राजेश हमालमा अर्को पाटो पनि रहेछ : अनुप बराल - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » राजेश हमालमा अर्को पाटो पनि रहेछ : अनुप बराल

राजेश हमालमा अर्को पाटो पनि रहेछ : अनुप बराल

Written By Unknown on Sunday, January 12, 2014 | 5:36 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नेपाली चलचित्र क्षेत्रमा महानायक भनेर चिनिने राजेश हमाल यतिबेला रंगमञ्चको अभिनयमा व्यस्त हुनुहुन्छ । भारतीय नाटककार स्वदेश दीपकको लेखन र रंगकर्मी अनुप बरालको निर्देशन रहेको नाटक ‘कोर्ट मार्सल’ मा हमालले सैनिक न्यायाधीशको भूमिका निभाउनुभएको छ । काठमाडौं लाजिम्पाटको थिएटर भिलेजमा मंसिर पहिलो हप्तादेखि सुरु नाटकमा दर्शकको आकर्षण बढेको छ । चलचित्रमा वर्षौं बिताएका कलाकार हमाललाई रंगमञ्चमा उभ्याउन सफल भएकोमा बराल उत्साहित हुनुहुन्छ । यसै सन्दर्भमा ‘कोर्ट मार्सल’ का निर्देशक बरालसँग उज्यालो अनलाइनका लागि मिलन तिमिल्सिनाले कुराकानी गर्नुभएको छ ।
http://meroknowledge.blogspot.com/
नाटक प्रदर्शनबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

लामोसमयपछि दर्शकले थिएटरमा आएर नाटक हेर्न पाएका छन् । दर्शकको भीड पनि बढिरहेको छ । शनिबार मात्रै ठाउँ नपुगेर आधाभन्दा धेरै दर्शकलाई फर्काउनुपर्‍यो । डिजाइन पनि यही ठाउँको लागि मिलाएर गरिएको छ । सानो ठाउँमा दर्शकलाई नाटककै अभिन्न अंग बनाएर त्यसखालको अनुभूति गराउनुपर्ने भएकाले यस्तो भएको हो । ठुलो ठाउँमा पनि लिएर जान सकेनौं । अनि प्रतिक्रिया उत्साहजनक छ, राम्रो छ ।
अहिले यो नाटक प्रदर्शन गरेर के सन्देश दिन खोज्नुभएको हो ?

सन्देश भन्दा पनि एउटा अनुभूति दिन खोजिएको हो । तर पनि समाजको एउटा पाटो भनौं न, विशेष गरेर जातीय विभेद र छुवाछुतको समस्या छ त्यसमाथि नाटकले चोटिलो प्रहार गरेको छ ।

यसले मान्छेमा एकखालको जागरण र उत्तेजना पनि ल्याउला । सम्वेदनशील भएर सोच्न बाध्य बनाउला । यही हिसाबले नै देखाउन खोजिएको हो ।
चलचित्रमा वर्षौं बिताएका नायकलाई नाटकको शीर्ष भूमिकामा उभ्याउँदा कस्तो महसुस गर्नुभयो ? चलचित्र र नाटकको अभिनय सूत्र त फरक हुन्छ भनिन्छ नी !

राजेश हमालसँग काम गर्न पाउँदा मलाई गाह्रो अनुभव भएको छैन । आखिर अभिनय त अभिनय नै गर्ने हो । राम्रो अभिनेता छ र उसले अभिनयका सबै गुण जानेको छ भने खासै गाह्रो हुँदैन ।
भनेपछि दिनहुँ उस्तै संवाद, गेटअप र विनाटेक जीवन्त अभिनय गर्नुपर्ने नाटकको विशेषतामा भिज्न राजेश हमाल पनि खप्पिस रहेछन् ?

हो, एकदम । कामको दौरानमा सुरुमा त मलाई गाह्रो पनि लागेको थियो । किनभने २० वर्षको लामो एकखालको अभ्यासमा रहेको मान्छेलाई एकैपटक ‘चेन्ज’ गर्ने कुरा गाह्रो नि हो ।

रिहर्सल गर्दै जाँदा उहाँले जसरी मेहनत गर्नुभयो, त्यसले देखायो कि राजेश हमालमा अर्को पाटो पनि रहेछ । अर्थात रंगमञ्चमा निखारिएका कलाकारले जस्तो उहाँले अभिनय गर्नुहुन्छ भन्ने कुरा कोर्ट मार्सल हेर्दै गर्दा सबैले महसुस गर्न सक्छन् ।
अघि भन्नुभयो दर्शकलाई फर्कानुपर्ने स्थिति आएको छ भनेर । यो नाटकलाई सबै दर्शक र सबै ठाउँसम्म पुर्‍याउने कुनै सोच बनाउनुभएको छ कि ?

सोच त बनाएका छौं । तर हाम्रो समूह निकै ठुलो छ । ३५ जनाको समूह छ । यसलाई बाहिर लगेर व्यवस्थापन गर्ने भन्ने कुरा चुनौती नै हुन्छ । साथीहरुसँग कुरा भैरहेको छ । बाहिरी देशहरु कतार, मलेसियाबाट साथीहरुले ल्याउनुपर्यो भन्दै हुनुहुन्छ । गाह्रो त छ । हेरौं के हुन्छ ।
पछिल्ला वर्षहरुमा नाटकप्रतिको आकर्षण बढिरहेको छ । आकर्षण बढेजस्तै छ त नाटकको विकास र विषयवस्तु ?
विशेषगरी कर्पोरेट हाउसहरुले नाटकको विकासमा ध्यान दिएमा सजिलो हुन्थ्यो । अन्तर्राष्ट्रिय स्तरको छवि बसाउन सफल भइन्थ्यो । विशेषगरी कामको स्तर र आफ्नो पहुँचमा । राज्यको त पहिलेदेखि नै छैन । साँस्कृतिक क्षेत्रको विकासमा स्पष्ट नीति नै बन्न सकेको छैन । तैपनि हामीले आफ्नो काम गर्ने हो सबैभन्दा ठूलो कुरा भनेको । जुन विषयवस्तु समात्छौं, अभिव्यक्तिको भाषा बनाउँछौं, त्यसलाई समाजप्रतिको उत्तरदायित्वबारे सोच्न जरुरी छ ।

मान्छेले नाटक हेरिरहँदा हो यो चाहिँ हाम्रै कथा हो र हामीलाई केही भनिरहेको छ भन्ने पार्न पर्यो । अनि अर्को कुरा हामी किन विदेशी नाटक गरिरहेका छौं भन्दा एउटै कुरा हो कि हामीकहाँ पर्याप्त नाटकहरु अझै पनि बन्न सकिरहेका छैनन् ।

मान्छेको मनमस्तिष्कमा हिर्काएर झनझनाउने बनाउने खालका नाटक हुन जरुरी छ । त्यो किसिमको नाटक लेख्न सक्ने क्षमता भएको मान्छेहरुको हामीलाई एकदमै खाँचो छ । यस्ता खालका मान्छे उत्पादन गर्न सकियो, तयार गर्न सकियो भने निश्चय पनि आउँदा दिनमा हामीले गरेका काम अझै व्यापक रुपमा जनमानससम्म पुग्न सक्थ्यो ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger