केटीहरुलाई इम्प्रेस गर्ने उपाय - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » केटीहरुलाई इम्प्रेस गर्ने उपाय

केटीहरुलाई इम्प्रेस गर्ने उपाय

Written By Unknown on Sunday, June 23, 2013 | 2:11 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
आफूले त एउटीलाई पनि प्रभाव पार्न सकेको छैन। अब के गर्दा प्रभाव पर्छ भन्नु र ? उनीसँग राम्रोसँग बोलिएन कि ? उनको परिवारसँग सम्बन्ध राखिएन कि ? उनको अगाडि सोझो भएर हिंडिएन कि ? केटा पैसावाला छ र युरोपतिर गएको छ भने
त्यत्तिकै प्रभाव पार्न सकिन्छ। कुनै नियमको जरुरत छैन।
भरत शाह
केयर र लभ नै हो।
गोविन्द अमर्जा
छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेढी भनेजस्तै हो। युवतीहरूमा प्रभाव जमाउन दाम भए पुग्छ, अरू कुराको आवश्यकता पर्दैन।
प्रसान थापा

युवतीहरूमा प्रभाव जमाउन हाँसेर तथा हल्का मुस्कुराएर बोल्ने। सहज तरिकाले कुरा गर्ने ताकि उनीहरूको मनमा मीठो प्रभाव छाड्न सकियोस्। युवतीहरूका लागि युवकको मुस्कान नै पर्याप्त हुन्छ।
कुमार केसी
असल एवं प्रभावशाली व्यक्तित्व, राम्रो आचरण, साधारण तर शिक्षित, जागिर भएको, राम्रो पारिवारिक पृष्ठभूमि, यस्ता गुणहरू हुने हो भने युवतीहरूमा सहजै प्रभाव जमाउन सकिन्छ।
साजन गुरुङ
आजभोलि पल्सर बाइक र स्मार्टफोन त साथमा हुनैपर्छ। यति भए केटीहरूको लाइन लाग्छ। पहिलेजस्तो इमानदार हुने जमाना छैन। युवतीहरूलाई आफ्नो बनाउन गाह्रो छ।
विजय वानेम लिम्बू
केटीहरूको प्रशंसा गर्ने, नम्र रूपमा प्रस्तुत हुने।
कृष्णमान तामाङ, अनुपम

त्यो त युवतीअनुसार हुन्छ। कसैलाई पैसावाल चाहिन्छ, कसैलाई ह्यान्डसम चाहिन्छ त कसैलाई इमानदार।
खडक थापामगर
उनीहरूको इज्जत गर्नुपर्छ, माया गर्नुपर्छ, मृदुभाषी हुनुपर्छ। आफ्नो व्यक्तित्व पनि असल हुनुपर्छ।
सुन्दर भट्ट
खै, के भन्नु ? युवतीहरू युवाको स्टाइल अनि शारीरिक संरचनामा ध्यान दिन्छन् जस्तो लाग्छ।
विजय चेम्जोङ
युवतीहरूलाई प्रभाव पार्न कि त आफू सुन्दर हुनुपर्‍यो, कि त क्षमतावान् हुनुपर्‍यो। त्यो पनि छैन भने गफ गर्न सिपालु हुनुपर्छ।
फ्रयागरेन्स नेपाल
खै आफूले त केही गरेजस्तो लाग्दैन। तैपनि लभ परिगयो त।

विनोद नेपाल

बाइक र पैसा भए केटीहरू पट्टिहाल्छन् नि।
खेमराज घले
पैसा हो, पैसा। पैसा भएपछि केही गर्नु पर्दैन। युवतीहरू आफैं पछि लाग्छन्।
पि्रन्स एभरेस्ट
प्रेम र केयर नै हो।
भिजन केसी
व्यक्तित्व राम्रो हुनुपर्‍यो। युवतीहरू आफैं पछि लाग्छन्।
निशान्त डिसी
रफ गेट अप भएका केटाहरूलाई युवतीहरू बढी चाहन्छन्।
मुकेश आर्यन

केटीहरूको सुन्दरताको प्रशंसा गर्नुपर्छ। उनीहरूले भनेको बेलामा समय दिनुपर्छ, भनेको सामान ल्याइदिनुपर्छ। जाँड, रक्सी, चुरोट खानु भएन। सुन्दर अनि सफा भएर हिंड्नुपर्छ। साथमा पल्सर बाइक हुनुपर्छ। त्यति भए प्रभाव परिहाल्छ नि।

मोहन दर्शनधारी

यो प्रश्न त युवतीहरूसँग पो सोध्नुपर्छ।
दीपक मगर
युवतीहरू आफ्नो प्रशंसा चाहन्छन्। उनीहरूको मुड एवं परिवेशअनुसार प्रशंसा गर्न सक्नुपर्छ। उनीहरूले मागेको समय र उनीहरूको इच्छा मिले सम्म पूरा गर्नुपर्छ।
नवीन परियार
आफू त लभ नपरेको मान्छे परियो। कसरी युवतीलाई प्रभाव पार्ने ? जानेकै छैन।
जनक खड्का
जानेको भए त प्रयोगमा ल्याइहालिन्थ्यो नि।
दिनेश दाहाल
पैसा र बाइक भए त युवतीहरू पछि लागिहाल्छन् नि। के गर्नु, आफू त गरिब परियो।
सुमन अधिकारी
आफूले त अहिलेसम्म कसैको मन जित्न सकेको छैन। बरु केही उपाय छ भने पाउ“m न।
कमल चौलागाईं
अचेलका युवतीहरू पैसावाल केटा खोज्छन्। पैसा र बाइक भए युवतीहरूलाई अरू केही चाहिँदैन।
रञ्जन तामाङ
खोइ, मलाई त थाहा भएन।
तर्क शाही

सम्पादकज्यू, तपाइंको विचार सुनाउनुस् न बरु।

विकास लामा तामाङ

यो त सामान्य कुरा हो। युवतीहरूलाई मख्ख पार्न झूटो बोले पुग्छ। अरू केही गर्नु पर्दैन।

विवेक पौडेल

साँचो व्यवहार गर्नुपर्छ।

तेजु बोहोरा
कमाइ राम्रो हुनुपर्‍यो। उनीहरूको प्रशंसा गर्नुपर्‍यो। हँसी-मजाक गर्नुपर्‍यो। अर्को कुरा घर, व्यवहारको कुरा गर्दा युवतीहरू बढी प्रभावित हुन्छन्।
नीरज गुरुङ
म त यो मामिलामा जिरो छु। बरु युवतीहरूलाई प्रभाव पार्न मलाई सिकाइदिनुहोस् न।
गोकुल खतिवडा
अहिलेको जमानाका केटीहरू पट्याउन तीन एम चाहिन्छ- मोबाइल, मनि र मोटरबाइक। यति भए घरमा बूढी छ भन्दा पनि केटीहरू पछि लाग्छन्।
अमृत लामा
यो प्रश्न दुई-चारवटी श्रीमती हुनेहरूसँग सोध्नु राम्रो होला।
सीबी कौशल

युवकको आँखा, आँखाको परेलीमा मुन्द्रा, लामा-लामा केश, अझ खैरो बनाइएको केशमा युवतीहरूको ध्यान जान्छ।

कैलाश कामबाङ

युवतीहरूको प्रशंसा गर्नुपर्छ, उनीहरू प्रभावित हुन्छन्।

सन्दिप यादब

उनीहरूलाई खुसी पार्नुपर्छ। पछि लागिहाल्छन्।
सानु कुमार
आफूलाई त थाहा छैन।
रूपक
मोबाइल, मनी र मोटरबाइक। अहिलेका केटीहरू तुरुन्त प्रभाबित भैहाल्छन् नि।
रोज तामाङ
सबैभन्दा महत्त्वपूर्ण कुरा युवतीहरूको भावना बुझेर अघि बढ्नुपर्छ।
लोकबहादुर
स्मार्ट हुनुपर्छ साथै शारीरिक बनावट राम्रो हुनुपर्छ। मनि, मोटरबाइक अनि मोबाइल पनि साथमा हुनुपर्छ।
राम राइ
टन्न गाँठ चाहिन्छ। उनीहरू आफैं प्रभावित हुन्छन्।
किरण भण्डारी
साभार : साप्ताहिक बाट
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger