कुवेतमा पिरती लाउने नेपाली चेलीको कन्तविजोग - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » कुवेतमा पिरती लाउने नेपाली चेलीको कन्तविजोग

कुवेतमा पिरती लाउने नेपाली चेलीको कन्तविजोग

Written By Unknown on Sunday, April 21, 2013 | 4:39 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
‘बिर्सेर पनि परदेशीसित पिरती लाउनु हुँदैन’ भन्ने चर्चित गीतलाई पूर्णतः बेवास्ता गर्दै परदेशमा पिरती लगाउन खोज्ने नेपाली चेलीहरु कुवेतमा नराम्रोसँग ठगिन थालेेका छन्, त्यही पनि परदेशी होइन, नेपाली केटाहरुबाटै ।

नुवाकोटकी तामाङ्ग थरकी एक नेपाली चेली विगत आधा दशकदेखि कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत छिन् । अविवाहित तामाङ्ग तनहुँका रमेश श्रेष्ठसँग टेलिफोनमा बोल्दाबोल्दै प्रेममा फसिन् । आप\mनै जिन्दगी सम्झेर मायामा डुबेकी तामाङ्गलाई रमेशले बिचल्लीमा पारेर गायब भए । विवाह गर्छु र नेपालमा सँगै लान्छु भन्दै कसम खाएर रमेशले तामाङले कमाएको ५ सय कुबेती दिनारसमेत चलाउँदै आएका थिए । तर, विगत ५ महिनादेखि रमेश उनीबाट टाढा भएका छन् । फोनसमेत परिवर्तन गरेका रमेश हिजो आज कहाँ छन् तामाङलाई थाहा छैन । रमेशबाट माया त परको कुरा, आफुले पसीना बगाएर कमाएको पैसासमेत नपाउँदा उनी पश्चातापमा तड्पँदै दिन बिताउँदै छिन्
उता रुपन्देहीकी थापा थरकी नेपाली चेलीले झापाका मनोज दाहाललाई आप\mनो जीवनसाथी सम्झेर तनमन र धन सबै सुम्पिइन् । तर, दुई महिनादेखि दाहाल उनीबाट टाढा मात्रै भएनन्, थापाबाट लिएको रकम ३ सय केडीसमेत उनले फिर्ता गरेनन् ।

यस्तै काठमाडौंका हरिश ढकाल चितवनकी चौधरी थरकी युवातीबाट २ सय ५० केडी लिएर फरार भएका छन् । महिनाको एकपटक मालियामा हरिशसँग भेट्ने विवाहित चौधरीका चितवनमा छोराछोरी समेत छन् । कुवेतको बसाइमा टेलिफोनमा गफिँदागफिँदै माया बस्यो । आफ्नै मान्छे सम्झेर कमाएको पैसा पनि हरिशलाई नै सुम्पिइन् । तर, हिजोआज हरिश कहाँ गए, बिचरीलाई पत्तो छैन ।

रामेछापकी भट्ट थरकी चेलीको व्यथा पनि यस्तै छ । गुल्मीका सन्त सुनार भट्टको १ सय केडी लिएर छुट्टीमा नेपाल गए । तर उनी कुबेत फर्किएनन् । अहिले उनी कतारतिर उडे रे भन्ने बिचरीले सुनेकी छिन् । तर, के गर्नु ? भवँराले धन पनि लग्यो, मन पनि लग्यो ।

केटाहरु पनि उस्तै पीडित

कुवेतमा युवती मात्रै होइनन्, युवकहरु पनि उसैगरी ठगिएका छन् । लमजुङ्गका नरेश गुरुङ आप\mनै सहकर्मी साथी विजय थापालगायतको झण्डै ५ सय कुबेती दिनार लिएर छुट्टीमा नेपाल गए । तर, कुबेत फर्किएनन् । उनको नेपालको टेलिफोन नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सक्दैन । उनी कहाँ छन्, सहकर्मी साथीहरुलाई पत्तै छैन ।

केही हप्ताअघि काभ्रेका रामबहादुर तामाङ्ग आप\mनै कम्पनीमा कार्यरत सहकर्मी साथीहरुको पैसा ठगेर नेपालतिर सुईंकुच्चा ठोकेका छन् । तामाङ्गले सहकर्मीहरु सन्तबहादुर कुमालको २ सय ७० केडी, फागुप्रसाद घिमिरेको २ सय १५, स्याङबु शेर्पाको १ सय ८०, नारायण खनालको १ सय २० केडी, मंगल तामाङको १ सय १०, तीर्थ दाहालको १ सय १० र रमेश राई, मोहनीलाल थापा लगायतको करीब १४ सय १० केडी अर्थात लगभग नेपाली ४ लाख २५ हजार रुपैंयाभन्दा बढी लिएर नेपाल फरार भएका छन् । कतिले आफू ठगिएकोबारे नेपाली दूतावासमा उजुरी पनि गरेका छन् भने केहीले दूतावासको पहलमा आप\mनो रकम फिर्ता समेत पाइसकेका छन् ।

पहिलेका प्रेमीले दिल चोर्थे, अहिले पैसा

‘पहिला पहिला प्रेम गर्दा दिल चोरेर फरार हुन्थे, अहिले प्रेम गर्नेहरु त प्रेमिकाको पैसा ठगेर पो फरार हुन् थाले’ कुवेतमा रहेका नेपाली कामदारबीच हिजोआज बहस हुने विषय हो यो । टेलिफोन कुराकानीबाट सुरु हुनेे चिनजान सँगै जिन्दगी जिउने, तिमीबिना बाँच्न सक्दिँन, तिम्रा लागि ज्यान दिन तयार छु, आकाशको तारा झारिदिन्छु…. जस्ता चिल्ला कुराले भुतुक्कै पर्ने सोझा चेलीबेटीहरु आप\mनो सर्वस्व प्रेमीलाई सुम्पन तयार हुन्छन् ।

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न मुलुकमा पुगेका लाखौं नेपालीको आ-आफ्नै पीरव्यथा र भुक्तमान छन् । उनीहरु शारीरिक तथा मानसिक पीडा एवं श्रमशोषण मात्रै होइन, कतिपय प्रेमीबाट पनि ठगिन थालेका छन् । नेपालीहरु विदेशी कामदारसँगको मायाजालमा फस्नु कुनै अनौठो नभए पनि पछिल्ला दिनमा कुवेतका नेपाली चेलीहरु नेपाली मर्दबाटै यसरी लुटिन र ठगिन थालेका हुन् । कोमल दिलका नेपाली चेलीहरुले पराई देशमा आफ्नो माइतीजस्तो ठानेर नेपाली युवाहरुसँग नजिकिने क्रममा यस्तो धोखा पाउने गरेका हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

1 comments:

  1. Maya ta garnu tara yasto kasaile kasai lai nagarnu la sampurna sathi mitraharu maya garnu hos tara dhoka kasaile kasailai nadinuhos la nepali ko astito jogai raknu hos ....................

    ReplyDelete

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger