मोटेलाई जहाजमा आपत्, दुइ सिटको टिकट काट्दा पनि सुख भएन - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » मोटेलाई जहाजमा आपत्, दुइ सिटको टिकट काट्दा पनि सुख भएन

मोटेलाई जहाजमा आपत्, दुइ सिटको टिकट काट्दा पनि सुख भएन

Written By Unknown on Wednesday, October 23, 2013 | 9:03 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
बेलायतको लण्डनमा एक मोटे मानिसलाई आफ्नो मोटाइको कारण हवाइजहाजमा दुइवटा सिटका लागि टिकट काट्नुपर्यो । तर विचरा ती मोटेलाई दुइ टिकट काटेपनि सुख भएन ।

उनले दुइ सिटका लागि टिकट त काटे तर ती दुइ सिट बेग्लाबेग्लै स्थानका थिए । उनलाई एकै ठाउँका दुइ सिट चाहिनेमा अगाडि र पछाडिका दुइ टिकट परेपछि उनको पैसा सित्तैमा गयो नै उनको यात्रा पनि निकै कष्टप्रद भयो ।

समाचार अनुसार लेस प्राइस नामका ती व्यक्तिको वजन २३५ किलो थियो । लेसका अनुसार उनले जुन वायुसेवाको जहाजमा यात्रा गरे त्यसमा एक टिकटमा यात्रा गर्ने मान्छेको अधिकतम तौल १२७ किलो हुनुपर्ने नियम थियो । उनको तौल त्यसभन्दा निकै बढि रहेकाले उनले दुइवटा टिकट काट्नुपर्यो । उनले दुइवटा टिकट काटे । तर दुर्भाग्यवस टिकट काउन्टरबाट उनलाई अगाडि र पछाडिका गरि २ वटा सिटका टिकट दिइयो ।

आफुलाई दुइवटा टिकट काट्नुपरेको नभै दुइ अलग अलग सिटका टिकट काटिदिएकोमा दुख लागेको उनको भनाइ छ । उनको एउटा सिट १७ नम्बरको थियो भने अर्को १९ नम्बरको । लण्डनबाट आयरल्याण्ड जाँदा र आयरल्याण्डबाट आफ्नो घर लण्डन फर्किँदा दुबैचोटी उनलाई फरक फरक सिटको टिकट काटिएको उनको भनाइ छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger