बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली ! - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !

बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !

Written By Unknown on Thursday, July 25, 2013 | 8:05 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर ।तर दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर सन्सारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरग्वेका राष्ट्रपति रहेका यी ७७ बर्षे बुढा राजधानीको छेउमा श्रीमतिको सामान्य कृषि फार्ममा बस्छन र तलववापत आउने अधिकांश रकम गरिवका लागि दान दिन्छन् ।सरकारले दिएको सुबिधासम्पन्न आवास र गाडी त्यागेर श्रीमतिको फार्महाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन भने सवैभन्दा गरिव राष्ट्रपतिको पहिचान पनि बनाएका छन् ।श्रीमतिको फार्महाउसमा बसिरहेका उनलाई केवल तीन जना पुलिस र दुई कुकुरले सुरक्षा दिन्छन् । त्यसमध्ये एक कुकुर तीनवटा खुट्टा भएको अर्थात अपाङ्ग छ । आफुले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुजिकाले श्रीमतिसँगै मिलेर फार्महाउसमा आफै काम गर्छन् ।सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुजिकाले बीबीसीसँग भने-’मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसँग जे जति त्यसैबाट राम्रो तरिकाले जीवन जिउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफुलाई सादा जीवन जिउन सिकाएको उनले बताए ।राष्ट्रपति बस्ने श्रिमतीको फार्महाउसको घर र उनको सम्पत्तिको नाममा रहेको उनको भक्सवागन गाडीसन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग एक हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडीमात्र थियो ।‘मलाई कँगाल राष्ट्रपति भन्छन तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने- गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन जहिले धेरैभन्दा धेरै कमाउन चाहान्छन ।’
 
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger