सुन्तलीसँग डेटिङ गईंन: धुर्मुस (अन्तरबार्ता ) - Education, News, Technology, Information, Goship
Educational News :
#
Home » » सुन्तलीसँग डेटिङ गईंन: धुर्मुस (अन्तरबार्ता )

सुन्तलीसँग डेटिङ गईंन: धुर्मुस (अन्तरबार्ता )

Written By Unknown on Tuesday, January 14, 2014 | 9:27 AM

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
नेपाल टेलिभिजनको हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि एकाएक चर्चामा आएका ‘धुर्मुस’ अर्थात सिताराम कट्टेल अहिले सिनेमाको नायक पनि भएका छन् । उनी सहित बिभिन्न हाँस्यव्यंग्य कलाकारहरुले अभिनय गरेको चलचित्र ‘छ एकाने छ’ को छायांकन अन्तिम चरणमा पुगेको छ ।
सिताराम र कुञ्जना घिमिरे अर्थात ‘सुन्तली’को जोडी दर्शकमाझ चर्चामा पनि छ । धेरैलाई सुन्तली र धुर्मुसको जोडी कसरी बाँधियो भन्ने जानकारी नहुन पनि सक्छ । अनलाइनखबरसँग कुराकानी गर्दै धुर्मुसले भने-’हाम्रो जोडी मेरी बास्सैको छायांकन स्थलमा फुलेर फक्रिएको हो ।’
http://meroknowledge.blogspot.com/

धुर्मुसले सुन्तलीलाई दमन रुपाखेतीले निर्देशन गरेको ‘लौन सतायो’ नामक हाँस्य सिरियलको डमी छायांकनको क्रममा भेटेका हुन् । ‘तर लभ भनेर डेटिङ जाने, पार्कमा रमाउने काम भने गरिएन’ सुन्तलीसँगको प्रेमका विषयमा धुर्मुले भने-’हाम्रो प्रेम हाम्रै काममा मस्त थियो ।’
सुन्तलीसँग कहिल्यैपनि डेटिङमा नगएको धुर्मुसले बताए । ‘मैले उनलाई बाइकको पछाडिको सिट अग्लो बनाएर कम्मरमा अंगालो मार्दै डेटमा लगिन’ धुर्मुसले भने । धुर्मुस र सुन्तलीले प्रेम गरेको १ बर्षपछि बिहे गरेका हुन् । ‘काम गदर्ैै जाँदा एक अर्कालाई बुझ्यौं, घरपरिवारको बिषयमा जान्ने मौका पायौं, त्यसपछि मैले नै उनलाई बिहेको प्रस्ताव राखेको हो’ धुर्मुसले भने ।
बिहे भएको केही बर्ष बित्दा पनि धुर्मुस र सुन्तलीले सन्तानको बिषयमा सोचेका छैनन् । धुर्मुस भन्छन् -’काममा दुवैजना व्यस्त भएकाले यतातर्फ सोचिएको छैन, तर अब सोच्ने की भन्ने सल्लाह भएको छ ।’
उनले आफू र ‘माग्ने बुढा’ अर्थात केदार घिमिरेबीचको सम्बन्ध निकै सुमधुर भएको दावी पनि गरे । ‘हामीहरु यो बर्ष गाइजात्रा पर्वमा सँगै प्रहसन गर्दैछौं’ धुर्मुसले भने । अनलाइनखबर डट कमको सह प्रकाशन नेपाली खबरका लागि मलेसियाकाम नेपालीले सोधेको प्रश्नमा धुर्मुसको उत्तर ।
तपाइंको नाम धुर्मुस कसले जुराईदियो ? यो क्षेत्रमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ? यस क्षेत्रमा आउन चाहनेहरुलाई कस्तो सुझाव दिनुहुन्छ ?
मैले आफैं जुराएको हो । मेरो चरित्र नै अलिकति ‘ग्वाँचे’ खालको थियो । यसैले पनि मैले आफैं नाम खोज्दा खोज्दै यो नाम जुराएको हो । म यो क्षेत्रबाट निकै सन्तुष्ट छु । किनकी मुख्यतया नाम ठूलो कुरा हो, जुन मैले पाएको छु । यस क्षेत्रमा आउनका लागि सबैभन्दा ठूलो कुरा अनुशासित र मेहनती हुनुपर्छ ।
तपाईले राजनीतिलाई कुन रुपमा लिनुभएको छ ? यदि देशको प्रधानमन्त्री भएमा पहिलो काम के गर्नुहुन्छ ?
राजनीति देश हाँक्न चाहिने छडी हो । तर यहाँ फोहोरी राजनीति धेरै नै भयो । यसैले पनि हामीले बढी राजनीति र कम काम गर्यौं जस्तो मलाई लाग्छ । यो अवस्थामा देशको प्रधानमन्त्री भएपनि केही गर्न सकिँदैन । यसैले म प्रधानमन्त्री भएकै दिनमा राजीनामा दिन्छु ।
तपाईलाई यो क्षेत्रमा ल्याउन प्रेरणा दिने व्यक्ति को होला ? सुन्तलीसँग कसरी भेट भयो ? अनि बाबु बन्ने रहर लागेको छैन ? सुन्तली प्यारो कि मेरी बास्सै ?
मलाई यो क्षेत्रमा श्याम शर्मा, जितु नेपाल र मेरो गाउँकै स्वर्गीय गणेश बिकले ल्याउनुभएको हो । मैले सुन्तलीलाई दमन रुपाखेतीले निर्देशन गरेको ‘लौन सतायो’ सिरियलको डमीको छायांकनमा भेटेको हो । मेरो लागि त दुवै उस्तै हो । तर सुन्तलीलाई मेरी बास्सैले जन्माएकाले यो सिरियल नै प्यारो लाग्छ ।
तपाईं र केदार घिमिरे (माग्नेबुढा) को सम्वन्ध कस्तो छ ? दिल खोलेर बताइदिनुहुन्छ कि ?
हामी दुईको सम्बन्ध अत्यन्त सुमधुर छ । हामी यो बर्ष सँगै गाईजात्रे प्रहसन पनि गर्दैछौं । यसैले पनि थाहा हुन्छ हाम्रो सम्बन्ध कस्तो छ भनेर । हाम्रो सम्बन्धको बिषयमा आवश्यकता भन्दा ज्यादा कुरा बाहिर आयो ।
तपाईं एक्लो मान्छे धेरै रोलमा देखिँदा असजिलो लाग्दैन ? कुन रोल गर्दा रमाईलो लाग्छ ? ‘खड्का जी’ पात्र कसरी जुर्यो ? एउटै कपडामा रोल खेल्दा खल्लो लाग्दैन ?
यस्तो खालको भूमिका गर्नका लागि असजिलो त धेरै नै हुन्छ । तर फरकफरक दर्शकलाई फरकफरक भूमिका मनपर्ने भएकाले पनि यस्तो गर्नुपरेको हो । मलाई ‘खड्का जी’ र ‘मुस्कान पासा’को भूमिका धेरै नै मन पर्छ । सिंगापुरमा कार्यक्रममा गर्न जाँदा महेश खड्काले यस्तै खालको भूमिका गर्नुभएको थियो । पछि मैले त्यो चरित्रलाई विस्तार गर्ने काम गरेको हुँ । फरकफरक लुगा लगाउँदा चरित्रको पहिचान नहुने भएकाले पनि यस्तो गरिएको हो ।
बिदेशमा श्रम गर्ने नेपालीहरुलाई तपाईं के भन्न चाहनुहुन्छ ?
देशको स्थिति राम्रो भएको भए बाहिर जानु पर्दैनथ्यो । तर पनि बिदेशमा राम्रो गरेर स्वदेशमा नै आउनुहोला भन्न चाहन्छु ।
कलाकारिता भन्दा अरु कुनै पेशा पनि अँगाल्नुभएको छ ?
त्यो बाहेक मैले बंगुर पाल्ने काम गरेको छु । अर्कोतिर शुभतार अस्पतालमा पनि म आबद्ध छु ।
SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

भिडिओ समाचार को साथ Xन्युज

Like Us on Facebook

 
Support : Creating Website | EverNepal Blog Network | Online-X-News
Copyright © 2013. Education, News, Technology, Information, Goship - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger