
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
मानिसले आफ्नो बिबाहमा के कपडा लगाउने भन्ने ठुलो चिन्ता रहन्छ । बेहुला बेहुली मात्र हैन बिहेको निम्तो मान्न जाने मानिसहरु पनि सकेसम्म राम्रो कपडा लगाएर, चिटिक्क परेर जान रुचाउँछन् । यसैबीच, कसैले कपडा नै नलगाई बिवाह गरेको सुन्दा पक्कै पनि सबै अचम्ममा पर्छौं ।
यस्तै अनौठो घटना भएको छ न्युजिल्याण्डमा । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडी निक र विन्डी लोवेले निर्वस्त्र विवाह गरेका हुन् । बेहुला बेहुलीले शरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिबाहमा आउने पाहुनालाई कपडा लगाउने वा नलगाई पनि आउन सक्ने जानकारी गराइएको थियो ।
समाचार संस्थाहरुका अनुसार विवाहमा आएका १२० जना पाहुना मध्ये आधा भन्दा बढी नांगै थिए । समाचारका अनुसार विलिंगटन स्थित प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोह त्यस ठाउँको लागी पहिलो र अनौठो बिवाह हो । प्रकृतिवादीता आफ्नो जिवनको सबैभन्दा महत्वपूर्ण भाग रहेकाले प्राकृतिक तरिकाले बिहे बन्धनमा बाँधिनु आफ्नो लागि सहज रहेको निकको भनाइ छ ।
आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् । समाचारका अनुसार पाहुनाहरुलाई खाना खाने बेलामा भने कपडा लगाउन लगाइएको थियो । - एजेन्सी
यस्तै अनौठो घटना भएको छ न्युजिल्याण्डमा । आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडी निक र विन्डी लोवेले निर्वस्त्र विवाह गरेका हुन् । बेहुला बेहुलीले शरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिबाहमा आउने पाहुनालाई कपडा लगाउने वा नलगाई पनि आउन सक्ने जानकारी गराइएको थियो ।
आफ्नो निर्वस्त्र बिहे समारोहमा निम्तो दिएका केही पाहुनाहरु आउन हिच्किचाएको र निम्तो अस्विकार गरेको खुलासा गर्दै आएका जतिले भने कुनै अप्ठेरो महसुस नगरेका दाबी गर्छन् । समाचारका अनुसार पाहुनाहरुलाई खाना खाने बेलामा भने कपडा लगाउन लगाइएको थियो । - एजेन्सी


0 comments:
Speak up your mind
Tell us what you're thinking... !