अनुमती विना सगरमाथा चढ्दा विवादमा - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अनुमती विना सगरमाथा चढ्दा विवादमा

अनुमती विना सगरमाथा चढ्दा विवादमा

Written By Unknown on Sunday, April 21, 2013 | 1:52 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
सगरमाथा चढ्नु सिनेमा खेलेजस्तो होइन, यसका लागि थुप्रै प्रक्रिया पुरा गर्नुपर्दछ । तर नायिका निशा अधिकारी र नायक अर्जुन कार्की संकृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सगरमाथा आरोहणको लागि अनुमती पत्र नलिइकनै सगरमाथा चढ्न लागेको खुलासा भएको छ ।सगरमाथा प्रदुषण नियन्त्रण समिती (एसपीसीसी) मा सगरमाथा आरोहिको अनुमतिपत्र भनि मन्त्रलायले पढाएको पत्रमा निशा र अर्जुनको नाम नभएपछि यस्तो रहस्य चुहिएको हो । अहिले अर्जुन र निशा सगरमाथाको आधार शिविरमा छन् । संकृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमतिपत्र नलिई आधार शिविरभन्दा माथी जान पाइदैन । तर उनीहरु आधार शिविरभन्दा माथी पुगेर फर्किएको एक आरोहीले बताएका छन् ।

सगरमाथा आरोहणका लागि अनुमति पत्र लिन ३ महिना जति लाग्ने भएकाले उनीहरुलाई हाई अल्टिच्युड वर्करको रुपमा लगिएको सेभेन समिट टे्रक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले बताए । हाई अल्टिच्यूड वर्कर र आरोहण दलको सदस्यको फरकफरक मान्यता हुने सगरमाथा प्रदुषण नियन्त्रण समितिका कार्यक्रम संयोजक कपीन्द्र राईले बताए । ‘अहिलेसम्म जति पनि नेपाली आरोहीले सगरमाथा चढे सबैले राजस्व मिनाहा गराएर चढेका हुन्, राजस्व मिनाहा गर्नको लागि क्याविनेट बैठकले निर्णय गर्नु पर्छ,’ उनीहरुले पनि मन्त्रालयमा राजस्व मिनाहाको लागि निवेदन दिएको भए क्याविनेटले निर्णय गथ्र्यो’ संयोजक राईले स्ष्ट पारे ।

नायिका अधिकारी र नायक कार्की सगरमाथा आरोहण गर्दैछौ भनेर पत्रकार सम्मेलन मात्र गरेका थिए । तर हाई अल्टि्च्यूड वर्करको रुपमा आउँदा कसैले प्रायोजन गरेर आउनु नैतिकता विपरीत हो । नाम उल्लेख नगर्ने शर्तमा एक हाई अल्टिच्यूड वर्करले बताए । ‘नायिका अधिकारीलाई मेगा बैंकले प्रायोजन गरेको छ र सो बैंकको लोगो अङ्कित झन्डा पनि लिएर आएकी छिन्, यो सबै कानुनविपरीत हो’ ती हाई अल्टिच्यूड वर्करले बताए । पर्यटन मन्त्रालयका प्रवक्ता मोहन सापकोटाले निशा अधिकारी र अर्जुन कार्की हाई अल्टिच्यूड वर्करको रुपमा गएको बताए ‘हाई अल्टिच्यूड वर्करको काम आरोहण दलका सदस्यलाई सगरमाथाको शिखरसम्म पुर्‍याउने काम हुन्छ । तर अधिकारी र कार्कीले त्यस्तो काम गर्न सक्दैनन्, त्यसैले उनीहरुले आरोहण अनुमतिपत्र लिएर गएको भए राम्रो हुने थियो’ प्रवक्ता सापकोटाले भने । हाई अल्टिच्यूड वर्करलाई एक्स्पीडिसन टोलीले तलब भक्ता दिनु पर्दछ तर उनीहरुलाई तलब भक्ता दिनुको सट्टा उल्टै सेभन समिटले रु दस/दस लाख लिएको छ । सगरमाथा आरोहण गर्नको लागि स्वदेशी तथा विदेशीले प्रतिव्यक्ति २५ हजार अमेरिकी डलर राजस्व बुझाउनु पर्दछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger