आइतबारदेखि रत्नपार्कमा अनशन, चलचित्र संघ सती गएको ठहर - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » आइतबारदेखि रत्नपार्कमा अनशन, चलचित्र संघ सती गएको ठहर

आइतबारदेखि रत्नपार्कमा अनशन, चलचित्र संघ सती गएको ठहर

Written By Unknown on Wednesday, January 23, 2013 | 6:43 PM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
राष्ट्रिय चलचित्र उद्योगको पक्षमा संयूक्त आन्दोलन संघर्ष समितिले आन्दोलनबाट हात झिकेर चलचित्र संघले धोका दिएको ठहर गरेको छ । वुधबार चलचित्र बिकास बोर्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता नबल खड्काले चलचित्र संघले आन्दोनबाट हात झिकेर सती गएको आरोप लगाए । पत्रकार सम्मेलन पश्चात जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय चलचित्र उद्योगको पक्षमा भएको संयूक्त आन्दोलनका मागहरुको अपव्याख्या गर्दै र मागहरुको मूल स्प्रीटलाई नै चुनौती दिदै धोकापुर्ण तरिकाले आन्दोलनबाट बाहिरिएको उहाँहरुको उक्त कदमको घोर भत्र्सना गर्दछौ ।’कार्यक्रममा बोल्दै निर्माता संघका अध्यक्ष राजकुमार राइले चलचित्र संघ आन्दोलनबाट पछि हटेर ठुलो गल्ती गरेको बताए । उनले आन्दोलनमा भएको धोकाको मुल्य संघले भविष्यमा चुकाउनु पर्ने चेतावनी समेत दिए ।

यसैबिच आन्दोलनमा उत्रिएका चलचित्रकर्मीहरुले आइतबारदेखि नयाँ रणनीतिले अघी बढ्ने बताएका छन् । चलचित्र बिकास बोर्डमा रिले अनशनमा बसिरहेका चलचित्रकर्मीहरु आइतबारदेखि भने रत्नपार्क स्थित शान्तीबाटिकामा आमरण अनशनमा बस्ने भएका छन् । यस्तै आइतबारदेखी नै सुटिङ, पोष्ट प्रोडक्शन, रेकडिङ लगायतका सम्पुर्ण चलचित्र सम्वन्धी कार्यहरु बन्द गराउने आन्दोलनरत चलचित्रकर्मीहरुले बताएका छन् । तर तत्काल चलचित्रको प्रदर्शन रोक्ने कुनै योजना नरहेको आन्दोलनरत विभिन्न १२ संघसंस्थाले जनाएका छन् । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले भने, ‘तत्काल प्रदर्शन रोक्न योजना छैन, तर परिआएको खण्डमा उक्त कदम पनि चालिनेछ ।

चलचित्र संघले आन्दोलनबाट हात झिकेको भोलीपल्ट विभिन्न ३ संस्थाले ऐक्यबद्धता जनाएका छन् । नेपाली संगीत निर्देशक संघ, गीतकार संघ नेपाल र प्रस्तोता/गायन समाज नेपालले आन्दोलनमा ऐक्यबद्धता जनाएको हो ।

रेश २ चल्न नदिने

चलचित्र संघले रेश २ सिनेमा चलाउनकै लागि आन्दोलनबाट हात झिकेको निष्कर्षमा पुगेको राष्ट्रिय चलचित्र उद्योगको पक्षमा संयूक्त आन्दोलन संघर्ष समितीले उक्त सिनेमा कुनै पनि हालतमा चल्न नदिने बताएको छ । रेश २ को सेन्सर गरेर हलमा चलाएको खण्डमा हलमा तोडफोड हुन सक्ने चेतावनी संघर्ष समितीले दिएको छ । औपचारिक रुपमा कुनै घोषणा नगरेपनि संघर्ष समितीले रेश २ चल्न नदिने र चलेको खण्डमा जस्तो सुकै कदम पनि चाल्न सक्ने योजना बनाएको छ ।

अनशनमा चलेका अनुहारको साथ

चलचित्रकर्मीले सुरु गरेको आन्दोलनमा चलेका कलाकारले समेत साथ दिएका छन् । नायक राजेश हमाल सोमबार अनशन स्थलमा पुगेर आफ्नो समर्थन जनाएका थिए । यता चलचित्र क्षेत्रका चर्चित नायक तथा नायिकाहरु पनि रिले अनशनमा बसिरहेका छन् । नायक आयुष रिजाल, नायिका निशा अधिकारी, निरज बराल, पुजना स्त्रि लगायतका कलाकारहरु अनशनमा बसिसकेका छन् ।यसैबिच वुधबार नायक बिमलेश अधिकारी र नायिका वेनिशा हमाल, शुभेच्छा थाप पनि रिले अनशनमा बसेका छन् । साथमा महेश गोदार, पंकज राज केसी, किरण दाहाल अनशनमा बसेका छन् ।आन्दोलनमा राजनीतिक दलको समर्थन

चलचित्रकर्मीहरुको आन्दोलनमा राजनीतिक दलको समेत समर्थन मिल्न थालेको छ । नेकपा माओवादी निकट रहेको अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघले एक विज्ञप्ती निकाल्दै आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । आन्दोलनमा उठाइएका मागहरु पुरा नभएसम्म निरन्तर संघर्षशिल रहेको क्रान्तिकारी चलचित्रकर्मी संघका अध्यक्ष सविनकुमार तोलाङ्गीले विज्ञप्ती मार्फत जनाएका छन् ।

यस्तै नेपाली काग्रेसले पनि चलचित्रकर्मीहरुको मागप्रति ऐक्यबद्धता जनाएको छ ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger