नयाँ पार्टीका ५ कार्यकर्ता सकेट बमसहित हनुमानढोकामा ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » नयाँ पार्टीका ५ कार्यकर्ता सकेट बमसहित हनुमानढोकामा !

नयाँ पार्टीका ५ कार्यकर्ता सकेट बमसहित हनुमानढोकामा !

Written By Unknown on Monday, December 31, 2012 | 3:03 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
१६ पुस, काठमाडौं । बिस्फोटक पदार्थसहित पक्राउ परी हाल हनुमानढोकामा रहेका आफ्ना ५ कार्यकर्ता छुटाउन आइतबारमात्रै सार्वजनिक भएको ‘सामाजिक लोकतान्त्रिक पार्टी’लाई हम्मे परेको छ । नयाँ पार्टीका नेता चैतन्य सुब्बा, पासाङ्ग शेर्पा र कुमार राईले यसबारे अर्थमन्त्री वर्षमान पुनसँग अनौपचारिक वार्तासमेत गरिसकेका छन् ।
आइतबार चाबहिलबाट घोषणा गरिएको सामाजिक लोकतान्त्रिक पार्टीको सात सदस्यीय अध्यक्ष मण्डलका एक अध्यक्ष हुन् दलमर्दन कामी । चैतन्य सुब्बाको पार्टीमा एकाकार हुनुपूर्व शनिबारसम्म उनी ‘मुक्तिदाता’ महासचिव रहेको ‘संयुक्त जातीय मुक्ति मोर्चा’ नामक सशस्त्र समूहका प्रवक्ता थिए । मोर्चाका ५ कार्यकर्ता र एकजना गेष्टहाउस सञ्चालकलाई पुस ९ गते बिहान प्रहरीले भारी मात्रामा सकेटबमसहित राजधानीबाटै पक्रेर हाल हनुमान ढोकामा थुनामा राखेको छ । कामी सामाजिक जनवादी पार्टीको अध्यक्ष मण्डलमा परेपछि यी कार्यकर्ताहरु छुटाउने जिम्मेवारी नयाँ पार्टीका नेता चैतन्य सुब्बा, पासाङ शेर्पा र कुमार राईसमेतको काँधमा सरेको छ ।
संयुक्त जातीय मोर्चाले करिब डेढ वर्षअघिदेखि नै नेपाल सरकारसँग वार्ता गर्दै आएको थियो । तर, यसपटक भने शान्ति मन्त्री टोपबहादुर रायमाझीले षडयन्त्रमूलक ढंगले आफ्ना कार्यकर्तालाई गिरिफ्तार गराएको कामीले अनलाइनखबरलाई बताए ।
शान्तिमन्त्रीको ‘आइडिया’
एमाओवादी नेता विश्वनाथ साहकै पालादेखि मोर्चासँग सरकारले वार्ता थालेको थियो । मन्त्रालयका तत्कालीन उपसचिव ज्ञानेन्द्रप्रसाद ढकालले मोर्चालाई औपचारिक चिठी लेखेपछि बार्ता हुँदै आएको थियो । संयुक्त जातीय मुक्ति मोर्चाकै विश्वक्रान्ति नेतृत्वको अर्काे समूहले बबरमहलमा आयल निगम अगाडि बम पड्काएपछि सेलाएको वार्ता फेरि अगाडि बढाउन मन्त्री रायमाझी सहमति भएका थिए । तर, मन्त्री रायमाझीले पहिले वार्ता टोलीका सदस्यहरुको नाम मागेर घर-घरमा प्रहरी पठाए । त्यसपछि यो साता उनीहरुलाई हतियार जम्मा पार्न लगाई प्रहरी लगाएर पक्राऊ गरे । सशस्त्र समूहलाई समात्न जुक्ति लगाउने मन्त्री रायमाझी आफू स्वयं साथमा हतियार हुँदाहुँदै सरकारसँग वार्ता टोलीमा बसेका माओवादी नेता हुन् । रायमाझीको मन्त्रालयले मोर्चाका सदस्यलाई सिंहदरबार छिर्न दिनू भन्ने पत्र मुख्य गेटका प्रहरीलाई दिएको थियो । तर, सिंहदरबारभित्र उनीहरुलाई पक्राउ नगरी गेष्टहाउसमा बमसहित पक्राउ गरियो ।
प्रहरीले सकेट बम र खुकुरीसहित पक्राउ गरेका मोर्चाका वार्ताटोली सदस्यहरुमा जागेश्वर महरा, भैरब महरा (गौरब), सीतादेवी यादव, मुधुसुधन रिजाल र जीतेन्द्र साह रौनियार रहेका छन् । मोरङ घर भएका कोशी संगम गेष्ट हाउसका सञ्चालक कुमार मगर पनि पक्राउ परेका छन् । पक्राउ परेका मोर्चाका कार्यकर्ताहरु हिरासतमा रहेकै अवस्थामा आइतबारबाट चैतन्य सुब्बाको ‘सामाजिक लोकतान्त्रिक पार्टी’का कार्यकर्तामा परिणत भएका छन् ।
कार्यकर्ता छुटाउन पहल गर्ने अर्थमन्त्रीको आश्वासन
शान्ति मन्त्रीको ‘आइडिया’अनुसार पक्राउ परेका कार्यकर्ता छुटाउन अर्थमन्त्री वर्षमान पुनले पहल गर्ने आश्वासन दिएको दलमर्दन बताउँछन् । हाम्रा नेताहरुले यसबारे मन्त्री पुनसँग कुरा गरिसक्नुभएको छ र पुनले पहल गर्ने आश्वासन दिनुभएको छ ।’-उनले अनलाइनखबरसँग भने ।
सरकारले फसायो- दलमर्दन
संयुक्त जातीय मोर्चाका निवर्तमान प्रवक्ता एवं सामाजिक लोकतान्त्रिक पार्टीका नवनियुक्त अध्यक्ष मण्डलका सदस्य दलमर्दन कामी आफ्ना कार्यकर्ताहरु हतियारसहित पक्राउ परेको घटनाबारे यसरी वर्णन गर्छन्-
‘शान्ति मन्त्रालयले हामीलाई मंसिर १४ गते वार्ताका लागि मन्त्रालयमा बोलायो । मसहित वार्ता टोलीका ६ जना प्रतिनिधि मन्त्रालयमा पुग्यौं । त्यहाँ शान्ति मन्त्री टोपबहादुर रायमाझी, देवेन्द्र ढकाल, माधव शर्मा, दिनेश गौतमलगायत थिए । हामीले मन्त्री रायमाझीलाई आफ्ना लिखित एजेन्डाहरु दियौं । मन्त्रीले एजेन्डा सर्सर्ती हेर्दै यो वार्तालाई अनौपचारिक ठानौं, म पर्सितिर औपचारिक वार्ताका लागि पत्र लेख्छु भन्नुभयो । साथै मन्त्रीले तपाईहरुका साथमा के-कति हतियार छन्, ती पनि सरकारलाई बुझाउनका लासग जम्मा पार्दै गर्नाेस् भन्नुभयो । तपाईहरुको वास्तविक नाम र घरको ठेगाना पनि इतिहासमा रेकर्ड राख्नुपर्ने भएकाले मन्त्रालयमा टिपाउनुहोला भनेर मन्त्री रायमाझीले मीठो भाकामा भनेपछि हामीले वार्ताटोलीका सबै सदस्यहरुको नाम शान्ति मन्त्रालयलाई दियौं ।’
तर, हामीले मन्त्रीलाई ठेगाना दिएलगत्तै हाम्रा साथीहरुका बैतडी, सिरहा, सुनसरी, इलाममा रहेका घरहरुमा प्रहरीले खानतलासी गर्नुका साथै परिवारका सदस्यहरुलाई थर्काउने काम गर्‍यो । यति हुँदाहुँदै पनि हामीले वार्तालाई निरन्तरता दिने निर्णय गर्‍यौं र मन्त्रीले भनेअनुसार हाम्रो साथमा रहेका विस्फोटक पर्दाथ एवं सकेट बमहरु सरकारलाई बुझाउनका लागि गंगबुस्थित कोशी संगम गेष्ट हाउसमा जम्मा पार्यौं । त्यसपछि साथीहरु वार्ताका लागि कुरा गर्न ८ गते मन्त्रालयमा जानुभयो । वार्ताका लागि पत्र तयार भैसकेको तर, मन्त्रीले सही गर्नमात्रै बाँकी रहेको बताइयो । तर, भोलिपल्ट बिहानै साढे ९ बजे प्रहरीले गेष्ट हाउसमा छापा मारेर हाम्रा ५ जना साथीहरु र गेष्ट हाउस सञ्चालक कुमार मगरलाई पक्राउ गरेको छ । वार्तामा बोलाएर डेढवर्षदेखि झुलाएको सरकारले यसरी षड्यन्त्रमूलक ढंगले हामीलाई फसाएको छ । पक्राउ परेका होटलवाला निर्दाेष छन्, उनको गेष्ट हाउसमा हामीले खाना खाएको र सुतेको ५०/६० हजार ऋण तिर्न बाँकी छ ।’                                                                           - online news
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger