सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान

सामुहिक नग्न-स्नान गरेर विश्व किर्तिमान

Written By Unknown on Tuesday, July 23, 2013 | 9:23 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
स्पेनको विरा सहरस्थित एक सामुद्रिक तटमा आइतबार बिहान ७२९ जना मानिसहरुले एकसाथ नांगै स्नान गरी विश्व किर्तिमान कायम गरेका छन् ।

दक्षिण पश्चिमी विरा सहरको उक्त सामुद्रिक तटमा आइतबार यति धेरै महिला तथा पुरुषहरु सर्वांग नग्न बनेर सामुहिक स्नान गरेका हुन् । यसअघि न्युजिल्याण्डमा ५०६ जनाले एकैचोटी नांगै नुहाएर किर्तिमान कायम गरेका थिए । स्पेनी तटको सामुहिक निर्वस्त्र स्नानले त्यो रेकर्ड भंग गरेको हो ।


विश्वको सबैभन्दा ठूलो निर्वस्त्रीकरण भन्ने नाराका साथ भएको उक्त सामुहिक नग्न स्नान समारोहलाई विरा सिटी हलले प्रायोजन गर्नुका साथै स्पेनिस नेचेरिज्म फेडेरेसनले सहयोग गरेको थियो ।

सामुहिक नग्न स्नानका लागि एल प्लायाजो तटमा आइतबार बिहानै देखि निर्वस्त्र मानिसहरुको भेला सुरु भएको थियो । दिउसो सम्म भेला भएका मानिसहरुले मध्यान्ह एकसाथ पानीमा डुबुल्की मारे ।


सामुहिक नग्न स्नानमा सहभागी हुनेलाई तटीय क्षेत्रमा प्रवेशका क्रममा दर्ता गरिएको थियो र त्यसपछि ५०-५० जनाको समूहमा बाँडिएको थियो ।

विरा सहरले आफ्नो तटीय क्षेत्रमा निर्वस्त्र स्नानको किर्तिमान कायम गरेसँगै यो सहरले यसलाई आफ्नो पर्यटन प्रवर्धनको माध्यम बनाएको छ ।



SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger