वेश्याहरु पेन्सन माग्दै अदालतमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » वेश्याहरु पेन्सन माग्दै अदालतमा

वेश्याहरु पेन्सन माग्दै अदालतमा

Written By Unknown on Tuesday, December 31, 2013 | 11:12 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नेदरल्याण्डका यौनकर्मी महिलाहरुले पुरषसरह पेन्सन सुविधा माग गर्दै अदालत गुहारेका छन् । आफूहरुले फुटबल खेल झैं कठिन र परिश्रमी काम गर्नुपरेको हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुको जिकिर छ ।

फुटबल खेलाडी झैं यौनकर्मीहरु पनि जीवनको महत्वपूर्ण समयमा कठिन शारीरिक मेहनत गर्नुपरेको तथा क्यारियर अवधि पनि लामो समय चल्न नसक्ने हुँदा पेन्सन सुविधा चाहिएको उनीहरुका वकिल विल पोष्ट बताउँछन् । “पुरुषको आकर्षण युवती अवस्थामा मात्र हुन्छ, बुढेसकाल लाग्दै गएपछि कसैले हेर्दैनन्” पेन्सन सुविधाको आवश्यकताबारे उनले भने “यौनकर्मी महिलाको सुखद भविष्यको लागि पेन्सन जरुरी छ ।”

यसरी दिइने पेन्सनमा कर छूटको पनि माग गरिएको छ । नेदरल्याण्डमा फुटबल खेलाडीलाई मासिक पाँच हजार युरोसम्मको पेन्सन रकममा कर लाग्दैन । सन् २००२ मा वेश्यावृत्तिलाई वैधता दिइएको यो मुलुकमा यौनकर्मीलाई कूल आयकरको आधा कर तिर्नुपर्ने नियम बसाइएको छ ।

यहाँका यौनकर्मीहरु आफ्नो योग्यताको बारेमा स्थानीय अखबार, इन्टरनेट आदिमा व्यवसायिक विज्ञापन पनि दिन पाउँछन् । यौन व्यवसायलाई उदार रुपमा लिने मुलुकमा नेदरल्याण्ड पनि एक हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger