हृदयाघात के हो ? कसरी बँच्ने ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हृदयाघात के हो ? कसरी बँच्ने ?

हृदयाघात के हो ? कसरी बँच्ने ?

Written By Unknown on Friday, June 21, 2013 | 4:19 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मुटु सम्बन्धि रोग विश्वमा मानिसको ज्यानै लिने सबैभन्दा घातक रोग हो । मुटु सम्बन्धि प्राणघातक
समस्या मध्ये हृदयाघात मुख्य मानिन्छ । हृदयाघात कुनैपनि उमेरका मानिसलाई हुनसक्छ । तर उमेर जति छिप्पिँदै गयो यसको जोखिम उति नै बढि हुन्छ ।
धेरै मानिसहरुको हृदयाघात भएपछि अस्पताल पुग्नुभन्दा पहिले नै मृत्यु भैसकेको हुन्छ, किनकी उनीहरुले हप्ता वा महिना दिन अगाडिबाट देखिएका विभिन्न खतराका लक्षणलाई ध्यान दिएका हुँदैनन् वा त्यस्ता लक्षण पहिचान गर्न सक्दैनन् । यदि हृदयाघातका प्रारम्भिक लक्षणको बारेमा जानकारी पाउनेहो भने हृदयाघात नहुँदै मुटुरोगको उपचार गरी जिवन रक्षा गर्न सम्भव हुन्छ । आज हामीले हृदयाघात हुने लक्षण के के हुन् ? र कसरी बँच्ने भन्नेबारेमा केही टिप्स यहाँ प्रस्तुत गरेका छौँ ।के हो हृदयाघात ?heart_attack_symptoms

मुटुसम्म रगत पूराउने एक वा बढि धमनीमा बोसो जम्नु वा अरु कुनै कारणले रक्त प्रवाह अवरुद्ध हुन्छ । रक्तप्रवाह रोकिएपछि मुटुका मांशपेशीमा अक्सिजनको कमी हुन्छ । त्यसपछि मुटुका मांशपेशीले आफ्नो नियमित खुम्चिने र फैलिने काम गर्न सक्दैनन्, त्यो नै हृदयाघात हो ।
हृदयाघातका लक्षण
छातिकको बीचमा वा बायाँतर्फ दुख्नु । यस्तो दुखाइ अचानक वा पटक पटक हुने ।
गर्धन, कम्मर, काँध तथा बंगारामा समेत दुखाइ महसुस हुनु ।
छालाबाट चिल्लो पदार्थ धेरै निस्कनु ।
छातिमा जलन महसुस हुनु ।
असामान्य थकान महसुस हुनु ।
बढि पसिना आउनु, बान्ता हुनु ।
मुटुको गति तिब्र हुनु र सास फेर्न समेत गाह्रो हुनु ।
लगातार केही महिनादेखि छातिमा दुखाइको महसुस हुनु पनि हर्ट अट्याकको लक्षण हो ।
हृदयाघातबाट बच्न के गर्ने ?
तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् ।
नुन कम खानुहोस् ।
आफ्नो वजन सन्तुलित राख्नुहोस् ।
हरेक दिन नियमित रुपमा कम्तिमा आधा घण्टा हिडडुल गर्नुहोस् ।
योगा तथा व्यायाम नियमित गर्नुहोस् ।
भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।
हर्ट अट्याकको खतरा कम गर्न यी खानेकुरा नियमित खानुहोस् :
१.प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।
२.गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले विभिन्न खाले मुटु रोगको जोखिम घटाउँछ ।
३.लसुन : खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।
४.गाजर : गाजरको रस पिउनु, सलादको रुपमा खानु वा अचार तथा तरकारी जे खाए पनि यो मुटुको लागि निके लाभदायक हुन्छ ।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

खानामा पौष्टिक तत्वको कमी, लामो समयसम्म नखाने वा पेटभर नखाने, खानमा भन्दा काममा बढि जोतिने लगायतका कारणले मान्छे दुब्लो र ख्याउटे बन्नसक्छ । त्यस्तै विभिन्न खाले रोगहरु पनि दुब्लाउनुका कारण हुनसक्छन् । यद्यपि बढि मोटो हुनु राम्रो होइन, तर उमेर र उचाइ अनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।मान्छेको लागि बढि मोटोपन मात्र होइन अत्यधिक ख्याउटेपन पनि रोगको कारकको रुपमा रहेको हुन्छ । त्यसैले निकै दुब्लो सरीर भएकाहरुले खानपान लगायतमा ध्यान दिएर तौल बढाएर ठिक्क बनाउनुपर्छ । हामीले यहाँ केही खानेकुराको नाम प्रस्तुत गरेका छौँ, जसमा हुने उच्च क्यालोरी, प्रोटिन तथा चिल्लो मान्छेको वजन बढाउन कामयावी हुन्छ । त्यसैले निकै दुब्लाएर चिन्तामा रहेका वा तौललाई बढाएर मोटोघाटो बन्न चाहनेहरुका लागि यी खानेकुरा फलदायी हुन्छन :
· बदाम
· नरिवलको पानी
· नौनी घिउ
· ओखर
· केरा
· काजू
· ब्राउन राइस
· पेस्ता
· आलु
· सिमी
· पनीर
· अण्डा
· साल्मन तथा झिँजे माछा, मासु
· किसमिस
· चिज
यो सँगै भात तथा कोदो र मकैको ढिँडो पनि वजन बढाउनका लागि सहयोगी खाना हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger