पुरुषले महिलाबाट चाहने ६ कुरा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » पुरुषले महिलाबाट चाहने ६ कुरा

पुरुषले महिलाबाट चाहने ६ कुरा

Written By Unknown on Sunday, August 4, 2013 | 9:09 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
यो रोमान्चक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस
    लोग्ने मान्छे भर्सेस आइमाइ मान्छेको वादविवाद अन्त्यहीन वादविवाद हो । अर्थात् यो विषयमा जसले पनि जुनसुकै कोणबाट आफुलाई माथि पार्नेगरी कुरा राख्न सक्छ । तर सत्य के हो भने पुरुषले महिलालाई कहिल्यैपनि बुझ्न सक्दैन र महिलाहरुले पुरुषलाई यथास्थितिमा स्विकार्न सक्दैनन् । तसर्थ यो लैंगिक मनोवैज्ञानिक युद्ध चलिरहन्छ । तर के त्यसो भए यस्तै युद्ध भैरहन दिने छ ? के महिला र पुरुषले एक अर्कालाई बुझ्नै सक्दैनन् त ? मनोविज्ञहरुका अनुसार यो असम्भव त होइन तर लैंगिक भिन्नता तथा चाहनाको असमानताका कारण यस्तो बुझाइ हासिल गर्न निकै कठीन हुन्छ । दुखको पाटो के भने महिला होस् वा पुरुष उसले आफ्नो सम्बन्धका बारेमा निकै महत्वाकांक्षा राख्दछ । त्यस्ता महत्वाकांक्षाले अन्ततः रिस, निरासा, दिक्कपना तथा झगडा निम्ताउँछ । महिलाको हकमा उनलाई आफ्नो पुरुष पार्टनरलाई बुझ्नु खासै गाह्रो हुँदैन भनिन्छ । त्यसैले यो अर्थमा महिलाहरु भाग्यमानी हुन्छन् । अर्थात् महिलाहरुलाई उनीहरुको पुरुष पार्टनरलाई खुसी राख्नका लागि खासै धेरै मेहेनत गर्नुपर्दैन । पुरुषको मनोविज्ञान उतिसारो जटिल हुँदैन त्यसले उसले सिधा सोँच्छ र सोही चाहन्छ । सोही सिधा कुरा बुझेर सोही अनुरुप महिला पार्टनरले गरिदिएमा पुरुष खुसी हुन्छ र उसलाई खुसी हुनका लागि अरु चाहिँदैन । एक पुरुषले आफ्नो महिला पार्टनरबाट निम्न कुराको अपेक्षा गरेको हुन्छ ः इमान्दार प्रतिक्रिया : महिला मित्रहरु, तपाइँले आफ्नो पुरुष पार्टनरलाई प्रभावमा पार्ने निहुँमा नक्कली संवेदना तथा प्रतिक्रिया सिर्जना नगर्नुहोस् । यदि तपाइँलाई उसले लगाएको कुरा मन परेको छैन भने सिधै भनिदिनुहोस् । लुकाउने कुरै छैन । यदि नराम्रो कुरालाई पनि राम्रो भनेर ढाँट्ने कोसिस गर्नुभयो भने भविष्यमा नराम्रो कुराको पोल खुल्नेछ र त्यसबाट तपाइँको इमान्दारिताको गरिबी पार्टनरले थाहा पाउनेछ । भन्न खोजेको कुरा के भने पुरुषहरु नराम्रो कुराको आलोचना सुन्न हिच्किचाउँदैनन् । सुझाव र प्रसंसा : महिलाले जस्तै पुरुषले पनि सल्लाह सुझाव चाहन्छन् । बधाइ तथा धन्यवादका भोका हुन्छन् । उसले राम्रो काम गरेको छ भने प्रसंसा गर्न नभुल्नुहोस् । सम्भोग : अवश्य पनि यो जैविक चाहना र आवश्यकता हो । पुरुषले महिलाबाट चाहने एउटा महत्वपूर्ण कुरा भने निश्चय पनि सेक्स हो । केवल सेक्स मात्र होइन पुरुषले महिलाबाट भरपूर माया, आलिंगन तथा चुम्बनको समेत अपेक्षा गरेको हुन्छ ।
हँसिमजाक : महिला पार्टनर कत्तिको हँसिलो छ र उनमा सेन्स अफ ह्युमर कति छ ? भन्ने कुराले पुरुषको खुसीको स्तर निर्धारण गरेको हुन्छ । जोक्स, चुटि्कला, हाँसो तथा मुस्कान पुरुषले सुन्न र हेर्न चाहने कुराहरु हुन् । स्वच्छन्दता : पुरुषले चाहने अर्को कुरा भने स्वच्छन्दता र स्वतन्त्रता हो । त्यसैले आफ्नो पार्टनर कतै घुम्न निस्किँदा, कोही महिला सहकर्मीसँग हेलमेल गर्दा तथा केही लामो समय घरबाहिर बिताउँदा शंका गर्ने बानी छ भने त्यो त्याग्नुहोस् । अधिकांस पुरुषले स्वच्छन्दता र स्वतन्त्रतालाई इमान्दार ढंगले उपयोग गर्छन् र आफ्नो सम्बन्धमा सधै इमान्दार हुन्छन् । उनीहरुलाई उनीहरुको सामाजिक तथा व्यवसायिक जिवनले त्यस्तो खालको बाह्य सम्बन्धका लागि बाध्यता सिर्जना गरिरहेको पनि हुनसक्छ । त्यसैले पुरुष पार्टनरको मनोभावना बुझ्नुपर्छ । विश्वास : सम्बन्ध दिगो तथा सुखमय बनाउनका लागि सबैभन्दा महत्वपूर्ण चिज भनेकै विश्वास हो । यो संसार विश्वासमै अडेको हुन्छ । त्यसैले दाम्पत्य वा प्रेम सम्बन्धमा पनि विश्वास सबैभन्दा महत्वपूर्ण हुन्छ । अनावश्यक आशंका गर्ने, कचकच गर्ने, हरेक कुरालाई शंकाको नजरले हेर्ने काम कहिल्यै गर्नुहुँदैन
साभार स्रोत :onlinekhabar
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger