दाइजो लिन श्रीमतीको अश्लील भिडियो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » दाइजो लिन श्रीमतीको अश्लील भिडियो

दाइजो लिन श्रीमतीको अश्लील भिडियो

Written By Unknown on Wednesday, January 1, 2014 | 7:36 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
http://meroknowledge.blogspot.com/
भारतको छत्तिसगढस्थित रायपुर जिल्लामा आफ्नै श्रीमतीको अश्लील भिडियो बनाएर ससुरालीसँग दाइजो माग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ससुरालीसँग डेढ लाख रूपियाँ लिनका लागि ब्ल्याकमेलिङ गर्न श्रीमतीको अश्लील भिडियो बनाएको रायपुर अतिरिक्त प्रहरी अधिकृत लाल उम्मेद सिंहले जनाएका छन् ।

सूरज चेतावनी नामक ती व्यक्तिले सन् २००३ मा रायपुरकै लाखेनगर क्षेत्रमा बस्ने युवतीसित बिहे भएको थियो । सूरजले आफ्ना परिवारका अन्य सदस्यहरूको बहकाउमा आएर श्रीमतीको भिडियो बनाएको स्वीकारेका छन् । भिडियो बनाउनुअघि आफ्नो ससुरालीलाई केही दिनभित्र दुई लाख रूपियाँ दिन नत्र भने ती भिडियो बजारमा बेचेर भए पनि दुई लाख उकास्ने धम्की दिएका थिए ।
गएको बिहीबार मात्र उसले आफ्नी श्रीमतीको अश्लील भिडियो लिएर ससुराली गएको र केही दिनभित्र पैसा नपाए यही भिडियो बजारमा बेच्ने धम्की दिएको थियो । त्यसलगत्तै ससुरालीले यस्ता अपराधीलाई कारवाही गराउनै पर्छ भन्ने मनस्थितिमा प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ससुरालीबाटै ती व्यक्तिलाई पक्राउ गरेका छन् । प्रहरीले प्रमाणस्वरूप सूरजबाट उसकी श्रीमतीको अश्लील भिडियोको सीडीसमेत बरामद गरेको छ ।

घरेलु कम्प्युटर उपयोग गरी यो सीडी बनाएको प्रहरीले जनाएको छ । कम्प्युटरलाई प्रमाणका रूपमा उपयोग गर्न प्रहरीको एउटा दल सूरजको घर पठाएको समेत प्रहरीले जानकारी दिएको छ । प्रहरीले दाइजोको मामिलालाई लिएर परिवारका अन्य सदस्य समेत पक्राउ पर्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger