यौनसम्पर्क गर्दा लिंग उत्तेजित हुँदैन। के गर्दा होला ? - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » यौनसम्पर्क गर्दा लिंग उत्तेजित हुँदैन। के गर्दा होला ?

यौनसम्पर्क गर्दा लिंग उत्तेजित हुँदैन। के गर्दा होला ?

Written By Unknown on Sunday, June 2, 2013 | 1:14 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
यौनसम्पर्कको बेलामा लिंग उत्तेजना नहुने कारण के होला ?
चाहिएको बेलामा चाहेजस्तो रूपमा लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही
स्थितिमा कायम राख्न नसक्ने समस्यालाई erectile disfunction   भनिन्छ। मानिस यन्त्र नभएकाले उनीहरूका कार्य एकनासका हुँदैनन्, त्यसैले कहिलेकाहीँ मात्र यस्तो भए अनावश्यक रूपमा चिन्ता लिनुपर्दैन। योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्रोसँग उत्तेजित भएको स्थितिमा शारीरिक पक्ष ठीकै देखिन्छ। शारीरिक तथा मानसिक रूपमा तयार नभै यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भए समस्या अझ चर्को हुनसक्छ। यस्तो यौन क्षमता प्रदर्शित गर्नुपर्ने दबाबका कारण हुने चिन्तालाई हामी कभहगब उिभचायrmबलअभ बलहष्भतथ  -यौन कार्य सम्पादनको चिन्ता) भन्छौं।  

 कम गर्न के गर्नुपर्ला ?

कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र विस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता नै ह्रास आउन थाल्छ। कति जनाले त यौन क्रियाकलापबाटै परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधैँ चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर -कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीँ औषधि सेवन गर्नुपर्ने पनि हुनसक्छ। यस्तो समस्यामा कतिपयले हिप्नोसिसले मदत गर्ने कुरा गरेका छन्। 

महत्त्वपूर्ण कुरा के भने यसका लागि दृढ अठोट तथा धैर्यता अति नै आवश्यक हुन्छ। भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ। दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ। यस्तो बेलामा सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ। यस कार्यमा आफ्नो यौन साथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ। यौन साथीको कुनै पनि नकारात्मक टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ।
डा. राजेन्द्र भद्रा ,साप्ताहिक
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger