
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
नाडीबाट छुटिएका हत्केला र औंलालाई जिवित राख्न पनि उनीहरुले अनौठो तरिका अपनाए । टुक्रा हातलाई खुट्टाको नलिहाडमा एक महिनासम्म जोडेर राखे, ताकि टुक्रिएको हात पनि जिवित रहोस् ।
नोभेम्बर १० मा जीओ वाईको दाहिने हात कामका क्रममा मेसिनले काटेको थियो । उनले भनेका छन्-’साथीहरुले मेसिन बन्द गरेर मेरो हातको टुक्रा जम्मा नगरेसम्म म टक्क अडिएको थिएँ र के भयो थाहा पाइन ।’ त्यसपछि उनलाई हुनानको एक अस्पतालमा लगियो जहाँ डाक्टरहरुले हात जोड्न नसक्ने जवाफ दिए । तर उनीहरुले अर्को अस्पताल रिफर गरे ।
उनी निराश त थिए तर हार खाएका थिएनन् । उनले चिकित्सकहरुलाई भने-’म अहिले युवा नै छु , म हात विनाको जीवन कल्पना समेत गर्न सक्दिन, जसरी पनि हात जोड्ने उपाय निकाल्नुपर्यो ।’
घटनाको झण्डै ७ घण्टापछि उनलाई चाङ्गशाको एक अस्पतालमा पुर्याइयो । जहाँ चिकित्सकले उनलाई हात फेरि जोड्न सक्ने आश जगाए । छुटि्टएको हातलाई डाक्टरहरुले गोडाको नलिखुट्टामा जोडे, ता कि जीवित राख्न सकियोस् । झण्डै एक महिनापछि उनको हात पुन जोडिएको छ । थप अपरेशनपछि उनको हात पहिलाको जस्तै हुने चिकित्सकहरुले जनाएका छन् ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !