February 2013 - Education, News, Technology, Information, Goship
Educational News :
#

Written By Unknown on Thursday, February 14, 2013 | 8:12 PM

पन्जाबको  मानसा भन्ने ठाउमा एक भैसी को चर्चा धेरै चलेको छ । एक किसान प्रीत इंदर सिंह को यस भैंसीको मोल एक विदेशी कंपनी ले १  करोड़ २५ लाख रुपये दिएको छ । नूरा(गुजराती) जात को  यस  भैंसी को  नाम 'खली' राखेको छ साथै पंजाब सरकार को तरफ बाट पनि सम्मानित सम्मानित गरियको छ ।
http://www.ndtv.com/video/player/news/fromndtv/261660
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

Punam Pande ko valentine's poz.

Written By Unknown on Wednesday, February 13, 2013 | 11:26 PM

 आज 14 फरवरी को दिन तपाई लाई बेस्ट वैलेंटाइन डे साबित हुन सक्छ पुनम पाण्डे को यी hot photo पोज देखेर  बोल्ड फोटोशूट गराउन  चर्चित मुंबई की मॉडल पूनम पांडेले  ट्विटर मा एक प्रतियोगिता शुरू गरेकी छन
हेरौं यहि पोज :






SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यी जनावरले त भ्यालेन्टाइन डे मनाए तपाइले ?

माया प्रेम मान्छेले मात्र गर्छ ? होइन । प्रकृतिका सबै जिवहरुमा प्रेम तथा संवेदना हुन्छ । त्यसैले होला यिनीहरुले पनि जोडी बनाउँछन् र सृष्टि चलाउँछन् । ढुकुरको जोडी, परेवाको जोडी, धनेषाको जोडी जस्ता केही चराहरुका प्रेम जोडि त मान्छेकै लागि समेत उदाहरणीय छन् । यहाँ थप अरु जनावरका प्रेम जोडी प्रस्तुत  छ जसलाई हेर्दा अवश्य पनि तपाइँको मन प्रेममय बन्नेछ ।







SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आज प्रेम दिवस

३ फागुन, काठमाण्डौं । आज फेब्रुअरी १४ अर्थात, प्रेम प्रणय दिवस भ्यालेन्टाइन डे । विश्वभरका युवा-युवती विशेष हर्सोल्लासकासाथ मनाउँदैछन् । आजको दिन एक-आपसमा प्रेम साटासाट गर्ने परम्परा रहेको छ ।

रोमका सन्त भ्यालेन्टाइन सन् २६९ मा प्रेमकै कारण शहीद भएका थिए । सेनाले बिहे गर्न नपाइने उक्त समयमा भ्यालेन्टाइनले प्रेम विवाह गरे र यही कारण उनको १४ फेब्रुअरीमा हत्या भयो । बिहे गरेकै दिन हत्या भएका कारण यो दिनलाई प्रणय दिवस पनि नाम दिने गरिन्छ ।

पछिल्लो समय भ्यालेन्टाइनलाई प्रेमको समर्थन मान्न थालियो र मारिएको दिनलाई प्रेम दिवस, प्रणय दिवस अर्थात भ्यालेन्टाइन् डे भन्न थालियो । यसरी विकसित भएको यो दिवस अहिले आधुनिक समयका युवायुवतीलाई प्रेम प्रस्ताव राख्ने सजिलो माध्यम बनेको छ । करिब १० वर्ष यता नेपालमा पनि भ्यालेन्टाइन डेको रौनक बढ्न थालेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लौ आयो ९ लाखको मोबाइल ?

नेपालसहितका देशमा ८/९ लाख रुपैयाँ तिर्ने हो भने एउटा कार घरमा रामै कार राख्न सकिन्छ । तर, मानिसको इच्छा पनि बिचित्र को हुँदो रैछ

यस्तै प्रयोगकर्ताहरुलाई लक्षित गरी विश्वको सबैभन्दा महंगो मोबाइल फोन बनाउने कम्पनी भेर्टूले पहिलो पटक एन्ड्रूएड प्लेटर्फममा आफ्नो नयाँ मोडल बजारमा ल्याएको छ । जसको मूल्य ७ हजार ९ सय युरो अर्थात नेपाली रुपैयाँ ९ लाख रुपैयाँ भन्दा बढी पर्छ ।

कम्पनीका प्रमुख पेरी ओस्टिंगले ‘भेर्टू टी’ नामको यो मोबाइल सजाएर राख्ने नभई अन्य फोनहरु जस्तै उपयोगी भएको बताएका छन् ।

फिनल्याण्डको यो कम्पनीले १० वर्षमा विश्व बजारमा मात्र ३ लाख २६ हजारको हृयाण्डसेट बेचेको छ । विश्वमा केवल ५ सय पसलमा मात्र भेर्टुको मोडलहरु पाइन्छ, जसमध्ये ७० कम्पनीले नै चलाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नाइजेरियाले उपाधी जिते सेक्स फ्रि !

Written By Unknown on Saturday, February 9, 2013 | 9:12 PM

नाइजेरियनका सेक्सकर्मीहरुको एक संगठनले अफि्रकन कप अफ नेशन्स फुटबल खेलिरहेको नाइजेरियन राष्ट्रिय टोलीको हौसला बढाउन अनौठो प्रस्ताव अघि सारेको छ ।

‘द एसोशिएसन अफ नाइजीरियन प्रोस्टीच्यूसन एएनपी’ले आफ्नो देशले उपाधी जिते सित्तैमा भरपुर सेक्स सुविधा दिने प्रस्ताव गरेको हो ।

नाइजेरियनले बुधबार राति सेमिफाइनलमा मालीसँग खेल्दैछ । नाइजेरियनले आफ्नो जितको श्रृखला जारी राखे राष्ट्रिय टोलीका खेलाडीहरुलाई एक सातासम्म निःशुल्क सेक्स सेवा दिने एएनपीका सचिव जेसिका एल्विसले बताएकी छिन् ।

उनले भनेकी छिन्-’यदि टोलीले उपाधी जितेर फुटबलमा गुमेको गौरव फिर्ता ल्यायो भने नेशनल टिमको समर्थनमा हामी साताभर निःशुल्क सेक्स सेवा दिने प्रस्ताव गछौं ।’ उनले निःशुल्क सेक्स खेलाडीहरुको लागि मात्र हो कि सबैलाई भन्नेबारे उनले थप खुलाइनन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अपांग जनावरको उद्धार (फोटो फिचरसहित)



जनावर प्रेमीहरु जनावरका खातिर निकै अचम्मका योगदान गर्न पछि पर्दैनन् ।

अहिलेको विज्ञान प्रविधि तथा अक्कलको युगमा सायद मान्छे मात्र होइन दयालु मान्छेको साथ पाउने हो भने कुनैपनि जिवले यो दुनियामा अपांग हुनुको पिडा भोग्नु पर्दैन । यी तस्वीर हरुले यहीँ तथ्यलाई बोलिरहेका छन् ।

यहाँ अपांग जनावर तथा चराचुरुंगीलाई हिँडडुल गर्नका लागि कस्तो प्रबन्ध गरिएको छ भन्ने कुरा देखाइएको छ । यसले मान्छे हिंस्रक मात्र होइन निकै दयालु छ भन्ने कुराको पनि प्रमाण दिन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

एक घण्टामै कण्डम पूराउन घरदैलो सेवा

Written By Unknown on Monday, February 4, 2013 | 1:20 AM

रातको समय । प्रेमालापसँगै रतिक्रिडाको अपेक्षा तर सुरक्षित सम्भोगका लागि साधनको अभाव । यस्तो बेला कण्डम प्राप्त गर्नु भनेको सायद संसारमा सबैभन्दा ठूलो कुरा प्राप्त गरेजस्तै हुन्छ होला । तर रातको समयमा यसरी चाहेको बेलामा कसरी पाउने ? यो साधन कतैबाट वषिर्ने कुरा भएन । तर युएइको दुबइका बासिन्दाका लागि भने तँ चिता म पूराउँछु भनेजस्तै भएको छ ।

त्यहाँ यस्तो तिब्र कण्डम ढुवानी सेवा सुरु भएको छ जस अनुसार रातभरी जतिबेला चाहिएपनि अर्डर गरेको एक घण्टामै घरदैलोमा कण्डम आइपुग्नेछ ।

डुरेक्स नामक कण्डम उत्पादक कम्पनीले बजम्यान नामक कम्पनीसँग मिलेर यस्तो सेवा सुरु गरेको हो । यहीँ हप्ता सुरु भएको यो कण्डम ढुवानी सेवा अन्तरगत बेलुकीको चार बजेदेखि अर्को बिहानको चार बजेसम्म अर्थात् रातभरी नै दुबइको जुनसुकै ठाउँमा अर्डर बमोजिमको कण्डम एक घण्टाभित्र डेलिभरी गरिनेछ । प्रयोगकर्ताले अनलाइन र फोनमार्फत पनि कण्डम अर्डर गर्न सक्नेछन् ।

बजम्यान कम्पनीका प्रवक्ताका अनुसार अरु सहरमा पनि यस्तो कण्डम ढुवानी सेवा विस्तार गरिनेछ र सुरुमा कुन सहरमा सेवा विस्तार गर्ने भन्ने कुराको निधो फेसबुकबाट गरिनेछ । एसओएस कण्डम नामको फेसबुक पेजमा जुन सहरको नाममा बढि माग हुन्छ सोही सहरमा कण्डम ढुवानी सेवा विस्तार गरिने उनको भनाइ छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

टाइ र शूटमा कुकुर ढाँटिएपछि…

Written By Unknown on Sunday, February 3, 2013 | 10:40 PM

कुकुर सबैभन्दा इमान्दार प्राणी भएकैले होला मान्छेको सबैभन्दा राम्रो जनावर साथी मानिन्छ । सायद यहीँ इमानको फलले होला कुकुरलाई मान्छेको पहिरन पनि खुबै सुहाउँदो रहेछ र टाइ शूटमा सजिँदा कुकुर पनि साँच्चीकै मालिक जस्तै देखिँदो रहेछ ।

आयरल्याण्डका एकजना फोटोग्राफरले राजधानी डब्लिनमा टाइशूटमा ठाँटिएका केही सुन्दर कुकुरहरुको तस्वीर क्यामरामा कैद गर्न भ्याएका छन् । फोटोग्राफ फ्रान भेलले खिचेका यी कुकुरका तस्वीर निकै रोचक लाग्छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मुखमा जिउँदो सर्प


सेन्टिलस रेसिलस नामका पुरुषको आजकलको दैनिकी भनेको हैटीको राजधानीका सडक चहार्नु हो । उनी एक्लै सडक चहारिरहेका हुँदैनन् उनको टाउकोमा डरलाग्दो सर्प बेरिएको हुन्छ ।

उनले आफुलाई प्रदर्शनी कलाकारको रुपमा चिनाउन चाहन्छन् । उनले दैनिक रुपमा सर्प र अरु जनावरको कला देखाउँछन् पनि । अहिले हैटीमा राष्टिय पर्व चलिरहेको बेला उनका लागि यो कला आम्दानीको राम्रो श्रोत समेत बनेको छ ।

उनले टाउकोमा राखेको खतरनाक सर्प मुखभित्र पसाल्छन् । सर्पको टाउको उनको मुखभित्र हुन्छ भने जिउको अरु भाग उनको घाँटीमा बेरिन्छ । त्यो देख्दै डरलाग्दो दृश्य हुन्छ । यस्तो काम अरु कसैले गर्न नसक्ने दाबी उनको छ ।

देशमा बेरोजगारी दर निकै बढेको, सयमा ६० जना बेरोजगार रहेकेा र धेरै हेटीयनहरु रोजगारीका लागि देश छाडिरहेकेा अवस्थामा उनले सर्पलाई मुखभित्रै हाल्ने कला देखाएर दिनको झण्डै डेढ सय रुपैयाँ जति कमाउँछन् । उनले यस्तो काम ३५ वर्ष अघिदेखि गर्दै आएका छन् । यो पालाको मेलामा उल्लु चरा र कुखुराको समेत चटक देखाउने तयारीमा उनी छन् ।

मेला सकिएपछि अरु जनावरलाई छाडिदिने भएपनि सर्प भने उनको दैनिक रोजिरोटीको श्रोत नै होे, जसलाई उनी छाड्नै सक्दैनन् ।्
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तलब वृद्धिले कतारमा खुशियाली

शुक्रबार दोहाको तरबार गेटको मैदानमा पाइला राख्ने ठाउँ थिएन । हरेक शुक्रबार हुने यस्तो भेटघाटमा यसपटक चर्चाको विषय तलब वृद्धि र त्यसको प्रभाव थियो । यसै साता कतारमा काम गर्न जाने नेपाली कामदारको तलब बढेपछि सबैको आ-आफ्नै तर्क थिए ।

त्यसै सेरोफेरोमा भेट्टएि, ५३ वषर्ीय तेलबहादुर कनौजे । रामपुर पाल्पाका कनौजे भर्खर बिदा सकेर फिरेका हुन् । आफ्ना छिमेकी ३० वषर्ीय समन्त परियारलाई घरबाट पठाइदिएका कोसेली दिन तरबार गेट छिरेका कनौजेलाई तलब वृद्धिले खासै उत्साहित बनाएको थिएन । 'हामीलाई पनि लागू होला र ?' १६ वर्षदेखि कतारी भूमिमा पसिना बगाएका उनको जिज्ञासा थियो, 'नयाँलाई मात्रै हो कि कतारमा काम गरिराख्ने पुरानालाई पनि हो ?'

कतारस्थित नेपाली दूतावासले २८ जनवरीबाट नयाँ तोकिएको तलब दिने कम्पनीहरूलाई मात्रै कामदार ल्याउन अनुमति दिन थालेको छ । '२८ जनवरीअघि पनि नयाँ निर्णयलाई मान्ने गरी कम्पनीले मागपत्र ल्याएका थिए', दूतावासका उपनियोग प्रमुख ऋषिराम घिमिरेले भने, 'औपचारिक रूपमा भने सोमबारबाट लागू गरिएको हो ।'

युनियन कतार इजिन्नीयरिङ एन्ड कन्स्ट्रक्सन कम्पनीेले न्यूनतम तलब ९ सय र खानाबापत तीन सय गरी डिमान्डपत्र आएकोमा कामदार ल्याउन स्वीकृति दिएको घिमिरेले बताए ।

'हाम्रो निर्णय कतार सरकारलाई जानकारी दिइसकेका छौं,' राजदूत मायाकुमारी शर्माले कान्तिपुरलाई भनिन्, 'अब योभन्दा तल आउनेलाई अनुमति दिँूदैन ।' कतारका लागि सरकारले तीन वर्षपछि अर्को तलबमान तोकेको हो ।

कतारको बढ््दो महँगी र न्यून आम्दानीले गर्दा बचत गर्न कठिन भइरहेको कामदार बताउँछन् । 'मलाई कतार आउन एक लाख रुपैयाँ लगानी गर्नुपर्‍यो । उता सात सय ५० दिन्छु भन्थ्यो । यता ६ सय हात पर्‍यो,' २४ वर्षीय राज खानले भने, 'ब्याज र साँवा तिर्न मलाई पूरै एक वर्ष लाग्यो । १८ महिना हुन लागिसक्यो । बचत राम्रो हुन सकेको छैन ।' कामदारका बुझाइमा न्यूनतम तलब वृद्धिले अब ओभरटाइममा पनि वृद्धि हुनेछ । 

नयाँ तलबमान लागू भएपछि नेपाली व्यवसायी भने आत्तिएका छन । उनीहरूले सोमबारै दूतावास पुगेर उक्त व्यवस्था नेपाली व्यवसायीका लागि मात्रै भएको हो वा सबैका लागि भनेर जिज्ञासा राखेका थिए । नेपाली व्यवसायीको लागि मात्रै लागू हुने गलत बुझाइमा परेका व्यवसायीहरूलाई राजदूत शर्माले भने, 'जसले नेपाली कामदार ल्याउँछन्् । तिनीहरू सबैका लागि यो नियम लागू हुन्छ ।'

पुराना कामदारलाई भने नवीकरण गर्ने बेला बढेको तलब दिनुपर्नेछ । कामदारलाई आपूर्ति गरेर नाफा कमाउने व्यवसायी नयाँ व्यवस्थाबाट बढी डराएका छन्् । व्यवसायी नरेन्द्र भाटको अनुभवमा ठूलाठूला कम्पनीले कामदार घटाइरहेको, नयाँ काम खुली नसकेको र यहाँको सरकारले बजेट नछुट््याएको अवस्थामा नयाँ नियम ल्याउँदा असजिलो स्थिति आउने आशंका छ । 'अहिलेको अवस्थामा ८० प्रतिशत कम्पनीले नयाँ र पुराना दुवैलाई बढेको तलब दिन सक्ने अवस्था छैन,' उनले भने, 'मेरो कुरो गर्दा अहिलेको अवस्थामा बढेको तलब दिन असमर्थ छु ।'

तीन वर्षअघि असाध्यै कम तलब पाइरहेको अवस्थामा तत्कालीन राजदूत सूर्यनाथ मिश्रले नेपाल सरकारको सहमतिबेगर एकतर्फी रूपमा तलब बढाइदिए । त्यतिखेर सरकारबाटै फिर्ता हुनसक्ने जोखिम मोलेर गरिएको श्रमिकमैत्री निर्णयलाई सरकारले कायान्वयन गर्‍यो ।

त्यतिखेर विशेषगरी स्वदेशी/विदेशी व्यवसायीले हल्ला फिँजाएका थिए, 'लौ अब कतारमा नेपाली कामदारको संख्या ह्वातै घट््नेछ ।' त्यो हल्ला निराधार भएको छ । बरु उल्टै कामदार बढेको बढ्यै छन् । अहिले कतार नेपालीको पहिलो गन्तव्य बनेको छ । तर अझै पनि नेपालीको तलबमान अन्य देशका भन्दा कम हो ।

'म कारपेन्टर काम गर्छु । मेरो तलब १ हजार ५ सय ५५ छ । मेरा साथीहरू भारतीय र फिलिपिन्सका छन्् । उनीहरू २ हजार ६ सय तलब बुझ्छन््,' तेलबहादुर कनौजे भन्छन््, 'काममा कुनै फरक छैन । अझ मभन्दा कम गर्छन् ।'

राजदूत शर्माका अनुसार नयाँ तलबमान लागू गराउने मुख्य चुनौती दोहोरो श्रम सम्झौता हो । 'दोहोरो श्रम सम्झौता बनाएर कामदारलाई तलबमा झुक्काउने एउटा समस्या छ,' उनले भनिन्, 'तर, कामदारलाई सचेत बनाउन जरुरी छ ।'
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१० वर्षमा देश धनी बनाउने दाहालको उद्‍घोष

हेटौंडा, माघ २१ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अबको १० वर्षमा मुलुकलाई धनी देश बनाउने उद्‍घोष गरेका छन् ।

हेटौंडामा जारी महाधिवेशनमा कान्तिपुरसँग आइतबार कुरा गर्दै दाहालले आफ्नो दल अब उत्पादन वृद्धिमा केन्द्रित हुने बताए । '१० वर्षसम्ममा देश धनी बनाउँछौं,' उनले भने, 'मुलुक धनी नभएसम्म अरुबाट हेपिनुपर्छ ।'

महाधिवेशनपछि केन्द्रदेखि गाउँ ईकाईसम्म उत्पादनमा लाग्ने उल्लेख गरे । 'सानो कमिटीले थोरै गर्छ भने त्योभन्दा ठूला कमिटीले ठूलो उत्पादन गर्दछन्,' उनले भने, 'केन्द्रीय कमिटीले बढी उत्पादनमा लाग्छ ।' उत्पादनमा नलाग्ने कमिटी एमाओवादीको हुन नसक्ने दाहालको भनाइ थियो ।

दाहालले अबको १० वर्षसम्म एमाओवादी सत्तामा रहने उल्लेख गरे । 'अबको १० वर्षसम्म हामी कुनै न कुनैरुपमा सत्तामा नै रहनेछौं,' उनले भने ।

 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अफगानिस्तानमा १५ हजार नेपालीको रोजगार गुम्दै

दोहा (कतार), माघ १४ - अफगानिस्तानस्थित अमेरिकी सेनाका सहयोगी क्याम्पमा कार्यरत १५ हजारभन्दा बढी नेपाली कामदारको रोजगार गुम्ने अवस्थामा पुगेको छ । अमेरिकी सेनाले २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छाड्ने घोषणा गरेकाले उनीहरूका सहयोगीको रूपमा कार्यरत नेपाली कामदारको रोजगार गुम्ने भएको हो । यस विषयमा क्याम्प व्यवस्थापनले नेपाली कामदारलाई जानकारी गराइसकेको छ ।
अमेरिकी सेनाले अपि्रलबाट छाड्न सुरु गर्नेछ । 'यही अपि्रलमा हामीले सहयोग गर्ने सेना र्फकने भएकाले हाम्रो बेस क्याम्प पनि बन्द हुने सूचना दिएको छ,' एक कम्पनीको प्रशासन फाँटमा कार्यरत नेपाली कामदार रामचन्द्र रानाभाटले कान्तिपुरलाई भने, 'घर फिर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।' रोजगारी गुम्ने भएपछि निकै जोखिम लिएर त्यहाँ पुगेका कामदारहरू चिन्तित बनेका छन् । 'यहाँ अमेरिकी सेनाका ८३ वटा क्याम्प छन् । त्यसमा १५ हजार नेपाली कार्यरत छन्,' उनले भने, '२०१३ को अन्तिमसम्म ५३ क्याम्पहरू बन्द हुने सूचना हामीलाई दिएको छ ।' रानाभाट कार्यरत कम्पनीमा मात्रै ३५ सय नेपाली छन् । सरकारले अफगानिस्तान जान अनुमति दिएको छैन । उनीहरू दलालमार्फत् विमानस्थलमा सेटिङ मिलाएर त्यहाँ पुगेका हुन् ।
अमेरिकी सेनाहरू अपि्रल, मे, जुन, जुलाईबाट क्रमशः फिर्ता हुने कार्यतालिका बनेको कामदारहरूले बताएका छन् । 'जुन क्याम्प बन्द हुन्छ, त्यही क्याम्पमा कार्यरत साथीहरू पनि अनिवार्य फिर्ता हुनुपर्छ,' भाटले भने, 'तर अरू कुन-कुन क्याम्प कहिले बन्द हुँदै छन्, सूचना उपलब्ध गराइएको छैन ।' रानाभाट यसअघि इराकमा कार्यरत थिए । त्यहाँ पनि अमेरिकी सेना फर्किएपछि कटौती परेका उनी ३ लाख रुपैयाँ खर्चेर त्यहाँ पुगेका थिए । अफगानिस्तानमा धेरैजसो नेपाली कामदार अर्धदक्षको रूपमा कार्यरत छन् । उनीहरूले त्यहाँ सामान्यतः ७ सयदेखि एक हजार अमेरिकी डलर पाउँदै आएका छन् । तीन लाखसम्म खर्चेर दुबईमा चार महिनासम्म बिनाकाम बसेर त्यहाँ भर्खरै पुगेका कामदारहरू छिट्टै र्फकनुपर्ने स्थितिले चिन्तित बनेका छन् । 'निकै संघर्षपूर्ण तरिकाले अफगानिस्तान आइपुगेको भर्खर ६ महिना हुँदै छ । तीन लाख रुपैयाँ लगानी भयो । सरकारले अनुमति नदिएका कारण दुबईमा दुई महिना त्यत्तिकै बस्नुपर्‍यो,' अफगानिस्तानको गजनीस्थित बेसक्याम्पमा कार्यरत दुर्गाबहादुर घर्ती छेत्रीले भने, 'खानपान, सेवासुविधा राम्रै छ । फिर्ता हुनुपर्ने डरले हामीलाई अत्याएको छ ।' 'मेरो तलब १२ सय डलर छ । घरबाट आउनजान टिकट मिल्थ्यो । बसोबास पनि सुरक्षित छ,' अर्घाखाँचीका चिन्तामणि पाण्डेले भने, 'रोजगार गुम्ने सूचनाले चिन्तित बनाएको छ ।' ५ महिनाअघि त्यहाँ पुगेका सुनसरीका गोबिन राईले सेनाको तारबारभित्र बसेर काम गर्दा निकै सुरक्षित भएको बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सेक्समा लोग्नेलाई सन्तुष्ट नपार्ने श्रीमतीलाई भोकै

सारा संसार भरि महिला हक र अधिकारका नारा, बहस र छलफल चलिरहेको बेला हाम्रै एशियाली मुलुक अफ्गानिस्तानमा यस्तो कानुन बनेको छ जसले महिलालाई पशु समान ठानेको छ । विश्वभरिका स्वाभिमानी मानिसहरुकालागि लज्जित बनाएको छ । आफ्नो लोग्ने सेक्सको मामिलामा श्रीमतीसित सन्तुष्ट नभए उसलाई भोकै राख्न पाइनेछ ।

बेलायतबाट प्रकाशित द गार्डियन दैनिकले एउटा रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टमा अफ्गानिस्तानको संसदले त्यस्तो कानुन बनाएर संसदबाट पास गर्ने अन्तिम तयारिमा रहेको जनाएको छ । यो कानुन पहिलेपनि ल्याइएको रहेछ । तर सारा विश्वभरि त्यसको तिब्र बिरोध भएपछि राष्ट्रपती हमिद कारजाईले त्यो कानुन पास नगराउने बताएका रहेछन् । तर अन्ततस् उक्त कानुन फेरि पास गर्न अन्तिम तयारि भैरहेको गार्डियनको रिपोर्टमा उल्लेख छ ।

त्यति मात्रै काहाँ हो र अब बन्न लागेको नयाँ कानुनले वालवालिकाको अभिभावकत्वको अधिकार पनि बाबु र हजुरबाबुमा रहने तर आमामा नरहने बनाएको छ । आफ्नै वालवालिकाको अभिभावकत्वकोलागि पनि अब आमाहरुले लोग्नेसित अनुमती लिनुपर्ने छ ।

अमेरिकाको एउटा मानव अधिकार अनुगमन गर्ने सस्थाले त त्यो कानुनलाई ‘बलात्कारीहरुलाई उसले बलात्कार गर्दा बगेको रगतकै मूल्य मात्रै तिरेर उम्कन सजिलो बनाइदिएको’ भन्ने टिप्पणी गरेको छ । पहिलेपनि अफ्गानिस्तानमा विवाहित महिलामाथि बलात्कार गर्न पाइने कानुन बनाइएको थियो । त्यति बेला विश्वभरि चर्को बिरोध र प्रदर्शनी भएका थिए ।



   

त्यहि कानुनको बिरोध गर्न गत अप्रिल महिनामा आयोजित एक अन्तर्राष्ट्रिय र्‍यालीमा बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउन र अमेरिकी राष्ट्रपती बाराक ओबामा समेत सामेल भएका थिए । तर उनीहरुको बिरोधकोपनि केहि लागेन ।

पहिले तिब्र बिरोध भएपनि भाषामा मात्रै केहि सुधार गरेर महिला बिरोधी अहिले फेरि पुरानै कानुन जस्ताको त्यस्तै ल्याइएको इस्लामिक महिला अधिकारवादी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुले बताएका छन् । अहिले पास गर्न लागेको कानुन कतिसम्म महिला बिरोधी छ भने त्यसमा स्पष्ठसँग लेखिएको छ “आफ्नो लोग्नेको उचित सेक्स सन्तुष्टिकालागि श्रीमती तयार हुनुपर्छ ।

विशेष परिस्थितिम बाहेक श्रीमतीलाई घर बाहिर निस्कने अधिकार हुने छैन लोग्नेको अनुमती बाहेक । माथिका कुरा पालना नगरिएमा श्रीमती लोग्नेप्रति अनाज्ञाकारी ठरिने छ”। अहिले यो कानुनका बिरुद्दमा निकै बहस र छलफल चलिरहेको छ । विश्वभरिका अधिकारवादीहरुले यो कानुन कुनैपनि हालतमा पास हुन दिन नहुने भन्दै चर्को बिरोध गरिरहेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

छोरीको बिहेकार्ड बाँड्न हिंडेकाको हत्या

दधिकोट (भक्तपुर), माघ २० - छोरीको विवाहको कार्ड बाँड्न हिंडेका सिरुटार-७ का रामेश्वर राउतको दधिकोट-६ चित्रपुर फाँटमा हत्या भएको छ । 

४५ वर्षीय राउतको घरबाट करिब एक किलोमिटर दूरीमा हत्या भएको हो । ढलका लागि प्रयोग गरिने सिमेन्टको हिमपाइपमा आगो लगाएर पूर्णरूपमा जलेको अवस्थामा उनको शव शनिबार बिहान साढे नौ बजे स्थानीयले फेला पारेका हुन् । उनकी जेठी छोरी लक्ष्मीको सोमबार विवाह तय भएको थियो ।

दधिकोटको चित्रपुर हुँदै सिरुटार गाविस कार्यालय निस्कने कच्ची मोटरबाटोको एकान्त स्थानमा घटना भएको छ । घटनास्थलनजिकै उनले चढ्ने नीलो रङको बा३८प ५२५९ नम्बरको पल्सर मोटरसाइकल पनि भेटिएको छ । सडकको बायाँतर्फको गहुँबारीमा रहेको हिमपाइपमा राउतको शव भेटिएको हो । त्यस्तै शव भएको पश्चिमतर्फको सात मिटरको दूरीको बाटो छेउमा स्ट्यान्ड लगाएर मोटरसाइकल राखिएको छ । हेलमेट लुकिङ ग्लासमा राखिएको छ । घर जाने बाटोतर्फ फर्काएर बाटोमा साइड लगाएको मोटरसाइकलको साँचो फेला नपरेको प्रहरीले जनाएको छ ।

'कार्ड बाँड्दा ढिलाइ भएर कतै आफन्तकहाँ बसे होलान् भन्ने भयो,' मृतकका भतिज अर्जुननर्सिङ राउतले भने,'फोन सम्पर्क गर्दा नौ बजेसम्म सम्पर्क हुन सकेन भन्थ्यो, त्यसपछि स्विच अफ भयो । शनिबार बिहान साढे नौ बजेतिर सडकमा मोटरसाइकल देखेपछि खोजी हुँदा शव भेटियो ।' उनको शव आगोले डढेर चिन्न नसक्ने अवस्था छ । कम्बरमुनिको भाग छुटिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै देब्रे खुट्टा पूर्णरूपमा जलेको छ । कम्मरमुनिको भागमा धारिलो हतियार प्रयोग गरेकोजस्तो देखिए पनि घटनाको अध्ययन गर्न पुगेका शिक्षण अस्पतालका चिकित्सक रिजेन श्रेष्ठले प्रारम्भिक अनुसन्धानबाट हतियार प्रयोग भएको नदेखिएको बताए । 'हतियार प्रयोग भएको देखिँदैन,' उनले भने, 'पोस्टमार्टम भएपछि सम्पूर्ण विवरण आउँछ ।'

मृतकको कालो ज्याकेट मोटरसाइकल भएको स्थानबाट केही पर भेट्टएिको छ । ज्याकेटमा रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको एक लाख रुपैयाँको चेक, ६ हजार ८ सय ९० रुपैयाँ नगद, बिहेको निम्तो कार्ड, डायरी, शुक्रबार टेलिकममा बिल तिरेको कार्ड, नागरिकता, लाइसेन्स, मोटरसाइकलको बिलबुकसमेत भेटिएको छ । त्यस्तै अन्ना क्यासिनोको बिजनेस प्रोमोटर दर्जा उल्लेख भएको कार्डसमेत भेटिएको प्रहरीले जनाएको छ । 'मृतकको खल्तीमा चेक र रकम भएकाले पैसाका लागि हत्या नगरेको हुनसक्छ,'अनुसन्धानमा खटिएका एक प्रहरीले भने । ज्याकेट नजिकैको कान्लामा हँसिया हथौडा अंकित रातो झन्डासमेत भेटिएको छ ।

मृतकका दुई छोरी र एक छोरा छन् । एक वर्षअघि इराकमा रोगजारीबाट फर्केका मृतकका दाइ रामभक्त राउतले बताए । मृतकका भतिज श्रीचन्द्र राउतले घरको छतबाट खुला चौरमा शुक्रबार राति साढे नौ बजेतिर आगो बलेको देखेको बताए ।

'कहिलेकाहीँ केटाहरू भेला भएर आगो बाल्थे, हिजो पनि त्यही होला भन्ने लाग्यो,' उनले भने,'यस्तो घटना भएको होला भन्ने सोचेनौं ।' विवाहको सल्लाह गर्न भेटेका उनले विवाहको कार्ड बाँड्ने कार्य शुक्रबार सकाउने र शनिबार दिनभर सेल पकाउने भएको श्रीचन्द्रले बताए ।

मृतक राउतको अन्तिमपटक साँझ पाँच बजे परिवारका सदस्यसँग फोन कुराकानी भएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी दिलीप चौधरीले बताए । प्रहरी स्रोतका अनुसार राउतले प्रयोग गरेको मोबाइल विवरणअनुसार शुक्रबार दिउँसो २ बजेर ४० मिनेटसम्म दधिकोटको गाम्चामा भएको देखिन्छ । यो घटनास्थलनजिकै पर्छ । त्यस्तै साँझ ५ बजेर १८ मिनेटमा ग्वार्कोमा मोबाइल स्विच अफ देखिएको स्रोतले जनाएको छ । अनुसन्धानमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा, केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी), भक्तपुरको प्रहरी टोली खटिएका छन् । हत्या कसले र के कारणले गर्‍यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 हत्यापछि हिमपाइपभित्र कुन पदार्थ राखेर जलाइयो भन्ने परीक्षणबाट थाहा हुने चिकित्सक श्रेष्ठले बताए । त्यस्तै शवसँगै प्लास्टिकमा मदिराको बोतल भेटिएको छ । एसपी चौधरीले घटनाको प्रकृति अध्ययन गर्दा रिसिइबीका कारण हत्या भएको हुनसक्ने बताए ।

'तत्काल वा पुरानो रिसिइबी हुनसक्छ,' उनले भने, 'मृतकले चढेको मोटरसाइकल सडक छेउमा रोकेर केहीबेर भनाभन हुँदा मनमुटाव भएपछि हत्या गरेको हुनसक्छ ।' घटनाको छानबिन भइरहेको उनले बताए । चौधरीले शव भेटिएको स्थलमै हत्या भएको हुनसक्ने अनुमान गरे पनि झगडा भएपछि कतै पनि घसारिएको छैन । आगोले डढेर बाँकी रहेको कपडामा रगत छ । घटना हेर्न आएका सर्वसाधारणले राउतको अन्यत्र हत्या गरी यहाँ राखेको हुनसक्ने अनुमान गरे ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

महायज्ञबाट दुई करोड दस लाख संकलन

बागलुङमा भएको विश्व शान्ति धान्याञ्चल विराट ज्ञान महायज्ञमा दुई करोड १० रुपैयाँ संकलन भएको छ । शिक्षा सेवा कोष, स्वास्थ्य उपचार कोष, दैवी प्रकोप उद्धार कोष र बहुउद्देश्य सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञमा सो रकम सङ्कलन भएको हो ।

क्षेत्री समाज जिल्ला कार्यसमिति बागलुङले माघ १३ गतेदेखि सञ्चालन गरेको महायज्ञको अन्तिम दिन शनिबारसम्म नगद र भूमिदानसहित दुई करोड १० लाख सङ्कलन भएको क्षेत्री समाज बागलुङले जनाएको छ ।

महायज्ञको आज औपचारिक समापन हुँदैछ । महायज्ञमा बागलुङ नगरपालिका-३ का ओमबहादुर खड्का, कृष्ण खड्का र रोहित खड्काले संयुक्तरुपमा ३० लाख मूल्य बराबरको जग्गादान गरेका थिए ।

महायज्ञका क्रममा सबैभन्दा बढी नगद रकम बानपा-२, का दुर्गा कुँबरले प्रदान गर्नुभएको थियो । उहाँले महायज्ञको अन्तिम दिन शनिबार पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्नुभएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

फेरि किशोरी बलात्कृत

महेन्द्रनगर, माघ १७ - छिमेकी गाउँमा बिहे हेर्न गएकी किशोरीलाई बलात्कार गरेको अभियोगमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । दोधारा-४ का विकास थापा सोमबार र बबी राना मंगलबार पक्राउ परेका हुन् । किशोरीलाई ललाईफकाई लगेर अपराधमा सघाएकी सोही स्थानकी युवती सोनम राईलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महाकालीपारिको दोधारा-४ की १४ वषर्ीया ती किशोरी गत शनिबार राति वडा नं १ स्थित ललित गुरुङको घरमा बिहे हेर्न गएकी थिइन् । 'उनीसँग चिनजान भएकी सोनमले फकाएर नजिकैको विद्यालयमा पुर्‍याएकी रहिछन्,' डीएसपी वृषबहादुर रावलले भने, 'सोनमले उनलाई छक्याएर विद्यालयमै छोडेर आएपछि त्यहाँ रहेका दुई युवकले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।' त्यसपछि रुँदै घर जान लागेकी उनलाई स्थानीय एकजनाले पुर्‍याइदिएका थिए । उनले आफूमाथि भएको घटनाबारे आमालाई बताएपछि भोलिपल्ट परिवारले प्रहरीमा जाहेरी दिएको थियो ।

डीएसपी रावलका अनुसार पीडित किशोरी कक्षा ८ मा पढ्छिन् । करिब १५/१६ वर्षका ती युवकहरूले भने सहमतिमै यौन सम्पर्क राखेको प्रहरीलाई बयान दिएका छन् । प्रचलित कानुनअनुसार १६ वर्षमुनिकीसँग सहमतिमै यौन सम्पर्क राखे पनि जबर्जस्ती करणी ठहरिने डीएसपी रावलले बताए ।

उनीहरूविरुद्ध जबर्जस्ती करणी मुद्दा अघि बढाइएको उनले जनाए । किशोरी र दुबै युवककको मंगलबार मेडिकल परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको उनले बताए । 'रिपोर्ट आएपछि कारबाहीका लागि थप प्रमाण जुटाउन सहज हुनेछ,' उनले भने ।

यसैबीच बुटवल संवाददाताका अनुसार पार्किङ गरिएको बसमा किशोरीलाई सामूहिक बलात्कार गर्नेलाई हदैसम्म कारबाहीको माग राख्दै अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । पीडित किशोरीको अवस्था बुझ्न अधिकारकर्मी बुधबार इलाका प्रहरी कार्यालय पुगेका थिए ।

बुटबलमा क्रियाशील महिला समानताका लागि सञ्चार अभियान, सञ्चारिका समूह लुम्बिनी, महिला विकास कार्यालय, अखिल महिला संघ, महिला अधिकार सञ्जाललगायत प्रतिनिधिले पीडितको न्यायका लागि दबाब दिएका हुन् । सामाजिक सद्भाव र सुरक्षा संयन्त्र मजबुद भएको बुटवलमै यसरी बलात्कार हुनुले कलंक थपिएको उनीहरूले बताए ।

प्रहरीको सुरक्षा संयन्त्र र स्थानीयको संवेदनामाथि प्रश्न उठेको भन्दै उनीहरूले संलग्नलाई कडा कारबाही नभए विरोधमा उत्रने चेतावनी दिए ।

पुस ७ गते दाङबाट कामको खोजीमा यहाँ आएकी रोल्पाकी किशोरी साँझ बसपार्कमा बलात्कारमा परेकी थिइन् । अधिकारकर्मीहरूले शारीरिक तथा मानसिक रूपमा कमजोर भएकी उनको थप उपचारका लागि आग्रह गरे । के आई नेपालको संरक्षणमा उपचार गराइरहेकी किशोरी नजिक कोही जाँदा तर्सिने गर्छिन् । पुरुष देख्यो कि काप्न थाल्छिन् । बिर्सने गरेकी छिन् । दुई सातासम्म पाठेघरबाट रगत बगेको संस्थाले जनायो ।

अधिकारकर्मी इन्दिरा आचार्यले एक महिना बितिसक्दासमेत प्रहरीले घटना सार्वजनिक नगर्ने र किशोरीको थप उपचारका लागि संवेदना नदेखाउनुले नियतमाथि प्रश्न उठेको बताइन् । बालिकाको थप उपचारका लागि अन्यत्र लैजानसमेत पहल गर्न उनले आग्रह गरिन् । बलात्कारमा संलग्न चारमध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । एकजना फरार छन् । सिर्जनशील समाज रुपन्देहीकी अध्यक्ष रिमा बीसीले फरार अभियुक्तलाई तत्काल पक्राउ गरेर कानुनी दायरा ल्याउन आग्रह गरिन् ।

प्रहरी निरीक्षक रामेश्वर कार्कीले किशोरीको न्याय र उपचार दुवैलाई प्राथमिकता दिइएको बताए । उनको वास्तविक ठेगाना पत्ता लगाउन प्रहरी बुधबार उनी पढेको विद्यालय र काकाकाकीको घरमा गएको छ ।

बलात्कार अभियोगमा पक्राउ खोटाङ -कास)- बलात्कार अभियोगमा यहाँ एक युवक पक्राउ परेका छन् । स्थानीय युवतीलाई कोही नभएको अवस्थामा मंगलबार साँझ कोठामा प्रवेश गरेर बलात्कार कोसिस गर्ने नेर्पा-५ का दिवन राई बुधबार साँझ पक्राउ परेको खोटाङका प्रहरी नायब उपरीक्षक राजीव बस्नेतले बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कुबेतबासीमा तक्मे बुढाले हँसाए, रोज मोक्तानले नचाए (फोटो सहित)


 कुवेत । नेपाल तामाङ घेदुङ कुवेतले २८४९ औं सोनम ल्होछार विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ । कुबेतको आबासिया स्थित इन्डियन इन्टेर्ग्रेट स्कुलको हलमा भएको कार्यक्रममा नेपालका चर्चित गायक रोज मोक्तान र हास्य कलाकार विलसन बिक्रम राई “तक्मे बुढा” को साथमा स्थानीय कलाकारहरूको प्रस्तुती रहेको थियो ।

मन्जुश्री सम्बत २८४९ औ डुल ल्हो अर्थात सर्प बर्ग नयाँ बर्षाको अबसर पारेर आयोजना गरिएको ल्होछार साँस्कृतिक कार्यक्रम बौद्द परम्परा अनुशार लामाहरुद्वारा पुजाआजा गर्नुको साथै कुबेतको लागि नेपाली राजदुत मधुबन पौड्यालले दिपप्रज्वलन गरि उद्घाटन गर्नु भएको थियो । उद्दघाटन कार्यक्रममा पौड्यालले तामाङ्ग घेदुङ्गले आफ्नो कला सस्कृति परम्परा जोगाउन प्रबासीभूमिमा रहेर पनि महत्वपूर्ण भूमिका खेलेको भन्दै दुतावाससँग समन्वय गरि सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको भनि खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा कुबेत स्थित नेपाली संघसस्थाका प्रतिनिधि देखि लिएर समाजसेबी बुद्दिजिबी पत्रकार

 लगायतको सहभागिता रहेको थियो ।स्थित नेपाली संघसस्थाका प्रतिनिधि देखि लिएर समाजसेबी बुद्दिजिबी पत्रकार लगायतको सहभागिता रहेको थियो ।












SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले छुटायो

२१ माघ, काठमाडौं । अपहरणमा परेका नेपाली व्यवसायी गंगाविसन राठीको भारतमा शव भेटिएको घटना लगत्तै अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले मुक्त गराएको छ । बुधबार अपहरणमा परेका भारत मोतीहारीका राकेश रञ्जन सिंहलाई बारा प्रहरीले आइतबार बिहान बाराको पथरहट्टीबाट अपहरणमुक्त गराएको हो ।

स्थानीय एक घरमा बन्धक बनाएर राखेको अवस्थामा सिंहलाई अपहरणमुक्त गराइएको बारा प्रहरीले जनाएको छ । ज्वाइन्ट अपरेशन अन्तर्गत परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले सिंहलाई उद्दार गरेको हो ।

अपहरणमा संलग्न बारा पथरहटटीका ७० वषिर्य जनक सहनी, २३ वषिर्य पन्चलाल सहनी, पर्सा मसीहानीका ३३ वषिर्य शेषनाथ राउत कुर्मी र भारत रक्सौलका दिनानाथ दास तत्वा पक्राउ परेका छन् । प्रहरीले घटनास्थलबाट हतियार र मोटरसाइकल समेत बरामद गरेको छ ।

स्मरणरहोस पुस २७ गतेदेखि बेपत्ता नेपाली व्यवसायी गंगाविसन राठीको शव भारतको पश्चिम बंगालमा शनिबार भेटिएको थियो । राठीको अपहरणमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिक यसअघि नै पक्राउ परेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मलाई नेपाली फिल्म खेल्ने रहर छ

Written By Unknown on Saturday, February 2, 2013 | 11:57 PM


भारतको देहरादुनमा जन्मिएर नेपालको राजधानी काठमाण्डौमा पढेकी नायिका उदिता गोस्वामी बलिउडमा चर्चित छिन् । नेपालका पूर्व प्रधानमन्त्री तुलसी गिरीकी नातिनी उदिता नेपाली भाषा राम्रोसँग बोल्छिन् । बलिउडमा पाप, जेहेर, अक्सर, दिल दिया हे, फक्स, किस से प्यार करु, चेज, मेरे दोस्त पिक्चर्स अबी बाँकी हे, डायरी अफ अ बटरफ्लाई लगायतका बलिउड सिनेमामा अभिनय गरिसकेकी छिन् । उनले चर्चित गीत ‘कोलाभरी डी’को नेपाली भर्सन पनि गाइसकेकी छिन् । मंगलबारमात्र एक निर्देशकसँग बिबाह बन्धनमा बाँकिएकी बलिउड हट नायिकाको उपाधी पाइसकेकी गोस्वामीले हिमालय टेलिभिजनसँग गरेको कुराकानीःकसरी भयो तपाईको बलिउडसम्मको यात्रा ?

म दिल्लीमा रहेर मोडलिङ गरिरहेको थिएँ । नायिका तथा निर्मात्री पुजा भट्टले मलाई एउटा म्यागेजिनमा हेर्नुभएको रहेछ । यसपछि उहा मलाई भेट्न दिल्ली आउनुभयो र मलाई मुम्बई बोलाउनुभयो । यसपछि मैले पाप नामक सिनेमा खेलेको हो । सुरुमा त मलाई अभिनय गर्छु जस्तो लागेको थिएन । सुरुसुरुमा गाह्रो भएपनि मैले पछि अभिनयलाई नै आफ्नो भविष्य बनाएँ । म भारतको टप मोडल थिएँ त्यतिबेला ।

कतिको संर्घष गर्नुपर्‍यो ?

मैले त्यस्तो धेरै संघर्ष गर्नुपरेन । म अब हलिउडमा जान चाहन्छु । यसका लागि कुरा पनि भइरहेको छ । मलाई मेरो संघर्षले त्यहाँसम्म पनि पुर्‍याउला जस्तो लागेको छ ।

नेपालसँग धेरै नजिक हुनुहुन्छ, नेपालीहरुलाई कसरी हेर्नुहुन्छ तपाई ?

नेपालीहरुको एउटा कुरा छ, उनीहरु लिन र दिन जानेका छन् । तर उनीहरुको दिमाग खुस्कियो अर्थात रिस उठ्यो भने मारिहाल्छन । यसैले नेपालीलाई खुकुरी देखाउन हँुदैन, उनीहरु रिसाउँछन् ।

चलचित्रको पर्दामा तपाई खुबै हट हुनुहुन्छ, यथार्थमा कत्तिको हट हुनुहुन्छ ?

हा.हा.हा. । मलाई यथार्थ भन्ने शब्द थाहा थिएन, बल्ल थाहा पाएँ अब यसलाई सम्भिmन्छु । म वास्तवमा एकदमै साधारण छु । म बाहिर हिँड्दा हट पहिरन लगाउँदिन, जिन्स नै लगाउन रुचाउँछु । म आज पनि देहरादुनकै युवती हँु । ममा परिवर्तन आउनुपर्ने हो, तर त्यस्तो भएको छैन । मेरो घरमा अझै पनि मःमः र नेपाली खाना पाक्छ । मलाई मेरा पुरानै साथीहरुसँग हिड्न मन लाग्छ, कुकुरको गफ गर्न मन लाग्छ । मलाई सिनेमा नगरीका धेरैजसोसँग सम्वन्ध राख्नु छैन् । किनकी उनीहरुको आफ्नै खालको दुनियाँ छ ।नेपालसँग तपाइको सम्वन्ध कस्तो छ ?

मेरो ममी सिलोङको हो, बुबा हरिद्वारको । हजुरआमा चाहिं जनकपुरको । नेपालको पूर्व प्रधानमन्त्री तुलसी गिरी मेरो हजुरआमाको भाई हो । सानोमा मैले काठमाण्डुको थुप्रै ठाउँ घुमेकी छु । पहिला काठमाण्डुका बाटा ठूला लाग्थे, अहिले साना लाग्छन ।

नेपालको त्यस्तो कुनै घटना याद छ ?

मेरो हजुर आमा र म जनकपुरबाट कत्तै जाँदै थियौं । त्यतिकैमा हामी चढेको बसलाई अर्को बसले ठुलै ठक्कर दियो । मेरो हजुरआमा र म गम्भिर घाइते भयौँ । मेरो शरिरको विभिन्न ठाउँमा चोट लाग्यो, अहिले पनि त्यसको खत बाँकी छ । त्यो घटना त्यतिबेला ठुलो समाचार बनेको थियो । किनकी हामी तुलसी गिरीको परिवारसँग जोडिएका थियौँ । म पशुपति पनि गैरहन्थेँ, मलाई पशुपतिको बारेमा सबै थाहा छ ।

नेपाली सिनेमा हेर्नु भएको छ ? खेल्ने इच्छा छ कि छैन ?

मैले नेपाली सिनेमा आजसम्म हेरेकी छैन । तर सिनेमा खेल्न मन छ । राम्रो स्त्रिmप्ट र अब्बल निर्देशक भयो भने पक्कै पनि खेल्छु ।

नेपाली गीतहरु गाउन सक्नुहुन्छ ?

मलाई नेपाली गानाहरु धेरै आउँछ । जस्तो ‘गैरी खेतको शिरै हान्यो’, लोकगीतमा ‘पानको पात’ जस्ता गीतहरु मलाई याद छ ।

राजनीतिमा कत्तिको रुचि राख्नुहुन्छ ?

मलाई नेपालको होस् या भारतको कुनै पनि देशको राजनीतिमा याद छैन । तर ममा अहिले पनि नेपाली खुन छ । मलाई रिस उठ्यो कि पछि हट्न भन्दा पनि अघि सर्न मन लाग्छ मलाई ।

नेपाली खानेकुरा के मनपर्छ ?

मलाई तितौरा र छुर्पी खुबै मनपर्छ । साथीहरु नेपाल जाने भए भने म तितौरा ल्याउन आग्रह गर्छु ।

अन्त्यमा नेपालमा रहेका लाखौँ युवा फ्यानहरुलाई तपाई के भन्नुहुन्छ ?

तपाइलाई जे गर्न मन लाग्छ त्यो गर्नुहोस् । अरुले तत्कालका लागि तपाइलाई नराम्रो सांेचे पनि पछि त्यो तपाई आफ्नै लागि राम्रो हुनेछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अन्तरराष्ट्रिय भिडियोमा प्रियंका

बलिउड नायिका प्रियंका चोपडा प्रतिभाशाली कलाकारको रुपमा चिनिन्छिन् । विभिन्न कारणले चर्चामा आइरहने प्रियंका यतिबेला विश्वभर छाउने क्रममा छिन् । नायिकाबाट गायिका समेत बनेकी प्रियंकाले हालै मात्र आफ्नो पहिलो अन्तरराष्ट्रिय गीतको भिडियो तयार पारेकी छिन् । यो भिडियोमा चोपडा निक्कै आकर्षक समेत देखिएकी छिन् ।‘इन माई सिटी’ नामक एल्बममा समावेश एक गीतमा प्रियंकाले भारतिय र पश्चिमेली संकृतीको फ्युजन गराएकी छिन् । यो एल्बम तयार गर्न करिब ४ महिना लागेको प्रियंकाले बताएकी छिन् । एल्बममा समावेश अन्य गीतको भिडियो समेत छिट्टै बजारमा ल्याउने तयारी बलिउड देशी गर्लको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

काठमाण्डौका हलमा प्यारी सुष्मा

नायिका सुष्मा कार्की काठमाण्डौका हलमा बारम्बार छाउने गरेकी छिन् । यो बर्ष प्रदर्शनमा आएका अधिकांश सिनमा असफल भएको अवस्थामा सुष्माले अभिनय गरेको ‘विन्दास’ ले भने लगानी उठाउन सफल भएको छ । यसैले पनि काठमाण्डौमा यो सिनेमा बारम्बार प्रदर्शनमा आउने गरेको छ ।शुक्रबारदेखि काठमाण्डौको गंगा र कलंकी हलमा ‘बिन्दास’ प्रदर्शनमा आएको निर्माता मधुकुमार श्रेष्ठले जानकारी दिएका छन् । बिन्दास काठमाण्डौका हलमा तेश्रो पटक लागेको हो । हलमा लागेका अन्य सिनेमाले व्यापार नगरेको खण्डमा ‘विन्दास’ लगाउने गरिएको छ । राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा भित्र सुष्माका अलवा सुशान्त कार्की, अशोक फुयाँलको मुख्य भुमिका छ । चलचित्रमा नायिका कार्कीले खुलेरै उत्तेजक दृश्य दिएकी छिन् । यसैले पनि काठमाण्डौका हलसंचालकका लागि कार्की रुचाइएकी हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

डेटिङ जादा पप स्टारको केश मुण्डन

जापानकी पप स्टार मिनामी मीनिगिशीले आफ्नो ब्याण्डको नियम उल्लंघन गरेकोमा आफ्नो शिर मुण्डन गरेर माफी मागेका छिन् । जापानमा शिर मुण्डन माफी माग्ने परम्परागत तरिका हो ।उनले प्रेमीसँग डेट जान नपाउने आफ्नो ब्याण्ड म्यानजमेन्टको नियम तोडेकी थिइन् । यू-ट्युवमा राखिएको रेकर्डेड सन्देशका अनुसार आफ्ना प्रशंसकहरुसँग माफी माग्दै उनले आफू एकेबी ४८ ब्याण्ड छोड्न नचाहेको बताएकी छिन् । शिर मुण्डन गर्दैमा आफूले माफी नपाउने भन्दै उनले भनेकी छिन्-’यदि यो सम्भव छ भने म हृदयदेखि नै ब्याण्डको सदस्य बन्न चाहन्छु । जे मैले गरे, त्यो मेरो गल्ती थियो र म माफी माग्छु ।’

ब्याण्डको प्रोडक्सन कम्पनीले भने मीनिगिशीले डेटिङको अधिकार नरहने ब्याण्डको मूल नियम तोडेको बताएको छ । साथै व्याण्डले मीनिगिशीलाई पदबाट हटाएको छ ।

प्रशंसकहरुले भने स्टारहरुको निजी जीन्दगी हुने भन्दै पप स्टार मिनामीको बचाउँ गरेका छन् । उनको प्रेमी एक पुरुष ब्याण्डका डान्सर हुन् । हालै मात्र मीनिगिशी आफ्ना प्रेमीको घरबाट निस्कदै गरेको तस्वीर सार्वजनिक भएको थियो । मीनिगिशी सन् २००५ देखि ब्याण्ड एकेबी ४८ को सदस्य छिन् । यो ब्याण्डमा ९० महिला छन्, जसमा किशोरीदेखि २० वर्षसम्मका युवतीहरु छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आजदेखि लोडसेडिङ दैनिक दुई घण्टा घट्यो (तालिकासहित)

२१ माघ, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ केही घटाएको छ । दैनिक १४ घण्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङ दैनिक दुई घण्टाले घटाएर १२ घण्टामा झारेको हो ।

प्रधानन्त्रीको ठाडो आदेशमा केही दिनअघि देखि अनौपचारिक रुपमा लोडसेडिङको समयमा केही हेरफेर गरेको प्राधिकरणले आजदेखि औपचारिकरुपमै दैनिक दुई घण्टा घटाएको हो । नदीमा पानीको जलस्तर घट्ने क्रम तीव्र रहेता पनि भारतबाट आयातित विद्युत् आपूर्तिमा केही सुधार भएको तथा सूर्यास्तको समय परिवर्तन भएका कारण साबिकमा हुँदै आएको विद्युत्भार कटौतीको तालिकामा हेरफेर गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि माघ ६ गतेदेखि हप्तामा ९७ घन्टा लोडसेडिङ गर्दै आएको प्राधिकरणले अब हप्तामा ८४ घन्टा विद्युत कटौती गर्ने छ । परिवर्तित तालिकाअनुसार अब हप्ताको सातै दिन १२ घन्टा विद्युत कटौती हुनेछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

होटलमै सेक्सको मज्जा लिने तालिम: होटल मालिक्नी सेक्स प्रशिक्षक

Written By Unknown on Friday, February 1, 2013 | 9:18 PM

हामीकहाँ केही होटल रेष्टुरेन्टहरुमा यौन धन्दा हुने गरेको थाहा पाएकै कुरा हो । मसाज केन्द्र भनेर अवैध यौनधन्दा संचालन गर्नेहरु पनि छन् ।

केही देशमा भने वेश्यावृत्ति वैध छ र वैधानिक रुपमै यौन धन्दा संचालन गर्ने वेश्यालय खुलेका हुन्छन् । ती वेश्यालयमा यौनका भोका ग्राहकहरु गएर सम्भोगको आनन्द लुट्छन् । तर स्विडेनमा भने एउटा यस्तो होटल छ जसमा वेश्यावृत्ति होइन सम्भोगका बेला कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने तालिम दिइन्छ ।

दक्षिणी स्विडेनको स्कुरुप क्षेत्रमा रहेको उक्त भेनसगार्डेन गेष्ट हाउसले सेक्समा चरम आनन्द प्राप्त गर्ने तरिका सिकाउन एक जना प्रशिक्षक नै नियुक्त गरेको छ । प्रेमको स्वर्ग नामले आफुलाई चिनाउने उक्त होटलमा ग्राहकलाई सेक्समा चरम आनन्द उठाउने तालिम दिने महिला हुन् यिभा फ्रान्जेन ।

यिभा व्यवसायिक यौन प्रशिक्षक हुन् । यो होटल ६७ वर्षका पूर्व शिक्षक आकेले खोलेका हुन् जो यिनै यौन प्रशिक्षकका श्रीमान समेत हुन् ।


एक रातको तालिमका लागि ग्राहकले २२७ पाउण्ड तिर्नुपर्छ । रातभरमा यिभाले ग्राहकलाई सेक्समा कसरी चरम आनन्द प्राप्त गर्ने भन्ने कुरा प्रयोग गरेरै सिकाउँछिन् । कामसुत्रका विधि लगायत पाकक्रिडा तथा अन्य यौनिक खेललाई उनले सविस्तार सिकाउँछिन् ग्राहकलाई । उनले महिला र पुरुष दुबैलाई सेक्सको तालिम दिन्छिन् । तर महिलालाई बढि प्राथमिकता दिइने होटलको भनाइ छ ।

होटल संचालकले आफ्नो होटल वेश्यालय नभएको दाबी गर्दै आफ्नो होटल प्रेममा मज्जा लुट्न चाहनेहरुको लागि उपयुक्त स्थान भएको बताउँछन् । आफ्नो होटलबाट तालिम लिएर जानेहरुले सेक्स जिवनमा कहिल्यैपनि हरेस खानु नपर्ने दाबी आकेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बुढीका खातिर चीन र जापानको युद्ध


चीन र जापान परम्परागत प्रतिद्वन्दी हुन् । यी दुइ देशबीच सामुद्रिक क्षेत्र लगायतका विभिन्न विषयमा चर्को विवाद छ । तर पछिल्लो समय भने अर्को अनौठो लडाइँमा होमिएका छन् यी दुइ देश । विश्वको सबैभन्दा बुढो मानिस कुन देशमा छ ? भन्ने विषयमा चीन र जापानबीच विवाद चलेको हो ।

गएको डिसेम्बरमा जापानकी १ सय १५ वर्षे महिलालाई विश्वकै सबैभन्दा बढी उमेरको मान्छेको उपाधि गिनिज बुकले दिएसँगै चीनकी एक महिलाले त्यसलाई चुनौति दिँदै आफु विश्वको सबैभन्दा बुढी महिला भएको दाबी गरेकी छिन् ।

गिनिज बुकले डिसेम्बरमा जापानकी १ सय १५ वर्षे जिरोएमोन किमुरालाई विश्वको सबैभन्दा जेठो मानिसको उपाधि दिएको थियो । त्यसलाई चुनौति दिँदै चिनकी लोउ मेजेनले आफु १ सय २७ वर्षकी भएकीले विश्वको जेठो मानिस आफु भएको दाबी गरेकी छिन् ।

समाचार अनुसार लोउले आफु १८८५ मा जन्मिएको दाबी गरेकी छिन् । चिनको बामा क्षेत्रकी लोउले यसको प्रमाण स्वरुप आफ्नो पूरानो परिचय पत्र प्रस्तुत गरेकी छिन् । तर सन् १९४९ मा चीनमा कम्युनिष्ट शासन आएपछि मात्र उनी बसेको क्षेत्रमा क्षेत्रको जन्मदर्ता सुरु भएकाले उनको एकिन जन्म कहिले भएको हो भन्ने बारेमा एकिन गर्न नसकिएको बताइएको छ ।

गिनिज बुकले यस विषयमा कुनै टिप्पणी भने गरिसकेको छैन । हेरौँ बुढी आइमाइको यो लडाइँमा चीनले जापानलाई पछार्न सक्छ की सक्दैन ?
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बसभित्र सामूहिक बलात्कार


  •     ८२ बर्षीयामाथि यौन दुव्र्यवहार !
  •     डेढ वर्षदेखि बलात्कार

पार्किङ गरिएको बसभित्र सामूहिक बलात्कृत भएकी किशोरीको स्थिति गम्भीर बन्दै गएको छ । तीन जनाबाट बलात्कृत भएकी उनको पाठेघर च्यातिएको छ भने उनी कहिले अचेत हुन्छिन् त कहिले डराउने र चिच्याउने गर्छिन्
रोल्पाकी १५ वर्षे ती किशोरीलाई बुटवल-११ बसपार्कस्थित लु १ ख३६०८ नम्बरको बसभित्र बलात्कार गरिएको थियो । उनी काम खोजी गर्दै दाङबाट गत पुस ७ गते बुटवल आइपुगेकी थिइन् । अपराह्न आइपुगेकी उनलाई काम लगाइदिने भन्दै तीन युवकले बसपार्कमा रोकेका थिए । साँझ तीनै युवाले बसभित्र लगेर सामूहिक करणी गरेको प्रहरीले बताएको छ । सामूहिक करणीबाट घाइते किशोरीलाई राति इलाका प्रहरीले उद्धार गरेको थियो ।

पीडितको अवस्था नाजुक रहेको र अभियुक्तहरू भाग्न सक्ने भन्दै घटनालाई सार्वजनिक गरिएको थिएन । अहिले जबर्जस्ती करणी अभियोगमा बुटवल-९ का भीमबहादुर सुनार, रमेश थापा र वालिङ स्याङ्जाका हरि पाठक पक्राउ परेका छन् । अभियुक्त पक्राउपछि मात्र प्रहरीले घटना सार्वजनिक गरेको हो । अभियुक्तहरूमाथि नाबालक जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले बताए ।

महिनाअघि सामूहिक करणीमा परेकी किशोरीको शारीरिक तथा मानसिक अवस्था कमजोर छ । उनी अचेत अवस्थामा रहने गरेकी छन् । कोही नजिक जाँदा डराउने र चिच्याउने गर्छिन् । परिवारसित सम्पर्क नभएकी उनलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत केआई नेपालले संरक्षण दिएको छ । संस्थाको पहलमा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शारीरिक तथा मानसिक उपचार भइरहेको छ ।

चिकित्सकले अझै एक महिना उपचार गर्नुपर्ने बताएको संस्थाका कार्यक्रम सहसंयोजक ईश्वरीप्रसाद सापकोटाले बताए । उनको पाठेघर च्यातिएको पनि चिकित्सकले बताए । प्रहरीका अनुसार किशोरी रोल्पामा सानीआमासँग बस्दै आएकी थिइन् । बाबु कमाउन भारत गएपछि सौतेनी आमाबाट दुव्र्यवहार सहन नसकेर काकाको घर दाङ पुगेकी किशोरी त्यहाँबाट काम खोज्दै बुटवल आइपुगेकी थिइन् ।

८२ बर्षीयामाथि यौन दुव्र्यवहार !

ओखलढुंगा- यहाँस्थित रामबजारमा साताअघि गम्भीर घाइते अवस्थामा भेटिएकी ८२ वषर्ीया वृद्धामाथि यौन दुव्र्यवहार भएको शंका छ । मानसिक सन्तुलन गुमेकी नारायणस्थान-१, लामिसोतीकी धनमाया बस्नेत सडकछेउमै रगताम्य भेटिएकी थिइन् । महिला अधिकारकर्मीले यौन दुव्र्यवहारको आशंका गरेका छन् । घटनाको भोलिपल्टै आमा समूह सञ्जाल, महिला मानव अधिकार रक्षक र अन्तरपार्टी महिला सञ्जालले संयुक्त रूपमा घटनाको यथार्थ बुझी दोषीमाथि कारबाहीको मागसहित जिल्ला प्रहरीमा ठाडो निवेदन दिए पनि प्रहरी गम्भीर नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले सोमबार प्रमुख जिल्ला अधिकारी र प्रहरी नायब उपरीक्षकलाई घटनास्थलको निरीक्षण गर्न अनुरोध गरेपछि जिल्ला प्रहरी निरीक्षक राजकुमार यादवलाई घटनास्थल निरीक्षण गर्न पठाएको थियो ।

डेढ वर्षदेखि बलात्कार

प्रेमकुमारी घले

लमजुङ- नेपाल उद्योग वाणिज्य संघ भोटेओडार इकाई पूर्वअध्यक्ष केदारबहादुर थापाले आफ्नै घरमा काम गर्ने १४ वषर्ीया बालिकालाई डेढ वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ ।

पीडितका परिवारले पीडकलाई कानुनी कारबाही माग गर्दै आइतबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

आइतबार नै फरार भएका थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ । दिनहुँ राति-राति रुने र कराउने बालिकाले स्कुलका साथीभाइसँग आफूलाई घरमालिकले गर्ने व्यवहारबारे सुनाएपछि स्थानीय आमा समूहले बालिकालाई शुक्रबार थापाको घरबाट उद्धार गरेको थियो ।

यसअघि बालिकाकी दिदीसमेत थापाको 'कुकृत्यको सिकार भएको' परिवारले आरोप लगाएको छ । तर थापाले घटना सार्वजनिक नगर्न दबाब दिएकाले बाहिर ल्याउन नसकेको परिवारले बताएको महिला अधिकारकर्मी अन्तरपार्टी महिला सञ्जाल लमजुङकी अध्यक्ष इन्दिरा तिवारीले बताइन् । पीडित बालिकाकी आमाका अनुसार पीडक थापाकी साली देवी थापाले आइतबार राति ५० हजार दिन्छु भन्दै घटना सार्वजनिक नगर्न दबाब दिएकी थिइन् ।

यसैबीच दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दै भोटेओडार र सदरमुकाम बेसीसहरका महिलाले सोमबार नाराबाजी गर्दै बजार परिक्रमा गर्नुका साथै प्रशासनमा धर्ना दिए । प्रदर्शनमा बालिकाकी आमासमेत आएकी थिइन् । महिलाले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् । ढिलासुस्ती भए कडा आन्दोलनमा उत्रने अन्तरपार्टी महिला सञ्जाल अध्यक्ष तिवारीले चेतावनी दिइन् ।

थापाको खोजी र परिवारको सुरक्षाका लागि प्रहरी प्रशासनबाट पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए । बालिकाको स्वास्थ्य परीक्षणसमेत गरिएको भण्डारीले जानकारी दिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सुरक्षा दृष्टिले एमाओवादी महाधिवेशन ‘उच्च जोखिम’मा

१८ माघ, हेटौंडा । एकीकृत नेकपा माओवादीले शनिबारदेखि हेटौडामा हुने आफ्नो सातौं महाधिवेशनमा सुरक्षाको दृष्टिले उच्च जोखिममा रहेको भन्दै सोहीअनुरुपको सुरक्षात्मक उपाय अवलम्बन गरेको छ ।

आपराधिक चलखेल हुने वीरगञ्ज नजिकै रहेको, भारतीय सीमाना धेरै टाढा नरहेको र एमाओवादी नेताहरुमाथि विगतमा पनि आक्रमण हुने गरेको भन्दै एमाओवादीले यो महाधिवेशनलाई अहिलेसम्मकै सबै कार्यक्रमहरुभन्दा ‘हाइ रिस्क’मा राखेको महाधिवेशन सुरक्षामा खटिएका वाइसीएल इञ्चार्जले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

एमाओवादीले महाधिवेशनको आन्तरिक एवं बाह्य सुरक्षाका लागि ४ वटा घेरामा १० हजार वाइसिएल खटाउने भएको छ । सुरक्षाको प्रत्यक्ष कमाण्ड पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन (पासाङ)ले सम्हाल्ने छन् भने फिल्ड कमाण्ड वाइसीएल कमाण्डर गणेशमान पुनले सम्हाल्ने छन् । त्यसैगरी महधिवेशन सुरक्षामा खटाइने दुई राज्य समितिको फोर्समध्ये ताम्सालिङको फोर्सको कमाण्ड युवराज दुलाल (शरद) र नेवा फोर्सको कमान्डिङ रामप्रसाद सापकोटा (दीपशिखा) ले गर्ने भएका छन् ।

कमाण्डर दीपशिखाका अनुसार विभिन्न चारवटा घेरामा १० हजार वाइसीएल खटाइने छ र महाधिवेशनपछि पनि वाइसीएललाई पुनर्जिवित गराई पार्टीको कार्यक्रममा कसैले आक्रमण गरे प्रतिवाद गरिनेछ ।

कमान्डर सापकोटाले अनलाइनखबरसँग भन्नुभयो, ‘ सुरक्षाका विभिन्न चारवटा घेरा हुनेछन् । महाधिवेशनभित्र दुईवटा र जिल्ला बाहिरसम्म अन्य दुईवटा सुरक्षा घेरा रहनेछन् । भारतीय नाका र जिल्ला प्रवेश गर्ने संवेदनशील नाकाहरुमा पनि वाइसिएल खटाइने छ । भारतीय नाकामा पनि फोर्स राखिन्छ । हेटौंडा आसपासका जिल्लामा समेत वाइसीएल एलर्टमा राखिन्छन् ।

प्रहरी र वाइसीएलवीच छलफल

महाधिवेशनको सुरक्षालाई लिएर बिहीबार हेटौडामा प्रहरी प्रमुख र वाइसीएल प्रमुखवीच सुरक्षासम्बन्धी बैठक सम्पन्न भएको छ । बैठकमा प्रहरी तर्फबाट एएएसपी सर्वेन्द्र खनालसमेतको सहभागिता थियो ।

नेपाल प्रहरी तर्फबाट महाधिवेशन सुरक्षाका लागि ५ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । यसका लागि जिल्ला बाहिरबाट पनि सुरक्षाकर्मी झिकाइने प्रहरीलाई उधृत गर्दै स्रोतले अनलाइनखबरलाई बतायो ।

हलकै छेऊमा संयुक्त फोर्स राखिने

महाधिवेशनमा हुन सक्ने आक्रमण, आगलागी वा अन्य सम्भावित दुर्घटनालाई मध्यनजर गरी बन्दशत्र हलकै छेउमा आपतकालीन उद्धार फोर्स राखिने वाइसिएल नेता सापकोटाले अनलाइनखबरलाई बताउनुभयो । उद्धार फोर्समा वाइसीएल र प्रहरी दुवै तर्फको संयुक्त टोली रहने उहाँले बताउनुभयो ।

महाधिवेशनलाई सरक्षाको दृष्टिले ‘हाइ रिस्क’मा राखिए पनि बाह्य खतरालाई प्राथमिकता दिने उहाँले बताउनुभयो । भृकुटीमण्डपमा आयोजित विस्तारित बैठकमा जसरी बन्दशत्रभित्रै हात हालाहालको स्थिति आउन सक्ने खतरा कम रहेको सापकोटाको दाबी छ । ‘सबैतिर सहमतिका आधारमा प्रतिनिधिहरु चयन भएका छन्, राजनीतिक दस्तावेज पनि एउटै आउने भएको छ, त्यसैले आन्तरिक समस्या गौण विषय हो ।’ उहाँले भन्नुभयो ।

महाधिवेशन स्थलमा सरकारी अनुगमन

एमाओवादी महाधिवेशन शुरु हुने अघिल्लो दिन शुक्रबार दिउँसो सरक्षा अधिकारीहरुले स्थलगत अनुगमन गरेका छन् । मध्यमाञ्चल क्षेत्रका नेपाल प्रहरीका डीआइजी, क्षेत्रीय प्रशासक, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी प्रमुखलगायतका सरकारी अधिकारीले महाधिवेशन स्थलको अनुगमन गरेर र्फकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

प्रतिलिपि अधिकार चोर्नेलाई कैद, जरिवाना र क्षतिपूर्ति

काठमाडौ, माघ १९ - प्रतिलिपि अधिकार हनन गरी पुस्तक प्रकाशित गरेको आरोप लागेका दुई व्यक्तिलाई जिल्ला अदालत काठमाडौंले जनही १३ दिन कैद सजाय र दस हजार रुपैयाँ जरिवाना फैसला गरेको छ । उनीहरूले पीडितहरूलाई डेढ लाख क्षतिपूर्तिसमेत दिनुपर्नेछ । जिल्ला न्यायाधीश नारायण पोख्रेलको इजलासले काठमाडौंको बागबजारस्थित एसपी प्रकाशनका प्रबन्धक प्रेमबहादुर अधिकारी र लेखक गणेश बुढाथोकीलाई प्रतिलिपि अधिकार हननको मुद्दामा दोषी ठहर गरेको हो ।

अधिकारी र बुढाथोकीविरुद्ध लेखक हरिभक्त बुढाथोकीले २०३२ देखि प्रकाशन गर्दै आएको 'ड्राइभिङ शिक्षा' नामक सवारी चालक परीक्षाको गाइड र 'ड्राइभिङ लाइसेन्स' नामको प्रश्नोत्तर संगालो पुस्तकको अंश हुबहु प्रकाशित गरी प्रतिलिपि अधिकारको हनन गरेको आरोप लगाएका थिए । आफ्नो पुस्तकको अंश हुबहु राखी प्रबन्धक अधिकारी तथा लेखक गणेशले 'ड्राइभिङ गुरु' नामक पुस्तक प्रकाशित गरेको उजुरीपछि प्रहरीले घटनाको छानबिन गरी दुवै जनाविरुद्ध मुद्दा दायर गरेको हो । आरोपित दुवै जना केही दिन थुनामा रही एक-एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । दुवैले तारिख गुजारेकाले धरौटीसमेत जफत हुने भएको छ ।

फैसलाको पूर्ण पाठ आउन बाँकी रहे पनि दुवै जनालाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा २५ अनुसार कसुर ठहर भई क्षतिपूर्ति, कैद र जरिवानाको फैसला भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । 'वाषिर्क दसौं हजारप्रति बिक्ने पुस्तकको सबै अंश सारेर प्रतिलिपि अधिकार हनन गरेकाले मैले प्रहरीमा उजुरी दिएर मुद्दा दायर गर्नुपरेको हो,' पुस्तकका प्रकाशक चन्द्र बुढाथोकीले कान्तिपुरसित भने । २०३२ सालयता पुस्तकको तीसौं संस्करण बजारमा आइसकेको दाबी गर्ने उनले पुस्तक प्रकाशित हुनासाथ पुल्चोकस्थित नेपाल राष्ट्रिय पुस्तकालयमा दर्ता गरी आफ्नो प्रतिलिपि अधिकार सुरक्षित गरेको बताए । 'फैसलाले गैरकानुनी पुस्तक प्रकाशन र बिक्री-वितरण गर्नेहरूलाई हतोत्साहित बनाएको छ,' उनले भने ।

मुद्दा दायर भएलगत्तै जिल्ला अदालत काठमाडौंले एसपी प्रकाशनलाई 'ड्राइभिङ गुरु' पुस्तक प्रकाशन र बिक्री-वितरणमा रोक लगाएको थियो । अन्तिम किनारा नलागुन्जेल पुस्तक बिक्री-वितरण नगर्न प्रकाशन, बिक्रेता र वितरकका नाममा आदेश जारी गर्दै अदालतले स्टकमा रहेका पुस्तक बरामद गरी त्यसको विवरण सरकारी वकिलको कार्यालयमार्फत पठाउन समेत प्रहरीलाई आदेश दिएको थियो ।

मुख्य प्रकाशक बुढाथोकीको उजुरीपछि छानबिन गरेर महानगरीय प्रहरी परिसर काठमाडौंले प्रतिलिपि अधिकार हनन भएको आरोपमा १० लाख क्षतिपूर्ति मागसहित मुद्दा दायर गरेको थियो । दुवै पक्षबीच पटक-पटक सहमति र मिलापत्रको प्रयास सफल हुन नसकेपछि प्रहरी सरकारी वकिलमार्फत अदालत पुगेको हो । प्रतिलिपि अधिकारको मुद्दा सरकारवादी हुन्छ । आरोपित प्रकाशनका प्रबन्धक प्रेमबहादुर अधिकारीले आफूले तथ्यपरक ढंगले मौलिकरूपमा नै पुस्तक प्रकाशित गरेको दाबी गर्दै कसैको प्रतिलिपि अधिकार हनन नगरेको जिकिर गरेका थिए ।

सवारी चालकबारे सैद्धान्तिक विषयवस्तु रहेको 'ड्राइभिङ शिक्षा' पुस्तकका १५ शीर्षकहरू तलमाथि फेरबदल मात्रै गरेर 'ड्राइभिङ गुरु' पुस्तक प्रकाशित गरिएको थियो । एक सय ७८ पेजको पुस्तकमध्ये ८० पेज हुबहु सारिएको छानबिनका क्रममा भेटिएको थियो । प्रतिलिपि अधिकार संरक्षण ऐनमा लेखक वा प्रकाशनसँग सिर्जनाको प्रतिलिपि अधिकार सुरक्षित हुने र उनीहरूको अनुमतिबेगर अरूले सो सिर्जनाको पूर्ण भाग वा अंश अरूले 'कपी' गर्न नपाउने व्यवस्था छ । ऐनअनुसार स्रष्टा वा लेखक दिवंगत भएको ५० वर्षपछि प्रकाशित कृति राष्ट्रियकरण हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लोडसेडिङ दैनिक दुई घण्टा घट्यो

काठमाडौं, माघ १९ - नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दैनिक दुई घण्टा लोडसेडिङ कटौती गरेको छ ।

नदीहरुमा पानीको जलस्तर घटेको र भारतबाट सप्लाई भइरहेको क्षेत्रमा समेत करिव ३० मेगावाट विद्युत कटौती भएकाले बढाइएको लोडसेडिङ दैनिक दुई घण्टा कटौती गरेको प्राधिकरणले जनाएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले टि्वटर एकाउन्ट खोलेलगत्तै बढी टिप्पणी भएपछि लोडसेडिङ घटनाउने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषणापछि भने साविकको लोडसेडिङ यथावत थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मलेसियाका नेपालीलाई फेरि लेभीको भार

१९ माघ, क्वालालम्पुर । न्यूनतम ९ सय रिंगेट मासिक तलव पुग्यो भनेर खुसी भएका मलेसियाका नेपाली श्रमिकहरुलाई बढेको पहिलो महिनाको तलव नबुझ्दै दुःखको खवर आइपुगेको छ । मलेसियाको मन्त्रिपरिषद्ले यहाँ कार्यरत बिदेशी श्रमिकको लेभी कामदारले नै तिर्नुपर्ने निर्णय गरेको छ भने होष्टल र कम्पनीबाट होष्टलसम्म पुग्ने यातायातको खर्च पनि बिदेशी कामदारले नै बेहोर्नुपर्ने निर्णय गर्न छलफल भइरहेको छ । बुधबार बसेको मन्त्रिपरिषद्ले तत्कालै लागू हुने गरि लेभी बिदेशी श्रमिकले नै बेहोर्नुपर्ने निर्णय गरेको हो । यहाँको अर्थ मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा सन् १९९२ को लेभीसम्बन्धी कानुन पुनः लागू गरिएको जानकारी दिएको छ । अब मलेसिया आउने हरेक बिदेशी श्रमिकले मासिक लेभी आफ्नै तलवबाट कट्टी हुनेगरि तिर्नुपर्ने छ ।

मन्त्रालयको बिज्ञप्तिमा भनिएको छ-’श्रमिकको तलव ३ देखि ५ सय बढेको अबस्थामा मासिक ३४ देखि १५४ रिंगेट लेभी तिर्नु कामदारका लागि बोझ हुनेछैन भन्ने हामीलाई लागेको छ ।’ बिहीवारमात्रै श्रममन्त्री एस सुब्रमनियमले भनेका छन- ‘धेरैजसो कम्पनीमा बिदेशी कामदारले दैनिक तीन/चार घण्टा ओभरटाइम गरिरहेका छन, त्यसबाट उनीहरुले बेसिक तलब बाहेक पनि तीन/चार सय बढि नै कमाउँछन ।’

मलेसियाले सन् २००९ मा लेभीसम्बन्धी ब्यबस्था संसोधन गर्दै कामदारको लेभी रोजगारदाताले तिर्नुपर्ने ब्यबस्था गरेको थियो । कम्पनीहरुले स्वदेशी कामदार छाडी सस्ता बिदेशी कामदारमात्र ल्याउन थालेपछि त्यसमा अंकुश लगाउने उदेश्यले लेभीको बोझ रोजगारदातालाई बोकाउने नीति लिइएको थियो । त्यसअघि करिव मासिक १ सय रिंगेटका दरले श्रमिकले लेभी तिर्दै आएका थिए । जनवरी १ देखि न्यूनतम तलव ९ रिंगेट बनाएपछि रोजगारदाताहरु असन्तुष्ट बन्दै आएका थिए । न्यूनतम तलवबाट स्वदेशीभन्दा बिदेशी लाभान्वित भएको भन्दै उनीहरुले लेभी पनि कामदारलाई नै तिराउन माग गर्दै आएका थिए ।

मन्त्रालयको बिज्ञप्तिमा नयाँ आउने बिदेशी कामदार वा पर्यटक तथा उनीहरुले भिषा नविकरण गर्दा यस्तो लेभी तिर्नुपर्ने बताइएको छ । तर, यही ब्यबस्थामा टेकेर कम्पनीहरुले पुराना कामदारमाथि पनि लेभी काटिदिन सक्ने खतरा बढेको छ ।

बिकृति बढ्ने

मलेसिया सरकारले लेभी कामदारले नै तिर्नुपर्ने ब्यबस्था गरेपछि धेरै बिकृति बढ्ने र कम्पनीहरुको लार्पवाही बढ्ने देखिएको छ । नेपाल बैदेशिक रोजगार ब्यबसायी संघका उपाध्यक्ष कुमुद खनालले अनलाइनखबरसँग भन्नुभयो-’सरकारले लेभीमात्र काट्ने भने पनि कम्पनीहरुले मेडिकल, इन्सुरेन्स र स्टीकर लगाउँदा लाग्ने शुल्कसमेत कामदारबाटै असुल्ने सम्भावना देखिन्छ ।’ कम्पनीहरुले प्रति कामदार मेडिकलबापत १८० रिंगेट, इन्सुरेन्सबापत १३० रिँगेट र स्टीकरबापत १३० रिंगेट गरि ४४० रिंगेट तिर्दै आएका छन् । ‘मासिक १ सय रिंगेटका दरले बर्षमा १२ सय र ४४० अन्य गरि बाषिर्क १६ सय ४० रिंगेट कामदारले तिर्नुपर्ने देखियो’-खनालले भन्नुभयो । तर सेवा क्षेत्रमा त्योभन्दा बढि पनि लेभी तिर्नुपर्ने हुनसक्छ । कठिन काम भएका कतिपय कम्पनीहरुले सुरुको तीन चार महिना तलव होल्ड गर्ने प्रबृति दोहोरिन सक्ने खनालले बताउनुभयो ।

श्रममन्त्री सुब्रमनियमले भने नयाँ आउने वा भिषा रिन्यू गर्ने कामदारलाई मात्र यो नीतिले तत्कालै असर गर्ने बताउनुभयो । सेवा क्षेत्रमा बाषिर्क १८ सय र कृषि क्षेत्रमा बाषिर्क ४ सय रिंगेटमात्र लेभी तिर्नुपर्ने सुब्रमनियले बताएको मलेसियाली समाचार समिति बर्नामाले जनाएको छ ।

आवास र यातायातबारे छलफल

रोजगारदाताहरुले बिदेशी कामदारको आवास तथा यातायात खर्च पनि कामदारले नै बेहोर्ने ब्यबस्था गरिदिन सरकारसँग माग गरेका छन् । श्रममन्त्री सुब्रमनियमले यसबारेमा मन्त्रालयमा छलफल भइरहेको बताउनुभयो । ‘यो जटिल बिषय हो, रोजगारदाता र श्रमिकवीच सम्झौता भइसकेको बिषय हुनाले धेरै छलफल गरेर मात्र निर्णय गर्नुपर्छ’ श्रममन्त्रीले भन्नुभयो-’रोजगारदाताहरुसँग बसेर छलफल गरेपछि आबश्यक निर्णय लिइनेछ ।’ अहिले रोजगारदाता कम्पनीले बस्ने र होष्टल तथा कम्पनीवीचको यातायात खर्च बेहोर्दै आइरहेका छन भने खाना खर्च कामदार आफैले बेहार्नुपर्छ ।

लबिङ पुगेन

‘कामदार स्रोत मुलुकले वैठक बसेर सामूहिक दबाब दिएको भए सरकारले यस्तो निर्णय गर्ने थिएन’- खनालले भने- नेपालको कुटनीतिक कमजोरी देखियो, यसले नेपाली कामदारलाई सोचेजति फाइदा नदिने भयो ।’ खनालका अनुसार अब ब्यबहारमा नेपाली कामदारको तलव पहिलेको तुलनामा जम्मा दुई सय रिंगेटमात्र बढ्ने देखिएको छ । पहिले नेपाली कामदारलाई अनिवार्य ३० घण्टा ओभरटाइम दिनुपर्छ भन्ने रोजगारदातालाई परेको भएपनि अब ओभरटाइम दिन कम्पनी बाध्य नहुने खनालले बताउनुभयो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

ज्ञानेन्द्रलाई स्वागत गर्न सिमरामा विशेष तयारी

१९ माघ, बारा । पूर्वरानी कोमल शाहको जन्मदिन मनाउन सिमरा जाने तयारीमा रहेका पूर्वराजारानीको स्वागतका लागि सिमरामा विशेष तयारी सुरु भएको छ । आगामी फागुण सात गते पूर्वरानी कोमल शाहको जन्मदिन रहेको छ ।

आफ्ना बाल्यकालका साथी तथा नातेदार प्रभू शमशेरले व्यवस्थापन गरेको सिमरामा रहेको प्रभुवासा पूर्वराजारानी एक महिनासम्म बस्ने कार्यक्रम तय भएको छ । जसका लागि भवनको सफा सुग्घर लगायतका काम जारी रहेको नयाँ पत्रिकाले समाचार छापेको छ ।

पूर्वराजाको दम्पत्ती आगमी माघ २५ गते सिमरा जाने कार्यक्रम रहेको परिवार स्रोतले जनाएको छ । एक महिना बसाईका क्रममा उनीहरुले बाराको धार्मिक स्थलको भ्रमण गर्नुका साथै राजनीतिक भेटवार्तालाई पनि जारी राख्ने तयारी रहेको छ । आफ्नो भ्रमणका बारेमा सञ्चारमाध्यमलाई भने कुनै किसिमको जानकारी नदिन निर्देशन दिइएको छ ।

एक महिनाको बसाईका लागि सिमरा जाने दम्पत्तीको सुरक्षाका लागी सशस्त्र प्रहरीबलको एक दस्ता नागार्जुनबाट सिमरा जाँदै जाने भएको छ भने, पूर्वराजारानीका लागि तयार पारेको कोठामा डिसहोम पनि जडान गरिउको छ । प्रभुवासमा अहिले कोही नवस्ने भएकाले जीर्ण बन्दै गएको घरलाई पूर्व राजा दम्पत्तीकै लागि पुर्ननिर्माण सुरु गरिएको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कस्तो बाख्रो ? घाँस होइन कुखुराका चल्ला खाने

बाख्राले के खान्छ ? घाँसपात, अन्न आदि । बाख्रा शाकाहारी हो त्यसैले यसले मासु खाँदैन । तर यो दुनियाका सबै बाख्राले घाँसपात मात्र नखाँदा रहेछन् । भारतमा एउटा यस्तो बाख्रो छ जसले घाँसपात होइन माछामासु खान्छ । हो, भारतको नुरुंगेलमा एउटा यस्तो बाख्री छ जसले घाँस भन्दा मासु मन पराउँछ । सकीर नामका किसानले पालेको उक्त बाख्राले कुखुराका चल्ला र माछा खान खुब मन पराउँछ । बाख्रो बाँधेको नजिकैबाट कुखुराका चल्ला हिँडेको देखेमा त्यो बाख्राले मुखले ट्वाप्पै टिपेर खाइहाल्छ । त्यस्तै घरमा पकाएको माछा दिएमा पनि बाख्राले कपाकप खाइदिन्छ ।

यो मासु खाने बाख्रो सकीरले ६ महिनाअघि किनेका रहेछन् । उनले यो बाख्राले मासु खान्छ भन्ने जानेका भए सायद नकिन्दा हुन् । तर थाहा पाएनन् र किनिहाले । बाख्रो किनेको केही दिनपछि घरमा पालेको एउटा कुखुराको चल्लो हरायो । सायद सर्पले वा न्याउरी मुसाले मारेर खायो होला भन्ने उनले अनुमान गरेका थिए ।दिनदिनै कुखुराका चल्ला हराउन थालेपछि भने उनको मनमा शंका पस्यो । उनले एक दिन चल्ला कसले लैजाँदो रहेछ भनेर निगरानी गरे । उनी त्यसबेला अचम्ममा परे जब उनले देखे की बाख्रोले चल्लो खाइरहेको थियो । उनलाई बाख्राले आफै मारेर चल्लो खान्छ भन्ने कुराको अझैपनि पत्यार लागेन । उनले एउटा चल्लो लगेर उक्त बाख्रोको नजिकै राखिदिए । तत्कालै त्यो बाख्रोले उक्त चल्लाको घाँटीमा दाँत गाडिहाल्यो अनि मारेर मासु खाइहाल्यो ।

सकीरका अनुसार यो बाख्राले पछिल्लो ६ महिनामा ५० वटा चल्ला खाइसकेको छ । घाँस खाने बाख्राको जातले मासु खाँदा समेत यो बाख्रालाई कुनै त्यस्तो स्वास्थ्य समस्या भने छैन । पशु विज्ञहरु पनि यो बाख्राको मासु खाने आदत देखेर छक्क परेका छन् । वंशाणु विकृतिका कारण यो बाख्रो मांसाहारी भएको हुनसक्ने अनुमान उनीहरुको छ । यसको एकिन गर्न यो बाख्राको रगतको नमूना संकलन गरिएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

हेटौडामा यसरी हुँदैछ माओवादीको कर्मकाण्ड

सुनसरीमा महाधिवेशन प्रतिनिधि छान्न एमाओवादीको सम्मेलन चल्दै थियो । उद्घोषकले “सहमति” का आधारमा महाधिवेशन प्रतिनिधिहरुको नाम घोषणा गरे । साथै सबैलाई ताली बजाएर समर्थन गर्न आह्वान गरे । झिनो तालीको आवाजसंगै सहभागीहरुबाट व्यापक होहल्ला र आक्रोश व्यक्त भयो । सहभागीहरुले हलको गेट बन्द गरेर पुनः छलफल गर्न माग गरे । तर, मञ्चमा बसेको नेतृत्वले नाम पारित भइसकेको बतायो । यतिकैमा सहभागीको पंक्तिमा रहेका कामरेड अमर मञ्चमा उक्लिए । आक्रोशित मुद्रामा उनले पार्टीबाट राजीनामा दिएको घोषणा गरे, हलमा होहल्ला चल्यो ।

कामरेड अमर एमाओवादी सुनसरीका पुराना कार्यकर्ता हुन् । जनयुद्ध तयारीको समयदेखि नै उनी पार्टीमा सक्रिय रहिआएका छन् । दुई दशकको पूर्णकालीन राजनीतिक जिवन बिताएका छन् उनले । सैन्य हिरासतको कठोर यातना र जेल पनि भोगेका छन् । मेरो जीवन पार्टी र क्रान्तिका लागि भनेर उनी लगभग दुई दशक हिँडे । तर, आज आएर उनले पार्टी नै परित्याग गरेका छन् । अमर एक्ला पात्र होइनन् । एमाओवादीका थुप्रै प्रतिवद्ध कार्यकर्ताहरु महाधिवेशनको पूर्वसन्ध्यामा अमरकै हालतमा पुग्दैछन् ।

पार्टीको संगनात्मक पद्दति र नेताहरुको चरित्रले गर्दा पार्टीमा अमरहरुको संख्या बढ्दैछ । अमरहरुलाई पार्टीको दस्तावेज अझै पनि दुर्लभ छ । उनीहरुले दस्तावेज आफैंले पढ्न पाएनन् । हतार- हतारमा परैबाट सुन्न मात्र दिइयो । लामो प्रतिवेदन सुनेका आधारमा टिप्पणी गर्न सम्भव थिएन । तै पनि विधि पूरा गरियो । महाधिवेशन प्रतिनिधि पनि माथिका नेताले नै घोषणा गरिदिए । कार्यकर्ताले छान्ने वा फरक मत राख्ने अधिकार पाएनन् । जिल्ला सम्मेलनका नाममा एउटा कर्मकाण्ड गर्ने प्रयास गरियो । त्यसैले यो अन्त्यमा व्यापक होहल्ला र आक्रोशमा रुपान्तरण भयो । यसले अमरजस्ता कार्यकर्ताहरुलाई पार्टीबाट अलग हुने ठाउँसम्म पुर्‍याएको छ ।

महाधिवेशन प्रतिनिधि छान्ने यो तरिका सुनसरीको मात्र होइन । प्रायः देशैभरि यही तरिकाबाट प्रतिनिधि छानिँदैछन् । महाधिवेशनमा दस्तावेजमाथि कुनै गुणात्मक बहस हुनेवाला छैन । कुनै फरक दस्तावेज पनि आउने छैन । अध्यक्ष प्रचण्डको दस्तावेजमा सबै गुटको सम्झौता भइसकेको छ । पार्टी कमिटीबारे पनि गुट-गुटबीच केन्द्रमा भागबण्डा भइसकेको छ ।

महाधिवेशनका नाममा एउटा कर्मकाण्ड पूरा गरिनेछ । पार्टी सदस्यहरुलाई दस्तावेज पढ्ने मौका हुने छैन, पढेर सुनाएजस्तो चाही गरिनेछ । दस्तावेज सुनेर सहभागीहरुले ताली बजाउने छन् । नयाँ केन्द्रीय समितिको नाम सुनेर सहभागीले फेरि ताली बजाउने छन् । अन्त्यमा अध्यक्षलगायत केही नेताबाट ऐतिहासिक महाधिवेशन सम्पन्न भएको “संश्लेषण” हुनेछ । अन्य नेताहरुले “जनवादको महान अभ्यास” भएको भाषण गर्ने छन् र महाधिवेशन सकिने छ ।

पार्टीको भविश्य के होला ?

महाधिवेशन त “सफल” होला तर पार्टीको भविश्यचाहिँ के होला ? दुई दशकपछि आयोजित महाधिवेशनलाई माओवादी नेताहरु किन कर्मकाण्डमा सीमित गर्न खोज्दैछन् ? अनि यस्तो कर्मकाण्डबाट पार्टीको चरित्र कस्तो बन्छ ? जो कोहीले यस्ता प्रश्नहरु उठाउन सक्छ ।

संविधानसभा, गणतन्त्र र संघीयताको निर्माणमा माओवादी पार्टीले मुख्य योगदान गरेको कुरा सत्य हो । तर, केही वर्षयताको माओवादीको चरित्रमा तीब्र्र फेरबदल आइरहेको पनि अर्को सत्य हो । यतिबेला उक्त पार्टीभित्र सिद्धान्त, क्रान्तिजस्ता विषयले प्राथमिकता पाइरहेको छैन । पार्टीभित्र बिभिन्न गुट र नेताहरुबीच शक्ति-संघर्ष नै प्रमुख भइरहेको छ । यस्तै शक्ति-संघर्षको उत्कर्षमा वैद्य समूह अलग भइसकेको छ । अहिले वास्तवमा एमाओवादी नेताहरुलाई महाधिवेशन चाहिएको थिएन । पार्टीबाट अलग भएको वैद्य समूहले महाधिवेशन गरिसकेकाले इज्जत बचाउन मात्र यो सबै गरिँदैछ ।

पार्टी विभाजनपछि बचेका गुटहरुबीच कायम भागवण्डालाई यसका नेताहरुले जोगाउन चाहन्छन् । महाधिवेशनमा हुने सैद्धान्तिक बहस वा वास्तविक जनवादको अभ्यासले भागबण्डा धरापमा पर्छ । त्यसैले अध्यक्षबाहेक अरु कुनै नेताले दस्तावेज पेश नगर्ने सम्झौता भएको हो । मुलतः नेताहरुको स्वार्थमा आधारित भागबण्डालाई जोगाउन नै अरु नेताले दस्तावेज नलेखेका हुन् ।

अध्यक्ष प्रचण्डले दस्तावेज तयारीमा खास मेहनत गरेको देखिदैन । दस्तावेजको शुद्धाशुद्धीमा देखिएको चरम लापरवाही स्वभाविक स्तरको छैन । थुप्रै ठाउँमा वाक्यहरु पूरा अर्थ नआउने गरी गल्ती गरिएको छ । सोही हालतको दस्तावेज केन्द्रीय समितिले पारित गरेको छ र यही हालतमा जिल्ला-जिल्लामा वितरण गरिएको छ । यसबाट प्रष्ट हुन्छ, केन्द्रका प्रायः सबै नेताहरुले दस्तावेजलाई खास महत्व दिएका छैनन् ।

कम्युनिष्ट परम्परामा महाधिवेशन प्रथमत: एउटा निश्चित समयको दिशानिर्देशक हो । दोस्रो, यो जनवादको अभ्यास गर्ने थलो हो । कम्युनिष्टहरु जनवादी केन्द्रीयताको कुरा गर्दछन् । तर, अहिलेसम्म यो कुरामै मात्र सीमित छ । वास्तविक व्यवहारमा कम्युनिष्ट पार्टीहरुभित्र नोकरशाही केन्द्रीयता नै चलिरहेको छ । थुप्रै मुलुकमा कम्युनिष्ट पार्टी तथा सत्ता यही कार्यशैलीका कारण असफल भए । नेपालको एमाओवादीले पटक-पटक त्यस्तो गल्ती नगर्ने बताउँदै आएको हो । एमाओवादीको दस्तावेजमा अन्य मुलुकका पार्टीहरुले सर्वहारा जनवादको अभ्यासमा कमजोरी गरेको उल्लेख छ । तर, त्यसो भन्ने नेताहरु आफै गल्ती दोहोर्‍याउँदै छन् ।

परिवर्तन हुँदैछ, तर नकारात्मक

माओवादीको चरित्र परिवर्तन त हुँदैछ । तर, यो नकारात्मक दिशामा छ । संविधानसभाको निर्वाचनपछि राजनीतिक लाइनमा यो अकर्मण्य देखियो । जसले गर्दा त्यसपछिका हरेक कदमहरुमा गम्भीर भूलहरु भए । पार्टी बलियो हुँदाहुँदै र व्यापक जनसमर्थनका वावजुत उसका गतिविधिहरु हावामा मुट्ठी चलाएजस्तो भए । यही अवधिमा यसको संगठनात्मक शैलीमा भने अवसरवाद देखियो । पार्टीभित्रको अन्तरबिरोध हल गर्न जसले जे पद माग्यो, त्यही दिन थालियो । जसले गर्दा कमिटिहरु ठूला भए । पार्टी एकताका नाममा अनावश्यक जम्बो कमिटिको अभ्यास गरियो । यसले सिंगो पार्टी पंक्तिमा अवसरवादी होडबाजी पैदा भयो । केन्द्रका नेतामा मूल नेता खुशी पार्ने होडबाजी चल्यो । तलका कार्यकतामा पनि नेता खुशी पारेर फाइदा लिने प्रवृत्तिको बिकास भयो ।

आज एमाओवादी पार्टी आफ्नो राजनीतिक लाइनमा लगातार असफल छ । सरकारमा रहेर पनि खास केही गर्न नसक्ने हालतमा छ । यसको वरिपरि एकातिर नेता खुशी पार्ने अवसरवादी नेता कार्यकर्ताहरु छन् भने अर्कोतिर हजारौं शहिद, घाइते तथा बेपत्ता परिवार तथा इमानदार युवा जमातको घेराबन्दी छ । केन्द्रीय तहका नेताहरुलाई नीति तथा राजनीतिक लाइनको चिन्ता देखिँदैन । मूलतः पार्टीमा प्राप्त भागबण्डा कसरी जोगाउने भन्नेमै उनीहरुले ध्यान केन्दि्रत गरेका छन् । तर, महाधिवेशन गर्नुपर्ने बाध्यता पनि आइलागेको छ । त्यसैले यो महाधिवेशन सर्प पनि मर्ने, लट्ठी पनि नभाँचिने तरिकाले सम्पन्न हुँदैछ ।

बिश्व परिस्थितिमा आएको परिवर्तनले बिसौं शताव्दीका राजनीतिक सिद्धान्तहरुको ऐतिहासिक समीक्षाको माग गरिरहेको छ । साथै राजनीतिक आन्दोलनका नयाँ मूल्य मान्यताहरुको खोजी जरुरी छ । माओवादी महाधिवेशन यस्ता सवालमा केन्दि्रत हुनु पथ्र्याे । तर अवसरवादले ग्रस्त नेताहरुले यसो गरिरहेका छैनन् । यसको स्वभाविक परिणाम अमर जस्ता कार्यकर्ताहरु पार्टीबाट क्रमश पाखा लाग्दैछन् । हजारौं शहिद, बेपत्ता परिवार तथा जनताको अपेक्षा अधुरो हुँदैछ । अवसरवादी स्वार्थको होडबाजीले अन्ततः टुटफुट, बिभाजन र असफलता निम्त्याउने छ । अमरहरुले अब बैकल्पिक चिन्तनको अभ्यास गर्न जरुरी भइसकेको छ ।

(लेखक एमाओवादी कोचिला राज्य समितिमा आवद्ध छन्)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger