
| SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
इलाका प्रहरी कार्यालय माडरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि माघ ८ गते राती साँडे १० बजेको समयमा सुखचैना गाविसको वडा नमवर ९ मा पुग्दा भारतबाट अवैध रुपमा ल्याउदै गरेको डिस होम रिसिभर १० थान सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउने क्रममा उनीहरु समेतका ८/१० जनाको समूहले एक्कासी लाठी र चिर्पट प्रहार गरी प्रहरी सहायक निरीक्षकको साथमा रहेको पेस्तोल र म्याग्जीन सहितको गोली ७ राउण्ड लुटेर भागेका थिए ।
उक्त घटनाका खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहबाट खटिएको प्रहरी टोलीले उनीहरुले लुटेको पेस्तोल र गोली सोही ठाँउको पोखरीको डिलको झाडीबाट बरामद गरेको थियो ।
दुई जना पक्राउ भएपनि फरार रहेका अन्य व्यक्तिहरुको खोजतलास गर्नुको साथै प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

0 comments:
Speak up your mind
Tell us what you're thinking... !