चियापसलदेखि अस्पतालसम्म वेश्यावृत्ति - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » चियापसलदेखि अस्पतालसम्म वेश्यावृत्ति

चियापसलदेखि अस्पतालसम्म वेश्यावृत्ति

Written By Unknown on Wednesday, March 5, 2014 | 8:58 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ ।
प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले दुई साताअघि छापा हानी गोप्य यौनधन्दाको पर्दाफास गरेको हो ।
'ग्राहक बाहिर चिया खाएर लाइनमा बस्दा रहेछन्,' सोह्रखुट्टे प्रभाग प्रमुख इन्स्पेक्टर कवित कटवालले भने, 'प्रहरीले सुइँको नपाओस् भनेर यसरी चियापसलको आवरणमा अवैध धन्दा हुने गरेको खुल्यो ।'
राजधानीमा यौनधन्दाको जालो यसरी विस्तार भएको छ कि चियापसल मात्र नभई अस्पतालमा समेत यौनधन्दा हुने गरेको प्रहरीको भनाइ छ । ठमेलको ज्याठास्थित एक चिनियाँ अस्पतालबाट केही समयअघि यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । सो अस्पताल निगरानीमै रहेको इन्स्पेक्टर कटवालले बताए ।
पहिला ठमेल तथा दरबारमार्ग क्षेत्रका मसाज तथा गेस्टहाउसमा खुलेआम वेश्यावृत्ति हुने गरेकोमा प्रहरीको कडाइसँगै विभिन्न आवरणमा अन्यत्र यौनधन्दा हुन थालेको प्रहरी अधिकारी बताउँछन् । यौनधन्दामा कडाइ गरेपछि ठमेल क्षेत्रमा डेढ सयभन्दा बढी मसाज सेन्टर पछिल्लो चार वर्षमा बन्द भइसकेका छन् ।
पछिल्लो समयमा पनि प्रहरीले दरबारमार्ग र ठमेल क्षेत्रमा सञ्चालित मसाज र गेस्टहाउसहरूमा वेश्यावृत्ति रोक्न कारबाहीमा तीव्रता दिने थालेको छ । महानगरीय प्रहरी प्रभाग दरबारमार्ग र सोह्रखुट्टेले वेश्यावृत्तिविरुद्ध अभियान नै सुरु गरेका छन् । पछिल्लो एक महिनामा वेश्यावृत्ति सञ्चालन गर्ने एक दर्जनभन्दा बढी ठाउँमा छापा हानी ५० भन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger