भ्रष्टचारी एनसेलको ब्रह्मलुटको खुलासा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » भ्रष्टचारी एनसेलको ब्रह्मलुटको खुलासा

भ्रष्टचारी एनसेलको ब्रह्मलुटको खुलासा

Written By Unknown on Tuesday, October 8, 2013 | 7:18 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

के तपाईंको हातमा रहेको मोबाइल सेटमा एनसेलको सिम छ ? यदि त्यसो हो भने तपाईंलाई पनि यसले भुसुक्कै ठगिसक्यो । यसको ठग्ने तरिका पनि कस्तो भने हामी सोझा नेपालीहरुले त बुझ्नै नसक्ने, थाहै नपाउने । अझ त्यसमाथि ‘एनसेल नेपालकै लागि’ भन्ने आकर्षक नाराले घर, भित्ता, बाटोघाटो पुल सबैतिर छ्याप्पै छोपेपछि त यसले झुक्याएको र थाङ्नामा सुताएकोमा शङ्कै गर्न नसकिने । धन्न अधिवक्ता मोहन शासङ्करले २० रुपैयाँ सापट दिएर २ रुपैयाँ ५८ पैसा ब्याज असुल्ने एनसेलको लुटविरुद्ध सर्वाेच्चमा उजुरी हाले र यसको ठगीधन्दा सार्वजानिक हुन पायो । डाटा सेन्टरबाट महत्वपूर्ण फोन वार्ताहरुको टेप रेर्कडिङ्ग गरी विभिन्न खुफिया एजेन्सीहरुलाई बेच्ने गरेको, आफ्ना ग्राहकहरुको एकाउन्टबाट सुटुक्कै रकम काट्ने गरेको जस्ता आरोपहरु व्यापक रुपमा लागिरहेका बेला एक वर्ष अघिदेखि ‘एनसेल सापटी’का नाममा लाखौंलाख ग्राहकहरुबाट गैरकानुनी रुपमा सापटीमा समेत ब्याज असुली गरिरहेको तथ्यसहितको उजुरी अदालतसम्म पुगेको हो । यस सम्बन्धमा न्यायधीश कल्याण श्रेष्ठको इजालसले यस प्रकारको वित्तिय कारोबार गर्ने, सापट दिने र ब्याज असुल्ने जस्ता कार्यहरु गर्नु पछाडीको कारण लिखित रुपमा पेश गर्न एनसेलको नाममा कारण देखाउ आदेश जारी गरेको छ । एनसेलले टेलिकम क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो कम्पनी बनेको दाबी गरिरहेकै बेला नेपालकै सबैभन्दा भ्रष्ट कम्पनीको उपाधि समेत पाउने लगभग निश्चित झैं देखिन्छ ।

भ्रष्टचारी एनसेल

NCell cover

नेपालभित्र एनसेलले आफूविरुद्ध आउनसक्ने सबै निकाय र व्यक्तिहरुको मुखमा बुझो लगाए पनि स्वीडेनको एउटा चर्चित पत्रिका ‘भेकान्स अफेयर’ र केही टेलिभिजनहरुले एनसेलले नेपालमा गरेको भ्रष्टाचार बारे विस्तृत रुपमा विवरण सार्वजनिक गरिसकेको छ । नेपालमा सर्वप्रथम स्पाइस नेपाल कम्पनीका नाममा मेरो मोबाइलबाट व्यापार सुरु गरेकोमा हाल त्यसले एनसेल नाम पाएको छ । र, सुरुवातदेखि नै यो अपारदर्शी ढङ्गले एकबाट अर्काेमा स्वामित्व हस्तान्तरण हुँदै आइरहेको छ । सुरुमा राजेन्द्र खेतान ग्रुप र भारतको मोदी ग्रुपले मोबाइल सेवा सञ्चालन गर्ने गरी लाइसेन्स प्राप्त गरेका थिए । तर, त्यसले सेवा सञ्चालन भने चार वर्षपछि मात्र सुरु ग¥यो । जुनबेला स्पाइसका मालिकका रुपमा तत्कालिन राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह देखा परे । मोदी र खेतान समुहले लिएको लाइसेन्स कसरी राजग्रुपको हातमा पुग्यो त्यसबारे अहिलेसम्म कसैलाई केही जानकारी छैन । जानकारी होस् पनि कसरी न त स्वामित्व हस्तान्तरणको विवरण कम्पनी रजिस्ट्रार कार्यलयमा छ, न टेलिकम नियामक संस्था दूरसंचार प्राधिकरणमा नै यसबारे कुनै कागजात छ । पछि स्वीडेन र फिनल्यान्डको संयुक्त लगानी रहेको टेलियासोनेराले राजबहादुर सिंहबाट ४ अर्ब २० करोडमा यो खरिद ग¥यो र यसको नाम पनि मेरो मोबाइलबाट फेरेर एनसेल बनाइयो । तर, यो कारोबारको खुलासा कहीं कतै भएन । त्यत्रो कारोबार हुँदा राज्यले कुनै राजश्व पाएन । राज ग्रुपबाट टेलियासोनेरामा स्वामित्व पुग्दा पनि सोझो तरिका अपनाइएको थिएन । बीचमा क्यारेबियन र साइप्रसका विभिन्न नाम मात्रका कम्पनीहरुले त्यसमा आफ्नो स्वामित्व देखाए । रेनोल्डस् होल्डिङ् लिमिटेड, दाल्टो ट्रेड लिमिटेड जस्ता धेरै कम्पनीहरुको सेयर खरिद–बिक्री र थपघट भयो । अहिले नेपाली लगानीकर्ताको कम्तीमा २० प्रतिशत हिस्सा रहेकै हुनुपर्ने कानुनी बाध्यतालाई सम्बोधन गर्नका लागि मात्र सिनर्जी नेपालको नाममा केही नेपाली व्यापारीहरुको समूहलाई यसमा सहभागी गराइएको छ ।

सबैभन्दा रमाइलो कुरा त के छ भने मेरो मोबाइलमा ९५ प्रतिशत हिस्साका मालिक रहेका राजबहादुरबाट टेलियासोनेराले कम्पनी किनेको भएपनि सार्वजनिक रुपमा चाँही भिसोर ग्रुपबाट खरिद गरेको सार्वजानिक गरिएको छ । के विश्वास गरिन्छ भने साइप्रसमा रहेको दाल्टो ट्रेड नामक कागजी स्वरुप मात्र रहेको कम्पनी पनि राजबहादुरको नै हो । नेपाली साझेदारका रुपमा अहिले देखापरेका निरजगोविन्द श्रेष्ठ पनि नाम मात्रका हिस्सेदारका रुपमा रहेको स्रोत बताउँछ । वास्तवमा एनसेलमा नेपालीहरुको स्वामित्व लगभग शून्यका अवस्थामा पुगेका कारण यो नेपाली जनता र मुलुकप्रति थोरै पनि उत्तरदायी नबनी एक सुत्रीय ढंगले लुटको धन्दामा हौसिएर अगाडी बढेको छ । नेपालमा अख्तियार अनुसन्धान आयोगदेखि करकार्यलयले समेत एनसेलमा भएको भ्रष्टाचारबारे अनुसन्धान गर्दै छौं भने पनि त्यसलाई महत्व दिएर अगाडी बढाउन भने चासो देखाएको छैन । एनसेलले कति ठूलो रकमको चलखेल गरेको छ भने त्यसप्रतिको अनुसन्धान समाचार लेखनलाई प्राथमिकतामा राख्न खोज्ने जो कोहीलाई पनि सजिलै खरिद गर्छ । त्यसो त कर छली गर्ने कार्यमा एनसेल कति बिघ्न चलाख छ भने यसले ७ लाख २१ हजार डलर मूल्यको सामान खरिद गर्दा एयरपोर्ट भन्सारमा तिर्नुपर्ने राजश्व को ठाउँमा एक लाख ६८ हजारको बिल देखाएर कम पैसा ति¥यो । यसरी कर छली गर्न ०६८ साल फागुन १८ गते सामान भिœयाउँदा भन्सारमा उसले ०६६ साल असार ३ गतेको बिल पेश गरेको थियो । राजश्व न्यायधीकरण र यससँग सम्बन्धित अन्य निकायहरुले यसबारे निकै तदारुक्ताका साथ खोजी गर्न थालेपछि एनसेलले ५५ लाख रुपैयाँ जरिवाना तिर्नुप¥यो । सामान्य खोजी गर्दा त यत्रो कर छली गरेको पत्ता लाग्छ भने साँच्चै खोजी गर्ने र सम्बन्धित निकायहरु आर्थिक प्रलोभन र प्रभावमा नपरी एनसेलका गैरकानुनी क्रियाकलाप र गतिविधिको विरुद्ध उभिने हो भने कति ठूल–ठूला घटनाहरु सामुन्ने आउलान् सहजै अनुमान लगाउन सकिन्छ । यसरी देखादेखी कर छल्ने र राष्ट्रलाई नै ठग्ने एनसेलले अहिले आफूसँग एक करोड ग्राहक रहेको दाबी गरिरहेको छ । यदि एक जनाबाट प्रत्येक दिन सुटुक्क एक रुपैयाँ मात्र चोरी ग¥यो भने क्षणभरमै एक करोड रुपैयाँ कमाउँछ । यस्तो चोरी नियत भएको ठगहरुले चलाएको र नेपाली लुट्ने एकमात्र उद्देश्य बोकेर क्रियाशील रहेको एनसेलले थाहै नपाई हामीलाई पलपलमा नलुट्ला भन्न सक्ने अवस्था छैन । एनसेलले कसरी ठग्छ र ग्राहक झुक्याउँछ भन्ने कुराको उदाहरणका रुपमा यसले सार्वजानिक गर्ने विभिन्न उपहार र बम्पर योजनामा गर्दै आइरहेको ठगी र इन्टरनेट डिभाइस निःशुल्क दिने भन्दै झुक्याउने र इन्टरनेट डाटा चलाउने ग्राहकहरुलाई ठगेका घटनाहरुलाई प्रमाणका रुपमा हेरेपनि सबै कुरा छर्ल¨ हुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger