हिरो र भिलेनको सहारामा चुनाबको तयारी - नेता - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » हिरो र भिलेनको सहारामा चुनाबको तयारी - नेता

हिरो र भिलेनको सहारामा चुनाबको तयारी - नेता

Written By Unknown on Thursday, May 9, 2013 | 1:02 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
चुनावमा हिरो र भिलेनको सहारा लिने नेताको तयारी
(कलाकारहरुलाई पनि लाग्यो राजनीतिको मात )

२६ वैशाख, काठमाडौं । चार बर्षसम्म संविधानसभामा बसेर देशलाई संविधान दिन नसकेकाले नेताहरुको बिस्वास जनतामा घटेको छ । तर, यसपालिको निर्वाचनमा नेताहरुले आफ्नो कालो पर्धा जोगाउन कलाकारहरुलाई अगाडि सार्ने भएका छन् । नेपाली सिनेमाका आधा दर्जन चर्चित हस्तीहरु निर्वाचनमा कुनै न कुनै पार्टीको झण्डा बोकेर संविधान सभाको भवनमा प्रवेश गर्ने सोचाइमा पुगेका छन् । विभिन्न राजनीतिक दलका नेताहरु नेपाली सिनेमाका कलाकारलाई चुनावमा अगाडि सार्ने सोचमा देखिएका छन् । केही कलाकारलाई पनि चुनावमा उठेर सभासद बन्ने रहर जागेको छ ।
निर्माता रोज राणाले प्युठान पुगेलगतै चुनाव लड्ने योजना बनाए । गृहजिल्लामा १२ बर्षपछि पुग्दा उपस्थित भीडले स्वागत गरेको देखेपछि रोज प्यूठानबाटै चुनाव लड्ने योजनामा छन् । उसो त उनलाई नेपाली कांग्रेसले टिकट दिन्छ या दिँदैन, त्यो भने अहिले नै पक्का भैसकेको छैन ।गायिका कोमल वली पनि चुनाव लड्ने मनसाय व्यक्त गर्दै हिँडेकी छिन् । कलाकारहरुले अब संविधान बनाउनुपर्छ भन्ने उनको तर्क छ । यसैले पनि उनले दाङमा पुगेर आफ्नो मुख नै खोलिन् । कलाकारहरुले छुट्टै पार्टी नै खोल्नुपर्ने बताइरहेकी ओलीलाई कुनै दलले चुनाव लड्ने ‘अफर’ गरेमा उनले नाई नभन्ने पक्कापक्की छ । त्यसो त चर्चित नायक राजेश हमालले पनि राजनीतिमा आउने चाहना व्यक्त गर्न थालेका छन् । त्यसैले राज्यले उचित स्थान दिएको खण्डमा राजेश पनि निर्वाचनमा अघि आउन सक्ने देखिन्छ । तर, कुनै पार्टीमा लाग्न मन नगर्ने हमालको इच्छा संविधानसभामा मनोनित हुने रहेको छ ।
नेपाली सिनेमाका अधिकांश कलाकारहरु प्रत्यक्ष भन्दा पनि समानुपातिक तर्फबाट निर्वाचित हुन इच्छुक छन् । तर, निर्देशक समाजका नव निर्वाचित अध्यक्ष दिनेश डीसी इलाममा एमालेका तर्फबाट चुनाव लड्ने योजनामा छन् । एमाले अध्यक्ष झलनाथ खनालको गृहजिल्ला भएकाले पनि उक्त स्थानमा एमालेको पकड बलियो देखिएको छ । निर्देशक डीसी इलामबाटै चुनाव लड्ने सोचाइमा रहेका छन् ।नायिका रेखा थापाले निर्वाचनमार्फत राजनीतिमा आउने इच्छा व्यक्त गरेको धेरै समय भैसकेको छ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग सिंहदरबार अगाडि कम्मर मर्काएर नाचेदेखि नै उनी प्रचण्डको पि्रय पात्र बनेकी हुन् । त्यसपश्चात रेखाले बारम्बार प्रचण्डसँग आफू पार्टीको उम्मेदवार बन्दै चुनाव लड्ने योजनामा रहेको कुरा सार्वजनिक गर्दै आएकी छिन् ।

चलचित्र बिकास बोर्डको अध्यक्ष बन्दै निर्वाचनमा पुग्ने रेखाको योजना अहिलेसम्म सफल हुन सकेको छैन । अहिले पनि उनलाई एमाओवादी पार्टीले पत्याउँछ या पत्याउँदैन, हेर्न बाँकी नै छ ।द्वन्द्व कलाकार राजेन्द्र खड्गीले त प्रचण्ड र वादललाई मिलाएर चुनाव लड्ने योजना सार्वजनिक गरेको लामै समय भैसकेको छ । तर वैद्य र प्रचण्ड निर्वाचनसम्म एक हुन्छन् या हुँदैनन्, त्यो अहिले नै भन्न सकिने अवस्था छैन । तर, खड्की भने निर्वाचनमा हेटौंडाबाट एकीकृत माओवादीको उम्मेदावर बन्ने दौडमा लागिरहेका छन् ।नायक भुवन केसीले पनि पार्टीले चाहेको खण्डमा कुनै पनि तबरले सहयोग गर्न तयार भएको एमाले अध्यक्ष झलनाथ खनालसँग मुख खोलिसकेको छन् । उनले झलनाथलाई इलाममै पुगेर निर्वाचनमा सघाउने भन्दै समानुपातिक तर्फबाट संविधान सभामा आउने इच्छा व्यक्त गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger