March 2013 - Education, News, Technology, Information, Goship
Educational News :
#

१३ हजार आलु खाने युवती (फोटो सहित)

Written By Unknown on Sunday, March 31, 2013 | 9:56 PM

meroknowledge.blogspot.com

सधै एउटै खानेकुरा खान कसैलाई पनि मन लाग्दैन । मुख फेर्ने वा फरक फरक खानेकुरा खाने मन सबैको हुन्छ । तर बेलायतकी एक युवतीलाई भने सधै आलुमात्र खान मन पर्छ । अरु खाना खान डर लाग्ने हुनाले ती युवतीले आलु मात्रै खान्छिन् । अहिलेसम्म २३ वर्षकी ती तरुनीले १३ हजार दाना आलु खाइसकेकी छिन् ।

उसिनेका आलु मात्र खाने गरेकी ती युवतीलाई अरु खानेकुरा खान मन नलाग्ने मात्र होइन अन्य खानेकुरा पकाएको बासना समेत मन पर्दैन । तर उनले आलुसँगै पनिर र बर्गर भने खाने गरेकी छिन्् ।

क्लेरी जोन नामकी ती युवतीलाई आजकल आलु खाँदाखाँदा हैरान लाग्न थालेको रहेछ । तर आलु खान कसरी बन्द गर्ने भन्ने जुक्ति भने फुर्न सकेको रहेनछ । आफुलाई अरु खाना खाँदा नपच्ने र अरु नयाँ खाना खाँदा विरामी पर्ने उनी बताउँछिन् ।

५ वर्षको उमेरमा लडेर खुट्टा भाँचिएपछि अस्पतालमा उपचार गराइरहेको बेला आमाले खानका लागि ल्याइदिने आलुका परिकार खाँदाखाँदा उनी आलुकी पारखी भइन् र अन्ततः आलुमै समर्पित भइन् । आलु मात्र खाँदा उनको स्वास्थ्य समेत बिग्रँदै गएकोमा उनका बाउआमा चिन्तित बन्न थालेका छन् ।
meroknowledge.blogspot.com

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

लिलामीमा विश्वकै सबैभन्दा ठूलो अण्डा

http://www.meroknowledge.blogspot.com

लण्डनस्थित क्रिस्टीको लिलामी घरमा विश्वको सबैभन्दा ठूलो अण्डा लिलाम हुने भएको छ ।  यसलाई बिक्रीका लागि राख्न लागिएको हो ।यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ । १३ या १४ औं शताब्दीमा माडागास्कारमा एलिफेन्ट बर्डले यो अण्डा पारेको बताइन्छ ।

१९ औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी गरेका थिए । एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।

तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

जागिर पनि कस्तो ? होटेलको ओछ्यानमा सुत्ने जागिर... अति रोचक

meroknowledge.blogspot.com
तपाईले यस्तो कल्पना पनि गर्नु भएको छैन होला कि सुत्ने पनि कुनै जागिर हुन्छ भनेर ! अहिले सम्म सबै को समस्या यहि छ कि हातमुख जोर्न काममा जानै पर्यो । सधै सुतेरै गर्न मिल्ने काम भए कस्तो राम्रो हुँदो हो ? भन्ने सायद तपाइँ पनि कल्पना गर्नुहुन्छ होला । तर कल्पना गरेर मात्र के गर्नु ? सुत्ने जागिर कहाँ पो पाइन्छ र ? हाम्रो देशमा यस्तो जागिर त पाइन्न तर फिनल्याण्डमा भने सुत्ने जागिर खुलेको छ ।

फिनल्याण्डको राजधानी हेलसिन्कीमा रहेको एक होटेलले सुत्ने जागिर खुलाएको छ । सुत्ने जागिर भन्ने बित्तिकै कुनै यौन धन्दाको लागि हो की ? भन्ने सोच्नुहोला । तर त्यसो होइन । यो विशुद्ध होटेलका ओछ्यानमा सुत्ने जागिर मात्र हो, अरु दायाँबायाँ केही होइन ।

होटल फिन नामको उक्त होटलले सुत्ने जागिर खान चाहनेलाई आवेदन दिन आह्वान गरेको छ । सुत्नमा पोख्त मान्छेलाई जागिर दिने बताएको उक्त होटेलमा सुत्ने जागिरका लागि छानिने मानिस ३५ दिनसम्म मज्जाले होटलमा खाइपाइ आराम साथ सुत्न पाउनेछ ।

सुत्ने जागिर खुलाउनुको तात्पर्य खुलाउँदै होटलका म्यानेजर टिनो टिका भन्छन्, नयाँ खुलेको होटेलको प्रवर्धन र प्रचारका लागि त्यसो गरिएको हो । त्यहाँ सुत्ने र निदाउने जागिरमा छानिएका मान्छेहरुले जागिरपछि एउटा काम भने गर्नुपर्छ । उनीहरुले होटेलमा आफ्नो सुताइ तथा निद्राको विषयमा आफ्नो अनुभव लेख्नुपर्नेछ र त्यसलाई इन्टरनेट तथा अन्य माध्यमबाट शेयर गर्नुपर्नेछ ।

यो जागिर खानका लागि फिनिश, अंग्रेजी, रसियन तथा अन्य भाषाको ज्ञान हुनु आवश्यक छ । आउँदो १७ मे सम्ममा उपयुक्त कर्मचारी छानिने र सुत्ने जागिरमा लगाइने होटलको भनाइ छ । यो जागिरमा आवेदनका लागि अपि्रल महिनाको अन्तसम्मको समय तोकिएको छ । अहिलेसम्म ६ सय जनाले आवेदन गरिसकेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

सिंह र बाघसँग अँगालो मार्ने दम्पती (फोटो एल्बम)

Written By Unknown on Friday, March 29, 2013 | 3:53 AM


यो जोडी निकै निडर छ जो डरलाग्दा जंगली जनावरसँग मज्जाले हेलमेल गर्छ र ती जनावरलाई डोराएर जंगल सयर गर्छ । एडलबर्टो मांगिनी र उनकी श्रीमती लाउरा बोंगियोरनी चिताहा, सिंहसँग खेल्छन्, अँगालो मार्छन् र सुम्सुम्याउँछन् । जाम्बियाका यी दम्पतीले एक प्रजनन केन्द्र खोलेर यस्ता डरलाग्दा जंगली जनावर हुर्काइरहेका छन् र आङै सिरिंग हुनेगरी ती जनावरको साथी बनेका छन्
जाम्बियाको उक्त बिग क्याट सेन्टरमा हुर्काइएका सिंह, चिताहा लगायतका जनावर निकै डरलाग्दा भैसकेका छन् र कतिपय अब जंगलमा छाड्ने तयारीमा पनि छन् । यिनीहरु निकै हिंश्रक देखिन्छन् र जुनसुकै बेला मान्छेमाथि आक्रमण गर्नसक्ने खतरा हुन्छ । तर मागिनी दम्पतीलाई त्यो खतराको कुनै परवाह छैन । हेरौँ सिंह र चिताहा सँगको यो डरलाग्दो र रहरलाग्दो हेलमेल
















SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

योनी पढाउँदा जागिर चट्

http://education-college-admission.blogspot.com/
शिक्षक भएपछि पाठमा भएको कुरा विद्यार्थीलाई पढाउनु उसको धर्म हो वा अहम् कर्तव्य पनि हो । तर कहिलेकाहीँ किताबमै भएको वा सबैले जानेको कुरा पढाउँदा पनि फसाद पर्दो रहेछ । अमेरिकामा भएको छ यस्तै । विद्यार्थीहरुलाई योनीका विषयमा पढाउँदा त्यहाँ एकजना शिक्षकको जागिरै गएको छ ।
अमेरिकाको उत्तर पश्चिमी इदाहो राज्यमा एक जिव विज्ञानका शिक्षकले महिला गुप्तांग अर्थात् योनीको बारेमा पाठ पढाएका कारण जागिरबाट हात धुनु परेको हो । विचरा ति शिक्षक आखिर पुस्तकमै भएको पाठ पढाएका थिए । तर विद्यार्थीहरुलाई पढाउने बेलामा बुझाउने निहुँमा धेरैपटक योनीको नाम लिएको आरोपमा उनलाई जागिरबाट हटाइयो ।

मेक डेनियल नामका ती अभावीले १० कक्षाको जिव विज्ञान विषयमा रहेको प्रजनन अंग अन्तरगत महिलाको योनीको विषयमा पाढ पढाउँदा यस्तो बज्रपात सहनुपरेको हो ।

समाचार अनुसार विद्यार्थीहरुले कक्षामा पढेको उक्त पाठका विषयमा घरमा गएर आफ्ना बाउआमालाई बताएछन् । तब बाउआमाले ती शिक्षकले आफ्ना छोराछोरीलाई अश्लील कुरा सिकाएको भन्दै स्कुल प्रशासनसँग उजुरी गरे ।

स्मरण रहोस् ती शिक्षकले योनीको बारेमा पढाउँदा भिडियो समेत देखाएर योनीमा कसरी संक्रमण हुन्छ र गर्भाधान रोक्ने लगायतका विषयमा समेत उदाहरण सहित पढाएका थिए ।

ती शिक्षकले आफ्नो सफाइ पेश गर्ने क्रममा आफुले पाठ्यपुस्तकमै भएको कुरा पढाएको र त्यो पढाउनु अपराध नभएको बताएका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अमेरिकाको टेक्सासमा पनि मनाइयो होली

Written By Unknown on Thursday, March 28, 2013 | 6:29 AM


टेक्सास । रंगहरूको पर्व होली निकै चिसो सिरेटो को माझ पनि अमेरिकाको टेक्सासमा झन्डै पाँच सयको संख्यामा भेला भएका नेपालीहरू र केही अमेरिकनहरू माझ धुम धामसंग मनाइएको छ । होलीका लागि ग्रेपभायिन लेक आइतबा बिहानदेखि होलीको रंगमा डुबेको थियो । खुल्ला पार्कमा एकले अर्कालाई अबिर दल्दै अंकमाल गरिरहेका दृश्य निकै रौनकमय थियो। नेपालमा हिमाल, पहाड र तराईकाले एकै दिन मनाउने यो पर्व विदेशी माटोमा पर्बकै दिन मनाउन सबैको छुट्टी नमिल्ने हुनाले एकदिन अघि आइतबार नै मनिएको हो।
 ५ वर्ष अघि स्थापना भएको इन्द्रेणी संस्कृतिक संघ डल्लासले स्थापना भएदेखि होली मनाउँदै आएको संघका अध्यक्ष नेत्र पाण्डेले बताउनु भयो। यस पटक होलीको सुरुवात बिगत का बर्षहरुमा भन्दा विशेष तयारी पूर्वक मानिएको थियो। इन्द्रेणी संघका कलाकारहरुले आफैँ हार्मोनियम र मादलको तालमा गीत गाएर नाचेर सबैलाई झुमाएका थिए । कार्यक्रमको सञ्चालन दिक्षा भट्टले निकै रोचक पूर्ण रूपमा प्रस्तुत गर्नु भएको थियो।
 आयोजनास्थल ग्रेपभायिन लेक बिहानदेखि होलीको रंगमा डुबेको थियो । वातावरणलाई रंग र संगीतले बाँधेर राखेको थियो। कार्यक्रममा निर्मला राईले होली कविता वाचन गर्नु भएको थियो। भलिबल खेल, बिङ्गो समेत आयोजना गरिएको हुँदा यसले होलीको रमाइलो मा सुगन्ध थपेको थियो। कार्यक्रममा भुवन आचार्यले बिङ्गो खेलाउनु भएको थियो। नेपाली समाज टेक्सास लगायत लायन्स क्लब र अन्य स्थानीय संघ संस्थाहरूको सामूहिक उपस्थितिले निकै रोचक माहोल बनेको थियो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पारस अस्पतालबाट डिस्चार्ज

१५ चैत, काठमाडौं । हृदयघात भएपछि बैंककस्थित समितिभेज अस्पताल भर्ना भएका पूर्व युवराज पारस शाह डिस्चार्ज भएका छन् । पारसलाई अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो ।
उनी तत्काल नेपाल भने आउने छैनन । अस्पतालकै निगरानीमा रहनेछन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पारस पत्नी हिमानी भने आगामी साता नेपाल र्फकने कार्यक्रम रहेको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

विदेश बस्ने ३० लाख नेपालीले भोट दिन नपाउने


१५ चैत, काठमाडौं । पढाइ र रोजगारीका सिलसिलामा विदेश पुगेका करिब ३० लाख नेपालीले आगामी संविधानसभाको चुनावमा भोट दिन नपाउने पक्कापक्की भएको छ । सम्बन्धित दूतावास मार्फत उनीहरुलाई मताधिकारको व्यवस्था गर्न माग भइरहे पनि निर्वाचन आयोगले तत्काल त्यस्तो व्यवस्था गर्न नसकिने अनलाइनखबरलाई जानकारी दिएको छ ।
 ’विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा हामी गम्भीर छौं, तर, अब हुने चुनावमै विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन भने प्राविधिक हिसाबले समस्या छ ।’-निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनलाइनखबरसित भन्नुभयो ।अध्ययन, काम र भ्रमणका लागि झण्डै ३० लाख नेपाली विदेशमा रहेको सरकारी तथ्यांक छ । गैरसरकारी संघसंस्थाको तथ्यांकअनुसार ५० लाख जति नेपाली विदेशमा छन् । डेढ करोड मतदाता रहेको मुलुकमा ३० लाख नेपालीले मतदान गर्न नपाउनु सामान्य विषय होइन ।

यसअघिको संविधानसभा चुनावमा पनि विदेशमा बस्ने नेपालीलाई सहभागी गराउनुपर्ने आवाज उठेको थियो । तर, प्राविधिक रुपमा असम्भव भन्दै त्यतिबेला पनि यो काम हुन सकेको थिएन । भावी दिनमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने नेताहरुले आश्वासन दिँदै आएका थिए । ४ वर्षे संविधानसभा र व्यवस्थापिका संसद रहँदा यसविषयमा नेताहरुले खासै चासो दिएनन् । आगामी चुनावमा छुट्टी नमिलेमा या आर्थिक वा अन्य कारणले आउन नसकेमा विदेशमा बस्ने नेपाली विगतमाझैं मताधिकारबाट बञ्चित हुने पक्का भएको छ । भोटै हाल्न भनेर स्वदेश फर्किएमात्रै विदेशमा बस्ने नेपालीले मत दिन पाउँछन् ।

विदेश घुमेर बनाएको प्रतिवेदन आयोगमा अलपत्र

मुलुक बाहिर अध्ययन, काम गर्न र भ्रमणमा गएका नेपाली नागरिकलाई उनीहरु रहेकै मुलुकमा मताधिकार दिने गरी सरकार र आयोगले यसअघि गृहकार्य पनि नगरेका चाँहि होइनन् । यसका लागि आयोग पदाधिकारीले विदेशमा रहेका नागरिकलाई कसरी र कुन प्रक्रियाबाट मताधिकार दिने, कहाँ कसरी मतदान केन्द्र राख्ने, साधनस्रोतको व्यवस्था कसरी गर्ने भनेर फिलिपिन्स, थाइल्याण्ड र दक्षिण कोरियासम्म पुगेर निकै महंगो अध्ययनसमेत गरेका छन् ।
‘हामीले अध्ययन प्रतिवेदन तयार पारेर आयोगलाई बुझाइसकेका छौं’ आयुक्त यादवले भन्नुभयो-’तर तत्काल यसलाई कार्यान्वयन गर्न समस्या छ ।’
स्रोतका अनुसार सम्बन्धित देशको दूतावासमा मतपेटिका राखेर चुनाव गराउन सम्भव भए पनि खर्च निकै लाग्ने भएको र अन्य प्राविधिक जटिलता भएकाले निर्वाचन आयोग तत्काल यसो गर्न नसकिने टुंगोमा पुगेको हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)


http://meroknowledge.blogspot.com/
स्वस्थ बच्चाको तौल जन्मिदाखेरी बढिमा ४ किलोसम्म हुन्छ । तर बेलायतकी एक युवतीले भने ७ किलो भन्दा पनि बढि तौलको छोरो जन्माएकी छिन् । त्यो पनि कुनै अप्रेसन बिना । २१ वर्षकी जेड प्याकरले ७ किलोको बच्चा जन्माएकी हुन् । बेलायतको ग्लुसेस्टरसायरकी ती युवतीले फेब्रुअरी एघारमा उक्त भिमकाय बच्चा जन्माइन् ।1

१६ घण्टाको अथक प्रयास र प्रसव वेदना सँगै उनले छोरो पाउन सफल भइन् । बच्चा जन्मिने बेला ठूलो आकारको रहेकाले त्यसको काँध योनीभित्रै धेरैबेर अडि्कएका कारण झण्डै आमा र बच्चा दुबैको ज्यान गएको थियो । दश मिनेटसम्म त्यसरी बच्चा अडि्कएपछि अक्सिजनको कमीका कारण उक्त बच्चा बाँच्ने सम्भावना केवल १० प्रतिशत मात्र थियो । तर अन्ततः सफलतापूर्व बच्चा जन्मियो र बाँच्यो पनि ।

जन्मिँदै निकै सप्रेको त्यो बच्चा र आमालाई ६ हप्तासम्म अस्पतालमै राखिएपछि बल्ल डिस्चार्ज गरेर घर पठाइएको छ । ६ हप्तामै त्यो बच्चा २ फिट २ इन्च अग्लो भैसकेको छ । उसको लागि ६ महिनाका बच्चालाई हुने साइजका लुगाफाटो चाहिन्छ । त्यो बच्चोका आमाबुवा दुबै २१ वर्षका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

बालुवामा हलिउड (फोटोफिचर सहित)





बेलायतको समरसेटस्थित सामुदि्रक तटमा बालुवा मूर्ति पर्व सुरु भएको छ । यो वाषिर्क मेलामा यो पटक पनि कलाकारहरुले हलिउडका विभिन्न फिल्मी पात्रहरुका शालिक बालुवामा निर्माण गरिरहेका छन् ।


समुद्र्री तटको बालुवामा किंग कंग, अल्फ्रेड हिचकsm ब्याटम्यान, योडा देखि हलिउड फिल्मका विभिन्न मानव तथा जनावर पात्रका आकृति बनाएका छन् । फिल्म लर्ड अफ रिंग्सको गोलम तथा ह्यारी पोर्टरका विभिन्न पात्रदेखि लिएर टोय स्टोरी र आइस एज फिल्मका पात्रहरु पनि बालुवामै निर्माण गरिएको छ ।

यो प्रतियोगिता सन् २००६ देखि वर्षेनी हुँदै आएको छ । यो पटकको मेलामा मूर्तिकै लागि ४ हजार टन बालुवा खर्च भएको बताइएको छ ।











SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

युवकले काटे आफ्नो र बाउको लिंग

Written By Unknown on Wednesday, March 27, 2013 | 10:10 PM



http://education-college-admission.blogspot.com/
आखिर अन्धविश्वासमा जकडिएपछि मान्छेले के सम्म गर्दोरहेछ । मलेसियामा एक जना युवकले यस्तै अन्धविस्वासका कारण आफ्नो र आफ्नै बाउको लिंग काटेका छन् ।

इन्टरनेटमा विभिन्न खालका अन्धविश्वास तथा गलत कुराहरु खोजी खोजी पढ्ने बानी भएका ती युवकले तिनै गलत कुराहरुलाई आत्मसात गरे र लिंग काटेमा भाग्य चम्किन्छ भन्ने सम्झे । उनले त्यसपछि आफ्नो र आफ्ना पिताको समेत लिंग काट्ने काम गरे । आफुले गरेको त्यो दुष्कर्म उनका लागि ठूलै पुरुषार्थ भएछ । उनले त्यो कुरा घरबाट टाढा रहेका आफ्ना भाइ बहिनीलाई एस एम एस गरेर जानकारी पनि गराए । उनले आफुले निकै ठूलो र राम्रो काम गरेको भन्दै आफुलाई बधाइ दिन भाइबहिनीहरुसँग आग्रह पनि गरे ।

विचरा ती अभागी बाबु, उनलाई आफ्नै छोराले आफ्नो लिंग काटिदेला भन्ने के अनुमान थियो होला र तर आफ्नै छोरो उसको प्राणदाता लिंगको नै दुस्मन बनेपछि कसको के लाछ इन्टरनेटमा पढेका धार्मिक अन्धविश्वासी कुरालाई व्यवहारमा उतार्ने मूर्ख छोराको बाउ भएकोमा उनले आफ्नो लिंग नै गुमाएर ठूलो मूल्य चुकाउनुपरयेा । त्यो मूर्खछोराले बाउको लिंग काटेपछि आफ्नो पनि च्वाट्टै पार्न बाँकी राखेन । लिंग छिनालिएका ती बाउछोराको उपचार अहिले कुआला टेरेंगगेनूस्थित नूर जहिरा अस्पतालमा उपचार भैरहेको छ । डाक्टरहरुती बाउ बाउछोराको छिनेको लिंग जोड्न त सफल भएका छन् तर बाउ चाहीँको अवस्था भने गम्भीर रहेको बताइएको छ । ६७ वर्षा ती बाउ लाई आइसियुमै राखेर उपचार भैरहेको छ ।

स्मरण रहोस् धार्मिक अन्धविश्वासमा परेर लिंग काटेको घटना यसअघि पनि हुने गरेका छन् । गएको साल

चीनमा एक जना पुरुषले आफ्नै लिंग काटेर आत्महत्याको प्रयास गरेको थियो । त्यस्तै अमेरिकाको सनफ्रान्सिस्कोमा पनि एक २० वर्षो युवाले आफ्नो लिंग चक्कुले काटेर छिनालेको घटना र्सार्वजनिक भएको थियो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पारसलाई थाई प्रेमिकाले बचाएको खुलासा



 ११ चैत, काठमाण्डौं । मरिसके भनेर हल्ला गरिएका पूर्व युवराज पारश साह यतिखेर तगि्रइसकेका छन र हिँडडुल गर्नसमेत थालेका छन । केही दिनभित्रै उनी अस्पतालबाट डिस्चार्ज भएर नयाँ जीवन पाउँदै छन । पारशलाई हृदयघात भएको हो कि ड्रग्सको ओभरडोज भन्ने बिषयमा चर्चा भइरहेका बेला उनलाई थाइ प्रेमिकाले बँचाएको खुलासा भएको छ । त्यसमाथि पारसकी पत्नी हिमानी शाहले थाइल्याण्डमै काली मन्दीरमा पुजा गर्दै श्रीमानको प्राण रक्षाको कामना गरिन् ।

एनआरएन थाइल्याण्डका सदस्य एवं पारशका सहयोगी कमल थापाले घटनाबारे नयाँ पत्रिकालाई यस्तो जानकारी दिए-

 फागुन ८ गते साढे ११ बजेको हुँदो हो । मेरो मोवाइलमा एउटा म्यासेज आयो । म्यासेजमा लेखिएको थियो, ‘Parash in emergency ar/at samitivej srinakarin. Plz help. Heart stop. Lyn’ अहिले पनि यो मेसेज मेरो मोवाइलमा सुरक्षित छ । म्यासेज प्राप्त हुनासाथ मैले एनआरएन बैंककका महासचिव सुनील खड्कालाई फोन गरेँ । पारस शाह बैंककमा रहेको खड्काको घरमा बस्नुहुन्थ्यो । खड्का मासु किन्न बजार गएका रहेछन् । पारसलाई हृदयघात भएको खबर सुनाउँदा सुरुमा उनले पत्याएनन् । बरु, उनले भने, ‘सरकार (पारस) ले मलाई तिमी मासु लिएर आऊ । म पकाउँछु, मिठो बनाएर खानुपर्छ भन्नुभएको छ । त्यही भएर म मासु किन्न आएको छु ।कर्निका लिन (पारसकी प्रेमिका) को म्यासेज आएकाले घटना भएको हुनसक्ने मैले बताएपछि उनले विश्वास गरे ।

हामीले उहाँ(-पारस) की केटी साथी कर्निका लिनलाई फोन गर्‍यौं । उनले पारसलाई हृदयघात भएको, स्थिति निकै गम्भीर रहेको र अस्पताल पुर्‍याएको बताइन् । त्यसपछि हामी समितिभेज अस्पताल पुग्यौं । म्यासेज आएको १० मिनेटमै हामी अस्पताल पुगेका थियौं । हामी अस्पताल पुग्दा बैंकको समयअनुसार रातको करिब साढे ११ बजेको थियो । पारस सरकारको स्थिति निकै गम्भीर भइसकेको थियो । बाँच्ने आशा हराउँदै गएको थियो ।

हामी अत्तालियौँ, के गर्ने के नगर्ने भयो । डाक्टरहरुलाई भन्यौ, ‘उहाँ पारस नेपालका पूर्वयुवराज हुनुहुन्छ ।यति भनेपछि डाक्टरसहरुले निक्कै मिहिनेत गरे । डाक्टरहरुले उहाँलाई पुरै घेरे । मुटुको धड्कन खुलाउन लगातार पम्प दिन थाले । तत्काल कुनै सुधार देखिएन । अवस्थामा सुधा नदेखिएपछि त्यहाँको भाषामा एकजना डाक्टरले भने, ‘अब सिद्धिए ।हामी झनै आत्तियौं । अव के गर्ने ? स्थिति अत्यन्तै गम्भीर भयो ।

सुनील खड्काले नेपालमा पारसको नातेदारलाई फोन गर्न थाले उनले सुरुमा शाही नातेदार राजीब शाहीलाई फोन गरी पारसको अवस्थाबारे जानकारी गराए । त्यसपछि काठमाण्डौंमा उनले चिनेका साथी र पत्रकारहरुलाई पनि फोन गरे । त्यतिबेलासम्म अस्पतालमा पारसकी केटी साथी लिन, , सुनील, सुनीलकी श्रीमती निता, तुलबहादुर पुन, र विजयपन जोन्छे मात्र थियौं ।

डाक्टरहरुले कृत्रिम श्वास-प्रश्वास दिएर छाती थिच्ने गरिरहेका थिए । केही बेरपछि डाक्टरले आशा देखाए । हामी पनि ट्राईगर्न भनिरह्यौं । फेरि डाक्टरहरुले भने सिद्धिए ।हामी त अत्तालियौं । साहस बटुलेर फेरि डाक्टरहरुलाई भन्यौं, ‘अझै ट्राई गर्नुहोस ।तर, भित्रभित्रै आश त मारिसकेका थियौं । डाक्टरले करिब डेढ घन्टापछि फेरि आशा जागेको बताए । त्यसपछि भने उहाँ अब बाच्नुहुन्छ कि जस्तो लाग्यो । उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

भोलिपल्ट ९ फागुनमा पनि पारस शाहको स्थितिमा सुधार देखिएन, गम्भीर नै थियो । भोलिपल्ट दिउँसो भने मलाई उहाँको उपचारमा संलग्न एक डाक्टरले पारस अब बाँच्छन्,’ भनेर म्यासेज पठाए । त्यसपछि भने हामी ढुक्क भयौ । तर अस्पतालले निकाल्ने विज्ञप्तिमा भने पारसको स्वास्थ्य अवस्था गम्भीर भनेर आइरर्‍यो । अन्ततः उहाँको अस्पताल भर्ना भएको १२ दिनमा होस खुल्यो । मृत्युको मुखबाट बाँचेर उहाँ यही साता डिस्चार्ज हुँदै हुनुहुन्छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अब आयो पुरुषका लागि कण्डमको विकल्प




महिलाहरुका लागि बजारमा विभिन्न खाले गर्भनिरोधक औषधि तथा अन्य विधिहरु समेत उपलब्ध छन् । तर पुरुषहरुको हकमा गर्भनिरोधको विधिमा अस्थायी तर्फ कण्डम र स्थायी तर्फ भ्यासेक्टोमी मात्र उपलब्ध छ, अहिलेसम्म ।

तर वैज्ञानिकहरुले पुरुषहरुका लागि पनि गर्भनिरोधको एक नयाँ विधिको आविष्कार गरेका छन् । स्पर्म ज्यापिङ नाम दिइएको उक्त प्रविधि पुरुषको गर्भनिरोधक विधि हो । यसमा अल्ट्रासाउण्ड विधिद्वारा शुक्रकिटको मात्रालाई कम गरिन्छ । यो नयाँ विधिलाई पूर्णता दिन अहिले वैज्ञानिकहरुले अन्तिम अनुसन्धानमा जुटिरहेका बताइएको छ ।

के हो स्पर्म ज्यापिङ ?

शोधका क्रममा जब हल्का मात्रामा अल्ट्रासाउण्ड भाले मुसाको अण्डकोषमा ठोक्काइयो तब उक्त मुसाको अण्डकोषले शुक्रकिट उत्पादन गर्न छाडेको पाइयो । यद्यपि अल्ट्रासाउण्ड मार्फत मानिसको अण्डकोषमा विकिरण पठाउँदा त्यसले शुक्रकिटको उत्पादन पूरै त रोक्दैन तथापि शुक्रकिटको उत्पादन घट्ने तथा उत्पादित शुक्रकिटहरुमध्ये पनि धेरै बाँझो अर्थात् डिम्बसँग निशेषच गर्न नसक्ने हुन्छन् । यस्तोमा पुरुषले सम्भोग गर्दा पनि गर्भ रहने सम्भावना निकै कम हुन्छ । पुरुषले यस्तो बाँझोपन हटाएर पहिलेकै अवस्थामा फर्किन एक विशेष सुइ लिनुपर्छ ।

कसरी गरिन्छ ?

यस विधिमा पुरुषको विर्यबाहिनी नली -भास डिफेरेन्स) मा अल्ट्रासाउण्डको माध्यमद्वारा विकिरणयुक्त रसायन पठाइन्छ, जसले उक्त नलीमा शुक्रकिटको प्रवाह रोक्दछ । यसलाई पुरुषहरुले गर्भनिरोध विधिको एक प्राकृतिक तरिकाको रुपमा अपनाउन सक्छन् ।

वैज्ञानिकहरुले अहिलेसम्मको परीक्षणका क्रममा यो विधिका कुनै पनि साइड इफेक्ट फेला नपरेको भन्दै अब छिटै यसलाई आधिकारिक रुपमा प्रयोग ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कामको चक्करमा आफ्नै बिहेको दिन भुलेपछि…

Written By Unknown on Tuesday, March 26, 2013 | 4:18 AM

http://meroknowledge.blogspot.com/
कामकाजी मान्छेले आफ्नो व्यक्तिगत इच्छा तथा आवश्यकता भन्दा कामलाई महत्व दिन्छन् । कतिपयले त आफ्नो जागिरका खातिर व्यक्तिगत जिन्दगीका सुखलाई तिलाञ्जली दिन्छन् । तर वास्तवमा कामका खातिर जिवनको खुसीलाई मार्नेहरु कदापि सुखी मानिस मान्न सकिन्न । जसले काम र व्यक्तिगत जिवनलाई सन्तुलन गर्दै अघि बढाउँछन् उनीहरु नै सफल र सुखी मानिस हुन् ।

सायद यहीँ चरम असफल र दुखी मानिसको सूचिमा चीनका एक मानिस थपिएका छन् । उनले कामको चक्करमा आफ्नो बिहेको दिन समेत भुलेका छन् । ती अभागी आफ्नो जागिरे काममा यदि व्यस्त भए की आफ्नो बिहेको मिति नै भुले । कामको चापले गर्दा उनलाई आफ्नो बिहे हुन लागेको कुरा पनि याद भएन । बिहेको दिन दुलही पक्ष जन्ती लिएर दुलाहा आउने प्रतिक्षामा बसिरहेको थियो । तर बिचरा बेहुलाले आफ्नो बिहेको तिथी नै भुलेपछि बिहे गर्न जन्ती लिएर जाने कुरै भएन । अन्ततः केटी पक्ष पर्खेको पर्खै भए । रिसले केटी पक्षले लमी तथा केटा पक्षसँगको सम्झौता भंग गर्दै अब बिहे नगर्ने निधो गर्न पुगे ।

अर्को दिन मात्र ती युवकलाई हिजो आफ्नो लगनको दिन रहेको सम्झना भयो । उनले आफ्नो गल्तीको महसुस गर्दै आफु गल्तीबाट लज्जित भएको भन्दै केटी पक्षसँग माफी माग्दै पत्रिका र अनलाइनमा समेत विज्ञापन र क्षमा सन्देश छपाए । उनले आफुले अब यस्तो गल्ती कहिल्यै नगर्ने र जिन्दगीभर आफ्नी हुनेवाला बेहुलीलाई खुसी दिने बाचा पनि गरे । तर उनको त्यो क्षमायाचनालाई केटी पक्षले अहिलेसम्म कुनै सुनुवाई गरेको छैन । हेरौँ केटाको त्यो गम्भीर गल्तीलाई केटी पक्षले माफी दिन्छन् दिन्नन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मलेसियामा नेपालीमाथि आक्रमण, मृत्युको खबर मिथ्या

तीन घाइते, नौ पक्राउ रामचन्द्र नेपाल/भीम तामाङ अपडेटः १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली बसिरहेको होस्टलमा गएराति स्थानीय मलेसियन युवाहरुको समूहले सांघातिक आक्रमण गरेको छ । स्थानीय समयअनुसार साँझ करिव ८ बजेतिर सुरुमा ४ जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुले आक्रामण प्रयास गरेका थिए । उनीहरु उल्टै पिटाइ खाएर फर्किएपछि करिब साढे दुई सयको संख्यामा आएका स्थानीय युवाहरुले नेपालीहरुमाथि आक्रमण गरेका थिए । प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार तरबार, रड र घरेलु हतियारसहित आएका ती युवाहरुको आक्रमणबाट तीनजना घाइते भएका छन । जसमध्ये दुइजनाको अवस्था गम्भीर छ भने अन्य केही युवाहरु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु पछि हटेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गर्नुपरेको थियो । जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी बोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउकोभन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । स्थानीय क्लिनिकमा भेटिएका एक नेपालीले भने आफ्नो अवस्था समान्य भएको भन्दै परिचय नखुलाइदिन आग्रह गरे । प्रहरीले घटनामा संलग्न ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यसबाहेक कुनै पनि पनि नेपाली नियन्त्रणमा नरहेको र घटनामा कसैको पनि हताहती नभएको प्रहरीले जानकारी दियो । होस्टलमा रहेका नेपाली कामदारहरुले आफ्ना १२ साथीहरु हराइरहेको बताए पनि नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीले ९ जना प्रहरी नियन्त्रणमा र ३ जना अस्पतालमा रहेको जानकारी दिएपछि उनीहरुले आफ्ना सवै साथीहरु सम्पर्कमा आएको र हताहती नभएको बताए । प्रहरी नियन्त्रणमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भोलि हिरासतमा भेट्ने कार्यक्रम छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

अचम्मको स्कुल, जहाँ दिइन्छ सम्भोग गर्ने होमवर्क

Written By Unknown on Monday, March 25, 2013 | 8:25 PM

http://education-college-admission.blogspot.com/
स्कुल पनि कस्ता कस्ता ? अस्टि्रयाको राजधानी भियनामा एउटा यस्तो विचित्रको स्कुल छ जहाँ सेक्स खुल्ला छ । यो सेक्स स्कुलमा विद्यार्थी भर्ना गरी उनीहरुलाई सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ ।

यद्यपि यो स्कुलमा पढ्नको लागि गोजी भने गरम नै हुनु आवश्यक रहेछ । अर्थात् गाँठवालाले मात्र यो स्कुलमा पढ्न सक्छन् । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ । यो भनेको लगभग दुइ लाख रुपैयाँ जति हो ।

यो स्कुलमा १६ वर्षकटेका किशोर किशोरी तथा युवायुवतीले मात्र पढ्नका लागि भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौ एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ । यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

अस्टि्रयन इन्टरनेसनल सेक्स स्कुल यो स्कुलको नाम हो । स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उद्धेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

पाँच कुरा ! जुन महिलाहरुले सेक्स गर्नु भन्दा पहिले सबैलाई ढाट्ने गर्छन !

http://education-college-admission.blogspot.com/
महिलाहरुको वास्तविक अवस्था उनीहरुले अनुहारले बोलिरहेको हुन्छ । यो कुरामा कति पुरुषहरु चनाखो हुन्छन् अथवा भनौँ उनीहरु अनुहारको अवस्था हेरेर महिलाको वास्तविक परिस्थितिको आकलन गर्न सक्छन् । पुरुषहरु महिलालाई विश्वास गरे गरुन् नगरे नगरुन् तर महिलाहरुले कुनै न कुनै रुपमा ढाँटिरहेका हुन्छन्, एक अध्ययन भन्छ । कतिपय अवस्थामा परिस्थितिमाथी कब्जा जमाउन वा कतिपय अवस्थामा आफ्नै वचावट गर्न महिलाहरुले ढाँटिरहेका हुन्छन् । उनीहरुले आफुप्रतिको पुरुषको दृष्टिकोण र केहि रहस्यका कुरा पत्ता लगाउन पनि ढाँटेर पुरुषलाई मनाइरहेका हुन्छन् । साना कुरामा ढाँटिएको स्थितिले विकराल परिणाम त नल्याउला तर कतिपय अवस्था यस्ता हुन्छन्, जसले परिवार, पुरुष महिलाबीचको सम्बन्धमा दरार उत्पन्न गर्न सक्छ । अध्ययनले सुझाव दिन्छ, यसैले यसमा सचेत र चनाखो हुनु जरुरी छ । ति पाँच कुरा के के हुन् त ?
    १. हैन सबै ठिक छ धेरै युवती वा महिलाहरु आफ्नो अवस्थाको बारेमा पुरुषलाई धेरै जानकारी दिन चाहन्नन् । उनीहरु दुख पर्दा पनि हाँस्ने चेष्टा गरिरहेका हुन्छन् । पुरुषले चिँढ्याएको अवस्था होस् वा चित्त दुखाएको अवस्था होस्, अनुहारमा रिसको भाव झल्किए पनि के भयो ? भनेर सोध्दा हैन सबै ठिक छ भन्ने उनीहरुको वानी हुन्छ ।
    २. तिमी जस्तो छौँ त्यहिलाई म माया गर्छु मन नपरि नपरि विवाह गरेको पुरुष रहेछ भने पनि महिलाहरु तिमी जे हौँ त्यहि भएर तिम्रो माया लाग्छ भनिदिन्छन् । एकाध जनालाई छोडेर घरमा नराम्रो सम्बन्ध भएपनि महिलाहरु बाहिर आफ्नो लोग्नेको बखान गर्छन, उनी जे हुन् त्यहि कुरा मलाई मन पर्छ भन्ने खालका अभिव्यक्ति महिलाबाट आउने गर्छ ।
    ३. मलाई यसमा मतलब छैन आफुसँग निकट रहेको युवक वा पुरुष अर्कै केटीसँग गफगाफ गरिरहेको हुन्छ वा लसपस गरिरहेको हुन्छ भने त्यो जस्तो जलन महिलालाई अरु हुँदैन । आफ्नो प्रेमि अर्कै केटीसँग बोल्दा वा आफ्नो श्रीमान अन्य महिलासँग जिस्किएको देख्दा ती युवति र महिलालाई सबैभन्दा बढी पिडा हुने गर्दछ । तर पनि त्यो पिडा लुकाउँदै उनीहरु तिमी जे जस्तो गर, यसमा मलाई मतलब छैन भन्दै परिस्थिति पन्छाउन खोज्छन् । अझ, आफ्नो प्रेमि होस वा लोग्ने, तिमीलाई त्यो केटीको वा महिलाको कुन कुरा मन पर्छ ? उनलाई त्यस्तो हट देखिने केले बनाएको हो ? तिमीलाई उनी मन पर्छिन ? भन्ने खालका सामान्य प्रश्न सोधेर पुरुषको धारणा खोतल्ने प्रयास गर्छन र भन्छन पनि यसमा मलाई कुनै दुख छैन तर तिमीलाई उसको कुन कुरा मन पर्छ भन्दै रहस्य खोतल्ने प्रयास गरेका हुन्छन् । तिमी जोसँग जिस्केको भएपनि मलाई यसमा मतलब छैन, मलाई विश्वास छ तिमी मलाई माया गर्छौ भन्दै आफ्नो विश्वासको पर्खाल झन् फराकिलो बनाउने चेष्टा गर्छन तर वास्तवमा उनीहरुलाई यसमा एकदमै पिडा भैरहेको हुन्छ ।
    ४. तिम्रा साथीहरु कुल छन् यो सधैँ ढाँटको अवस्था नहुन सक्छ । कल्पना गर्नुस त, तपाई आफ्नो प्रेमिकासँगै केहि साथीहरुसँग घुम्न जानुभएको छ । साथीहरुसँग जाँदा आफ्नीलाई मात्रै ध्यान दिने कुरा पनि भएन । सबैसँग रमाइलो अनुभव साटासाट गर्नु परिहाल्छ । र उनलाई सोध्नुस्, तिमी रमाइलो त मानिरहेकि छौँ ? ती युवतिको उत्तर हुनेछ, ‘अवश्य तिम्रा साथीहरु कति कुल छन् ।’ तर उनको मनमा यस्तो हुँदैन । तपाईको साथीहरुको बारेमा नराम्रो भनेर वा म रमाइलो मानिरहेको छैन भनेर तपाईलाई हर्ट गर्न उनीहरु चाहदैनन् ।
    ५. भन न भन, म रिसाउदिन के ! यो ढाँट मात्रै नभएर महिलाको बाठोपन पनि हो । उनीहरु यो कुरा गरेर तपाईलाई खाडलमा मात्र पार्न खोजिरहेका हुँदैनन् अर्को खाडल पनि तयार पारिरहेका हुन्छन् । पुरुष फकाउने कला महिलासँग सयौं हुन्छन्, यो कलामार्फत उनीहरु तपाईको इमान्दारिता नाप्न पनि खोजिरहेका हुन्छन् । तर तपाई पुरुषहरु होसियार हुनुहोला! तपाईको रहस्योदघाटनले तपाईलाई नै खाडलमा पार्न सक्छ । यो अवस्था विशेषगरि उनीहरुले लगाउने कपडा, उनीहरुले पकाउने खाना, उनीहरुको हिँडाई तरिका, बोल्ने तरिका अनि तपाईको निम्ति उनीहरुले किनिदिएको केहि नयाँ कपडाबारे टिप्पणी हुनेछ । उनीहरुको व्यवहारबारे तपाईलाई उनीहरुको प्रश्न हुनेछ, भन न कस्ती देखिएकि छुँ, यो कस्तो छ, जे जस्तो भनेपनि म रिसाउँदिन के ! तपाईले वास्तविक कुरा गरेपनि नगरेपनि महिलाहरु यसलाई सहज पत्याउँदैनन र कुनै अवस्थामा उनीहरु तपाईसँग महिनौ राम्रोसँग नबोल्न सक्छन् । एउटी टाइट जिन्स पाइन्ट लगाएकि श्रीमतिलाई तपाईले कस्सिएको सिरानी जस्तै भनिदिनुभयो भने त झन् तपाईलाई बेलुका खाना पनि नपाक्न सक्छ । होसियार हुनुहोला !
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१६ बर्ष को उमेरमा नै योनको पैलो स्वाद !

Written By Unknown on Sunday, March 24, 2013 | 10:13 PM

http://meroknowledge.blogspot.com/
१६ बर्ष को उमेर मा पैलो योनको स्वाद !
एटीएमजस्तो अश्लिल चलचित्र खेलेर चर्चामा आएकी नायिका जिया केसी पछिल्लो दिनमा भुवन केसीको जस्तो पाको उमेरका हिरोसँगको प्रेम सार्वजनिक गरिसकेकी छिन् । हालै अन्र्तवार्ता दिंदै नायिका केसीले आर्यन सिग्देल संग अन्स्क्रीन किस गर्न को लागि तयार रहेको बताइन् ।
हेरौ उनी संग लिएको अन्तर्वार्ता
 तीन समान जुन सदै तपाई को साथ मा हुन्छ
 मोबाइल, गाजल र लिपिस्टिक
सुत्नु अघि के गर्नु हुन्छ ?
साथी हरु लाई कल गर्छु
सबै भन्दा डर के संग लाग्छ ?
चट्याङ पर्दाको आवाज संग
गायब हुने शक्ति पाउनु भो भने ?
अर्जुन रामपाल को बेड रुम मा पुग्थें
गत बर्ष को सबै भन्दा ठुलो उपलब्धि ?
चलचित्र "पुरानो हुँदैन माया" मा काम गरीयो
मन नपर्ने कलाकार
डिनो मोरिया
जीबन मा गरेको सबै भन्दा ठुलो गल्ती
स्कुलमा एउटा केटा ले पर्पोज़ गर्दा गाला चाडकाएको थिए आइले बेकार चाडकाएको जस्तो लाग्छ
सबै भन्दा नजिक को तीन साथीनकुल, कास र सोनिया शर्मा
तपाइको आफै लाई दिक्क लाग्ने बानी
छीटो सिरियस हुन्छु
पहिलो यौन अनुभव१६ बर्ष को उमेर मा
कुन सेलीब्रेटी लाई देख्दा सेक्स डीजायर बढेको अनुभव हुन्छ
आर्यन सिग्देल, सुमन सिंग र राज घिमिरे
योन को आरम्भ कुन अंग बाट गरिन्छ?
ओठबाट
कुनै सुन्दर युबक बाट सेक्स को परस्ताब आउँदा ?
पैले त भाउ खोज्थे, अनि सोच्ने समय माग्थे
बिहान उठदा लिंग परिवर्तन भएर सुन्दर युवक हुनु भएछ भने ?
मेरी साथी सोनीया संग बेड रुम शेयर गर्ने प्रस्ताव राख्थे
कुन नायक संग अन्स्क्रीन किस गर्न मन छ ?
आर्यन सिग्देल
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

गर्भवती बनाउने कुर्सी, ५७ जनाको एउटै कट्टु

 विश्वमा केही यस्ता विचित्र काम भएका छन् जो सुन्दा पनि अचम्मै लाग्छ । यस्ता विचित्र काम तथा वस्तुले त्यहीँ भएर गिनिज बुकमा पनि नाम लेखाउन सफल भएका छन् । ५७ जना मानिसले समाउने बडेमाको कट्टु, होटलमा महिलालाई गर्भवती बनाउने कुर्सी यसका केही उदाहरण हुन् ।

गर्भवती बनाउने कुर्सी : बेलायतको बेडफोर्डसायरको मूर प्यालेस होटलमा रहेको यो कुर्सीमा होटलका महिला कर्मचारी बसेपछि गर्भवती हुने गरेका छन् । अहिलेसम्म यो कुर्सीमा बसेकैले ७ जना महिला कर्मचारी गर्भवती भएपछि यो खुबै चर्चाको विषय बनेको छ । यो होटल असामान्य रहेको बताइन्छ । त्यसैले यसलाई फर्टिलिटी चेयर भन्ने गरिएको छ । वास्तवमा बच्चा नभएका विवाहित महिला यो कुर्सीमा बसेपछि सहजै गर्भ रहन्छ ।

५७ जनाको एउटै पेन्टी : वास्तवमा पेन्टी नै यस्तो चिज हो, जो सामान्यतया आपसमा साटफेर गरिँदैन वा एकजनाले मात्र लगाइन्छ । तर यो कुरालाई चुनौति दिँदै ५७ जना मानिसले एउटा मात्र पेन्टी लगाएका छन् । गिनिज बुकमा नाम लेखाउने क्रममा ५ मिटर लामो तथा डेढ मिटर चौडा यो पेन्टीभित्र ५७ जना युवायुवतीले जिउ छिराए ।

२३ वर्षमै हजुरआमा : बेलायतकी २३ वर्षकी रिफ्का स्टेनेस्क्यू विश्वमा सबैभन्दा कान्छी हजुरआमा हुन् । उनकी ११ वर्षकी छोरीले बच्चा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् । स्मरण रहोस् उनले १२ वर्षको उमेरमा पहिलो बच्चा पाएकी थिइन् ।

पाकिस्तानमा ७० हजार जनाले एकैचोटी राष्ट्रिय गान गाएर विश्वरेकर्ड कायम गरेका छन् । नेशनल हकी स्टेडियममा ७० हजार जनाले सामुहिक रुपमा पाकिस्तानको राष्ट्रगान गाएका हुन् ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

२ जना मान्छेको मुटु खाने अभियुक्त

http://meroknowledge.blogspot.com/
सुन्दा पनि आङै जिरिंग हुने । मान्छेले कतिसम्म आँट गर्न सकेको ? रुसमा एक जना व्यक्तिले २ जना मान्छेको छाति चिरेर मुटु झिकेर खाएका छन् । उनले आफुले मान्छेको मुटु खाएको कुरा गर्वसाथ स्विकार पनि गरेका छन् ।

रुसको युराल्स क्षेत्रस्थित पेन्जाका बासिन्दा एलेक्जेन्डर बिचोकोभले आफुले दुइ जना मान्छेको मुटु खाएको दाबी गरेका हुन् ।

उनीमाथि नौ जना मान्छेको हत्या गरेको तथा स्थानीय पसलमा चोरी गरेको अभियोग लागेको छ । अभियोग अनुसार सन् २००९ देखि २०११ को बीचमा उनले ९ जना सुकम्बासी तथा जँड्याहाको हत्या गरेका हुन् ।

अनुसन्धान अधिकारी सँगको बयानमा उनले आफुले हत्या गरेका मध्ये २ जना मान्छेको मुटु खाएको दाबी गरे । उनले मारेका अरु मान्छेको शव पनि क्षतविक्षत पारेका थिए ।

उनले आफुले मान्छेको मुटु खाएको आफै दाबी गरेका भएपनि त्यो अहिल्यै पुष्टि हुन नसकेको र उनीमाथि नरभक्षणको अभियोग नलगाइएको अभियोजनकर्ताको भनाई छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger