| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
यसरी गरिने मुखमैथुनजस्ता यौन क्रियाकलाप स्वस्थकर हुन्-होइनन् भन्ने कुरामा धेरैमा शंका रहेको पाइन्छ। स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित हुन्छ। यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन। यदि यौनरोग छ भने रोग सर्न सक्छ, जुन कुरा लिङ्ग-योनि वा अन्य किसिमको यौन सम्पर्कमा पनि लागू हुन्छ। यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ। यदि यौ नसाथीमध्ये कसैलाई यौनरोग लागेको अथवा यौनरोग लागेको शंका छ भने पनि त्यसलाई सुरक्षित बनाउनु आवश्यक छ।
तपाईंले किन यो प्रश्न सोध्नुभएको हो स्पष्ट छैन, जानकारीका लागि मात्र वा यस्तो क्रियामा संलग्न हुनुभएका कारण कुनै चिन्ता वा चासो छ ? अरूको लिङ्ग तपाईंले ग्रहण गर्नुभएको वा तपाईंको लिङ्ग अरूले ग्रहण गरेको हो सो कुरामा जोखिम भर पर्छ। जहाँसम्म एचआईभी सर्ला-नसर्ला भन्ने प्रश्न छ तपाईंको मुखमैथुन हुँदाको परिस्थितिमा भर पर्छ। सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम (Theoretical risk) भनिन्छ। थूकको सम्पर्क हुने गरी गरिने चुम्बन (wet kissing), कन्डम लगाएर गरिएको मुख मैथुन, औंला यौन अंगमा पसाउनु, यौन अंगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन्। रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने देखिएको यौन क्रियाकलापलाई कम जोखिम पूर्ण (Low risk) भनिन्छ। कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाएर गरिएको योनि तथा गुदा मैथुन यसका उदाहरण हुन्।
सुरक्षित बनाउन मुखमैथुन गर्दा कन्डमको प्रयोग आवश्यक हुन्छ। अहिले यही प्रयोजनका लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन्। योनि-मुख मैथुनका लागि डेन्टल ड्याम (रवरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ। डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ। मुखमा चोटपटक छ भने र वीर्य स्खलन मुखमा भएको स्थितिमा जोखिम बढ्ने कुरा याद राख्नुपर्छ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !