रुखबाट पानी चुहिन थाल्यो, हेर्नेको घुइँचो - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » रुखबाट पानी चुहिन थाल्यो, हेर्नेको घुइँचो

रुखबाट पानी चुहिन थाल्यो, हेर्नेको घुइँचो

Written By Unknown on Sunday, March 17, 2013 | 4:04 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
 सुनसरी जिल्लाको सोनापुर–४ छातावेलीमा एउटा रुखबाट पानी निस्कन थालेपछि त्यो  रुख हेर्न अहिले सर्वसाधारणको घुइँचो लाग्न थालेको छ ।

थारु आदिवासीको  बस्तीमा गएको शिवरात्रिका दिनदेखि रुखबाट पानी निस्कन  थालेको स्थानीय बासिन्दाले बताएका छन् ।
बाटोको छेउमा रोपिएको काप्रो (स्थानीय भाषामा काब्रा) जातको रुखबाट राति १२ बजेदेखि बिहान ८ बजेसम्म पानी चुहिने गरेको संरक्षणकर्ता शिवनरायण चौधरीले बताए । शिवरात्रिका दिन बिहान रुखमा गाई बाँध्न जाँदा रुखको फेदबाट तपतप पानी चुहिरहेको देखेपछि शिवनारायणले गाउँलेलाई डाकेर जानकारी गराएका थिए ।

गाउँलेहरू भेला हुँदाहुँदै ८ बजिसकेकाले पानी रोकिएको थियो । गाउँलेले पहिले सो कुरा नपत्याएको चौधरीले बताए । अर्को दिन पुनः सोही स्थानबाट पानी चुहिन थालेपछि गाउँलेसमेत छक्क परेका थिए ।

गाउँलेले यो अनौठो कुरा थाहा पाएपछि सो स्थानमा घेराबेरा गरी दिनहुँ पूजापाठ गर्न थालिएको छ । शिवनारायणको नातिनीको दुखिरहेको कानमा सो पानी हालेपछि केहीबेरमा नै कान ठीक भएको उनले बताए । त्यस्तै घुँडा दुखेको र पेटको समस्यामा समेत सो पानी सेवन गर्दा केहीबेरमा नै बिसेक भएपछि स्थानीयवासी चकित परेका छन् । पानी अत्यन्त चिसो र चाख्दा टर्रो लाग्ने स्थानीयवासीले बताएका छन् ।

दैवी चमत्कार भन्दै त्यस आसपासका मानिस बिहानै दर्शन गर्न आउन थालेको स्थानीय सामाजिक कार्यकर्ता तथा नेपाली काँग्रेस खनार गाउँ कमिटीका अध्यक्ष श्याम आचार्यले बताए ।

यसैबीच रुख तथा अन्य बोटविरुवाबाट पानी आउनु समान्य कारणमात्र भएको वनस्पतिशास्त्री सुरेन्द्र यादवले बताएका छन् । यादवले रुखले (ट्रस्पेसन) बढी पानी फ्याक्ने वास्पीकरण गरेको हुनसक्ने बताए । रुखले जराबाट लिएको पानीमध्ये बढी भएको पानी पातबाट फ्याक्ने गरेको उनको भनाइ रहेको छ ।

कुनै रुखले एकै स्थानबाटसमेत पानीको वास्पीकरण गर्नसक्ने सम्भावना रहेको यादवको भनाइ छ । दैवीशक्तिको अस्तित्वलाई पूरै अस्वीकार गर्न नसकिने भएकाले सुनसरीको सोनापुरमा भएको सो घटनाबारे वैज्ञानिक परीक्षण गरे राम्रो हुने यादवले बताए ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger