गर्भवती महिला मरिन्, बच्चा जन्माइन् र बिउँझिइन् - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » गर्भवती महिला मरिन्, बच्चा जन्माइन् र बिउँझिइन्

गर्भवती महिला मरिन्, बच्चा जन्माइन् र बिउँझिइन्

Written By Unknown on Monday, June 3, 2013 | 9:25 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

मरेका मान्छे कहिले घाटमा तथा कहिले चिहानमा बिउँझिएर सबैलाई आश्चर्यचकित तथा भयभित बनाएका विभिन्न समाचार बेलाबखतमा आउने गर्छन् । पछिल्लोपटक यस्तै खबर अमेरिकाबाट आएको छ अमेरिकामा मृत्यु भइसकेपछि एक गर्भवती महिलाले बच्चा पाइन् र बच्चा पाएपछि बिउँझिइन् ।

समाचार अनुसार अमेरिकाको टेक्सासस्थित मिसौरी सिटीको एक विद्यालयमा पढाउने अंग्रेजी शिक्षिका एरिका निग्रेली गर्भवती थिइन् । उनले पेटमा ३६ हप्ताको गर्भ बोकेकी एरिका कक्षाकोठामै पठाउने क्रममा एक्कासी मुर्छा परिन् । उनी मुर्छापरेपछि त्यहाँ हल्लीखल्ली भयो । उनको मुटु चल्न बन्द भैसकेको थियो । साथीहरुले कृत्रिम स्वासप्रस्वासबाट उनलाई बचाउने कोसिस गरे तर नसकेपछि उनलाई तत्काल अस्पताल लगियो ।
अस्पतालमा लगेर उनको पेटबाट शल्यक्रिया गरी बच्चा निकालियो । चिकित्सकहरुले इरिकाको मुटु चल्न छाडिसकेकाले उनको प्राविधिक रुपमा मृत्यु भैसकेको बताएका थिए । तर उनलाई अक्सिजन दिएर पोष्टमार्टमको शैलीमा शल्यक्रियाबाट बच्चा निकालियो । उनको मुटु बन्द भएको भएपनि मस्तिष्क अझै मरिसकेको थिएन । बच्चा जन्मिएसँगै चामत्कारिक रुपमा उनको मुटु समेत चल्न थाल्यो ।
उनी मृत्युपछि फेरी जिउँदो भएको घटनाले सबै अचम्ममा परे । चिकित्सकहरुले उनको मुटुमा गडबडी भएको बताउँदै कृत्रिम पेस मेकर हालिदिए । उनको बच्चा स्वस्थ रुपमा हुर्किरहेको बताइएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger