं। यही वीर्यमा नै शुक्रकीट हुन्छन्। एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर -५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ। वीर्यमा हुने शुक्रकीटको संख्या सधैं एकनासको नहुन सक्छ। शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रतिमिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ। हामीले देख्ने वीर्यको सानो अंश मात्र शुक्रकीटको मात्राले ओगटेको हुन्छ। शुक्रकीट निकै साना हुन्छन््। प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ। सामान्यभन्दा कम शुक्रकीट हुनुलाई संख्या कम भएको भन्न सकिए पनि चिकित्सकीय दृष्टिकोणले शुक्रकीट कम भएको भन्न प्रतिमिलिलिटर  २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ। अहिले त २ करोडसम्मलाई सामान्य मान्न थालिएको छ।

डा. राजेन्द्र भद्र , साप्ताहिक बाट
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger