रक्सीको गिलास ‘चस’ गरे फेसबुकमा साथी बन्ने - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रक्सीको गिलास ‘चस’ गरे फेसबुकमा साथी बन्ने

रक्सीको गिलास ‘चस’ गरे फेसबुकमा साथी बन्ने

Written By Unknown on Thursday, May 9, 2013 | 1:55 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
अब फेसबुकमा साथी बन्न रक्सीको गिलास ‘चस’ गरे पुग्ने 
अब फेसबुकमा साथी बनाउन फ्रेण्ड रिक्वेस्ट पठाइरहनु पर्दैन । मात्र सँगै बसेर मज्जाले बियर खाए पुग्छ । बियर पिउनुअघि बियरको गिलास चस गरे पुग्छ । गिलास ठोक्किने बित्तिकै तपाइँ त्यो रंगिलो मित्रसँग फेसबुकमा साथी बनिहाल्नुहुनेछ । हो ब्राजिलमा यस्तो बियर पिउने कप बड्डी कपको आविष्कार भएको छ जसले सँगै बसेर सुरुमा कप ठोक्काएर बियर पिउने पियक्कडहरुलाई सिधै फेसबुके साथी बनाइदिनेछ ।

बडवाइजर कम्पनीले बनाएको उक्त चमत्कारी कपमा कम्प्यटर चिप्स राखिएको छ । कपको पिँधमा राखिएको उक्त सेन्सरको नाम बम्प सेन्सर हो । त्यो सँगै क्यू आर कोड पनि राखिएको हुन्छ जसले बन्डवाइजर एप्लिकेसनमा काम गर्छ र तपाइँको कपलाई कपधारीको फेसबुक अकाउण्टसँग जोदिदिन्छ । जब यो कपमा बियर पिइरहेका हरुले एक अर्कामा कप जुधाउँछन् तब उनीहरुको फेसबुक अकाउण्टमा एकअर्काको फ्रेण्ड रिक्वेस्ट आफै गैहाल्छ ।

पियक्कडहरुलाई बियरको मज्जा सँगै सामाजिक संजालको माध्यमबाट पिउनेहरुको सर्कलमा रम्नका लागि यो फेसबुके कप निकै उपयोगी हुने ठानिएको छ । स्मरण रहोस् यसअघि पनि खानपान सम्बन्धि विभिन्न खाले एप्लिकेसन तथा उपकरण आएका थिए । ह्यापिल्याब्स कम्पनीहरुले बढि छिटो खाएमा मोबाइल फोनमा तरंग पठाएर कम खान सन्देश दिने उपकरण बनाएको थियो भने बेलायतमा एक कम्पनीले खानासँगै संगित सुन्न मिल्ने चम्चा बनाएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger