2012 - Education, News, Technology, Information, Goship
Educational News :
#

अमेरिकी ‘माओवादी’द्वारा प्रचण्ड र बाबुरामको आलोचना

Written By Unknown on Monday, December 31, 2012 | 10:45 PM

१७ पुस, काठमाण्डौं । सन् १९८४ मा स्थापना भएको अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) ले नेपालका बाबुराम र प्रचण्डलाई माया गर्न छाडेको छ । तर, बाबुराम र प्रचण्डले भने रिमलाई एकतर्फीरुपमै भए पनि माया गर्न छाडेका छैनन् ।
एमाओवादीको भृकुटीमण्डप भेलाले रिमबारे भनेको छ – ‘रिमभित्र र बाहिर रहेका कम्युनिष्ट क्रान्तिकारी पार्टी र समूहहरुसँग सम्बन्ध बनाउँदै योजनावद्ध ढंगले अगाडि बढ्न जरुरी छ ।’ तर, एमाओवादीले रिमसँग सम्बन्ध बनाउने बताए पनि उता रिमका अन्य सदस्यले चाँहि प्रचण्ड र बाबुरामलाई सत्तोसराप गर्न थालेका छन् । रिमको सदस्य रहेको आरसीपी अमेरिकाले विश्वभरका माओवादी पार्टीलाई पठाएको पत्रमा प्रचण्डलाई भन्दा बाबुराम भट्टराईलाई बढ्ता गाली गरिएको छ ।
अमेरिका र नेपालका माओवादीको शीतयुद्ध
नेपालमा माओवादीले जनयुद्ध शुरु गरेको केही वर्षपछिबाटै रिमका सदस्य रहेका अमेरिका र नेपालका माओवादीवीच सैद्धान्तिक झगडा चर्किन थालेको हो । माओवादीको चर्काे अनुयायी आरसीपी अमेरिकाले सन् २००५ अक्टोबरमा नेकपा माओवादीलाई पत्र पठाएर वैचारिक युद्धको फायर खोलेको थियो । त्यसयता आरसीपी अमेरिकाले सन् २००८ र २००९ मा थप तीनवटा पत्र पठाएको थियो । सन् २००८ मा आरसीपी अमेरिकाले दुईवटा पत्र लेखेको थियो । यसवीचमा नेपालको माओवादीले चाहि सन् २००६ जुलाईमा एउटा पत्र पठाउनुबाहेक अमेरिकी माओवादीलाई कुनै जवाफ फर्काएन । आरसीपी अमेरिकाले सन् २००९ मा नेकपा माओवादीलाई पत्र लेखेर जनयुद्ध वीचैमा छाडेर शान्ति प्रक्रियामा आएको र जनमुक्ति सेना नेपाली सेनामा समायोजन गर्न लागेकोमा तीब्र विरोध जनाएको थियो ।
फेरि बाबुराम र प्रचण्डको विरोध
सन् २००९ मा आफूले पठाएको पत्रको एकीकृत नेकपा माओवादीले कुनै जवाफ नफर्काएपछि क्रुद्ध बनेको आरुसीपी अमेरिकाले गत मेमा प्रचण्ड र बाबुरामको चर्को विरोध गर्दै संसारभरका माओवादी पार्टीहरुलाई ४२ पृष्ठ लामो पत्र लेखेको छ । सो पत्रमा नेपालको जनयुद्ध पनि पेरुमा जस्तै असफल भएको र प्रचण्ड-बाबुरामको नेतृत्वले क्रान्तिलाई धोका दिएको निश्कर्ष निकालिएको छ । रिम कमिटीलाई पठाइएको यो गोप्य पत्र आरसीपी अमेरिकाले हालै छलफलका लागि भन्दै सार्वजनिक गरेको छ ।
माओवादलाई पथप्रदर्शक सिद्धान्त मान्दै आएको आरसीपी अमेरिकाले सार्वजनिक गरेको पत्रमा रिममा मतभेद देखा परेको, विश्वमा कम्युनिज्म दोबाटोमा आइपुगेको र रिम संकटमा परेको उल्लेख गरिएको छ । नेपालको माओवादीमा देखिएको विचलन र यसले पार्ने प्रभावका बारेमा पनि विश्लेषण गरिएको छ । ‘हामीलाई नेपालमा कसरी संशोधनवादी लाइन हाबी भयो भन्नेबारे विश्लेषण गर्न दिनोस्’ भन्दै पत्रमा बाबुराम भट्टराईलाई यसको दोष लगाइएको छ । प्रचण्ड बेलाबखत बाबुराम भट्टराईसँग चर्काे र कडारुपमा दुरी राख्न खोज्छन्, तर प्रचण्डभित्र पनि उस्तैखालको व्यवहारवाद, चुनावपरस्त धारणा अन्तरनिहीत छ ।’ पत्रमा विश्लेषण गर्दै भनिएको छ ।
लामे पत्रमा आरसीपी अमेरिकाका नेता बब अभायकिनले कम्युनिष्ट आन्दोलनबारे आफ्नो नयाँ संश्लेषणसमेत प्रस्ताव गरेका छन् ।
वैद्यपक्षीय माओवादीको रिम प्रेम
एकीकृत माओवादीले जस्तै वैद्यपक्षीय माओवादीले पनि महाधिवेशनमा पेश गर्नका लागि तयार पारेको आफ्नो दस्तावेजमा रिमप्रति प्रेमभाव दर्शाएको छ । वैद्यको दस्तावेजमा भनिएको छ-’ आज अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा रिम निस्क्रिय र सिथिल बन्दै गएको छ । यसो हुनुका पछाडिको प्रमुख कारण रिम कमिटीमा भएको गम्भीर वैचारिक, राजनीतिक मतभेद नै रहेको छ । मतभेदका मुख्य दुईवटा विषयहरु रहेका छन् : पहिलो, कमिटीमा रहेको तात्कालीन नेकपा (माओवादी)ले गरेको शान्ति प्रकृयामा प्रवेश गर्ने निर्णयप्रति आरसीपीको गम्भीर असहमति र दोस्रो, नेकपा (माओवादी) ले आफ्नो दोस्रो राष्ट्रिय सम्मेलनमा पारित गरेको “प्रचण्डपथ”प्रति पनि असहमति । यी विषयमा आफ्नो प्रष्ट असहमति राख्दै आरसीपीले नेकपा (माओवादी) लाई लामो पत्र पठायो, तर यसको जवाफ कहिल्यै दिइएन । त्यसपछि, आरसीपीले यसका अध्यक्ष क बब अवाकीयद्वारा प्रस्तावित “नयाँ संश्लेषण”लाई अघि सार्यो र रिम कमिटीमा के प्रस्ताव राख्यो भने कमिटीले कुनै टुंगो लगाउनु पर्दछ । यसबारे कमिटीका पार्टीमा नै मत विभाजन देखापर्यो । यसका साथै नेपालको माओवादी पार्टीको नेतृत्वले झन् क्रान्तिप्रति विश्वासघात गर्ने र गद्दारी गर्ने बाटो समात्यो र त्यो नव संशोधनवादमा पतन भयो । यो नेतृत्वको भूमिका रिमलाई जसरी हुन्छ विघटित गराउने नै रहनु स्वाभाविक थियो । यी सबै घटनाक्रमका कारण रिम कमिटी निष्कृय बन्न पुग्यो ।….. अहिले रिम निष्कृय भएको छ, विघटन भएको छैन ।’
रिमबारे वैद्यले थप भनेका छन्- ‘विविध कारणले गर्दा रिममा संसारका सबै माओवादी कम्युनिष्ट पार्टीहरु सम्मिलित हुन सकिरहेका थिएनन् । अब हामीले त्यो कमीलाई पूरा गर्नु आवश्यक छ । त्यसका निमित्त केही प्रयासहरु अघि बढिसकेका छन् । अब यसलाई तीब्रता दिनुपर्ने आवश्यकता छ ।’
-onlinekhaber
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बिन्दूलाई आफ्नै बाबुले जिउँदै जलाएको प्रहरी दाबी

१६ पुस, काठमाडौं । बाबुले आफ्नै छोरीलाई जिउँदै आगो लगाएर मार्न सक्छन् भन्दा कसले पत्याउला ? तर, बाराकी १८ वर्षीया विन्दु ठाकुरलाई आफ्नै बाबु रामा ठाकुरले जलाएर हत्या गरेको दाबी प्रहरीले गरेको छ ।
बारा प्रस्टोकाकी विन्दुको शव पुस ११ गते घर नजिकै जलेको अवस्थामा भेटिएको थियो । उनी स्थानीय विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । बिन्दूको हत्यापछि आफ्नो नियन्त्रणमा रहेका बिन्दुका बाबुलाई सोमबार प्रहरीले जिल्ला अदालत पुर्‍याई १५ दिन थुनामा राखेर थप अनुसन्धान गर्ने अनुमति लिएको छ ।
गाउँकै एक युवकसँग प्रेम सम्वन्ध रहेका कारण बाबुले विन्दुको हत्या गरेको हुनसक्ने प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको प्रहरी निरीक्षक रामनाथ घिमिरेले जानकारी दिनुभयो । ‘उनको हत्या परिवारबाटै भएको हो भन्ने हाम्रो अनुसन्धानले देखाएको छ’ घिमिरेले अनलाइनखबरसँग भन्नुभयो-’प्रेम सम्बन्धलाई लिएर पटक-पटक दबाव दिने गरिएको पाइयो । विन्दुको शव भेटिएको स्थानमा बाबुको टर्च लाइट भेटिएको छ र रामाले भनेका सबै कुरा गलत देखिएकाले उनीमाथि गम्भीर आशंका छ ।’
प्रहरीका अनुसार रामासहितका परिवारका सदस्यहरुले विन्दुको घरमा नै हत्या गरेर नजिकैको बाँसघारीमा लगेर जलाएको थिए । ‘परिवारका सदस्यहरुले विन्दु वाहिर गएको बताएपनि अन्य सबैले पनि देखेको पाइएन भने उनको सल र चप्पल घरमै भेटियो’ घिमिरेले भन्नुभयो-’उनको शव जलाउन प्रयोग भएको मटि्टतेलको भाँडो घरमा नै लुकाएको अवस्थामा भेटिएको छ ।’
प्रहरीका अनुसन्धानका क्रममा विन्दु गाउँकै एक युवकसँग बढी आकषिर्त भएको र त्यसलाई घरपरिवारले नरुचाएको देखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विन्दुकी दिदीको माघमा विवाह गर्न जग्गा बन्धकीमा राखेर ऋण लिएका कारणले पनि रामा बढी तनावमा थिए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यौन सम्पर्क गर्न नमानेपछि हत्या

१७ पुस, हेटौंडा । सँगै मर्ने सँगै बाच्ने कसम खाएर दाम्पत्य सम्बन्ध जोडेका एक युवकले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नीको हत्या गरेका छन् । बेलुका खाना खाएर दुवैजना कोठामा गएपछि युवकले शारीरिक सम्पर्क गर्न खोज्दा पत्नीले नमानेपछि कपालमा समातेर भुईमा टाउको ठोक्दै हत्या गरेको खुलासा भएको हो ।
मकवानपुरको उत्तरी गोगने ५ का प्रेमबहादुर मुक्तानले यौनसम्पर्क गर्न नदिएको झोंकमा पत्नी बिबिमायाको हत्या गरेका हुन् । प्रहरी हिरासतमा रहेका ३५ बर्षका प्रेमबहादुरले घटनाको विवरण सुनाउँदै ‘मंसिर २५ को राती पत्नीले यौनसम्पर्क गर्न नदिएपछि कपालमा समातेर भुईमा ठोक्दा मृत्यु भएको’ बताएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
‘४७ बर्षकी बिबिमाया खोकी र दमबाट पीडित थिइन्, उनको पाठेघर खसेको थियो, महिनावारी पनि रोकिएको थियो,’ अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक सूर्य श्रेष्ठले भने ‘उमेरले बिबिमाया भन्दा १२ बर्ष कान्छो र निरोगी प्रेमबहादुरलाई यौनतृष्णा मेटाउन नसकेका कारण उनको हत्या भएको खुलासा भएको छ ।’
सुत्ने कोठामा पत्नीको हत्या भएपछि राती नै डोकामा शव राखी आफैंले बोकेर नजिकैको भीरबाट खसालेको पनि उनले बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

प्रधानमन्त्रीलाई बाँदरको मासु खुवाउने इच्छा

१५ पुस, सल्यान । जंगलमा बस्दै आएका राउटे समुदायले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफ्नो बस्तीमा बोलाएर बाँदरको मासु खुवाउने इच्छा व्यक्त गरेका छन् । राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा आएर एकरात विताईदिन पनि निम्तो गरे ।
‘हाम्रो बस्तीमा प्रधानमन्त्री आए भने हामी राउटले जे खान्छौं, त्यही खाना खुवाउँछौं’, केही महिना यता सल्यानको कजेरी ८ स्थित जंगलमा बस्दै आएका राउटेका मुखिया मैनबहादुर शाहीले भने, -’उनले मासु खाने रहेछन भने बाँदरको मासु खुवाउँछौ ।’
केहीदिन अघि दाङमा आयोजित एक कार्यक्रममा पुगेका राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा आउन निम्तो दिए पनि अहिलेसम्म केही खबर नआएको मैनबहादुरले सुनाए । उनले भने ‘एक दिन भए पनि सँगै बसेर हाम्रा दुःख प्रधानमन्त्रीलाई देखाउने रहर छ ।’ प्रधानमन्त्री आउने खबर पाए गाउँबाट सामग्री मागेर ल्याई स्वागत गर्ने उनको भनाई उदृत गदै अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
भियतनामका अध्यात्मगुरु चिङ हाईले पठाइदिएका सहायता सामग्री बुझ्न शनिबार सदरमुकाम खलंगा आइपुगेका राउटेले प्रधानमन्त्रीलाई आफ्नो बस्तीमा बास बसाउने इच्छा व्यक्त गरेका हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

४ सन्तानकी आमाले छोरा ‘बन्धक’ राखेर दोस्रो विहे

१६ पुस, चितवन । प्रेमले सानो-ठूलो, धनी-गरिब, तन्नेरी-वृद्ध, विवाहित-अविवाहित अनि पराई-इष्टमित्र भन्दैन् । गरिबीले प्रेमलाई छेक्दो रहेनछ । आफुले जन्माएको छोरा बन्ध राखेर महिलाले अर्को बिहे गर्छिन भन्ने सुन्दा अनौठो लाग्न सक्छ । यस्तै उदेकलाग्दो महिलाको प्रेमले चितवनको कोरकमा अहिले चर्चा पाएको छ ।
चालीस कटेकी र चार छोराछोरीकी आमाले दोस्रो बिहेका लागि आफ्ना छोरा बन्धक राखेर भागिन् । श्रीमती र्फकने आसमा उनका श्रीमान् घर कुरेर बसिरहेका छन् । कोराक ६ नौलापुरकी ४१ बर्षकी लालीमाया ९ बर्षको छोरा २ हजारमा बन्धक राखेर गाउँकै ५० बर्षका रेशमलालसँग भागेकी हुन् । तीन छोराछोरीका बाबुसँग उनले दोस्रो बिहे गरेकी हुन् । उनीहरु नातामा देवर भाउजु पर्छन् । खैरहनी गाविसस्थित पूर्वपश्चिम राजमार्गको एक चौधरीको घरमा कान्छो छोरा समुन्द्रलाई बन्धक राखेपछि २ हजार सापट पैसा उठाएर उनले दोस्रो बिबाह गरेको खबर कान्तिपुर दैनिकले खबर छापेको छ ।
पहिलेका श्रीमान् ६० बर्षका युगरामले भने ‘श्रीमती र्फकने आसमा छु, छोराछोरीको मायाले आउँछिन् भन्ने लाग्छ ।’उनले श्रीमतीलाई माया गर्न छाडेका छैनन् । चेपाङ परम्पराअनुसार विहे गरेका उनीहरुका तीन छोरा र एक छोरी छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पत्नीको उपचारका लागि प्रचण्ड थाइल्याण्ड प्रस्थान

१६ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड प्रस्थान गर्नु भएको छ ।
पार्टी महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज लेखिरहेका प्रचण्ड एक्कासी पत्नी सीतासहित थाइल्याण्ड प्रस्थान गर्नुभएको हो । प्रचण्ड पत्नी सीताको उपचारका लागि थाइल्याण्ड जानुभएको उहाँका सहयोगी शिब खकुरेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

सीताको मृगौलामा पहिलेदेखि नै समस्या रहेको र एक्कासी बढ्ता दुख्न थालेकाले जाँचका लागि जानुपरेको खकुरेलले बताउनुभयो ।
थाइल्याण्डको बुमरंगगार्ड इन्टरनेशनल अस्पतालमा सीताको स्वास्थ्य जाँच गरिने जानकारी दिँदै खकुरेलले पहिले पनि सोही अस्पतालमा उहाँको मृगौला जाँच गराइएको बताउनुभयो ।   मंगलबार डाक्टरसँग समय मिलाइएको उहाँले जानकारी दिनुभयो ।
प्रचण्ड दम्पत्ति पर्सी नेपाल फर्कने कार्यक्रम छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नयाँ पार्टीका ५ कार्यकर्ता सकेट बमसहित हनुमानढोकामा !

१६ पुस, काठमाडौं । बिस्फोटक पदार्थसहित पक्राउ परी हाल हनुमानढोकामा रहेका आफ्ना ५ कार्यकर्ता छुटाउन आइतबारमात्रै सार्वजनिक भएको ‘सामाजिक लोकतान्त्रिक पार्टी’लाई हम्मे परेको छ । नयाँ पार्टीका नेता चैतन्य सुब्बा, पासाङ्ग शेर्पा र कुमार राईले यसबारे अर्थमन्त्री वर्षमान पुनसँग अनौपचारिक वार्तासमेत गरिसकेका छन् ।
आइतबार चाबहिलबाट घोषणा गरिएको सामाजिक लोकतान्त्रिक पार्टीको सात सदस्यीय अध्यक्ष मण्डलका एक अध्यक्ष हुन् दलमर्दन कामी । चैतन्य सुब्बाको पार्टीमा एकाकार हुनुपूर्व शनिबारसम्म उनी ‘मुक्तिदाता’ महासचिव रहेको ‘संयुक्त जातीय मुक्ति मोर्चा’ नामक सशस्त्र समूहका प्रवक्ता थिए । मोर्चाका ५ कार्यकर्ता र एकजना गेष्टहाउस सञ्चालकलाई पुस ९ गते बिहान प्रहरीले भारी मात्रामा सकेटबमसहित राजधानीबाटै पक्रेर हाल हनुमान ढोकामा थुनामा राखेको छ । कामी सामाजिक जनवादी पार्टीको अध्यक्ष मण्डलमा परेपछि यी कार्यकर्ताहरु छुटाउने जिम्मेवारी नयाँ पार्टीका नेता चैतन्य सुब्बा, पासाङ शेर्पा र कुमार राईसमेतको काँधमा सरेको छ ।
संयुक्त जातीय मोर्चाले करिब डेढ वर्षअघिदेखि नै नेपाल सरकारसँग वार्ता गर्दै आएको थियो । तर, यसपटक भने शान्ति मन्त्री टोपबहादुर रायमाझीले षडयन्त्रमूलक ढंगले आफ्ना कार्यकर्तालाई गिरिफ्तार गराएको कामीले अनलाइनखबरलाई बताए ।
शान्तिमन्त्रीको ‘आइडिया’
एमाओवादी नेता विश्वनाथ साहकै पालादेखि मोर्चासँग सरकारले वार्ता थालेको थियो । मन्त्रालयका तत्कालीन उपसचिव ज्ञानेन्द्रप्रसाद ढकालले मोर्चालाई औपचारिक चिठी लेखेपछि बार्ता हुँदै आएको थियो । संयुक्त जातीय मुक्ति मोर्चाकै विश्वक्रान्ति नेतृत्वको अर्काे समूहले बबरमहलमा आयल निगम अगाडि बम पड्काएपछि सेलाएको वार्ता फेरि अगाडि बढाउन मन्त्री रायमाझी सहमति भएका थिए । तर, मन्त्री रायमाझीले पहिले वार्ता टोलीका सदस्यहरुको नाम मागेर घर-घरमा प्रहरी पठाए । त्यसपछि यो साता उनीहरुलाई हतियार जम्मा पार्न लगाई प्रहरी लगाएर पक्राऊ गरे । सशस्त्र समूहलाई समात्न जुक्ति लगाउने मन्त्री रायमाझी आफू स्वयं साथमा हतियार हुँदाहुँदै सरकारसँग वार्ता टोलीमा बसेका माओवादी नेता हुन् । रायमाझीको मन्त्रालयले मोर्चाका सदस्यलाई सिंहदरबार छिर्न दिनू भन्ने पत्र मुख्य गेटका प्रहरीलाई दिएको थियो । तर, सिंहदरबारभित्र उनीहरुलाई पक्राउ नगरी गेष्टहाउसमा बमसहित पक्राउ गरियो ।
प्रहरीले सकेट बम र खुकुरीसहित पक्राउ गरेका मोर्चाका वार्ताटोली सदस्यहरुमा जागेश्वर महरा, भैरब महरा (गौरब), सीतादेवी यादव, मुधुसुधन रिजाल र जीतेन्द्र साह रौनियार रहेका छन् । मोरङ घर भएका कोशी संगम गेष्ट हाउसका सञ्चालक कुमार मगर पनि पक्राउ परेका छन् । पक्राउ परेका मोर्चाका कार्यकर्ताहरु हिरासतमा रहेकै अवस्थामा आइतबारबाट चैतन्य सुब्बाको ‘सामाजिक लोकतान्त्रिक पार्टी’का कार्यकर्तामा परिणत भएका छन् ।
कार्यकर्ता छुटाउन पहल गर्ने अर्थमन्त्रीको आश्वासन
शान्ति मन्त्रीको ‘आइडिया’अनुसार पक्राउ परेका कार्यकर्ता छुटाउन अर्थमन्त्री वर्षमान पुनले पहल गर्ने आश्वासन दिएको दलमर्दन बताउँछन् । हाम्रा नेताहरुले यसबारे मन्त्री पुनसँग कुरा गरिसक्नुभएको छ र पुनले पहल गर्ने आश्वासन दिनुभएको छ ।’-उनले अनलाइनखबरसँग भने ।
सरकारले फसायो- दलमर्दन
संयुक्त जातीय मोर्चाका निवर्तमान प्रवक्ता एवं सामाजिक लोकतान्त्रिक पार्टीका नवनियुक्त अध्यक्ष मण्डलका सदस्य दलमर्दन कामी आफ्ना कार्यकर्ताहरु हतियारसहित पक्राउ परेको घटनाबारे यसरी वर्णन गर्छन्-
‘शान्ति मन्त्रालयले हामीलाई मंसिर १४ गते वार्ताका लागि मन्त्रालयमा बोलायो । मसहित वार्ता टोलीका ६ जना प्रतिनिधि मन्त्रालयमा पुग्यौं । त्यहाँ शान्ति मन्त्री टोपबहादुर रायमाझी, देवेन्द्र ढकाल, माधव शर्मा, दिनेश गौतमलगायत थिए । हामीले मन्त्री रायमाझीलाई आफ्ना लिखित एजेन्डाहरु दियौं । मन्त्रीले एजेन्डा सर्सर्ती हेर्दै यो वार्तालाई अनौपचारिक ठानौं, म पर्सितिर औपचारिक वार्ताका लागि पत्र लेख्छु भन्नुभयो । साथै मन्त्रीले तपाईहरुका साथमा के-कति हतियार छन्, ती पनि सरकारलाई बुझाउनका लासग जम्मा पार्दै गर्नाेस् भन्नुभयो । तपाईहरुको वास्तविक नाम र घरको ठेगाना पनि इतिहासमा रेकर्ड राख्नुपर्ने भएकाले मन्त्रालयमा टिपाउनुहोला भनेर मन्त्री रायमाझीले मीठो भाकामा भनेपछि हामीले वार्ताटोलीका सबै सदस्यहरुको नाम शान्ति मन्त्रालयलाई दियौं ।’
तर, हामीले मन्त्रीलाई ठेगाना दिएलगत्तै हाम्रा साथीहरुका बैतडी, सिरहा, सुनसरी, इलाममा रहेका घरहरुमा प्रहरीले खानतलासी गर्नुका साथै परिवारका सदस्यहरुलाई थर्काउने काम गर्‍यो । यति हुँदाहुँदै पनि हामीले वार्तालाई निरन्तरता दिने निर्णय गर्‍यौं र मन्त्रीले भनेअनुसार हाम्रो साथमा रहेका विस्फोटक पर्दाथ एवं सकेट बमहरु सरकारलाई बुझाउनका लागि गंगबुस्थित कोशी संगम गेष्ट हाउसमा जम्मा पार्यौं । त्यसपछि साथीहरु वार्ताका लागि कुरा गर्न ८ गते मन्त्रालयमा जानुभयो । वार्ताका लागि पत्र तयार भैसकेको तर, मन्त्रीले सही गर्नमात्रै बाँकी रहेको बताइयो । तर, भोलिपल्ट बिहानै साढे ९ बजे प्रहरीले गेष्ट हाउसमा छापा मारेर हाम्रा ५ जना साथीहरु र गेष्ट हाउस सञ्चालक कुमार मगरलाई पक्राउ गरेको छ । वार्तामा बोलाएर डेढवर्षदेखि झुलाएको सरकारले यसरी षड्यन्त्रमूलक ढंगले हामीलाई फसाएको छ । पक्राउ परेका होटलवाला निर्दाेष छन्, उनको गेष्ट हाउसमा हामीले खाना खाएको र सुतेको ५०/६० हजार ऋण तिर्न बाँकी छ ।’                                                                           - online news
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मलेसियामा हराएका यी नेपालीको अत्तो पत्तो छैन ?

Written By Unknown on Sunday, December 30, 2012 | 10:53 PM

१३ पुस, क्वालालम्पुर । कम्पनीभित्रैबाट प्रहरीद्वारा पक्राउ परेका चार नेपाली श्रमिक करिव एक महिनादेखि वेपत्ता छन् ।
नेपालमा म्यानपावरसँग भएको सम्झौताअनुसारको काम मलेसियामा नपाएपछि काम रोकेर वसेको अवस्थामा नोभेम्बर २६ तारिखमा उनीहरु पक्राउ परेका थिए । कमाउन गएको छोरा बेपत्ता भएपछि नेपालमा रहेका परिवारले उनीहरुको खोजी गरिदिन आग्रह गरेका छन् ।
मलेसियाको क्वान्तानमा रहेको एक सिफुड रेष्टुरेष्टमा कार्यरत रुकुमका लोकेश पुन, सल्यानका हाकिम वुढा, नवलपरासीका कमल गुरुङ र रुकुमका ओपिराम खड्कालाई प्रहरीले पक्रेको थियो ।
गत वर्षको जुलाई सात तारिखका दिन मलेसिया आएका उनीहरुलाई आठ घण्टाको आठ सय रिंगेट तलव पाउने सम्झौतामा आएका थिए । तर उनीहरुले यहाँ १८ घण्टा काम गर्दा पनि आठ सय भन्दा वढि नहुने, विरामि हुँदा पनि उपचार नगर्ने, मासिक रुपमा दुईसय रुपैयाँ काट्ने गरेपछि कामकाज रोकेका थिए । काम रोकेर वसेकै अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
दश जना नेपाली श्रमिकहरुले काम रोकेको भए पनि ६ जना काममा फर्किएका थिए । स्थानिय नेपाली समाजसेवि रुपलाल वावुको मध्यस्थतामा नेपाली श्रमिकहरुलाई कम्पनीले नयाँ सेवा र सुविधा दिन सहमत भएपछि काममा फर्किएका थिए । चार जनालाई नेपाल पठाउने तयारी भैरेहेको अवस्थामा प्रहरीले पक्रेको बताईएको छ ।
कम्पनीको वारेमा र प्रहरीले प्रकाउ गरेका नेपालीहरुको अवस्था वुझिदिन नेपाली दुतावासमा वारम्वार जानकारी गराउँदा पनि दुतावासले सामान्य सहयोगिको भुमिका मात्रै निभाएको त्यस क्षेत्रका श्रमिकहरुले बताउँदै आएका छन् । आफनो ठाउँमा भएको घटनाको वारेमा दुतावासमा मौखिक र लिखित रुपमा निवेदन दिँदासमेत दुतावासले ध्यान नदिएको उनीहरुको गुनासो छ ।
नेपालवाट दैनिकजसो फोन गरेर आफ्ना छोराहरुको वारेमा सोध्ने गरेको भएपनि आफुहरुले केहि वताउन नसकिएको संगै काम गर्ने साथी कुमार वुढाथोकिले अनलाइनखवरलाई बताए । उनले भने- हामी धर्मसंकटमा पर्‍र्यौ, थाहा छैन कसरी भन्नु ?’
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बिश्वकै अग्लि किशोरी, ब्याईफ्रेण्डलाई किस गर्न आधा निहुरिनुपर्छ

http://education-college-admission.blogspot.com/यो माया भन्ने चिजै यस्तै हो-जहाँ जात, धर्म, बर्ण केही कुराले पनि रोक्दैन् । प्रेमी वा प्रेमिकाको उचाईले त पबित्र मायालाई कसरी बन्देज लगाउन सक्छ र ? तस्वीरमा देखाएको ब्राजिलीयन जोडीलाई हेर्नुस् । किशोरी हुन् १७ बषिर्य एलिसानी डा क्रुज सिल्भा । उनको उचाई छ-६ फिट ८ इन्च । अनि उनको हात समाएर हिड्ने युवक हुन् २२ बषिर्य उनका प्रेमी, जसको उचाई छ ५ फिट ४ इन्च ।
आफूभन्दा एक फिट ६ इन्च होचो उनका प्रेमीलाई चुम्बन गर्न यी किशोरीलाई बाँसझैं निहुरिनुपर्छ । हालै ब्राजिलको समुद्री किनारामा रोमान्स गर्दै गरेको अबस्था यो अनौठो जोडी भेटियो । एलिसानी बिश्वकै अग्लि किशोरी हुन् ।

तर यसले उनीहरुको मायामा कुनै असर गरेको छैन् । एलिसानी भन्छिन-’अरु मानिससँग उसले गर्ने ब्यबहार निकै मन पर्छ, अझ उसले मसँग गर्ने ब्यबहारले त म साँच्चिकै भुतुक्क हुन्छु ।’
‘एउटै समस्या के हो भने जव हामी हात समाएर हिड्छौं, उ मेरो सानो भाई वा छोराजस्तो देखिन्छ ।’- मोडल बन्ने सपना बोकेकी यी किशोरीले भनिन् । प्रेमी फ्रान्सिनाल्डो निर्माण मजदुर हुन् । प्रेमीका अग्लि भएपनि उनलाई खासै समस्या छैन् । ‘उनी अग्लि त छिन तर खासै फरक पर्दैन, किनकी उनी निकै सुन्दरी छिन, मायालु छिन ।’
एक अर्कालाई कसरी अंकमाल गर्नुहुन्छ भन्ने प्रश्नमा फ्रान्सिनाल्डो भन्छन-’सवै काम गर्ने हाम्रा आफ्नै तरिका हुन्छन, उनीसँग हुँदा म निकै रिल्याक्स महसुस गर्छु, बाँकीले के भन्छन मलाई मतलव छैन् ।’
उचाई निर्धारण गर्ने पिट्यटरी ग्ल्याडमा आएको ट्युमरका कारण उनको उचाई अस्वभाविक तरिकाले बढेको चिकित्सकहरुले बताएका छन् । अहिले उनको ट्युमर निकालिसकिएको छ र उचाई बढ्ने क्रम पनि रोकिएको छ । धेरै उचाईकै कारण सानोमा उनी स्कुल बस चढन सक्दैनथिइन, स्कुलमा साथीहरुले जिस्काउँथे । जसले गर्दा उनले बिचमै पढाई छाड्नुपर्‍यो । उनी अहिले एउटा सानो घरमा आमा, बहिनी र सौतेलो बाउसँग बस्छिन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

ब्लु फिल्मकी नायिकालाई सय बोतल विर्य उपहार‘

पोर्नस्टारका लागि उपहार के हुनसक्छ ? सायद सबैका आ आफ्ना उत्तर होलान् । तर जापानकी एकजना पोर्नस्टार महिलाका लागि उनका तन्नेरी फ्यानहरुले बोतलका बोतल विर्य उपहार दिएका छन् ।

उटा कोहाकु नामकी ती ब्लु फिल्म नायिकालाई उनका फ्यानहरुले १ सय भन्दा बढि विर्यले भरिएका बोतल उपहार पठाएका हुन् । एक ब्राजिली वेबसाइटका अनुसार ती नायिकाले आफुलाई विर्य दान गर्न टि्वटरमार्फ र्सार्वजनिक आग्रह गरेपछि उनका फ्यानहरुले बोतलमा आफ्नो जिवनदायिनी तरल पदार्थ संकलन गरी धमाधम पठाए । टि्वटरमा आग्रह गरेको १० दिनमा उनलाई विर्यले भरिएका १ सय भन्दा बढि प्लास्टिकका बोतल प्राप्त भए । हरेक बोतलमा विर्यदाता तन्नेरीको नाम लेखिएकेा थियो ।
नायिकाले आफुलाई विर्यदान गर्ने तन्नेरीहरुलाई धन्यवाद दिँदै आफुले उक्त विर्यलाई आफ्ना सन्तानलाई जस्तै जतन गर्ने बताएकी छिन् ।
ब्लु फिल्मकी नायिकाले यतिधेरै विर्य किन दान लिएकी होलिन् ? भन्ने जिज्ञासा सबैलाई होला । वास्तवमा उनले आफ्नो आगामी ब्लु फिल्मका लागि विर्य संकलन गरेकी हुन् । सेमेन कलेक्सन टू नाम दिइएको उक्त पोर्न फिल्मको शूटिङ सुरु भैसकेको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

यसरी उठ्यो अनामनगरमा सरस्वतीको चोला


१६ पुस, काठमाडौं । अनामनगरस्थित कृष्ण प्रसाईको पाँचतले घरमा घरेलु कामदारका रुपमा कार्यरत् ३१ वर्षीया एकल महिला सरस्वती सुवेदी मंसिर ३० गते दिउँसो घरको माथ्लो तलामा मृत अवस्थामा फेला परिन् । उनको मृत्युसम्बन्धी घटनालाई लिएर यतिबेला महिला अधिकारकर्मीहरुले सिंहदरबारदेखि बालुवाटारसम्म आवाज उठाइरहेका छन् । घरमालिकको दाबी सरस्वतीले आत्महत्या गरेको भन्ने छ । मृतकका आफन्तले उनको हत्या भएको आशंका गर्दै हनुमान ढोकामा घरबेटीविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।

‘पहिले प्रहरीले किटानी जाहेरी लिनै मानेन । घरबेटीले २ लाख रुपैयाँ दिने भनेका छन्, आपसमा मिल भनेर प्रहरीले जोड गर्‍यो । तीनदिनसम्म प्रयास गर्दा पनि जाहेरी लिन मानेन, संघसंस्थाले आवाज उठाएपछि बल्ल जाहेरी दर्ता भएको छ ।’-मृतक सरस्वतीकी बहिनी सुमित्रा राउत सुवेदीले अनलाइनखबरलाई भनिन् ।
को थिइन् सरस्वती ?
मोरङ्गको डाँगीहाट माइत भएकी सरस्वती सुवेदी (अधिकारी) ३१ वर्षकी युवती भएता पनि ७ वर्ष पहिले, अर्थात् २४ वर्षकै उमेरमा  विधवा बनेकी थिइन् । श्रीमानले संसार छाडेर जाँदा नासोको रुपमा छाडेकी दुई वर्षीया रिया अधिकारी अहिले ९ वर्ष पुगेकी छन् ।
श्रीमान् बितेको एक वर्षपछि तीन वर्षीया छोरी लिएर सरस्वती काठमाडौंको अनामनगरस्थित कृष्ण प्रसाई (हाल ५० वर्ष) का घरमा घरेलु कामदार बनेर प्रवेश गरेकी हुन् । पाँचतले घरको भुँईमा बनाइएको टहरामा सरस्वतीका आमाछोरी बस्दै आएका थिए । सरस्वतीले प्रसाईका घरमा लुगाधुने, सरसफाइ गर्ने, खाना पकाउनेदेखि भाँडा माझ्नेसम्मका काम गर्दै आएकी थिइन् । सरस्वतीका माइतीसमेत काठमाडौंको घट्टेकुलोमा डेरा बस्दै आएका थिए ।
आर्थिक अवस्था कमजोर रहेका काररण सरस्वतीकी बहिनी सुमित्रा पनि अर्काकै घरमा काम गर्छिन् । तर, सुमित्रा दिदीजसरी आवासीय कामदार नभई आफ्नै डेरामा बसेर घट्टेकुलोका विभिन्न घरहरुमा लुगा धुन र सरसफाइ गर्न जान्छिन् । अर्काकोमा काम गरेरै सुमित्राले आफ्नो परिवार पालेकी छन् ।
घटना विवरण
मृतकका परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार मंसिर ३० गते बेलुका साढे ४ बजेतिर घरबेटी साबित्री प्रसाई (४२ वर्ष) स्कुटर लिएर घट्टेकुलोमा रहेका सरस्वतीका पिता ६५ वर्षीय खड्ग अधिकारीको डेरामा पुगिन् । उनले केही पनि नबोली अधिकारीलाई स्कुटरको पछाडि बस्न इशारा गरिन् र अनामनगरस्थित आफ्नो घरमा ल्याइन् । अधिकारी घोरी बस्ने टहरामा छिर्न खोज्दा शावित्राले उनलाई छतमा लिएर गइन्, जहाँ प्रहरीहरु र अन्य केही मानिसहरु थिए । ढोकाको भित्र र बाहिर हुनेगरी सरस्वतीको लास उत्तानो अवस्थामा थियो । घरबेटी कृष्ण प्रसाईले अधिकारीलाई भने, तपाईकी छोरीले भुण्डिएर आत्महत्या गरिछन् । बाथरुमको ढोका भित्रबाट थुनिएको र आफूहरुले चुकुल फुटाएर भित्र पसी घाँटीमा लगाएको सलको पासो खोलिदिएको घरबेटीको तर्क थियो ।

सरस्वतीकी बहिनी घटनास्थल आइपुगिन् । तल गेटमा मानिसहरु भेला हुन थालेका थिए । प्रहरीले उनीहरुलाई घरभित्र जान रोकिरहेको थियो । त्यसपछि प्रहरीले मुचुल्का खडा गरेर शव हुनमानढोका पुर्‍यायो । मृतककी बहिनी पनि प्रहरीसँगै हनुमानढोका पुगिन् । घटनापछि मृतकका परिवारले तत्कालैबाट आत्महत्या भएकोमा आफूहरुलाई पत्यार नलागेको भन्दै मुचुल्कामा सही गर्नसमेत मानेनन् । हनुमान ढोकाबाट फर्कने क्रममा घरबेटी शावित्राले मृतककी बहिनीलाई सानी छोरीको लालन पालनसम्बन्धी सम्पूर्ण खर्च ब्यहोर्ने बताउँदै मुद्दा मामिलातिर लागेमा त्यो पनि नपाउने बताएको सुमित्राको दाबी छ ।
घटनाको तीनदिनपछि पोष्टमार्टम सम्पन्न भयो । तर, पोष्टमार्टममा विश्वास नलागेको भन्दै पीडितले आन्दोलन गरेपछि सरकारले पुन पोष्टमार्टम गर्न निर्देशन दिइसकेको छ । ‘तर, डाक्टरहरुले दोहोर्‍याएर पोष्टमार्टम गर्न मानेका छैनन् ।’ सुमित्रा भन्छिन् ।
मान्छे मरेपछि के गर्ने ?
कुनै पनि स्थलमा मानिसको मृत्यु भएपछि के गर्ने भन्नेमा न त सरस्वतीका घरबेटीले सजगता अपनाएको पाइन्छ, न प्रहरीले नै । कसैको घरभित्र काम गर्ने मानिसको मृत्यु भएपछि मृतकका आफन्तले शंका गर्नु अस्वाभाविक होइन । तर, घटनाको निश्पक्ष छानविन होस्, सबैले खुल्लारुपमा जाँचबुझ गरुन् र यथार्थ पत्ता लागोस् भन्नेमा घरबेटीले सजगता नअपनाई मृतकका परिवारलाई तत्कालै मुद्दा मामिला नगर्न र आर्थिक प्रलोभन दिनतर्फ लाग्दा घरबेटी निर्दोष नै थिए भने पनि यस्ता संवेदनशील घटनामा थप आशंका बढ्न जान्छ । कसैको मृत्यु भएको देखपछि या शंका भएपछि आफैंले जाँचत्रुझ गर्नेतिर लाग्नुभन्दा तत्कालै छिमेकी वा प्रहरीको गुहार मागियो भने यस्ता घटनामा परिवन्धमा पर्नबाट जोगिन सकिन्छ भन्नेतर्फ पनि सबैले पर्याप्त ख्याल गर्नेपर्ने देखिन्छ ।
प्रहरीले पनि शोकाकुल परिवारलाई घटनाको निश्पक्ष छानविन हुनेतर्फ भन्दा हतार-हतार पैसाको आश्वासन दिँदै मिलापत्र गराउन जोड गर्दा पीडित परिवारलाई प्रहरी र घरबेटीवीच मिलेमतो रहेको थप शंका जन्माएको घटनाक्रमले देखाएको छ । सरस्वतीको आत्महत्या नै सही, तर ज्यान मरेकोजस्तो अति संवेदनशील विषयमा लासको सद्गति नगर्दै र आत्महत्या हो कि हैन भन्ने तथ्य प्रष्ट नहुँदै हुनमानढोकाका प्रहरी हाकिमले गरिब परिवारलाई दुईलाखको आश्वासन दिनाले यो घटना थप जटिल बन्न पुगेको देखिन्छ ।
सरस्वतीले साँच्चै आत्महत्या नै गरेकी हुन् या उनको मृत्युमा कुनै कैफियत छ ? यो जटिल अनुसन्धानको विषय भएकाले अहिले मिडिया वा कसैले यसलाई हत्या वा आत्महत्या भनेर किटान गर्न मिल्दैन । यसमा सिटौला परिवारको दोष छैन भने निर्दाेषलाई सजायँ गर्न पनि मिल्दैन । तर, सीपी मैनाली, कृष्ण सिटौला र भीष्म प्रसाईसमेतका आफन्त भनिएका घरबेटीसँग अर्काको घरमा मजदुरी गरीखाने निर्धो परिवारले विश्वस्त हुने वातावरण तयार पार्ने कामचाँहि अनुसन्धान अधिकारीहरुको हो ।
सरस्वतीको परिवारलाई आफ्नी छोरी वा दिदी वा ममीको मृत्यु स्वाभाविक हो भन्ने विश्वास नदिएसम्म यो घटनामा पीडित परिवारले शंकाको सुविधा अवश्यै पाइरहने छ ।
नेताले नै गिजोलेपछि…….
हाम्रो देशमा कुनै पनि घटनालाई निश्पक्ष छानविन हुन नदिने र गिजोलेर झनै शंकास्पद बनाइदिने कार्यमा ठूला भनाउँदा राजनीतिक नेता एवं प्रहरीहरु नै लाग्ने गरेका छन् । पूर्वसभासद् धर्मशिला चापागाईले सार्वजनिक भाषणमै माले अध्यक्ष सीपी मैनालीले सरस्वतीको मृत्युसम्बन्धी घटना सामसुम पार्न आफूलाई टेलिफोनमा दबाव दिएको बताइन् । घटनाबारे प्रहरीले निश्पक्ष छानविन गरोस् भन्नुपर्नेमा नेताहरुले यसरी अनावश्यक चासो दिँदै घटना नचर्काइयोस् या अनुसन्धान नगरियोस् भनेर हस्तक्षेप गर्न थालेपछि पीडितको शंका कसरी हट्छ ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भारतले मिलाउँदैन, दलहरू नै मिल्नुपर्छ ः राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले भारतले नेपालमा छिट्टै राष्ट्रिय सहमतिको सरकार गठन होस् भन्ने चाहना राखेको जनाउ दिएका छन् । छिमेकी मित्रराष्ट्र भारतको पाँचदिने औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका राष्ट्रपति यादवले अन्तर्राष्ट्रिय विमानस्थलमा सो जानकारी दिएका हुन् ।
‘भारतले मिलाउँदैन, दलहरू आफैं मिल्नुपर्छ,’ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै विमानस्थलमा राष्ट्रपति यादवले भने, ‘भारतले राष्ट्रिय सहमतिको सरकार चाहेको छ ।’ भ्रमणको सिलसिलामा भारततर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति यादवले राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीमा सहमति गर्न विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई छलफलमा बोलाएर छैटौं पटक ५ दिनको म्याद दिएका थिए । फर्किनुअगावै सहमति जुट्ने राष्ट्रपतिले विश्वास व्यक्त गरे पनि त्यसयता दलहरूबीच औपचारिक संवादसमेत हुन सकेन । उनले दलहरू मिलेपछि मात्रै छिट्टै राष्ट्रिय सरकार बन्न सक्ने बताए । ‘हामी सबै मिलेर दलहरूलाई पनि मिलाउनुपर्छ,’ संक्षिप्त प्रतिक्रियामा राष्ट्रिय सरकारबारे थप प्रस्ट्याउँदै राष्ट्रपति यादवले भने । छैटौं पटकको समयसीमामा पनि कुनै सहमति नजुटेको विषयमा भने उनले कुनै प्रतिक्रिया जनाएनन् । राष्ट्रपति कार्यालय स्रोतले आइतबार राष्ट्रपतिले दलका नेताहरूलाई सूचित गरेर सहमतीय सरकार गठनका लागि थप अग्रसरता लिनेछन् ।
‘जे गर्नुहुन्छ, राष्ट्रपतिज्यूले आइतबारपछि गर्नुहुनेछ, दलहरूसँग पुनः संवाद र छलफललाई निरन्तरता दिने संकेत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राजधानीसँग भने, ‘सहमतीय सरकार गठन प्रक्रिया जारी रहेकाले उहाँ (राष्ट्रपतिज्यू)ले त्यसैलाई निरन्तरता दिनुहुनेछ ।’ उनले शनिबार मात्र स्वदेश फिर्ता भएका कारण राष्ट्रपतिले आइतबारबाट मात्रै यस विषयमा आवश्यक परामर्श लिने बताए । पाँचदिने भ्रमणका सिलसिलामा राष्ट्रपति यादवले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री डा. मनमोहन सिंह, सत्तारूढ गठबन्धन तथा कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी, विदेशमन्त्री सलमान खुर्सिद, रक्षामन्त्री एसके एन्टोनी थोनी, गृहमन्त्री सुशीलकुमार सिन्धे, बिहारका मुख्यमन्त्री नितिशकुमार, भाजपाका वरिष्ठ नेता लालकृष्ण आडबाणी, उच्चस्तरीय सरकारी अधिकारीलगायतका महŒवपूर्ण व्यक्तिसँग भेटवार्ता गरेका थिए ।
उच्चस्तरीय भेटमा भारतीय पक्षले राष्ट्रपतिले राष्ट्रिय सहमतिको सरकार गठनका लागि चालेको कदम र दलहरूबीच सहमति जुट्न नसक्नुका कारणलगायतका विषयमा महŒवपूर्ण जिज्ञासा राखेको थियो । त्यसक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित भारतीय नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनका पक्षमा चालिएको कदमको समर्थन जनाउँदै नेपालमा चुनावमार्फत छिट्टै संविधान बनेको हेर्न चाहेको भन्दै शुभेच्छा प्रकट गरेका थिए । आफ्नो भारत भ्रमणअगावै सहमतीय सरकार गठनका निम्ति राष्ट्रपतिले शीर्ष नेताहरूलाई बोलाएरै बारम्बार आग्रह गरेका थिए । राष्ट्रपति स्वदेश फर्केलगत्तै परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिको भ्रमणबाट नेपाल र भारतबीचको सदियौं पुरानो मैत्री सम्बन्ध अझ प्रगाढ बनेको उल्लेख गरेको छ ।
भारतीय विदेशमन्त्री खुर्सिदले पनि शुक्रबार नै नेपाली सञ्चारकर्मीलाई राष्ट्रपति यादवको भ्रमण सफल रहेको बताएका थिए । भारतीय विदेशमन्त्री खुर्सिदले राष्ट्रपति यादवसँग ५ पटक भेटवार्ता गरेका थिए । भारत भ्रमणमा रहँदा राष्ट्रपति यादवले वनारस हिन्दू विश्वविद्यालयबाट आफूलाई प्रदान गरेको डक्टर अफ लको मानार्थ उपाधि ग्रहण गरेका थिए । यस्तै, दिल्लीमा स्वास्थ्य परीक्षणसमेत गराएको राष्ट्रपति यादवले जानकारी दिएका छन् । २३ सदस्यीय राष्ट्रपति यादवको भ्रमण टोलीमा सिँचाइमन्त्री महेन्द्र यादव, राष्ट्रपतिपुत्री अनिता यादव, छोरा डा.चन्द्रमोहन यादव, बुहारी रेश्मी र नाति नमन यादवसमेत सहभागी थिए ।
यस्तै, परराष्ट्र मन्त्रालयका सचिव दुर्गाप्रसाद भट्टराई, शिष्टाचार महापाल डा.निरञ्जमानसिंह बस्न्यात, सहसचिव मणिराम ओझा, उपसचिव नारायण मैनाली, राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मी, राष्ट्रपतिका सल्लाहकारद्वय राजेन्द्र दाहाल र हरि शर्मा, स्वकीय सचिव ललित बस्नेत, सहायक रथी प्रदीपबहादुर सिंह, निजी चिकित्सक यादवदेव भट्ट, पाश्र्ववर्ती सरोज थापा, सुरेन्द्र खाती, विश्वराज दाहाललगायत पनि भ्रमणमा सहभागी थिए । राष्ट्रपति यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सरकारी उच्च अधिकारीहरूले स्वागत गरेका थिए । उनी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा गत सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

७ फिटकी उर्मिला हेर्न भीड

७ दशमलव २ फिट उचाइ भएकी उर्मिलाकुमारी चौधरीलाई हेर्नेको मंगलबार भीड लागेको छ । सिरहा ढोरना–३ की चौधरी मंगलबार भक्तपुरको लोकन्थलीमा उपचारका लागि आएपछि उनलाई हेर्न लोकन्थलीस्थित मितेरी अस्पतालमा भीड लागेको हो । उनको तौल एक सय १५ किलो छ । दुई वर्षदेखि चौधरीको स्वास्थ्य परीक्षण गरिरहेका डा. वीरेन्द्र झापालीले चौधरीको टाउमा ट्युमरको समस्या भएका कारण पिटुउटरी ग्यान्डमा असर पर्न गई शरीरको उचाइ तीव्र रूपमा वृद्धि भएको बताए । असामान्य उचाइले गर्दा घरमा सीधा भएर उभिन, सार्वजनिक सवारीसाधनमा आवत–जावत गर्न नै समस्या हुने गरेको उनको भनाइ छ ।
दुई वर्षदेखिको लगातार उपचारपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा सुधार आएपछि आफूलाई उपचार गर्ने डा.झापालीलाई मंगलबार भेटघाट गर्न उनी मितेरी अस्पताल आएकी हुन् । पहिलाको तुलनामा अहिले उनको स्वास्थ्यमा धेरै सुधार आएको जानकारी दिइएको थियो । सानै उमेरदेखि आङ्खनो सबै शरीरका अंग बढ्न थालेको बताउँदै चौधरीले भनिन्, ‘अहिले भने पहिलाको तुलनामा धेरै कम भइसकेको छ ।’
चौधरीकी आमा चन्द्रादेवीका अनुसार एक छोरा र दुई छोरीमध्ये कान्छी छोरी उर्मिलाको उचाइ मात्र यसरी तीव्र गतिमा बढेको हो । आङ्खनी छोरी ७ दशमलव २ फिट अग्लो भएकोमा आमा चन्द्रादेवी निकै चिन्तित छिन् । ट्युमरले गर्दा मानिसको शरीरमा नयाँ नयाँ हर्मोन उत्पादन गर्छ र हर्मोनकै कारणले शरीरका अंगहरू तीव्र गतिमा विकास हुने डा. झापालीको भनाइ छ । चौधरीको टाउकोको ट्युमर करिब ९० प्रतिशले कम भइसकेको छ भने बाँकी बिस्तारै कम भई केही महिनामा पूर्ण रूपमा निको हुने उनले बताए ।
 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नेपालमा छाडा सेक्स विक्दैछ

सरोज खनाल, नायक
अमेरिकाबाट भर्खरै नेपाल आउनुभएको छ, कस्तो चल्दैछ अमेरिकाको बसाइ ?
एकदमै ठीक चलिरहेको छ । केफएसी र टाकबेलको म्यानेजरको रुपमा काम गर्दैछु ।
नेपाल सधैंका लागि नर्फकने तपाई ?
रहर छ र संभव पनि छ । तर, अर्को वर्षदेखि धेरै नेपाल र कम अमेरिकामा बस्ने तयारीमा छु ।
सरोज खनालले नेपाली सिनेमालाई र दर्शकलाई धोका दियो भन्छन् नि ?
मैले मात्र धोका दिएको हो भन्न मिल्दैन । समय र परिस्थितिले धोका दिएको हो । म एकदमै उचाइमा पुगेको हो । म वास्तवमा अमेरिका कार्यक्रमका लागि गएको थिएँ । र, त्यहाँ रहँदा रहँदा घुम्दै घुम्दै बसें म ।
अबको योजना के छ ?
म सिनेमा बनाउँछु, यही काम गर्छु ।
सिनेमा बनाउने चर्चा छ नि तपाईको ?
हो, म सिनेमा बनाउने तयारीमा छु । तर, कथाबस्तु तयार भइरहेको कारणले अन्य कुरा केही पनि नखोलौ ।
मानव नामक सिनेमामा अभिनय गर्नुभयो, कस्तो सिनेमा हो मानव ?
यो मसलेदार सिनेमा नै हो । अहिले जे परिपाटी चलिरहेको छ, मानव यस्तै कथावस्तुमा निर्माण भएको छ ।
अब कस्तो सिनेमामा अभिनय गर्ने रहर छ तपाईलाई ?
मैले मात्र सोचेर हुँदैन । मैले बनाउने सिनेमामा त म खोजेको भूमिका गरौंला । तर, अरुको सिनेमामा सबै मैले भनेको कहाँ हुन्छ र ।
कस्तो पाउनुभयो अहिलेको नेपाली सिने क्षेत्र ?
अहिले छाडा प्रवृति निक्कै बढेको पाए मैले । पहिलाको भन्दा धेरै राम्रो हुनुपर्ने हो तर सिनेमाको गुणस्तर झनै खस्किएको रहेछ । अमेरिकामा सेक्स खुल्ला छ, हामी परिवारसँग बसेर त्यहाँको सिनेमा हेर्न सक्छौं । तर, नेपाली सिनेमा परिवारसँग बसेर पनि हेर्न नसक्ने भएछ ।
अब तपाईलाई नेपालको कुन नायिकासँग रोमान्स गर्न मन लागेको छ ?
म नयाँ अनुहारहरु नामले खासै चिन्दिँन । तर, नयाँ नायिकासँग अब मेरो जोडी सुहाउँछ भन्ने पनि लाग्दैन । यसैले नयाँ नायिकासँग रोमान्स गर्ने चाहना छैन ।
तपाईको समयमा कुन नायिकाको बढि याद आउँछ ?
म गौरी मल्ललाई धेरै संझन्छु । उहाँको अभिनयको म पनि फ्यान हुँ । सौन्दर्य र चर्चाको हिसावले करिश्माको पनि धेरै याद आउँछ ।
नेपाली सिनेमामा अहिले यौनजन्य सिनेमा हाबी हुँदै छन्, तपाई यसबारे के भन्नुहुन्छ ?
यो मलाई समयको मागजस्तो लाग्दैन । चपली हाइट र लुट चलेपछि सबै यसका पछि लागे । छाडा शब्द राख्दैमा सिनेमा एडभान्स हुन सक्दैन । अब यो एकबर्ष भन्दा बढी जान्छ जस्तो मलाई लाग्दैन ।
आजको समयमा सरोज खनाल नेपाली सिनेमामा भएको भए के यस्ता दृश्य दिन्थ्यो होला ?
म यस्तो दृश्य कहिले पनि दिन्न थें । यो छाडा हो भन्ने लाग्छ मलाई ।
यस्ताखालका सिनेमा निर्माण हुनुमा कसको बढी दोष देख्नुहुन्छ तपाई ?
सबैभन्दा बढी त निर्माता निर्देशकको नै हात छ । दुबैजनाले भनेपछि कलाकार अभिनय गर्न बाध्य भैहाल्छन् नि ।
सिनेमा निर्देशन गर्ने सोच छ या छैन ?
म अहिले तत्काल यसका लागि परिपक्क छैन । सिनेमा निर्देशन गर्नु र अभिनय गर्नुमा धेरै फरक छ ।
दर्शकले सरोज खनाललाई सम्भिmए कि बिर्सिएजस्तो लाग्छ ?
अहिलेसम्म सम्भिmरहनुभएको छ मलाई दर्शकले । मलाई एकदमै खुशी लाग्यो । धेरै दर्शकले तपाई गएपछि नेपाली सिनेमा नै हेर्न छोडे पनि भन्नुभयो, मेरो आँखा पनि रसाए ।
दर्शकको यति धेरै माया पाउँदा सिनेमा क्षेत्र छोडेर गल्ती गरेजस्तो लाग्यो या के लाग्यो ?
मैले सिनेमा क्षेत्र छोडेर निक्कै ठूलो गल्ती गरेको हो । मेरो कर्ममा नै यस्तो लेखेको रहेछ त म के गर्नु । मैले गर्नु नपर्ने कुरा गरेको हो त्यतिबेला ।
अहिले सिनेमामा पनि धारको बहस छ, के तपाइलाई लाग्छ त्यस्तो ?
सिनेमाको कुनै पनि धार हुदैन । सिनेमा राम्रो बनाउनुपर्छ, चल्छ ।
राजनीतिमा आउने सोचाइ छ या छैन ?
राजनीतिमा मेरो आवश्यकता पर्यो भने म अवश्य आउँछु । अहिले म कुनै पनि पार्टिप्रति आबद्ध छैन । व्यक्तिको हिसावले अहिलेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई मलाई मन पर्छ । तर, उहाँलाई पनि सफल हुन दिएनन् । बाबुराम जी असफल हुनुमा जनता, आफ्नै पार्टी र अन्य पार्टीको दोष छ जस्तो लाग्छ मलाई ।
बाबुराम असफल हुनुमा जनता किन दोषी ?
हैन, नेपालमा धेरै पार्टी भएर नै देश विगि्रएको हो । म त भन्छु, चुनावमा एउटा मात्र पार्टीलाई वहुमत दिनुहोस् । उसले काम गर्न सकेन भने अर्को पटकको चुनावमा अस्तित्व नै नरहने गरी हराउनुपर्छ । यहाँ धेरै पार्टी हुँदा सबै सत्ताको लुछाचुडीमै दौडिएका छन् । जसले गर्दा कसैले पनि सत्तामा पुगेर काम गर्न पाउँदैन ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चिसो साँझमा गर्मी भो साहनालाई

जाडो मौसममा पनि नायिकाहरु उत्तेजक र छोटा पहिरनमा रमाइरहेका हुन्छन् । सिनेमाको प्रिमियर होस् या रात्रीकालिन पार्टी, बालाहरुलाई खासै जाडोले छोएको जस्तो देखिन्न । बिहीबार साँझको एक कार्यक्रममा मोडल तथा मिस नेपाल २०१० की फस्टरनर अप साहना बज्रचार्यलाई उखरमाउलो गर्मी भयो । कार्यक्रम स्थलमा प्रबेश गर्दा कालो कोटको ज्याकेटमा सजिएकी साहनालाई एफक्युव हलभित्र बसिरहँदा जाडोले छाड्दै र गर्मी चढ्दै गयो ।

केहीवेरमै उनले कालो कोट कत्तै थन्काइसकेकी थिइन् । बेलुकी ९ बजे सिनेमा सकिएपछि पनि साहनाले जाडोको अनुभूती गरिनन् । चिसो रातमा सवै जाडोले कुक्रुक्क परिरहेका बेला साहना नानीको जिऊमा आखिर केले चढायो होला गर्मी ? बुझिनसक्नु छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

नशा मा पूनम पाण्डे (फोटोफिचर सहित)

बलिउडमा भर्खरै डेब्यु गरेकी चर्चित मोेडेल पूनम पाण्डेले आफ्नो पहिलो फिल्म नशा निकै नै हट हुने यसअघि नै बताइसकेकी छिन् । हुनपनि फिल्मको पहिलो दृश्यका रुपमा बेड सिन दिएर उनले यसको झल्को दिइसकेकी छिन् ।नशा फिल्ममा पूनम निकै नै उत्तेजक तथा कामुक रुपमा प्रस्तुत हुने कुरा जगजाहेरै छ । फिल्ममा शुटिङ भएका केही दृश्यमा उनको प्रस्तुतीले पनि यो बताउाछ । यहा नशामा झुमेकी पूनमका केही उत्तेजक पोज समावेश छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सेक्सी सिनेमा लिएर बाबुराम कतारमा

चलचित्र ‘नाइन ओ क्लक’ को बिशेष प्रदर्शनका लागि निर्देशक बाबुराम ढकाल र लेखक प्रकाश पुरी कतार पुगेका छन् । चलचित्रको विशेष प्रदर्शनका लागि कतारमा रहेका नायक सविन श्रेष्ठले पनि सहयोग गरिरहेका छन् । चलचित्रको जनवरी ४ मा कतारको दोहा सिनेमा हलमा विशेष प्रदर्शन गर्न लागिएको हो । सिनेमाको कतार प्रदर्शन गरी जनवरी ६ मा ढकाल र पुरी नेपाल र्फकनेछन् ।नेपाली सिनेमाको अन्तरराष्ट्रिय बजारको खोजी भइरहेको समयमा ‘नाइन ओ क्लक’ को प्रदर्शन कतारमा हुन लागेको हो । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो सिनेमालाई रमेश संबेदनाले निर्माण गरेका हुन् । चलचित्रमा सुमिना घिमिरे, ध्रुब दत्त लगायतका कलाकारको अभिनय छ । नामकै कारणले चर्चामा रहेको यो सिनेमाको बिषयवस्तु सेक्स केन्दि्रत रहेको बताइएको छ । चलचित्र नेपालमा भने फागुन ११ गतेबाट प्रदर्शनमा आउदैछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सलमान देखिए साहरुखको पक्षमा

बलिउडका दुई सुपरस्टार साहरुख खान र सलमान खान बिचको द्वन्द्वका बारेमा कमै मात्र व्यक्ती बेखबर छन् । सन् २००८ मा नायिका कटि्रना कैफको जन्मदिनको पार्टिमा झगडा परेपछि साहरुख र सलमान बलिउडमा एक अर्काको दुश्मन बन्दै आएका छन् । सार्वजनिक कार्यक्रममा होस् या संचारमाध्यममा नै किन नहोस् यि दुई एक अर्काको खेदो गर्न पछि पर्दैनन् । बलिउडमा साहरुख र सलमानको दुश्मनीले धेरैलाई हैरानी समेत पार्ने गरेको छ । यि दुइले एक अर्कासँग मित्रता हुने सम्भावनालाई समेत टार्दै आएका छन् ।तर नायक सलमान खानले आफ्ना सबैभन्दा ठूला दुश्मन साहरुखको बचाउँ गरेका छन् । सलमानले संचालन गरिरहेको रियालिटी शो ‘बिग बोश’ मा उनले साहरुखको बचाउ गरेका हुन् । कास्टिङ निर्देशक समेत रहेका इमाम सिद्दिकी ले साहरुखलाई आफुले स्टार बनाएको बताएपछि सलमान रिसले आगो भएका थिए । सिद्दिकीले साहरुख र प्रिती जिन्टालाई आफुले विज्ञापन र फिल्ममा अवसर दिएको बताएपछि सलमान साहरुख पक्षमा देखिएका हुन् ।
सिद्दिकीका कुरा सुनेपछि सलमानले भने, ‘साहरुख आफ्नै बल र प्रतिभाले स्टार भएको हो ।’ आफ्नो कडा मिहिनेत र प्रशंसकहरुको साथले साहरुख आज बलिउडमा स्टार भएको भनाइ सलमानको थियो । साहरुख ठुलो र चर्चित मानिस आफ्नै बलले भएको बताउदै सलमानले सिद्दिकीले विज्ञापनमा खेलाएर साहरुख चर्चित नभएको बताए ।
आफ्नो सबैभन्दा ठूलो दुश्मनको पक्षमा सलमान उत्रिएपछि यसले बलिउडमा समेत चर्चा पाएको छ । सलमानको यो जवाफलाई साहरुखले कसरी लिने हुन् यो सबैका लागि प्रतिक्षाको बिषय बनेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मैनालीले जापान सरकारसँग ६ करोड ९० लाख क्षतिपूर्ति मागे

१५ पुस, टोक्यो । बिनाकसुर जापानमा १५ बर्षसम्म जेलमा बस्न बाध्य पारिएका नेपाली नागरिक गोविन्दप्रसाद मैनालीले जापान सरकारसमक्ष ६ करोड ९० लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन् ।जापानी दैनिक पत्रिका जापान टाइम्सका अनुसार उनले दैनिक १२ हजार ५ सय येनका दरले जेलमा बसेको अबधिको क्षतिपूर्ति माग गरेका छन् । उनले ६ करोड ८० लाख जापानी येन आर्थात ६ करोड ९० लाख रुपैयाँ क्षतिपूर्ति दावी गरेको समाचारमा उल्लेख छ ।
बिना कसुर थुनिएका नागरिकलाई दैनिक १ हजारदेखि १२ हजार ५ सयसम्म क्षतिपूर्ति पाउने जापानी कानुनमा ब्यबस्था रहेको छ । जसअनुसार उनले अधिकतम क्षतिपूर्ति दावी गरेको जापान टाइम्सले जनाएको छ । उनले आफुलाई दिइएको मानसिक यातना र आफ्नो बेइज्यती गरेको अभियोगमा क्षतिपूर्तिको दावी गर्दै अर्को मुद्दा दायर गर्नसक्ने समाचारमा उल्लेख छ ।
सन् १९९७ मा एक महिलाको बलात्कारपछि हत्या गरेको अभियोगमा मैनाली जेल परेका थिए । सन् २०१२ मा भएको अन्तिम सुनुवाईमा उनी निर्दोष ठहरिएपछि जापान सरकारले मैनालीसँग माफी मागेको थियो । उनी अहिले रिहा भएपछि नेपालमै परिवारसँग रहेका छन् ।
मैनाली परिवारले भने वकिलसँग छलफल चलिरहेको भन्दै क्षतिपूर्ति दावी गरिएको रकमबारे खुलाएन चाहेन् । उनकी पत्नी राधाले भनिन- हाम्रो कुरा चलिरहेको छ, टुंगो लागेपछि मात्र बताउने छौं ।’ बिना कसुर लामो समय बिदेशी जेलमा बस्न बिबस मैनाली यतिखेर किताव लेख्ने तयारीमा छन् । क्षतिपूर्तिको रकम पाएपछि उनले आफुजस्तै बिदेशी जेलमा बिनाकसुर बस्न बाध्य नेपालीहरुको हितमा काम गर्ने इच्छासमेत देखाएका छन् । अहिले पनि सयौंको संख्यामा मलेसिया तथा खाडी मुलुकमा नेपालीहरु बिभिन्न अभियोगमा जेलमा बस्न बाध्य छन् । - onlinekhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

‘अफगानिस्तानबाट बिदामा नेपाल नफर्किनु राम्रो’

Written By Unknown on Saturday, December 29, 2012 | 11:01 PM

१५ पुस, काठमाण्डौ । के तपाई अफगानिस्तानमा कार्यरत हुनुहुन्छ र बिदाको समयमा घर आउने तयारी गर्दै हुनुहुन्छ ? यदि त्यस्तो सोचाइमा हुनुहुन्छ भने तत्कालका लागि घर नआउनु नै उपयुक्त हुने छ ।
किनकि तपाईलाई त्रिभुवन विमानस्थलबाट पुनः अफगानिस्तान र्फकन नेपाल सरकारले दिने छैन । त्यसपछि तपाईले भारतीय बाटो हुँदै अफगानिस्तान फर्किने वा दलाललाई ठूलो रकम खुवाउँदै हिँड्नुपर्ने अबस्था आउन सक्छ । रोजगारीका लागि अन्य मुलुक हुँदै अफगानिस्तान पुगेका नेपालीहरु बिदामा घर आएपछि पुनः काममा फर्किन नपाउने भएका कारण तपाईलाई यस्तो समस्या आउन सक्छ ।
नेपाल सरकारको यस्तो नीतिका कारण अफगानिस्तानका सैन्य शिविरहरुमा कार्यरत करिव १८ हजार नेपाली बिदा पाए पनि घर आउन नसक्ने भएका छन् । पहिले अबैध तरिकाले गएको भए पनि कम्पनीसँगको सम्झौतापत्र र पासपोर्टमा भिसा भएको अवस्थामा भने उनीहरुलाई पुनः काममा फर्किन दिनेगरी बैधानिकता प्रदान गर्न बैदेशिक रोजगार बिभागले तयारी गरेको थियो । तर, गृह र परराष्ट्रको असहमतिपछि त्यो प्रयास असफल भएको छ र यसबाट अफगानिस्तानमा कार्यरत् नेपालीमाथि नकारात्मक प्रभाव पर्ने भएको छ ।
सरकारी प्रयास बीचमै तुहिएपछि बैधानिक हुन पाइने आशमा दशैं मनाउन नेपाल फर्किएका करिव ५ सय नेपालीहरु अबैध बाटोबाट पुनः अफगानिस्तान पुगेका छन् । समयमै फर्किन नसकेका कारण कतिपयले जागिरसमेत गुमाएका छन् ।
‘हामीले प्रयास गरेकै हौं, तर गृह र परराष्ट्र मन्त्रालयको तहमा पुगेर रोकियो’ श्रम मन्त्रालयका एक अधिकारीले अनलाइनखबरसँग भने-’ ‘परराष्ट्रले अमेरीकी दूतावाससहित कुटनीतिक निकायसँग छलफल गरिरहेको छ, तर निचोड निस्किएको छैन ।’
अहिलेकै अबस्थामा अफगानिस्तानबाट फर्किने कामदारहरु वैधानिक बाटोबाट फर्किन नसक्ने भन्दै ती अधिकारीले सकेसम्म तत्काल बिदामा नआउन त्यहाँ रहेका कामदारलाई सुझाव दिए । ‘आउनुस, सजिलै फर्किन सकिन्छ भन्ने अवस्थामा छैनौं, कुटनीतिक तहबाट केही मिल्यो भने हामी सार्वजनिक सूचना गरिहाल्छौं’ ती अधिकारीले भने-’यस्तो अबस्थामा तत्काल नेपाल नआउनु नै राम्रो हुन्छ ।’
श्रम मन्त्रालय स्रोतका अनुसार अफगानिस्तानमा नेपाली लैजाँदा कुनै प्रकृया नपुर्‍याई मानव बेचबिखनकै शैलीमा काम भएको भन्दै परराष्ट्र र गृहले आपत्ति जनाएका छन् ।
अबैध धन्दा मौलायो
सरकारले समयमै बैधानिकता दिन नसक्दा बिदामा आएका नेपालीहरु पुनः अफगानिस्तान फर्किन अबैध बाटो अपनाउन बाध्य छन् । हाल कान्दाहारस्थित नेटो सैनिकको बेसक्याम्पमा कार्यरत दोलखाका राजन श्रेष्ठले भने- ‘नेपाल फर्किएका साथीहरुले निकै दुःख पाएका छन्, भारतीय बाटो हुँदै आएका छन्, कतिपयले भने ८०-९० हजार रुपैयाँ खुवाएर त्रिभुवन बिमानस्थलबाटै आयौं भनेका छन् ।’
सरकारले बैधानिकता दिन ढिलाई गर्दा अबैध गिरोहको धन्दा मौलाएको भन्दै श्रेष्ठले फिलिपिन्स र श्रीलंकाले जस्तै बैधानिक दिने गरि डेस्क स्थापना गर्न सरकारसँग माग गरे । बैदेशिक रोजगार बिभागले वैधानिकता दिन छुट्टै शाखा नै स्थापना गरे पनि नीतिगत कुरा नमिल्दा त्यो शाखा नै कामविहीन भएको छ ।
दशैं तिहारमा बिदामा आएका कतिपय कामदारले भारतस्थित अफगानी दूतावासबाट भिसा लिएर गएको जानकारी आएको भन्दै बैदेशिक रोजगार बिभागका एक अधिकारीले अनलाइनखबरसँग भने-’एयरपोर्टमै सेटिङ मिलाएर गइरहेको खवर पनि पाएका छौं, अबैध धन्दा मौलाउनु दुर्भाग्यपूर्ण हो ।’
के भन्छन् नेपाली कामदार ?
अफगानिस्तानमा रहेका नेपाली कामदारले भने सरकारले छिटो भन्दा छिटो आफूहरुलाई बैधानिकता दिन माग गरेका छन् । त्यहाँ रहेका करिव १८ हजार नेपालीमध्ये अधिकांशले सेनाको क्याम्पभित्र काम गरिरहेकाले सुरक्षाको कुनै समस्या नभएको त्यहाँ कार्यरत् श्रेष्ठले बताए । फिलिपिन्स र श्रीलंकाले वैधानिकता दिएका कारण उनीहरुको रोजगारी आफगानिस्तानमा सुरक्षित भएको भन्दै श्रेष्ठले गुनासो गरे ।
हाल नेपालीहरुले ५ सय देखि ५ हजार अमेरिकी डलरसम्म मासिक तलव पाउने गरेको भन्दै उनले भने-’यहाँ रहेका नेपालीहरुले हस्ताक्षर संकलन गरेर अफगानिस्तानसमेत हेर्ने गरेको पाकिस्तानस्थित नेपाली दूतावासलाई बुझाउने तयारी गरिरहेका छौं ।’
त्यहाँ कार्यरत अधिकांश नेपालीसँग कम्पनीको परिचयपत्र, क्याम्प कमाण्डरको चिठी र सम्झौता भएपनि पासपोर्टमा भिसा भने नभएको उनले बताए । ६-६ महिनामा बिदा पाउने भएपनि फर्किन नपाइएला कि भन्ने डरले नेपालीहरु बिदामा नगई बसेको उनले बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कोइरालाको साटो पाण्डेलाई प्रधानमन्त्रीमा प्रस्ताव

१५ पुस, काठमाडौं । नयाँ प्रधानमन्त्रीमा कांग्रेस सभापति सुशील कोइरालाको नाम सेलाउन थालेपछि अब नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डेलाई प्रधानमन्त्री बनाउने चर्चा शुरु भएको छ ।
प्रधानमन्त्रीका लागि दलहरुवीच सहमति नभएपछि स्वतन्त्र व्यक्तिलाई चुनाबी सरकारको नेतृत्व दिनेबारे सत्तारुढ एमाओवादीका नेता एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै तर्फबाट पहलकदमी शुरु भएको हो । यसैक्रममा शनिबार प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशालनगर पुगेर डा. पाण्डेसँग कुराकानी गर्नुभएको छ ।
डा. पाण्डेलाई जिम्मेवारी लिन प्रधानमन्त्री भट्टराईले मनाइसकेको र यसबारे एमाओवादी अध्यक्ष प्रचण्डसँग पनि छलफल भइसकेको स्रोतको दाबी छ ।
०६२/०६३ को आन्दोलनमा अग्रणी भूमिका खेल्नुभएका गणतन्त्रवादी डा. पाण्डे ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्री हुनहुन्थ्यो ।
यसैवीच शनिबार बिहान एमाले अध्यक्ष झलनाथ खनालको डल्लुस्थित निवासमा पुगेर नागरिक अगुवा दमननाथ ढुंगाना र पद्मरत्न तुलाधरले ४५ मीनेट कुराकानी गर्नुभएको छ ।
सत्तारुढ गठबन्धनको केही दिनअघि सम्पन्न बैठकले बाबुरामको नेतृत्वमा सहमति नभए गठबन्धनभित्रैबाट विकल्प खोज्ने र त्यो पनि नभए स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनाबी सरकार बनाई निर्वाचनमा जाने निर्णय गरेको थियो ।
उता, राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुंगेलले शनिबार साँझ अनलाइनखबरसँगको कुराकानीका क्रममा दलहरुवीच सहमति नभए स्वतन्त्र व्यक्तिको तेस्रो विकल्पमा पनि छलफल हुनसक्ने बताउनुभएको थियो । ‘दलहरुबीच पनि तेस्रो विकल्प, प्रधानन्यायाधीश लगायतबारे छलफल भइरहेको छ’- ढुंगेलको भनाइ थियो ।                                                                                                 -online khabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

'रोमियो' 'रोनाल्डो' 'नानापाटेकर' अनि 'ध्रुवे'

काठमाडौ, पुस १२ - यतिबेला चितवन निकुञ्जको 'ध्रुवे' हात्ती चर्चित छ । 'अराजक' र 'अटेरी' भनेर कसैलाई टिप्पणी गर्दा ध्रुवेकै नामले पुकारिन थालिएको छ । सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि उसको खबर छाइरहन्छ । पटक-पटक मान्छे मारेको उसलाई खोज्न खटिएको जम्बो टोलीले एक साता पिछा गर्दासमेत भेटाउन सकेको छैन । किन धु्रवे मात्रै यति धेरै चर्चामा ? चितवन निकुञ्जमा पशु चिकित्सक, प्राविधिक, गेमस्काउट र अन्य कर्मचारी र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सास्ती दिने ध्रुवेजस्तै अरू धेरै हात्ती थिए/छन् । एकताका चितवन निकुञ्जमा ध्रुवेजस्तै अराजक थियो, रोनाल्डो नामको हात्ती । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता कमलजंग कुँवरका अनुसार करिब ९ वर्षअघि बरण्डाभार, सौरहा क्षेत्र, हात्ती प्रजनन केन्द्र खोरसोर, टाइगरटप्स होटल क्षेत्रमा कब्जा जमाएको रोनाल्डोले पनि हैरान खेलाएको थियो । विगतमा चितवन निकुञ्जमा काम गरेका वन विभागका अधिकृत रितेशभूषण बस्नेतका अनुसार वल्र्डकपमा खेलाडी रोनाल्डो चर्चित भएजस्तै यता उक्त जंगली हात्तीले सबैको ध्यान खिच्थ्यो । पटक-पटक निकुञ्जको पोथीहात्ती भएतिर आकषिर्त भइरहने र सताइरहने भएकाले त्यसको नाम नै रोनाल्डो राखिएको थियो । केही वर्षयता भने उसले दुःख दिएको छैन ।
त्यस्ता हात्तीको नाम भने निकुञ्जका वरिष्ठ पशु चिकित्सक कमल गैह्रेले जुराउँथे । समागमका लागि पोथीतिर आकषिर्त भएका बेला कसैबाट डिस्टर्ब भएमा बिच्किएर त्यस्ता हात्ती मानव बस्तीमा विध्वंस मच्चाउन पुग्थे । 'बिच्किएको हात्ती मानव बस्ती पसे क्षणभरमै विनाश निम्त्याउँछन्,' कुँवर भन्छन् । 
जानकारहरूका अनुसार अहिलेको ध्रुवेको हालत पनि त्यही हो । पोथीकै खोजीमा ध्रुवे निकुञ्ज पसेको थियो । केही समयअघि दाह्रा काटिएपछि झनै ध्रुवे मान्छेबाट बिच्किएको हो । माडीमा विध्वंस गर्नुअघि ध्रुवेले बारामा समेत गत महिना दुई जनाको ज्यान लिएको थियो । ध्रुवे बारा, पर्सा र चितवनलाई केन्द्र बनाएर आउजाउ गर्ने गरेको पाइएको छ ।
२०६०/०६१ तिर अर्को एउटा हात्ती पनि पोथीकै खोजीमा जंगलबाट पटक-पटक निकुञ्जतिर आइरहन्थ्यो । कर्मचारी टोलीले पटक-पटक भगाए पनि निकुञ्जका पोथी हात्ती खोज्दै आइहाल्थ्यो । पटक-पटक दुःख दिन थालेपछि डा.गैह्रेले त्यसको नाम जुराइदिए, रोमियो । त्यतिबेला ऊ निकै चर्चित पनि भयो । 'पछि त पोथी हात्तीको खोजीमा आउने जो-कोही जंगली हात्तीलाई रोमियोजस्तै भनिन थालियो,' बस्नेत सम्झन्छन् । दुःख दिइरहे पनि त्यसले धेरै क्षति भने गर्न पाएन । केही समयअघि उक्त हात्ती निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा करेन्ट लागेर मर्‍यो ।
२०६३ तिर निकै रिसाहा खालको जंगली हात्ती निकुञ्जमा देखा परेको थियो, त्यसले मध्यवर्ती क्षेत्रका बासिन्दामाथि आक्रमण गर्ने र बाली नष्ट गरेकाले नाम राखिएको थियो, नानापाटेकर । 'त्यसले कर्मचारीलाई निकै सताएको थियो,' बस्नेत भन्छन्, 'बिच्किएपछि त्यस्ता हात्ती सीधै मानववस्ती पुग्थे र विनाश निम्त्याइहाल्थे ।'
चितवन निकुञ्जमा हात्तीले दुःख दिन थालेको दशकभन्दा बढी भएको छैन । तर यसबीचमा धेरै जनधनको क्षति भइसक्यो । दशकअघिसम्म चितवन निकुञ्जमा गैंडा र बाघले नै मानवलाई बढी आक्रमण गर्थे ।
नर्वेका अनुसन्धानकर्ता टेन भेल्डेले केहीअघि गरेको अध्ययनले पर्सा वन्यजन्तु आरक्षको हलखोरिया दह सुकेपछि पानीको खोजीमा जंगली हात्ती चितवनतिर आकषिर्त भएको देखाएको थियो । निकुञ्जभित्र तालतलैया बढी हुनाका साथै निकुञ्जका हात्तीसारमा पोथी हात्तीसमेत भएकाले जंगली हात्तीले चितवनमा कब्जा जमाउन थालेका हुन् ।                                                                 -ekantipur
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

३६ घण्टादेखि 'ध्रुबे' सम्पर्कबिहीन

घाँटीमा जोडिएको 'रेडियो कलर'बाट केही दिन अघिसम्म चितवन निकुञ्जका विभिन्न स्थानमा ओहोर-दोहोर गरिरहेको देखिएपनि विगत ३६ घण्टादेखि 'ध्रुबे' सम्पर्क बाहिर छ ।
'ध्रुबे ३६ घण्टादेखि टोटल्ली सम्पर्क बाहिर छ' ध्रुबेको नियन्त्रणकालागि व्यवस्थापनको जिम्मा लिएर चितवन निकुञ्ज पुगेका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघबहादुर पाण्डेले चितवनबाट टेलिफोनमा कान्तिपुरसित भने, 'रेडियो कलरले उसको आउजाउ गरेको देखाएको छैन ।'
केही दिन अघिसम्म भने ध्रुबे निकुञ्जभित्रै ओहोर दोहोर गरेको रेडियोकलरबाट थाहा भएको थियो । केही दिन अघि २४ घण्टामा १४५ किलोमिटरसम्म हिंडेको रेडियोकलरबाट थाहा भएको थियो ।
उसले हिंडडुल गर्ने गतिविधि बुझ्न गत मंसीर ६ गते लठ्याएर ध्रुबेको घाँटीमा रेडियोकलर जडान गरिएको थियो भने, एउटा दाँह्रा काटिएको थियो । वन मन्त्रालयका प्रवक्ता केपी आचार्यका अनुसार एउटा दाह्रा पहिले नै भाँचिएकाले एउटा मात्रै काटिएको हो । 
ध्रुबेको खोजीका लागि निकुञ्जबाट सेना, निकुञ्जका पशु चिकित्सक र डार्ट टोली, कर्मचारीलगायतका चार वटा टोली अहिले पनि परिचालित छ । निकुञ्जका २१ वटा हात्तीमा चढेर टोलीले ध्रुबेको खोजी गरिरहेको हो ।
महानिर्देशक पाण्डेका अनुसार एउटा टोली निकुञ्ज भित्र हुँदै पर्साको ठोरीसम्मै पुगेर सर्च गरेको छ । त्यो टोली पर्सा वन्यजन्तु आरक्ष हुँदै फेरी चितवन फर्किनेछ । निकुञ्जका अन्य क्षेत्रमासमेत टोली परिचालन  गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले ध्रुबे मार्न आदेश दिइसकेकाले त्यही अनुसार आफूहरु अघि बढेको महानिर्देशक पाण्डेले बताए । 'अर्को आदेश नआएसम्म हामी मार्ने पक्षमै छौं' उनले भने । शुक्रवार चितवन पुगेका सञ्चारमन्त्री राजकिशोर यादबले भने ध्रुबे मार्ने निर्णय नभएको पत्रकारहरुलाई बताएका थिए । 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'

भक्तपुर, असार २५ गते। प्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्ने जिम्मा कुनै पनि विदेशी कम्पनीलाई दिन नलागेको स्पष्ट गर्नुभएको छ।
हरेक महिना 'जनतासँग एक रात' कार्यक्रमअन्तर्गत शनिवार भक्तपुरको ताथली आइपुग्नुभएका प्रधानमन्त्री डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको गौरव भएकाले कुनै पनि विदेशी कम्पनीलाई त्यसको व्यवस्थापन हेर्ने जिम्मा दिने आˆनो नीति नभएको बताउनुभयो।
उहाँले भन्नुभयो, "कागले कान लग्यो भन्दैमा कान नछामी कागको पछि दौडिएजस्तै प्रधानमन्त्रीले विमानस्थल भारतीय कम्पनीलाई दियो भनेर जसरी प्रचार गरिएको छ, त्यो विल्कुल सत्य होइन।" नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा कुनै पनि सम्झौता नगरिने बताउँदै प्रधानमन्त्रीले विमानस्थललगायत सामरिक महìवका क्षेत्रहरूमा कुनै पनि नाजायज काम नगरिने स्पष्ट गर्नुभयो।
"सार्वभौमसत्ता र अखण्डतामा खलल हुने काम विल्कुल हुँदैन। कुनै एउटा सञ्चार माध्यमले वास्तविकता नबुझी आरोपित गर्ने ढङ्गले गरेको प्रचारमा कुनै तुक छैन," उहाँले भन्नुभयो, "मलाई जन्म दिने आमा जति पि्रय हुनुुहुन्छ, त्यति नै पि्रय मलाई मेरो देश छ।" उहाँले यथार्थ नबुझी गलत प्रचार नगर्न सञ्चार माध्यमलाई समेत आग्रह गर्नुभयो। संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै उहाँले अरु कुनै विकल्पबाट संविधान बन्न नसक्नेसमेत स्पष्ट गर्नुभयो।
सरकारले आगामी मङ्सिर ७ गतेका लागि घोषणा गरेको संविधानसभाको नयाँ निर्वाचनबाटै वर्तमान राजनीतिक सङ्कटको निकास निस्कन्छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। प्रधानमन्त्रीले सम्पूर्ण राजनीतिक दलहरूलाई सहमतिमा आएर निर्वाचन सफल पार्नसमेत आहृवान गर्नुभयो। वर्तमान सरकारले पूर्ण बजेट ल्याउने स्पष्ट पार्दै उहाँले आंशिक बजेटले राष्ट्रको समस्या हल नगर्नेसमेत बताउनुभयो।
देशको आर्थिक समृद्धि र प्रगतिका लागि विदेशी लगानी भित्र्याउन आवश्यक छ भन्दै प्रधानमन्त्री डा. भट्टराईले हल्लाको भरमा पछि लाग्दा विदेशी लगानी नभित्रिनेसमेत स्पष्ट पार्नुभयो। जनतासँग एक रात कार्यक्रमका लागि प्रधानमन्त्री यहाँ आइपुग्नुभएको हो । रासस
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

रातो बिकिनीमा जेनिफरको जवानी (फोटो फिचरसहित)

मियामीमा छुट्टी मनाइरहकी मोडल जेनिफर निकोल समुन्द्रको किनारमा मस्ति गरिरहेको समयमा देखिएकी छिन् । मियामी नामक बीचमा आफ्नो मस्त जवानीको साथमा उनी रमाएको देखिन्थिन् । रातो बिकिनीमा देखिएकी जेनिफर निक्कै आकर्षक र सुन्दर रुपमा प्रस्तुत भएकी थिइन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

दिल्लीमा बलात्कारमा परेकी युवतीको निधन

१४ पुस, काठमाण्डौं । नयाँ दिल्लीमा बसभित्र बलात्कार र आक्रमणको सिकार परेकी २३ बर्षकी युवतिको गएराती निधन भएको छ । उनको आज विहान नेपाली समयअनुसार साढे २ बजे निधन भएको हो । दिल्लीमा भएको संघन कक्षमा उपचार भएपछि एयर एम्बुलेन्सबाट थप उपचारका लागि सिंगापुरको माउन्ट एलिजावेथ हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज निधन भएको चिकित्सकहरुले बताएका छन् ।
उनका शरीरका अंगहरु विस्तारै निष्कृय भएर काम गर्न छोडेपछि मृत घोषणा गरेको चिकित्सकहरुको भनाई छ । उनको शवलाई आजै दिल्ली ल्याउने तयारी भइरहेको छ ।
२३ बर्षकी छात्राको मृत्यु प्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मनमोहनसिंहले यो घटनाप्रति आफु निक्कै गम्भिर भएको बताएका छन् । उनले एक सन्देश जारी गर्दै सरकार महिला सुरक्षाको सुनिश्चितताका लागि अग्रसर हुने बताएका छन् ।साथै अहिले रहेको महिला सम्बन्धी कानुनको समीक्षा गर्नका लागि पहल गर्ने बताएका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुग्यो



१३ पुस, सुर्खेत । सुर्खेतमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएका छन् । शुक्रवार विहान सुर्खेतकै भेडाबारीबाट विरेन्द्रनगरतर्फ आउँदै गरेको ना २ ख ५७ ४१ नम्बरको बस सुर्खेतको दशरथपुर-६, स्थित गम खोला नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै र बसका चालक बिरेन्द्रनगर-६, का ३८ बर्षीय ललित भण्डारीसहित अर्का  एक जना यात्रुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
दुर्घटनामा परी दरथपुर-५ का २९ वषिर्य कुमार पौडेल, चितवन भरतपुर घर भई नेपाली सेनामा कार्यरत ४३ वर्षीय राम रानाभाट, सेनामै कार्यरत दशरथपुर-७ का २७ वर्षीय मानबहादुर गाहा तथा सेनामै कार्यरत गुमी-५ का २९ वर्षीय गजेन्द्र गुरुङ, दशरथपुर-४ का १० वर्षीय ममता खड्का, दशरथपुर-५ का ११ वर्षीय दीपा ढकाल, गुमी-४ का ३४ वर्षीय केशर श्रीस, केशरका ११ वर्षीय छोरा प्रज्ज्वल, साटाखानी-८, का १२ वर्षीय यमन मिटुनको मृत्यु भएको छ ।
यसैगरी दुर्घटनामा परी कल्याण-८, का ४५ वर्षीय चन्द्रकला रावत, गुमी-१, का ९ वर्षीय अजीत सुनार, लेखफर्शा-९, का ३१ वर्षीय बुद्धिकला फौजा र दैलेख चोराठाका ३६ वर्षीय टंकराज विकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइतेमध्ये दिनेश पुन, जैसरा श्रीस, पार्वती सुनार र ललित भण्डारीको अवस्था गम्भीर रहेको र उनीहरुको बाँकेस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने बाँकीको सुर्खेतकै वीरेन्द्रनगरमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकवाट झण्डै ५० मिटर तल खसेको छ ।                                          - online khabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कोरिया जानेलाई एमआरपी अनिवार्य

Written By Unknown on Thursday, December 27, 2012 | 9:25 PM

१३ पुस, काठमाण्डौं । वैदेशिक रोजागरीका लागि आकर्षक मानिएको दक्षिण कोरिया जानेले अव मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउनुपर्ने भएको छ ।


रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरुलाई कोरियाली अधिकारीले एमआरपी बनाएर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । भाषा परीक्षा उर्त्तीण गरेका १५ हजार दुई सयमध्ये आधाजसो कोरिया पुगिसकेका छन् भने अन्य जानेक्रममा छन् । ती मध्ये हस्तलिखित पार्सपोट भएकाहरुलाई कोरियाली अधिकारीले एमआरपी बनाएर आउन सुझाएको खबर अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।
सन् २०१५ नोभेम्बर २४ सम्म हस्तलिखित राहदानी उपयोग गर्न सकिन्छ । कोरिया सरकारले एमआरपी बनाएर आउँदा राम्रो हुने निर्देशन दिएपछि भाषा परीक्षा उर्त्तीण गरेकाहरु एमआरपी बनाउन हतारिएका हुन् ।
हाल कोरियाली भाषा परीक्षा उर्त्तीण गरेर बसेकाहरु दैनिक एकदेखि दुईसय जना आफ्नो हस्तलेखित राहदानी रहेकै अवस्थामा पनि एमआरपी बनाउन राहदानी विभाग र जिल्ला पुग्ने गरेको विभागका एक कर्मचारीले बताएका छन् । उनले भने ‘एमआरपी बनाउँदै जानु त राम्रो हो तर २०१५ को नोभेम्बरसम्म चल्ने राहदानी रद्द गर्दै नयाँ राहदानी बनाउनु व्यवहारिक देखिदैन ।’                                -online khabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

‘सूर्यदेश’ लैजाँदै, चेली बेच्दै

१३ पुस,काठमाण्डौं । ‘कहाँ जाने हो, बहिनीहरु ?
‘सूर्यदेश ! ‘
‘कहाँ छ यो सूर्यदेश ?’
‘किन जान लाग्नुभो त ?’
‘हामी कलाकार हौं, नाच्न जाने हो ।’
‘ल, बहिनीहरु ‘सूर्यदेश’ होइन, अब माइक्रोबाट ओर्लनोस् ।’
एक साताअघि पुस ५ गते काठमाण्डौंबाट बाहिरिने मुख्य नाका नागढुंगामा विदेश जाँदै गरेका रसुवाका पाँच महिला र चेकजाँचमा खटिएका प्रहरी तथा माइती नेपालका कर्मचारीबीच भएको संवाद हो यो । मानव तस्करको प्रलोभनमा परी उनीहरुले भारत हुँदै पृथ्वीमै नभएको राष्ट्र ‘सूर्यदेश’ जान हिँडेको बताएपछि प्रहरी र माइती नेपालका कर्मचारीले माइक्रोबाट झारेका थिए ।
तस्करले बेच्न लागेको पुष्टि भएपछि उनीहरुलाई नागढुंगाबाट उद्दार गरी सिधै गौशालास्थित माइती नेपालको कार्यलय पुर्‍याइएको थियो । उनीहरुले आफुहरु नृत्यांगना भएको बताउँदै नाच्नका लागि सूर्यदेश जान लागेको बताएको खबर नागरिक दैनिकले छापेको छ । रामे भन्ने व्यक्तिले सूर्यदेश पुर्‍याउने कबुल उनीहरुसँग गरेको थियो । रामे दिल्लीमा बस्छन् । दिल्ली आइपुगेपछि फोन गर्न रामेले भनेका थिए । उनीहरुलाई नागढुंगाबाट फिर्ता गरेपछि अहिले रामेले फोनै उठाउन छाडेका छन् ।
सूर्यदेश हिँडेकालाई फिर्ता गरेको चार दिन वित्न नपाउँदै सोमबार नागढुंगामा नै पूर्वी अफि्रकी राष्ट्र तान्जानिया जाँदै गरेका ७ महिलालाई रोकिएको थियो । उनीहरुसँग सम्बन्धित देशको राहदानी भिसा लगायतका कुनै सामानहरु पनि थिएनन् ।
तस्करहरुले ‘भारतमा र भारत हुँदै जानेहरु अधिकांशलाई कलाकारका रुपमा डान्सबारमा काम गर्न जान लागेको’ भन्न सिकाउने गरेको अनुसन्धानका क्रममा थाहा हुन पाएको छ । काठमाण्डौंबाट छुट्ने र भारत प्रवेश गर्ने विभिन्न नाकामा चेकजाँच गर्दा फिर्ता गरिएका महिलाले मलेसिया, थाइल्याण्ड, सिंगापुर दक्षिण अफि्रका, तान्जानिया, दुवई र भारतकै गोवा, हैदरावाद, मुम्बई, दिल्लीजस्ता सहरका डान्स बारमा काम गर्न जान लागेको बताउने गरेका छन् ।’
                                                                                                                                                     - online khabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अब दलहरु फुट्न नपाउने


१२ पुस, काठमाण्डौं । निर्वाचन आयोगले राजनीतिक दलहरुलाई फुट्ने नभई जुटेर अघि बढ्ने अध्यादेश मस्यौदा तयार पारेको छ । राजनीतिक दलहरुबीचको फुटका कारण देशमा राजनीतिक अस्थिरता बढेको भन्दै आयोगले दलहरुलाई फुट्न नपाउने गरी मस्यौदा तयार पारेको हो ।
निर्वाचन आयोगले राजनीतिक दलहसम्बन्धी अध्यादेश मस्यौदा २०६९ तथा निर्वाचन आचार संहिता २०६९ सम्बन्धी राय सुझाव लिन राजनीतिक पार्टीहरुसँग् अन्तरक्रिया गरेको छ ।
राजनीतिक दल सम्बन्धमा छारिएर रहेका विभिन्न ऐनहरुलाई एकीकृत गर्ने तथा राजनीतिक दलहको आर्थिक स्रोत तथा व्यवस्थालाई पारदर्शी बनाउन राजनीतिक दलसम्बन्धी अध्यादेशको मस्यौदा तयार पारिएको आयोगले जनाएको खबर नेपाल समाचारपत्र दैनिकले छापेको छ ।
निर्वाचन आयोगले सबै निर्वाचनहरुमा लागु हुने प्रयोजनका लागि साझा निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेको हो । निर्वाचन आयोगले राजनीीतक दलसम्बन्धी कानुन संशोधन गर्न तयार पारेको मस्यौदामा राजनीतिक दलको गठन तथा दर्ता, समाबेशी संरचना, आन्तरिक प्रजातन्त्र, संस्थागत विकास, पारदर्शिता, जिम्मेवारी र कामकारबाही उत्तरदायी बनाउने कुराहरु समाबेश छन् । -online khabar

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

होटलमा बस्नेले ढोकाको चुकुल लगाउन नपाउने

१३ पुस, काठमाण्डौं । प्रहरीले अरनिको राजमार्ग दायाबाया खुलेका होटल/रेष्टुरेन्टको कोठा भित्रबाट चुकुल लगाएर बस्न नपाउने नियम बनाएको छ । होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल व्यवसायी बीच भएको बैठकले १२ बुदे निर्णय गरेको छ ।
होटलमा महिला कर्मचारीलाई बिहान र दिउँसोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउने निर्णयसमेत गरेको छ । यो निर्णयले महिलाले खाना पकाउने, वेटर गर्ने लगायतको काम गर्न रोक लगाएको हो । जगातीदेखि साँगासम्मको होटल व्यवसायीको संस्था अरनिको पर्यटक व्यवसायी संघ (होटल) र प्रहरी बीच बुधबार बैठक बसेको थियो । प्रहरीका अनुसार यो निर्णय त्यस क्षेत्रमा पर्ने १४ वटा रेष्टुरेन्ट सञ्चालकले लागू गर्ने जनाएको छ । बैठकमा जडिबुटीदेखि सूर्यविनाकयसम्मका व्यवसायीलाई राखिएको थिएन ।
प्रहरीलाई साछी राखेर व्यवसायीको स्वार्थ अनुकुल निर्णय पनि गरेको छ । अनैतिक कार्य गरेमा कानुनी कार्य गर्ने कतै उल्लेख छैन । तर महिलालाई होटल तथा रेष्टरेन्टमा अनैतिक कार्यमा लगाएमा, वोलाएर अनैतिक कार्य गराएमा होटल व्यवसायीको सदस्यता स्वत खारेज हुने जस्ता निर्णय गरेको छ । टोल छिमेकबाट होहल्ला भएको तेस्रो पटक जानकारी गराएपछि मात्रै व्यवसायी संस्थाको सदस्यता निलम्बन गर्ने जस्ता निर्णय गरेको कान्तिपुर दैनिकमा खबर छ ।
बैठकले होटल तथा रेष्टुरेन्टमा काम गर्ने महिला कामदारलाई भद्र पोशाकमा मात्र काममा लगाउनु पर्ने भनिएको छ । राजमार्ग छेउको कटेज जमिनबाट साढे तीन फिट माथि हुनु पर्ने नियम बनाएको छ । त्यसमा शिसा लगाएर खुल्ला राख्नु पर्ने भएको छ । त्यस्तै होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारको फोटो सहितको अभिलेख राख्नु पर्ने नियम बनाएको छ । कामदारलाई परिचयपत्रको व्यवस्था गर्नु पर्ने भएको छ । प्रहरीले कसरी चेकजाच गर्ने भन्ने पनि निर्णयमा उल्लेख छ । निर्णयमा भनिएको छ, ‘चेकजाच गर्दा सभ्य र शिष्ट व्यवहारका साथ चेकजाच गर्ने ।’ यो निर्णयलले प्रहरी व्यवसायीसंग मिलेको स्पष्ट हुन्छ । मर्यादिप बनाउने नाममा भक्तपुर प्रहरीले हावादारी निर्णय गरेको टिप्पणी हुन थालेको छ । होटलमा आउने ग्राहकको लग बुक राख्नु पर्ने जस्ता राम्रा निर्णय पनि भएका छन् ।
                                                                                                                                                       - online khabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

गाउ खाने कथा

राजा छ दरबार छैन, जनाबार छ जंगल छैन, मन्दिर छ पुजारी छैन के हो?
उत्तर : नोट

चुटकिला तथा कमेडी को लागि क्लिक गर्नुहोस
https://www.facebook.com/HaudeG
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

आफ्नै बैंक लुट्ने क्यासियर सहितका २ सार्वजनिक

Written By Unknown on Wednesday, December 26, 2012 | 7:41 PM

काठमाडौं, पुस १० - बैक अफ काठमाडौंको तुल्सीपुर शाखामा भएको लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले बैककै क्यासिएर खगेन्द्र बस्नेत र कुमारी बैकका सवारी चालक अमर बोहोरालाई पक्रेको छ ।
प्रहरीले उनीहरुको साथबाट बरामद भएको ८६ लाख ७९ हजार रुपैया सहित पक्राउ परेका उनीहरुलाई मंगलवार सार्बजनिक गरेको छ ।
गत शुक्रबार बैकको तुल्सीपुर शाखाबाट २ करोड ६ लाख ३३ हजार ८ सय ४४ रुपैया लुटपाट भएको थियो । लुटपाटमा संलग्न अरु ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

टेलिकमको बढी भएको सिडिएमए फ्रिक्वेन्सी फिर्ता माग्ने तयारी

काठमाडौं, पुस ११ नेपाल दूरसञ्चार प्राधिकरणले सिडिएमए सेवाको बढी भएको फ्रिक्वेन्सी नेपाल टेलिकमसँग फिर्ता माग्ने तयारी गरेको छ ।
रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य सम्बन्धी नीतिमा तोकिएभन्दा बढी सिडिएमए फ्रिक्वेन्सी टेलिकमले ओगटिरहेकाले दूरसञ्चार प्राधिकरणले बढी भएको फ्रिक्वेन्सी फिर्ता लिने तयारी थालेको हो । कात्तिक १९ गतेदेखि कार्यान्वयनमा आएको नयाँ नीतिअनुसार ५ मेगाहर्ज भन्दा बढीको फ्रिक्वेन्सी राख्न नपाउने प्रावधान छ । तर टेलिकमले अहिले सिडिएमए तथा वायरलेश सेवाका लागि ८ मेगाहर्जको फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ । दूरसञ्चार प्राधिकरण फ्रिक्वेन्सी सेवा विभागका प्रमुख अमर स्थापितले टेलिकमसँग बढी भएको फ्रिक्वेन्सी फिर्ता लिन तयारी थालेको जानकारी दिनुभयो । उहाँले सिडिएमए सेवाका अहिलेका ग्राहकअनुसार टेलिकमलाई ५ मेगाहर्जभन्दा बढी फ्रिक्वेन्सी आवश्यक नपर्ने पनि बताउनुभयो । तर टेलिकमले भने प्रयोग गरिरहेको फ्रिक्वेन्सी फिर्ता गर्न नसकिने भन्दै आएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

राजनीतिक दलको संख्या १ सय १४ पुग्यो

पुस १० /०६९ – निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या एकसय १४ पुगेको छ । संविधानसभा चुनावमा ७४ वटा दल आयोगमा दर्ता भएकोमा त्यो संख्या बढेर अहिले एक सय १४ पुगेको हो । तर आयोगले चुनावका लागि दल दर्ताको आह्वान अझै गरिसकेको छैन । बैशाखमा संविधानसभा चुनाव हुने भनिएपछि दर्ता हुने दलको संख्या बढेको निर्वाचन आयोगले जनाएको छ । पछिल्लो पटक आयोगमा दर्ता हुने दलहरुमा मधेस तराई फोरम, मधेस समता पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, राष्ट्रिय एकता मञ्च छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी राष्ट्रवादी, नेपाल नागरिक पार्टी, नेपाल लोकतान्त्रिक नागरिक पार्टी, थारुहट तराई पार्टी, राष्ट्रिय एकता पार्टी, नेपाल नौलो जनवादी पार्टीले आयोगमा दल दर्ता गराएको आयोगका सहप्रवक्ता हरिहर शर्माले जानकारी दिनुभयो । संविधानसभा चुनावमा ७४ वटा दल दर्ता भएकोमा ५६ वटा दलले चुनावमा भाग लिएका थिए भने २५ वटा दलले संविधानसभामा प्रतिनिधित्व गरेका थिए । - उज्याला नेटवर्क
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

साइबर क्राइमका घटनाको अबस्ता चिन्ताजनक

केहि समय यता नेपालमा सामाजिक सञ्जालमार्फत हुने आपराधिक घटना बढ्न थालेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल मार्फत डर, त्रास र धम्की दिएको भन्दै उजुरी पर्ने क्रम महानगरीय प्रहरी परिसर काठमाडौमा बढेको छ । यस्ता उजुरी अघिल्लो वर्षभन्दा दोब्बरले बढेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार इमेल, वेब एसएमएस, कप्युटर ह्याक गरेर गैरकानुनी काम गर्नेहरु बढ्न थालेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गलौज र अश्लिल शब्द प्रयोग गर्ने गर्नेको संख्या धेरै देखिएको छ । यसवर्ष फेसबुकसंग सम्बन्धित ३२ वटा उजुरी परेको प्रहरीले जनाएको छ । यस्तै इमेल मार्फत ५ तथा कम्प्यूटर ह्याक, वेब एसएमएस मार्फत धम्की दिएकोबारे २ वटा उजुरी परेका छन् । यस्ता प्रविधि मार्फत आपराधिक क्रियाकलापमा संलग्नलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने व्यवस्था छ । फेसबुकमा गाली गलौज तथा अश्लिल शब्द प्रयोग गर्नेलाई २ देखि ४ वर्ष सम्मको जेल सजायँ हुन्छ । -उजाला नेटवर्क
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सत्ताधारीलाई देश निकाला गर्नुपर्छ : गुरुङ

रोल्पा, पुस १० - नेकपा-माओवादीका सचिव देव गुरुङले अहिलेाक सत्ताधारी भ्रष्टाचारी भएको भन्दै उनीहरुलाई मुलकबाटै निकाला गर्नुपर्ने धारणा राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाएर उनीहरुको भ्रष्टाचारी प्रवृत्ति उदांगो पार्नुपर्ने उनको राय थियो ।
कानुनी शासन स्थापना गरेर 'कम्युनिष्टका भ्रष्टाचारी' लाई जेलमा नकोचेसम्म जनताले नसहने गुरुङको भनाई थियो । अधिकांश समय वर्तमान सरकार र एमाओवादीप्रति कटाक्षमा खर्चिएका उनले प्रधानमन्त्री बाबुराम भट्टराई भारतीय इशारामा चल्ने गरेको आरोप लगाए ।
मगरात राज्य समितिको पहिलो सम्मेलनको उद्घाटन गर्न रोल्पा आएका पूर्व मन्त्री गुरुङले मंगलबार भने, 'प्रचण्ड बाबुरामहरु संविधानसभा भङ्ग गरेर सत्तामा लिप्त हुन चाहन्छन् ।'  - ekantipur
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

8 dead in Christmas Day fires, riot in Philippines

Written By Unknown on Tuesday, December 25, 2012 | 11:16 PM

MANILA, DEC 26 - Angry residents beat a man to death and threw rocks at firefighters after a shantytown fire left thousands of people homeless, and another Christmas Day blaze in the Philippine capital left seven people dead, officials said Wednesday.

A resident was beaten to death by his neighbors after shouting that he started Tuesday's shantytown fire in suburban San Juan city, Senior Fire Officer Domingo Cabog said.

The man was reportedly drunk and was not responsible for the fire. Cabog said the fire started in a house where children were playing with lighted candles.

Some 5,000 people were left homeless and 13 people were hurt in the shantytown. The injured included two firefighters and a volunteer hit by rocks that were thrown by residents who were impatient and tried to grab fire hoses to save their own shanties, Cabog said.

As firefighters struggled to penetrate the narrow alleys, one of them was mauled by a mob and rescued by a police officer, Cabog said. Two fire trucks also were damaged in the violence.
"It's Christmas and many of the men in the neighborhood were drunk," Cabog said, adding that some residents brandished knives.

The homeless were given shelter at a gymnasium and in tents near a basketball court. Police were investigating the beating death but no one was immediately arrested Wednesday.

In Quezon City, another of the 16 cities that make up metropolitan Manila, a predawn fire Tuesday killed a veterinarian and six household members who were trapped inside a house, said arson investigator Rosendo Cabillan. The blaze was suspected to be triggered by an overloaded electrical circuit, he said.
-ekantipur
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चिसोको कारण औंला सुन्निने समस्या - समाधान

 जाडोयाम आउना साथ औंला सुन्निने र दुख्ने समस्याले पिरोल्न थाल्छ । चिसो मौसममा हात/गोडाको औंला रातो भएर सुन्निने, चिलाउने अनि कन्याउँदा घाउ नै बन्ने भएपछि दुखाइको पीडा बढ्न थाल्छ ।
 यस्तो समस्या प्राय धेरैको हुन सक्छ । हालसम्म यस्ता पीडितका बारेमा कुनै अध्ययनले यकिन तथ्यांक ल्याएको नभए पनि मुलुकमा जाडोयाममा औंला सुन्निने समस्याबाट प्रभावित हुनेको संख्या धेरै छ ।
यस्तो बेला हात खुट्टाको औंला र नाक/कान रातो हुने र सुन्निने गर्छ । यो रातो भएर दुख्नुका साथै चिलाउँछ पनि । यसलाइ चिकित्सकीय भाषामा पर्नियोसिस वा चिलब्लेन भनिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार यस्तो समस्या लगभग पानी जम्ने तापक्रमदेखि ६० डिग्री फरेनहाइट तापक्रमसम्मको वातावरणको निरन्तर सम्पर्कले गर्दा हुन्छ । चिसोसँगको सम्पर्कले छालामा रहेको साना रक्त नलीहरूलाई असर पुर्‍याउँछ । यस्तो असर स्थायी हुनुको साथै चिसोको अतिरिक्त सम्पर्कले छालामा रातोपना र चिलाउने समस्या देखिन्छ । रातोपना र चिलाइ मुख्यतः नाक, कान, औंला र कुर्कच्चामा देखिन्छ । सामान्य रूपमा भन्दा यस्तो समस्या छालाको सानो रक्त नलिकाहरूको दुखाइपूर्ण सुन्नाइ हो ।
 'कारण थाहा नभए पनि महिला, कम तौल भएकालाई यो समस्या बढी देखिन्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण भन्छन्, 'यस्तै धूम्रपान गर्नेहरूमा यो समस्या बढी कडा रूपमा प्रस्तुत हुन सक्छ ।' यो समस्या सधैं चिसो भइरहने ठाउँको दाजोमा मौसमी चिसो हुने ठाउँमा बढी देखिने उल्लेख गर्दे डा. कर्ण भन्छन्, 'मुलुकको हिमाली क्षेत्रको दाँजोमा मधेस र पहाडमा बढी देखिन्छ ।' हात, खुट्टा, नाकको अन्तिम खण्ड र कानको माथिल्लो किनारा रगतको प्रवाहको हिसाबले अन्तिम किनारा मानिन्छ । यहाँ रगतको प्रवाह वातावरणको परिवर्तनको कारणले धेरै प्रभावित हुने गरेको उनी बताउँछन् ।
वातावरणीय तापक्रममा आएको कमीले गर्दा रगतको नशाहरू खुम्चिन्छन् । हात, खुट्टा मुख जस्ता खुला रहने भागमा यसको प्रभाव छिटो पर्छ । वातावरणको तापक्रम बढ्नासाथ यो आफैं निको समेत हुन्छ । सामान्यतः यो एक सातादेखि तीन साताभित्रमा निको हुन्छ । यसको उपचारमा लोसन र औषधि उपयुक्त हुने गर्दै डा. कर्ण भन्छन्, 'सामान्यतः साधारण समस्या देखिएकाहरूमा यसले दीर्घकालीन क्षति नपुर्‍याए पनि संक्रमण गराउन सक्छ ।' यसरी संक्रमणको उपचार नगरेर छोड्दा गम्भीर क्षति भने पुग्न सक्ने जनाउँदै उनी बढी समयसम्म उपचार नगर्दा घाउ र कडा संक्रमण समेत हुन सक्ने चेतावनी दिन्छन् ।
सीडीसीका अनुसार यसबाट बच्ने सवैभन्दा राम्रो उपाय भनेको चिसोबाट बच्नु नै हो । हात, खुट्टा, नाक कानलाई चिसोबाट जोगाएर यो समस्यालाइ हटाउन सकिन्छ । त्यसैले पन्जा, गलबन्दी, टोपी, मोजा लगायत उपयुक्त न्यानो लुगाको उपयोगले यो समस्याबाट बच्न सकिन्छ । यस्तो समस्या एक वा तीन सातामा आफैं निको हुने भए पनि एक/दुई सातासम्म निको हुने लक्षण नदेखिए चिकित्सककहाँ पुग्नुपर्छ । यस्तोमा केहीलाई चिकित्सकसम्म पुग्नुपर्ने आवश्यकता नभई आफैं सावधानी अपनाए निको हुने उल्लेख गर्दै डा. कर्ण भन्छन्, 'यदि दुखाइ अति नै भयो र छालामा संक्रमण देखियो भने छालारोग विशेषज्ञकहाँ गइहाल्नुहोला ।'
यस्तै रोगीको रक्तसञ्चारमा समस्या र मधुमेह छ भने सम्भावित जटिलताबाट बच्न समस्या देखिएलगत्तै चिकित्सकको सल्लाह लिनुपर्ने चिकित्सकहरू बताउँछन् । छाला रोग विशेषज्ञले बिरामीमा थप समस्या देखिए रक्तनली विशेषज्ञको सल्लाह लिने सिफारिस समेत दिने गर्छन् । यस्तो स्थितिमा विशेषज्ञ चिकित्सकले तपाइर्ंको समस्यालाई प्रभावकारी रूपमा उपचार गर्न सघाउने छ । सुन्निने र चिलाउने समस्याबारे स्पष्ट कारण थाहा नभएको बताउँदै डा. कर्ण भन्छन्, 'यो चिसोप्रति तपाइर्ंको शरीरको असमान्य प्रतिक्रिया हुन सक्छ । छाला पुनः न्यानो हुने प्रक्रियाको परिणाम समेत हुन सक्छ ।'
चिसो छाला पुनः न्यानो हुँदा छालाभित्रका स-साना रक्तनली छेवैमा हुने ठूला रक्तनलीको दाँजोमा छिट्टै फैलिन्छ । यसले रक्तनली साँघुरो हुन्छ र रगत छेउछाउको तन्तुमा चुहिएर समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् । यस्तो समस्या भोग्ने गृहणीहरूले चिसोमा काम गर्दा मनतातो पानी उपयोग गर्नुपर्ने आंैल्याउँदै डा.कर्ण औंलालाई हिटरको माध्यमले न्यानो नबनाउन सल्लाह दिन्छन् । 'मनतातो पानीमा औंलालाई डुबाएर केही छिन् राखेपछि सुख्खा पारी भेसलिन आदि लगाएर पन्जा वा मोजा लगाउनु राम्रो हुने उनी बताउँछन् । स्कुले विद्यार्थीहरूले समेत बिहान जाँदा विशेष गरी हात, खुट्टा कान र नाकलाई पन्जा, मोजा, टोपी, गलबन्दी आदिले उचित रूपमा छोपेर न्यानो राख्नुपर्छ । यो समस्या स्कुल जाने विद्यार्थीहरूमा समेत बढी देखिने गर्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मुम्बईमा नेपाली महिला बलात्कृत, दुई पक्राऊ

Written By Unknown on Monday, December 24, 2012 | 10:10 PM

 यतिखेर दिल्लीस्थित इण्डिया गेटअघि बलात्कारको विरुद्धमा भारतीयहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले दिल्ली महिलाका लागि असुरक्षित रहेको बताइहरेका छन् । तर, यहीबेला भारतको अर्को एक प्रशिद्ध शहर मुम्बईमा एक नेपाली महिला सामुहिक बलात्कारको शिकार भएकी छन् ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार नेपालबाट आफ्नो पति भेट्न मुम्बई पुगेकी २० वर्षीया नेपाली युवती एकैदिन तीन जनाबाट बलात्कृत भई वेश्यालयमा बेचिन लागेको अवस्थामा भारतीय प्रहरीले उनलाई उद्धार गरेको छ । बलात्कारी तीनमध्ये दुईलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
नेपालबाट आफ्ना पति खोज्दै मुम्बई पुगेकी २० बर्षीया महिलालाई उनकै श्रीमान्का साथीहरुले श्रीमान्सँग भेट नगराई पालैपालो बलात्कार गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । बिहे गरेर मुम्बईतिर लागेका पतिको खोजी गर्दै गत शुक्रबार मुम्बई पुगेकी अफ्सना (नाम परिवर्तन)लाई उनकै श्रीमानका कम्पनीमा काम गर्नेहरुले पालैपालो बलात्कार गरेको समाचारमा उल्लेख छ । उनीहरुले अफ्सनालाई बेश्यालयमा बेच्ने तयारी गरिरहेको अवस्थामा मुम्बई पुलिसले उद्दार गरेको समाचारमा उल्लेख छ ।
समाचारमा जनाइएअनुसार नेपाली चेलीलाई बेच्न गेष्ट हाउसमा राखिएको सूचना एक युवाले दिएपछि भारतीय प्रहरी उनको खोजी र उद्दारमा लागेको थियो । प्रहरीको १२ घण्टासम्मको खोजीपछि उनलाई कामाथिपुरास्थित एवन गेष्टहाउसमा बन्दी बनाएको अवस्थामा भेट्टाइएको थियो ।
प्रहरीले पिडीत नेपाली महिलालाई उद्दार गर्दै बलात्कारमा संलग्न परवेज शेख र जुल्फिकर शेखलाई पक्राउ गरेको छ ।
कसरी भयो यस्तो ?
उद्दारपछि पिडीत चेलीले प्रहरीलाई आफ्नो हृदयविदारक कथा बताएकी थिइन् । नेपालमा विवाह गरेपछि भारत गएका उनका श्रीमान र उनको सम्बन्ध सुमधुर थिएन । श्रीमानले छोडपत्र गर्न चाहे पनि क्षतिपूर्ति दिन चाहिरहेका थिएनन् । श्रीमानसँग कुरा गर्न मुम्बई पुगेकी पिडीत नेपाली चेली बिहान ३ बजेतिर रेल स्टेशनमा उत्रिएई त्यहाँबाट ट्याक्सी लिएर आफ्ना श्रीमान काम गर्ने कम्पनीमा पुगेकी थिइन् ।
उनका श्रीमान काम गर्ने पर्स बनाउने कम्पनीमा  भेटिएनन् । कम्पनीका मालिक जुल्फिकर शेखले उनलाई बास दिने बाहानामा बलात्कार गरेका थिए । त्यसपछि उनले बेबी गार्डेनमा लगेर फिरोज शेखको जिम्मा लगाए । फिरोजले उनका श्रीमान नौसदलाई भेटाइदिने भन्दै लगे पनि अन्ततः बलात्कार गरेर छाडिदिए ।
पिडीत नेपालीले त्यसपछि आफन्त अफसर शेखलाई पीसीओबाट फोन गरिन् । तिनले रेलको टिकट पनि लिइदिएका थिए । तर, उनले रेल छुटाइन् । अफसरले अफसनालाई एक होटलमा बस्ने व्यवस्था गरिदिन आफ्ना स्टाफ परभेजलाई आग्रह गरे । तर, परभेजले उनलाई कामाथिपुरास्थित एवन लजमा पुर्‍याएर बलात्कार गरे र त्यहीँबाट वेश्यालयमा बेच्ने योजना बनाए ।
पुलिसले अहिले फिरोजलाई खोजी गरिरहेका छन् । तीनैजना बिरुद्ध बलात्कारको मुद्दा दायर भएको र दोषीलाई कारवाही हुने मुम्बई प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यममा जनाइएको छ ।
 OnlineKhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

दूतावासभित्रैबाट बुनिएको हत्या योजना

सुव्रत दास ! यिनी जुन पेशामा छन्, त्यसले सार्वजनिक परिचय माग्दैन, खोज्दैन । बुझ्ने हिसाबले भन्दा, उनको पेशाका लागि सार्वजनिक परिचय वर्जित छ । किनकि, नेपालस्थित दूतावासमा कन्सुलरको आवरणमा बस्ने यिनी भारतीय बाहृय गुप्तचर संस्था ‘र’ का अधिकारी हुन् ।
भारतीय दूतावासको वेबसाइट होस् वा उनको भिजिटिङ कार्ड, जहाँ पनि उनको पद ‘कन्सुलर’ लेखिएको हुन्थ्यो । यसैलाई गुप्तचरीमा आवरण भनिन्छ । तर उनले नेपालबसाइका क्रममा त्यो आवरण च्यात्ने काम मात्र गरेनन्, हस्तक्षेपकारी रुपसमेत प्रदर्शन गरे । आफ्नो मर्यादासम्म बिर्सेर उनले नेपाल बसाइका क्रममा जे गरे, त्यो घरेलु राजनीतिप्रति सामान्य चासो राख्नेबाट पक्कै पनि लुकेको छैन । यी तिनै सुव्रत दास हुन्, जसले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) परित्याग गरी माओवादी प्रवेश गरेका मधेशी मूलका नेता रामकुमार शर्मालाई २०६७ साउन २० र २१ मा फोन गरी ज्यान मार्ने धम्की दिएका थिए ।
संविधानसभाका सभासद्समेत रहेका शर्मालाई त्यतिबेला धम्क्याइएको थियो, जति बेला माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल र काङ्ग्रेस उपसभापति रामचन्द्र पौडेल प्रधानमन्त्री पदको अनिणिर्त दौडमा थिए ।
त्यसबेला ‘र’ का लागि नेपालस्थित मिसन प्रमुख थिए पिटर जेपी हनामन, जो २०६९ भदौमा कार्यकाल सकेर भारत फर्किसकेका छन् । उनीपछिको दोस्रो वरीयताका अधिकृत हुन्- सुव्रत दास । माथि उनले तत्कालीन सभासद् शर्मालाई धम्की दिएको बारे चर्चा गरियो । अब यस्तो तथ्यसँग साक्षात्कार गर्नुस्, जुन प्रकरण हत्याको उद्देश्यसँग सम्बन्धित थियो र त्यसको योजना बनाउनमा दासको प्रत्यक्ष संलग्नता थियो ।
केन्द्रीय कारागारमा थुनामा रहेका युनुस अन्सारीमाथि २०६७ फागुन २६ मा हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहारको योजनामा साथ लिने उद्देश्यले एक भारतीय अधिकारीले हत्या अपराधमा सोही कारागारमा रहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भेटेका थिए । हो, सुव्रत दास तिनै अधिकारी हुन् ।
२०६७ पुस १७ मा एक्लै शोभराजसँग भेटेका दासले भोलिपल्ट आफ्ना हाकिम अर्थात् ‘र’ का लागि नेपालस्थित मिसनका प्रमुख पिटर जेपी हनामनलाई लिएर भेट्न पुगेका थिए । यस्तो भेटको प्रबन्ध मिलाइदिनेमा मुलुकभित्रैका सुरक्षा र जेल प्रशासन अधिकारीहरु थिए । कुनै कूटनीति प्रक्रिया पूरा नगरी असान्दर्भिक व्यक्तिसँगको भेटघाट पक्कै पनि संशयपूर्ण थियो । त्यसैले नेपाली सुरक्षा अधिकारी तथा केन्द्रीय कारागारमा भएको गोली प्रहारको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले यसबारे विस्तृत खोजीसमेत गर्‍यो । यसबाट के खुल्यो भने, युनुसको हत्या गर्ने योजनामा दासको भूमिका महत्वपूर्ण थियो । आयोगले भनेको छ :
कन्सुलर सुव्रत दास कूटनीतिक प्रक्रिया पूरा नगरी नेपाली कारागारमा रहेका कैदीहरुलाई सोझै भेटघाट गर्न आएको देखिएको छ । उनले अन्तर्राष्ट्रिय रुपमै कुख्यात रहेका व्यक्तिलाई भेटघाट गर्न जानुपर्ने कारण देखिँदैन । अर्कोतर्फ भेटघाट गोप्य रुपमा गरिएको छ । निजले भेटघाट गरेपछि नेपालमा युनुस अन्सारीको हत्या गर्ने कार्यमा खटिएका व्यक्तिहरुको आवागमन बढ्दै गएको देखिन्छ । यस प्रकार घटनाका सन्दर्भहरुले निज सुव्रत दासले नेपाली प्रहरी प्रशासनलाई प्रभावमा पारेर युनुस अन्सारीलाई हत्या गर्न सघाउ पुग्ने वातावरण मिलाएको देखिन्छ ।
‘र’ का लागि नेपालस्थित अधिकारी दासलाई कूटनीतिक उन्मुक्ति सम्बन्धी नियमका कारण नेपालमा मुद्दा चलाई कारबाही गर्न सक्ने अवस्था थिएन । त्यसैले जाँचबुझ आयोग, २०६७ ले प्रतिवेदनको परिच्छेद ५ मा ‘दोषी किटान गरेको देहायका व्यक्तिहरुलाई देहाय बमोजिम सजाय सिफारिश गरिएको छ’ भन्दै ‘भारतीय दूतावासका कन्सुलर सुव्रत दासलाई पर्सना-नन-ग्राटा (नेपालमा रहनका लागि अयोग्य) घोषित गर्न’ नेपाल सरकारलाई सिफारिश गरेको छ ।
भारतले नरूचाएको भनिएको एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार गठन भएको एक महिनालगत्तै ‘र’ का अधिकारीसमेतको संलग्नतामा उच्च सुरक्षा रहेको केन्द्रीय कारागारमा गोलीकाण्ड हुनु संयोग मात्र थिएन ।
अर्को संयोग के पनि थियो भने, युनुसमाथि गोली प्रहार हुनुभन्दा केही दिनअघि मात्र नेपाल लगायत छिमेकी मुलुक हेर्ने भारतीय गुप्तचर संस्था ‘र’ का स्पेसल सेक्रेटरी आलोक जोशी काठमाडौँ आएका थिए । २०६६ सालसम्म नेपालमै ‘र’ को स्टेसन प्रमुख रहेका जोशी नेपालमा एक साता बिताएर २०६७ फागुन २३ मा स्वदेश फर्केका थिए र फागुन २६ मा युनुसमाथि गोली प्रहार भएको थियो । नेपालमा रहँदा थुप्रै राजनीतिक भेटघाट गरेका जोशीले नयाँ दिल्ली र्फकनुअघि केही उच्च सुरक्षा अधिकृतलाई समेत भेटेका थिए ।
आयोगले आफ्नो प्रतिवेदन खनाल नेतृत्वको सरकारकै पालमा बुझाएको थियो । ‘र’ का अधिकारी दासलाई ‘पर्सना-नन-ग्राटा’ घोषित गर्दै देशनिकाला गर्ने आयोगको सिफारिश ‘राष्ट्रवादी’ भनिएको खनाल नेतृत्वको सरकारले नै लत्याएको अवस्थामा भारतीय सहयोगमै त्यसपछि बनेको बाबुराम भट्टराई नेतृत्वको सरकारबाट कार्यान्वयन हुने आशा कसैलाई थिएन ।
तत्कालीन सभासद् शर्मालाई ज्यान मार्ने धम्की दिइएको सन्दर्भमा पनि तत्कालीन संसद्को मानव अधिकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले दासलाई ‘पर्सना-नन-ग्राटा’ घोषणा गर्दै देशनिकाला गर्न सरकारलाई निर्देशन दिएको थियो । तर ‘कठपुतली’ को संज्ञा पाएको तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारले, जो आफैँमा कामचलाउ भइसकेको थियो, पनि संसदीय समितिको आदेशलाई बेवास्ता गर्‍यो ।
निकट अतीतमा कुनै पनि कूटनीतिज्ञलाई ‘पर्सना-नन-ग्राटा’ घोषित गरी निकालिएको छैन । त्यो उदाहरण खोज्न एक दशकभन्दा अघिको इतिहास खोतल्नुपर्ने हुन्छ ।
२०५६ पुस २० मा नेपालस्थित पाकिस्तानी दूतावासका एक कर्मचारी वसिम सब्बुरलाई प्रहरीले नक्कली भारतीय रूपैयाँको कारोबारमा संलग्न भन्दै पक्राउ गरेको थियो । नेपालस्थित कूटनीतिज्ञ कुनै अपराधमा संलग्न पाइएमा उसलाई पक्रनुको साटो सरकारी निर्णय गरेर देशनिकाला गर्ने प्रचलन तोडी सब्बुरलाई गैरकूटनीतिक व्यवहार गर्दै पक्राउ गरिएको थियो । त्यस क्रममा उनको निवासलाई २४ घण्टा घेरासमेत हालिएको थियो । तर लगत्तै उनलाई कूटनीतिज्ञको व्यवहार गर्दै ‘पर्सना-नन-ग्राटा’ घोषित गरी देशनिकाला गरियो । उनको गिरफ्तारी कूटनीतिक क्षेत्रमा त्यस बेला ठूलो बहसको विषय बनेको थियो । त्यो घटना तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भएको थियो । त्यसपछि भ्रमण केही समयका लागि स्थगित भयो ।
दुई मुलुकका सरकार प्रमुखबीच द्विपक्षीय वार्ताका क्रममा आफ्नो हात माथि पार्ने उद्देश्यले भारतीय इशारामै सब्बुरको गिरफ्तारी गराइएको जानकारहरुको भनाइ छ ।
जबजब नेपाल-भारत द्विपक्षीय शीर्ष वार्ता हुन लागेको हुन्छ वा कुनै उच्चपदस्थ नेपाली अधिकारी (प्रधानमन्त्री, गृह वा रक्षामन्त्री), नेताको भारत भ्रमण तय हुन्छ वा उच्चपदस्थ भारतीय अधिकारी, नेताको नेपाल आगमनको कार्यक्रम हुन्छ तबतब नेपालमा मुस्लिम समुदायको कुनै न कुनै ‘आतङ्ककारी’ विस्फोटक पदार्थसहित वा कुनै ‘तस्कर’ जाली नोटसहित पक्राउ पर्ने गरेका छन् ।
भारतीय गुप्तचर संस्था ‘र’ का नेपालस्थित एक उच्चपदस्थ अधिकारी नै युनुस हत्याको योजना बुन्ने कार्यमा संलग्न देखिनुुले राष्ट्रिय सुरक्षामाथि चुनौती त थपिदिएको छ नै, यसले मुलुकको सार्वभौम सत्तामाथि नै प्रश्न उठाएको छ । त्यसमाथि उनीविरूद्ध कारबाही गर्न सरकारले खुट्टा कमाएबाट राज्य कुन हदसम्म निरीह छ, सहजै अनुमान गर्न सकिन्छ । यो पहिलो घटना होइन जहाँ राज्य कमजोर देखिएको होस् । यस्ता प्रशस्त घटना छन्, जसमा राज्य पक्ष सबै कुरा थाहा पाएर पनि थाहा नपाएझै गरी बसेको छ ।
जमीम हत्याभन्दा केहीअघि मात्रै २०६६ माघ ४ मा गृहमन्त्री भीम रावल आन्तरिक सुरक्षाका तीनवटै निकायका तत्कालीन प्रमुखहरु प्रहरीका रमेश चन्द ठकुरी, सशस्त्रका सनत बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका अशोकदेव भट्टलाई साथै लिएर भारत भ्रमणमा गएका थिए । त्यस बेला रावलले आफ्ना भारतीय समकक्षीका साथै भारतीय गुप्तचर संस्था ‘र’ का महफ्वपूर्ण पदाधिकारीसँग पनि भेट गरेका थिए । त्यस क्रममा भारतीय पक्षबाट जमिम, युनुस लगायतको नामै लिएर तिनले जाली नोट तस्करी जस्ता कतिपय भारतविरोधी गतिविधि गरिरहेको बारे ध्यानाकर्षण गराइएको थियो । उनीहरुले भनेका थिए, ‘यदि तपाईंहरु यस्ता गतिविधिको नियन्त्रण र त्यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न सक्नुहुन्न भने हामी आफै गर्छौं । सक्नुहुन्छ त्यसमा सहयोग गर्नुस्, नसके असहयोग नगर्नुस् ।’ त्यसपछिका घटनाक्रमले भारतीय पक्ष आफैँ कारबाहीमा ओर्लिएको देखाएका छन् । तत्कालीन गृहमन्त्री रावल उपर्युक्त तीन वटै सुरक्षा प्रमुखलाई लिएर चीन भ्रमणमा -२०६६ माघ २३-फागुन ३ सम्म) गएका थिए । त्यसैबीच २०६६ माघ २४ मा जमिम मारिए । पूर्वसहमति अनुरुप नै तत्कालीन गृहमन्त्री र सुरक्षा प्रमुखहरुलाई अप्ठ्यारामा नपार्नका लागि यस्तो समय रोजिएकोसमेत कतिपय जानकारको भनाइ छ ।
अर्को संयोग के थियो भने, त्यस बेला मुस्लिम समुदायकै मोहम्मद रिजवान अन्सारी गृह राज्यमन्त्री थिए । तर गृहमन्त्री रावल गृहको कार्यभार उनलाई नभई तत्कालीन रक्षामन्त्री विद्या भण्डारीलाई दिएर भारत भ्रमणमा निक्लेका थिए । घटनाक्रम यसरी विकसित भयो, एक महीना नबित्दै गृह राज्यमन्त्री अन्सारीले राजीनामा दिनुपर्‍यो । बाहिरी रुपमा गृहमन्त्री रावलसँगको व्यक्तिगत टकरावका कारण गृह राज्यमन्त्री अन्सारीले राजीनामा गर्नुपरेको देखिए पनि त्यसको भित्री कारण भने जमिम हत्यामा उनले दिएको अभिव्यक्ति र प्रदर्शन गरेको व्यवहार प्रमुख कारण थियो । जमिमको हत्यालाई उनले ‘अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको आडमा आपराधिक गिरोहबाट गराइएको’ जनाउदै ‘हत्यारा कसको इशारामा परिचालित थिए, छिट्टै सार्वजनिक गर्ने’ बताएका थिए । त्यति मात्र होइन, मुस्लिम समुदायकै हुनुका नाताले उनले जमिमको शवलाई काँधसमेत दिए । यसबाट चिढिएको भारतीय पक्षले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालमाथि गृह राज्यमन्त्री अन्सारीलाई हटाउन दबाव दिएको थियो । प्रधानमन्त्रीले नै राजीनामा मागिसकेपछि अन्सारीसँग अर्को विकल्प थिएन र २०६६ फागुन २६ मा राजीनामा दिए । राजीनामा नदिएको भए प्रधानमन्त्रीले उनलाई बरखास्त गर्ने पक्कापक्की थियो ।
यस्ता गम्भीर प्रकृतिका घटनाको छानबीनका लागि गठन गरिएका आयोगप्रति राज्यका तर्फबाटै उदासीन र असहयोगी व्यवहार प्रदर्शित भएको छ ।सरकारले नै गठन गरेको आयोगलाई सरोकारवाला उच्चपदस्थ सरकारी अधिकृतले सहयोग नगरेको भन्दै एउटा जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा यसरी असन्तुष्टि व्यक्त गरेको छ ः
नेपाल सरकारको निर्णय अनुसार गठित आयोगलाई आवश्यक सहयोग पुर्‍याउने प्रारम्भिक जिम्मेवारी गृह मन्त्रालयको रहेकोमा मन्त्रालयबाट यस आयोगप्रति समुचित ध्यान पुर्‍याइएन । आयोगका पदाधिकारीहरुले टेलिफोन तथा भेटघाटमार्फत आयोगको अवस्था, कामकारबाहीबारे जानकारी गराउँदा पनि गृह मन्त्रालयबाट गरिएको व्यवहारले सहयोगको सट्टा आयोगलाई पूर्ण रुपमा उपेक्षा गरी मनोवैज्ञानिक रुपमा हतोत्साह पार्ने काम भयो । त्यसै गरी आयोगले सुनसरी जिल्लाको स्थलगत भ्रमणको क्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापालाई जानकारी गराउदा पनि कुनै प्रकारको सहयोग र सम्पर्क भएन, गरिएन ।
आयोगले काम गर्दा गृहमन्त्री विजयकुमार गच्छदार थिए । उपप्रधानमन्त्रीको समेत भूमिकामा रहेका उनको निर्वाचन क्षेत्र सुनसरी हो, जहाँका प्रमुख जिल्ला अधिकारीले सहयोग नगरेको आयोगको गुनासो छ । यसबाट पनि गच्छदारको झुकाव र प्रतिबद्धता कता छ भन्ने सङ्केत मिल्छ । सारमा कुरा के हो भने, राज्य (भारत) प्रायोजित अपराधका शृङ्खलामा मुलुकभित्रकै सुरक्षा निकाय मात्र होइन, उच्च तहको राजनीतिक नेतृत्वले पनि प्रत्यक्ष-अप्रत्यक्ष सहयोग/संरक्षण पुर्‍याइरहेको छ ।
(अधिकारीको हालै प्रकाशित चक्रब्यूहमा चन्द्र सूर्य पुस्तकको सम्पादित एक अंश)
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger