अफगानिस्तानमा १५ हजार नेपालीको रोजगार गुम्दै - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अफगानिस्तानमा १५ हजार नेपालीको रोजगार गुम्दै

अफगानिस्तानमा १५ हजार नेपालीको रोजगार गुम्दै

Written By Unknown on Sunday, February 3, 2013 | 1:01 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
दोहा (कतार), माघ १४ - अफगानिस्तानस्थित अमेरिकी सेनाका सहयोगी क्याम्पमा कार्यरत १५ हजारभन्दा बढी नेपाली कामदारको रोजगार गुम्ने अवस्थामा पुगेको छ । अमेरिकी सेनाले २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छाड्ने घोषणा गरेकाले उनीहरूका सहयोगीको रूपमा कार्यरत नेपाली कामदारको रोजगार गुम्ने भएको हो । यस विषयमा क्याम्प व्यवस्थापनले नेपाली कामदारलाई जानकारी गराइसकेको छ ।
अमेरिकी सेनाले अपि्रलबाट छाड्न सुरु गर्नेछ । 'यही अपि्रलमा हामीले सहयोग गर्ने सेना र्फकने भएकाले हाम्रो बेस क्याम्प पनि बन्द हुने सूचना दिएको छ,' एक कम्पनीको प्रशासन फाँटमा कार्यरत नेपाली कामदार रामचन्द्र रानाभाटले कान्तिपुरलाई भने, 'घर फिर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।' रोजगारी गुम्ने भएपछि निकै जोखिम लिएर त्यहाँ पुगेका कामदारहरू चिन्तित बनेका छन् । 'यहाँ अमेरिकी सेनाका ८३ वटा क्याम्प छन् । त्यसमा १५ हजार नेपाली कार्यरत छन्,' उनले भने, '२०१३ को अन्तिमसम्म ५३ क्याम्पहरू बन्द हुने सूचना हामीलाई दिएको छ ।' रानाभाट कार्यरत कम्पनीमा मात्रै ३५ सय नेपाली छन् । सरकारले अफगानिस्तान जान अनुमति दिएको छैन । उनीहरू दलालमार्फत् विमानस्थलमा सेटिङ मिलाएर त्यहाँ पुगेका हुन् ।
अमेरिकी सेनाहरू अपि्रल, मे, जुन, जुलाईबाट क्रमशः फिर्ता हुने कार्यतालिका बनेको कामदारहरूले बताएका छन् । 'जुन क्याम्प बन्द हुन्छ, त्यही क्याम्पमा कार्यरत साथीहरू पनि अनिवार्य फिर्ता हुनुपर्छ,' भाटले भने, 'तर अरू कुन-कुन क्याम्प कहिले बन्द हुँदै छन्, सूचना उपलब्ध गराइएको छैन ।' रानाभाट यसअघि इराकमा कार्यरत थिए । त्यहाँ पनि अमेरिकी सेना फर्किएपछि कटौती परेका उनी ३ लाख रुपैयाँ खर्चेर त्यहाँ पुगेका थिए । अफगानिस्तानमा धेरैजसो नेपाली कामदार अर्धदक्षको रूपमा कार्यरत छन् । उनीहरूले त्यहाँ सामान्यतः ७ सयदेखि एक हजार अमेरिकी डलर पाउँदै आएका छन् । तीन लाखसम्म खर्चेर दुबईमा चार महिनासम्म बिनाकाम बसेर त्यहाँ भर्खरै पुगेका कामदारहरू छिट्टै र्फकनुपर्ने स्थितिले चिन्तित बनेका छन् । 'निकै संघर्षपूर्ण तरिकाले अफगानिस्तान आइपुगेको भर्खर ६ महिना हुँदै छ । तीन लाख रुपैयाँ लगानी भयो । सरकारले अनुमति नदिएका कारण दुबईमा दुई महिना त्यत्तिकै बस्नुपर्‍यो,' अफगानिस्तानको गजनीस्थित बेसक्याम्पमा कार्यरत दुर्गाबहादुर घर्ती छेत्रीले भने, 'खानपान, सेवासुविधा राम्रै छ । फिर्ता हुनुपर्ने डरले हामीलाई अत्याएको छ ।' 'मेरो तलब १२ सय डलर छ । घरबाट आउनजान टिकट मिल्थ्यो । बसोबास पनि सुरक्षित छ,' अर्घाखाँचीका चिन्तामणि पाण्डेले भने, 'रोजगार गुम्ने सूचनाले चिन्तित बनाएको छ ।' ५ महिनाअघि त्यहाँ पुगेका सुनसरीका गोबिन राईले सेनाको तारबारभित्र बसेर काम गर्दा निकै सुरक्षित भएको बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger