अमेरिकाको टेक्सासमा पनि मनाइयो होली - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » अमेरिकाको टेक्सासमा पनि मनाइयो होली

अमेरिकाको टेक्सासमा पनि मनाइयो होली

Written By Unknown on Thursday, March 28, 2013 | 6:29 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

टेक्सास । रंगहरूको पर्व होली निकै चिसो सिरेटो को माझ पनि अमेरिकाको टेक्सासमा झन्डै पाँच सयको संख्यामा भेला भएका नेपालीहरू र केही अमेरिकनहरू माझ धुम धामसंग मनाइएको छ । होलीका लागि ग्रेपभायिन लेक आइतबा बिहानदेखि होलीको रंगमा डुबेको थियो । खुल्ला पार्कमा एकले अर्कालाई अबिर दल्दै अंकमाल गरिरहेका दृश्य निकै रौनकमय थियो। नेपालमा हिमाल, पहाड र तराईकाले एकै दिन मनाउने यो पर्व विदेशी माटोमा पर्बकै दिन मनाउन सबैको छुट्टी नमिल्ने हुनाले एकदिन अघि आइतबार नै मनिएको हो।
 ५ वर्ष अघि स्थापना भएको इन्द्रेणी संस्कृतिक संघ डल्लासले स्थापना भएदेखि होली मनाउँदै आएको संघका अध्यक्ष नेत्र पाण्डेले बताउनु भयो। यस पटक होलीको सुरुवात बिगत का बर्षहरुमा भन्दा विशेष तयारी पूर्वक मानिएको थियो। इन्द्रेणी संघका कलाकारहरुले आफैँ हार्मोनियम र मादलको तालमा गीत गाएर नाचेर सबैलाई झुमाएका थिए । कार्यक्रमको सञ्चालन दिक्षा भट्टले निकै रोचक पूर्ण रूपमा प्रस्तुत गर्नु भएको थियो।
 आयोजनास्थल ग्रेपभायिन लेक बिहानदेखि होलीको रंगमा डुबेको थियो । वातावरणलाई रंग र संगीतले बाँधेर राखेको थियो। कार्यक्रममा निर्मला राईले होली कविता वाचन गर्नु भएको थियो। भलिबल खेल, बिङ्गो समेत आयोजना गरिएको हुँदा यसले होलीको रमाइलो मा सुगन्ध थपेको थियो। कार्यक्रममा भुवन आचार्यले बिङ्गो खेलाउनु भएको थियो। नेपाली समाज टेक्सास लगायत लायन्स क्लब र अन्य स्थानीय संघ संस्थाहरूको सामूहिक उपस्थितिले निकै रोचक माहोल बनेको थियो।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger