६० हजार भारुमा युवतीको लिलामी : - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » ६० हजार भारुमा युवतीको लिलामी :

६० हजार भारुमा युवतीको लिलामी :

Written By Unknown on Tuesday, May 14, 2013 | 3:30 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
एक युवतीलाई गाउँका ठूलाठालुहरुकै सामुन्ने झण्डै एक लाख रुपैयामा लिलाम बढाबढबाट बेचिएको छ । यो खबर भारतको हो । भारतको उत्तर प्रदेशस्थित बुलन्दशहर जिल्लाको एक गाउँ पञ्चायतले एक युवतीलाई लिलामी गरेको छ । मदनपुर गाउँमा एक युवतीलाई किन्नका लागि गाउँका युवाहरु तछाडमछाड गरेपछि गाउँ पञ्चायतको बैठक बोलाएर ती युवतीको लिलाम बिक्रि गरिएको हो ।

समाचार अनुसार उक्त गाउँका एक युवकले बनारसबाट एक युवतीलाई आफ्नो गाउँको राम्रो घरानाको केटासँग बिहे गरिदिने भन्दै ल्याएका रहेछन् । ती युवकले ती सुन्दरी युवतीलाई बिहे गर्न चाहने केटाहरुले पैसा तिरेर आफुबाट ती युवतीलाई किन्न सक्ने घोषणा गरेपछि ती युवतीलाई आफ्नो बनाउन गाउँका युवा तछाडमछाड गर्न लागे । दुइ युवाबीच झण्डै कुटपिट भएन । युवाहरुको भिड अलि अनियन्त्रित हुन थालेपछि गाउँ पञ्चायतको बैठक नै बसेर व्यवस्थित रुपमा ती युवतीलाई लिलाम बढाबढबाट बेच्ने निधो गरेछ । त्यसपछि गाउँका युवाहरुले पालैपालो ती युवतीमाथि पैसाको बोलि लगाउन सुरु गरे । सुरुमा एक युवकले ती युवतीलाई आफुले ३० हजारमा किन्ने प्रस्ताव गर्यो । त्यसपछि एक पछि अर्को गर्दै युवाहरुले पैसा बढाउँदै लिलाम बोली लगाए र ती युवतीको भाउ ६० हजार भारुसम्म पुग्यो । अन्त्यमा ६० हजार भारु तिर्ने युवकले ती युवतीलाई किन्यो ।
गाउँ पञ्चायतकै सहभागितामा बाहिरबाट ल्याइएकी युवतीको किनबेच भएको घटनाले उत्तर प्रदेशमा तरंग नै मच्चाएको छ । बुलन्दशहरका एसएसपी गुलाब सिंहका अनुसार प्रहरीले यो घटनाको छानविन गरिरहेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger