रोचक जानकारी - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रोचक जानकारी

रोचक जानकारी

Written By Unknown on Tuesday, October 8, 2013 | 10:28 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 पैसाको लोभमा मान्छे कत्रा- कत्रा अपराध गर्न पछि पर्दैनन् । त्यस्ताले सिक्नुपर्छ अनुजाबाट, जसले भेट्टाएको ९१ लाख रुपैयाँ र हीराको हार सम्बन्धित व्यक्ति पत्ता लगाइकन फिर्ता दिइन् ।

काठमाडौं सीतापाइलाका ६५ वषर्ीय पुरुषोत्तम पौडेलले आईएमईबाट इटहरी पैसा पठाए । भोलिपल्ट आएर उनैले बुझे र जेठी छोरी सुधा पोखरेललाई घर किन्न पुर्‍याइदिन धरान जाने बस चढे । हतारमा बसबाट उत्रने क्रममा झोला सिटमै छुटेको पत्तै पाएनन् ।

भोजपुर, भुल्के घर भई धरान बस्दै आएकी २२ वषर्ीया अनुजा बानियाँले कालो झोला देखिन् । कसको ? भन्दै कराइन् । कसैले ‘मेरो’ भनेनन् । अनि, लिएर गइन् । घरमा खोलेर हेर्दा आत्तिइन् । झोलामा त ९१ लाख रुपैयाँ नगद र हीराको हार पो रहेछ ! घटना चैत २६ गतेको हो ।

मामा-माइजूसाथ बस्दै आएकी अनुजाले त्यो झोला फिर्ता गर्ने निर्णय गरिन् । र, ब्यागमा रहेका कागजपत्रमा बल्लतल्ल फोन नम्बर भेट्टाएर २८ गते खबर गरिदिइन् ।

त्यत्रो पैसा हराएका पौडेल होस हवास हराएजस्ता भई प्रहरीलाई समेत खबर नगरी काठमाडौं फर्किसकेका थिए । पौडेलकी मीतछोरी अनिता कार्कीका अनुसार अनुजासँग सम्पर्क भएकै भोलिपल्ट काठमाडौंबाट पौडेल आए । र, अनुजाले भानुचोकमा लगेर झोला जस्ताको तस्तै फिर्ता दिइन् ।

पैसा बुझ्न मीत बुवासँगै पुगेकी अनिताका अनुसार पौडेलले गद्गद् भई उनलाई पुरस्कारस्वरूप दुई लाख रुपैयाँ दिन खोजे । तर लिन मानिनन् । हीराको हार दिन चाहे, त्यो पनि लिइनन् ।

पौडेलका एक छोरा र ज्वाइँ अमेरिकामा छन् । पैसा छोरीको घर किन्न उतैबाट पठाइएको थियो ।

अनुजाले भने खास कुरा गर्न चाहिनन् । ‘भोजपुर भुल्के गाविस, बुवा ज्ञानेन्द्र बानियाँ, आमा भगवती,’ मात्र यति भनिन्, ‘म सामान्य पढालेखा युवती हुँ ।’

‘सर्वस्व नै फिर्ता भयो,’ पौडेलकी छोरी सुधाले भनिन्, ‘कसरी बताउने, मानिसले पत्याउँदैनन् ।’ घटनापछि बुबाले काठमाडौंमा घर लिन सल्लाह दिएको र त्यसका लागि उता जाने तयारी गरेको उनले बताइन् । पौडेलका इटहरी बस्ने अर्का छोरा अनिलले फोनमा भने, ‘घटना साँचो हो, सुन्दा पत्याउन गाह्रो लाग्ला ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger