हतारको यौन सम्पर्क र खतरा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हतारको यौन सम्पर्क र खतरा

हतारको यौन सम्पर्क र खतरा

Written By Unknown on Sunday, September 15, 2013 | 10:24 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडियो हेर्न माथिको बक्समा डबल क्लिक गर्नुहोला

साभार स्रोत : फ्री नेपाल डट कम
यौन प्रत्येक उमेरका व्यक्तिको चासो र उत्सुकताको विषय हो। त्यसमध्ये पनि युवा उमेरमा यस विषयमा बढी नै रुचि हुन्छ। यो स्वाभाविक पनि हो। अहिले प्रायः युवा सम्भोगको अनुभव लिन पैसा तिरेर व्यावसायिक यौनकर्मीकहाँ जाने गर्छन्। यो स्वास्थ्यको दृष्टिकोणबाट अत्यन्त असुरक्षित छ।
परामर्शका क्रममा भेटिएका केही व्यक्तिसँगको अनुभवअनुसार यौनकर्मीकहाँ जाँदाका कठिनाइ यसप्रकार छन्।

-तुरुन्त सम्भोगको लागि तयार हुनुपर्ने
-हतार-हतारमा यौनकर्मीले नै कन्डम लगाइदिने
-प्राक्क्रीडा (फोरप्ले) का लागि समय नदिने
-प्रेम, आत्मीयताको महसुस नहुने
-डर बढी हुने।

सम्भोग कुनै यान्त्रिक प्रक्रिया पक्कै पनि होइन। यो त पुरुष र महिलाबीचको आत्मिक क्रिडा हो। त्यसैले हतार-हतारमा, डरमा सम्भोग गरेर वीर्य स्खलन होला तर गहन सम्भोग भने हुन सक्दैन। यौनकर्मीकहाँ गएर गरिने सम्भोगबाट यौन उत्सुकतालाई केही हदसम्म कम गर्न सकिए पनि स्वास्थ्यको दृष्टिबाट भने सुरक्षित मान्न सकिँदैन। प्रायः सेक्स वर्कर्सले नै कन्डम लगाइदिने हुँदा उनीहरूले सही तरिकाले कन्डम लगाउने सम्भावना न्यून हुन्छ। यसरी सम्पर्क राख्दा यौनरोगका साथै एचआइभी/एड्स रोग पनि सर्न सक्छ।
नेपालमा सेक्स वर्कर्सलाई कानुनी रूपमा वैधानिकता नदिएको कारणले लुकीछिपी यौन सम्बन्ध राख्नुपर्ने बाध्यता छ। यसले गर्दा सम्भोगको क्रममा डर भइ नै रहन्छ। यसले सम्भोगलाई झन् फिका बनाउँछ। सेक्स वर्कर्सहरू दिनमा धेरै जनासँग सम्भोग गर्ने हुँदा थाकेको पनि हुन्छ। पैसाको खाँचोले उनीहरूलाई यस पेशामा धकेलेको हुन्छ। उनीहरूलाई आत्मीयतासँग मतलब हुँदैन।
कुनै महिलाको अनुहार हेरेर उसको स्वास्थ्यको मापन गर्न सकिँदैन। त्यसैले सेक्स वकर्सहरूसँगको यौन सम्बन्धलाई कुनै पनि हिसाबले सुरक्षित मान्न सकिन्न।
प्रायः पुरुष डरको कारणले पूर्ण रूपमा उत्तेजनामा आउन नसकेर लिंग कडा नहुने, शीघ्र स्खलन हुने, स्खलन नै नहुने समस्या पनि देखिएको छ। यो शारीरिक समस्या नभएर मनोवैज्ञानिक समस्या हो। यसका लागि मानसिक रूपमा तयार हुनु जरुरी छ। त्यसैले सम्भोग जहीँकहीँ हतार गर्नु राम्रो होइन। यसलाई सम्भोग गर्ने स्थान, वातावरण अनुकूल मिलाएर गर्नसके चरमोत्कर्षमा पुग्न सकिन्छ।

असुरक्षित यौन सम्पर्कबाट सर्नसक्ने रोगहरूः
-एचआइभी/एड्स
-हेपाटाइटिस बी, सी, डी
-सिफिलिस (भिरंगी)
-गोनोरिया (धातु रोग)
-टोक्सोप्लाज्म
-टाइटोनेगालो भाइरस

यौनरोगबाट बच्ने उपाय
यौनरोगबाट बच्ने उत्तम उपाय भनेको असुरक्षित यौन सम्पर्क नराख्नु नै हो। आफ्नो यौनसाथीबाहेक अन्यत्र यौन सम्बन्ध सकेसम्म नराख्ने ,राख्नै परे कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ। प्रायः पुरुषले कन्डमको सही तरिकाले प्रयोग नगरेको कारणले धेरै मात्रामा कन्डम फुट्ने गरेको पाइएको छ। कतिको भने सही तरिकाले कडम नलगाएको कारणले गर्दा महिलाको योनीमा कन्डम फस्ने पनि गरेको पाइएको छ। यस्तो अवस्थामा यौन रोग सर्ने सम्भावना हुनुका साथै बिनाइच्छा गर्भधारण पनि हुनसक्छ। त्यसैले जोसमा आएर होस नपुर्‍याई यौन सम्बन्ध राख्दा जीवन नै जोखिममा पर्नसक्ने कुरा भने बिर्सनुहँुदैन।
अहिलेका युवायुवती चुम्बन गर्न खुब मन पराउँछन्। पाश्चात्य जगत्बाट सिकेका धेरै प्रकारका चुम्बन प्य्राक्टिस गर्न उनीहरू उत्सुक रहन्छन्। तीमध्ये टङ किस, फ्रेन्च किस चर्चित छन् युवामाझ। टङ किस गर्दा पनि धेरै कुरामा विचार पुर्‍याउनु आवश्यक हुन्छ। मुखभित्र घाउ भएको अवस्थामा चुम्बन नगरेकै राम्रो हुन्छ। पुरुष-महिलाबीच कुनै एकलाई एचआइभी/एड्स वा यौन रोग लागेको छ र मुखभित्र घाउ भएको छ भने अर्कोलाई पनि सर्ने सम्भावना प्रबल हुन्छ। गुदा मैथुन, मुख मैथुन आदि आफ्नो यौनसाथीबाहेक अरूसँग नगरेकै राम्रो!
डा. आदर्श प्रधान
भिडियो हेर्न तलको बक्समा डबल क्लिक गर्नुहोला
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger