हलिउडका 'सेक्सी' सेलिब्रेटीहरू को फेन्ट्यासी' महिलाहरूको सूचीमा नेपाली केटी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हलिउडका 'सेक्सी' सेलिब्रेटीहरू को फेन्ट्यासी' महिलाहरूको सूचीमा नेपाली केटी

हलिउडका 'सेक्सी' सेलिब्रेटीहरू को फेन्ट्यासी' महिलाहरूको सूचीमा नेपाली केटी

Written By Unknown on Sunday, June 23, 2013 | 2:12 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हलिउड, बलिउडतिर नाम कहलिएका सेलिब्रेटीहरूको गतिविधि प्रकाशित हुने बहुराष्ट्रिय पत्रिका 'पिपुल' ले तयार पारेका विश्वका एकसय जना 'फेन्ट्यासी' महिलाहरूको सूचीमा नेपालकी अमृता आचार्य पनि परेकी छिन्। हलिउडका 'सेक्सी' सेलिब्रेटीहरू जेनिफर लरेन्स, मिला कुनिज, केट अप्टन, रिहन्ना, एम्मा
स्टोन, मिरान्दा केर, क्रिस्टन स्टेवार्ट, जेसिका गोम्ज, जेसिका पेर तथा मिखेल जेन्के क्रमशः एकदेखि दशस्थानसम्म रहेको उक्त सूचीमा विख्यात महिला सेलिब्रेटीहरू एन्जिलिना जोली, केट विलिम्स, नताली पोर्टम्यान, ऐश्वर्या राय आदिसँगै अमृता आचार्य ९४औं स्थानमा छिन्।

भारतीय अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले आफ्नो वेबसाइटमा '९९ फेन्ट्यासी वुमेन' शीर्षकमा पिपुल म्यागजिनको लिंक राखेको छ। जहाँ सय जना महिला सेलिब्रेटीको तस्बिर ग्यालरी छ। एचबीओ च्यानलबाट प्रसारण हुने लोकपि्रय धारावाहिक 'गेम अफ थ्रोन्स' तथा 'द डेभिल्डस डबल'की मुख्य अभिनेत्री अमृता आचार्यको थर भने साइटमा आचार्यको साटो 'आचरिया' उल्लेख गरिएको छ र भनिएको छ- 'अमृता नेपालमा जन्मिएकी र बेलायतमा पढेकी युवती हुन्।' चलचित्रसम्बन्धी नेपाली साइट मेरोसिनेमा डटकमले उक्त लिंक राख्दै बताएको छ 'काठमाडौंमा जन्मिएकी अमृता नर्वेकी बासिन्दा हुन्। उनले अहिलेसम्म नेपालको नागरिकता त्यागेकी छैनन्। १३ बर्षको उमेरमा उनी सपरिवार नर्वे पुगेकी थिइन्। हलिउडको अर्को चर्चित चलचित्र 'कम्पनी अफ वुल्भस्'मा पनि उनले सानो भूमिका निर्वाह गरेकी छिन्। बेलायती ड्रामा सिरिज 'क्याजल्टी'मा पनि उनी थिइन्।' विश्वका विभिन्न जानकारी रहने साइट 'विकीपिडिया डट ओआरजी' ले पनि अमृताका बारेमा उक्त जानकारीका साथ उनका बुवा नेपाली तथा आमा युक्रेनी भएको कुरा उल्लेख गरेको खबर साप्ताहिक मा  छ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger